समाचार

सटरमा ताला गाडीमा व्यापार

साउन २७,काठमाडौं - उपत्यकामा कोरोनाको संक्रमण बढेपछि व्यापारिक क्षेत्र मानिने न्युरोड, असन आसपासका क्षेत्रमा सिल गरिएसँगै ग्राहक आउन छाडेपछि केही व्यापारीले सटरमा ताला लगाएर गाडीमै सामान राखेर व्यापार गर्न थालेका छन् । कोरोना संक्रमण बिस्तारै समुदाय स्तरमा फैलन थालेपछि व्यवसायीहरु सटरमा ताला लगाएर गाडीमा व्यापार गर्न बाध्य भएका हुन् ।


प्रदेश नं ५ : सीमामा कडाइ

साउन २७, बुटवल – प्रदेश सरकारले प्रदेश नं ५ मा कोभिड–१९ को जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राखी सीमा व्यवस्थापन र नियन्त्रणलाई थप कडाइका साथ प्रभावकारी बनाउने निर्णय गरेको छ । मुख्यमन्त्री शङ्कर पोखरेलको अध्यक्षतामा बसेको प्रदेश कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सीमा क्षेत्रको आवागमनलाई थप कडाइका साथ प्रभावकारी बनाउने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहाकार शेरबहादुर केसीले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।


कतार च्यारिटी र इस्लामिक रिलिफद्वारा स्वास्थ्य सामग्री वितरण

साउन २७, काठमाडौँ – कतार च्यारिटी र इस्लामिक रिलिफले तराईका ४ र जिल्लाका ८० क्वारेन्टिन सेन्टरमा स्वास्थ्य सामग्री वितरण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । विशेषगरी भारतबाट आएका नेपालीलाई राखिएको सर्लाही, रौतहट, बाँके र बर्दियाका २०/२० वाट क्वारेन्टिनमा कोरोना रोकथाममा प्रयोग हुने स्वास्थ्य सामग्री वितरण गरिएको कतार च्यारिटी नेपालका परियोजनाले जनाएको छ ।


विपन्नले निःशुल्क पाउने मिटरबक्सको नाममा रकम असुल्नेलाई कारवाहीको माग

साउन २७, खोटाङ - दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा विपन्न घरपरिवारले निःशुल्क पाउने मिटरबक्सको नाममा विद्युत् विस्तार उपभोक्ता समितिले रकम असुलेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा समितिले उक्त उपभोक्ता समितिमाथि कारवाहीको माग गरेको छ । सरकारले विपन्न घरपरिवारलाई निःशुल्क उपलब्ध गराउँदै आएको मिटरबक्सको नाममा समितिका अध्यक्ष केमल राई, सचिव शुक्रबहादुर श्रेष्ठ, सदस्य डाकमनी तामाङ, महेन्द्र राईलगायतले प्रति घरपरिवार रु दुई हजारसम्म रकम असुलेको प्रमाणसहित सोमबार जिल्ला प्रशासन कार्यालय र नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै कारवाहीको माग गरेको हो ।


कोभिड सङ्कट व्यवस्थापन समितिको ११ बुँदे निर्णय

साउन २७, वाग्मती प्रदेश - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना नियन्त्रणका लागि काम गर्दा रकम अभाव हुन नदिने बताउनुभएको छ । सोमबार हेटौँडामा कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकमा मातहतका निकायलाई निर्देशन दिँदै मुख्यमन्त्री पौडेलले अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीसमेतलाई सङ्क्रमण हुन थालेको बताउँदै कोरोना नियन्त्रण र रोकथामका लागि गम्भीर हुने बेला आएको बताउनुभयो ।


कर्णालीमा पानीको सतहले नाघ्यो चेतावनी तह

साउन २७, टीकापुर - कर्णाली नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा त्रास शुरु भएको छ । सोमबार दिउँसो १ः३० बजेकोे रेकर्डअनुसार कर्णाली नदीमा पानीको सतह १० मिटर १६ सेन्टिमिटर पुगेको छ ।


वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद

साउन २७, मकवानपुर - वैदेशिक रोजगारका लागि विदेश गएका पतिले घर खर्च चलाउन पठाएको रकमबाट घर खर्च गरेको रकमको हिसाब किताबको पत्नीले विश्वास दिलाउन नसक्दा पति र पत्नीबीच सम्बन्धविच्छेदको प्रमुख कारण बन्न पुगेको छ । वाग्मती प्रदेशअन्तर्गत पर्ने मकवानपुर जिल्लामा पनि गत आव २०७६/७७ मा जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि ५३१ मुद्दा दर्ता गरिएको थियो ।


पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहोरा

साउन २७, काठमाण्डौ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनुशासन आयोगका अध्यक्ष एवं पूर्वमन्त्री अमृतकुमार बोहोराले पार्टीमा सैद्धान्तिकभन्दा पनि व्यक्तिगत टकरावका कारण समस्या पैदा भएको बताउनुभएको छ । नेकपा क्षेत्र नं १ प्रदेश (क) द्वारा आयोजित बैठकमा उहाँले पार्टीका हरेक तहमा अनुशासनको कमी भएको र स्वेच्छाचारिता बढेकामा चिन्तासमेत व्यक्त गर्नुभयो ।


घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

साउन २७, डोटी - डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेका अनुसार घर भत्किएर मृत्यु हुनेमा ३५ वर्षीया विष्ना लुहार, निजका छोरा ११ वर्षीय पारस, छोरी सात वर्षीया सिरु, अर्की छोरी चार वर्षीया जेनिसा रहेका छन् ।


फोनको टावर खोज्दै टेलिकम

साउन २६, जाजरकोट – कुशे गाउँपालिका पैँकका महेन्द्र शाही आफ्नो गाउँमा फोन नलाग्दा दैनिक हैरान हुनुहुन्छ । सदरमुकाम बसेर गाउँमा आफन्तसँग मोबाइलमार्फत फोन सम्पर्क गर्न नसक्दा शाहीलाई पीडा थामिनसक्नुभएको छ ।


धनगढीमाई ‘लकडाउन’

साउन २६, लहान – सिरहाको धनगढीमाई नगरपालिकाले कोरोना सङ्क्रमणको जोखिम बढेको जनाउँदै एक साताका लागि नगरक्षेत्रमा लकडाउन जारी गरेको छ । छिमेकी गोलबजार नगरपालिकामा कोरोना सङ्क्रमित युवकको मृत्यु भएको र लहान नगरपालिकामा पनि तीव्ररुपमा सङ्क्रमित भेट्न थालेपछि धनगढीमाई नगरपालिकाले आजदेखि यही साउन ३२ गतेसम्म लकडाउन गरेको हो ।


राष्ट्रिय परिचयपत्र विवरणको दर्ता शुरु

साउन २६, भक्तपुर - जिल्ला प्रशासन कार्यालय भक्तपुरले राष्ट्रिय परिचयपत्र विवरणको दर्ता शुरु गरेको छ । जिप्रकाले आइतबार अपराह्न आयोजना गरेको शुभारम्भ कार्यक्रममा सांसद महेश बस्नेतको विवरण भरेर विवरण दर्ताको शुभारम्भ गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।


बल्ल पूर्णता पायो काँग्रेसको केन्द्रीय विभागले

साउन २६, काठमाडौँ - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय विभागमा आइतबार उपप्रमुख, सचिव र सदस्य मनोनयन गरी पूर्णता दिनुभएको छ । केन्द्रीय विभागका प्रमख भने यसअघि नै मनोनयन गरिएको थियो ।


रोकिएन सुपरमार्केटबाट उपभोक्ता ठगिने क्रम

साउन २६,काठमाडौँ - कोरोना भाइरसको सङ्क्रमणको जोखिमका समयमा पनि उपभोक्ता ठूला सुपरमार्केटबाट निरन्तर ठगिने क्रम बढ्न थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरिरहेको बजार अनुगमनका क्रममा पनि आधुनिक उपकरण जडान गरिएका भाटभटेनीबाट उपभोक्ता निरन्तर ठगिरहेको प्रतिवेदन सार्वजनिक भएको छ ।


यसरी मुहार फेरिँदै छ दिक्तेल बजारको

साउन २६, खोटाङ - पुरानो संरचनाका घर, कच्ची सडक तथा जथाभावी फालिएका फोहरमैलाले दुर्गन्धित तथा कुरुप देखिने दिक्तेल बजारको मुहार पछिल्लो समय फेरिँदै गएको छ । सडक ढलान, खानेपानीको पाइप र विद्युत्को तार तथा फोहरमैला व्यवस्थापन गर्न थालिएसँगै बजारको मुहार फेरिँदै गएको हो ।


बाढीले सुत्केरी तथा गर्भवती प्रभावित

साउन २६, कैलाली - कैलालीको भजनी नगरपालिकाले बाढीले प्रभावित भएका ४२५ सुत्केरी तथा गर्भवतीलाई राहत वितरण गरेको छ । नगरपालिकाले सुत्केरी तथा गर्भवतीलाई स्वास्थ्य किट वितरण गरेको हो ।


सार्वजनिक सवारीको भीडभाडले कोरोना जोखिम उच्च

साउन २५, काठमाडौँ – कोरोना भाइरसको सङ्क्रमणबाट बच्न यातायातमा जोरबिजोर प्रणाली लागू गरिएपछि सार्वजनिक सवारीमा यात्रु उभिएर यात्रा गर्न बाध्य भएका छन् । यात्रुको यो बाध्यताबीच कोरोना सर्ने जोखिम उच्च रहेको छ ।


कर्णाली राजमार्ग पुन अवरुद्ध

साउन २५, जुम्ला – अविरल वर्षाका कारण कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा अवरुद्ध हुन पुगेको छ । कर्णाली राजमार्गअन्तर्गतको दैलेखको आठबिस नगरपालिका–५ घट्टेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको हो ।


भिडियो कल माफर्त स्वास्थ्य सेवा प्रदान

साउन २५, इटहरी - इटहरी अस्पतालले होम आइसोलेसनमा रहेका कोभिड १९ संक्रमितहरुलाई भिडियोकल मार्फत सेवा दिन थालेको छ । अस्पतालहरुमा वेड अभाव भएपछि इटहरी क्षेत्रमा घरमै होम आइसोलेशनमा रहेका संक्रमितहरुलाई भिडियो कल माफर्त स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरिएको अस्पतालको निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा मनिषकुमार शर्माले वताउनुभयो ।


भदौ १ देखि घरबास सञ्चालनमा

साउन २५, नवलपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा रहेका घरबास आगाममी भदौ १ गतेदेखि मात्रै खुल्ने भएका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को त्रासका कारण बन्द गरिएका यहाँका घरबास आवश्यक सावधानीसहित भदौदेखि मात्रै खुल्ने भएका हुन् ।


बेनीबजार जोखिममा

साउन २५, म्याग्दी - उत्तरी क्षेत्रबाट बगेर आउने कालीगण्डकी नदीको कटानका कारण म्याग्दीको सदरमुकाम बेनीबजार जोखिममा परेको छ । कटान रोकथामका लागि किनारमा निर्माण भएको तटबन्ध पर्खाल बाढीले भत्काएपछि जोखिम बढेको हो ।


नौ वर्षपछि पुल निर्माण सम्पन्न

साउन २५, जुम्ला - जुम्ला, डोल्पा र जाजरकोट जिल्ला जोड्ने दानसाँघु पक्की पुल नौ वर्षपछि निर्माण सम्पन्न भएको छ । विसं २०६८ असारदेखि निर्माणकार्य थालनी गरिएको ६० मिटरको सो पुल २०७१ असारमा निर्माण सम्पन्न सम्झौता भए पनि २०७७ असारमा सम्पन्न भएको हो ।


काठमाडौ उपत्यका कोरोनाको उच्च जोखिममा

साउन २५, काठमाडौँ - तराईका केही जिल्लासँगै काठमाडौँ उपत्यका कोभिड–१९ का हिसाबले उच्च जोखिममा परेको छ । काठमाडौँमा दैनिकजसो नै सङ्क्रमणदर बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


हावाहुरीबाट मकैका बोट सोत्तर

साउन २५, पाँचथर - तीन दिन निरन्तर चलेको हावाहुरीले बोट भाँच्दा पाँचथरको फालेलुङ गाउँपालिकामा पर्ने उच्च पहाडी क्षेत्रको मकैखेतीमा क्षति पुगेको छ । यही साउन १८ देखि २१ गतेसम्म निरन्तर हावाहुरी चलेको थियो ।


खानेपानीको अभावमा बसाइँ सर्नुपर्ने अवस्थाको अन्त्य

साउन २५,खोटाङ - रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा लिफ्टिङ प्रविधिको खानेपानी योजना सञ्चालनमा ल्याइएको छ । लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीय बासिन्दाका लागि गाउँपालिकाको रु ४४ लाखको लागतमा खहरे–जरुवापानी–लामपाते लिफ्टिङ खानेपानी योजना सञ्चालनमा ल्याइएको हो ।


नमूना विद्यालयका शिक्षकलाई प्रविधि तालीम

साउन २४, तनहुँ - नेपाल सरकारको नमूना विद्यालय छनोटमा परेको तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयका शिक्षकलाई प्रविधि तालीम प्रदान गरिएको छ । प्रविधिमा दक्ष बनाउने उद्देश्यसहित विद्यालयले शिक्षकलाई प्रविधि तालीम प्रदान गरेको हो ।


हुम्लाका विद्यालय सञ्चालनमा

साउन २३, हुम्ला – सिमकोट गाउँपालिका–१ देखि ८ वडासम्मका प्राविदेखि माविसम्मका २४ विद्यालय बिहीबारदेखि सञ्चालनमा आएका छन् । कोरोना भाइरस हुम्ला जिल्लामा नदेखिएपछि विद्यालय सञ्चालनमा आएका हुन् ।


कारवाहीको चेतावनी

साउन २३,काभ्रेपलाञ्चोक - सुरक्षा मापदण्ड नअपनाउने समूह वा संस्थालाई कारवाहीको चेतावनी दिइएको छ । जिल्लास्थित सङ्कट व्यवस्थापन केन्द्र र कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने समूह तथा संस्था सञ्चालकसमेतलाई कानूनबमोजिम दण्ड तथा जरिवाना गर्ने जनाएका हुन् ।


त्रिपालमा सुत्न बाध्य पहिरो पीडित

साउन २३, जाजरकोट – जङ्गलभित्र त्रिपाल टाँगेर बसिरहेका बारेकोट गाउँपालिका–४, ५ र ६ का पहिरो पीडितको न गतिलो बास छ, न त खाने अन्न । गत असार २५ गते सो स्थानमा आएको पहिरोले १२ जनाको अकालमा मृत्यु भएको थियो ।


पुल सञ्चालनमा नआउँदै त्रुटि, मर्मत शुरु

साउन २३, पर्वत – पर्वत र बागलुङ जोड्ने गरी निर्माण भएको नेपालकै लामो झोलुङ्गे पुलमा प्राविधिक त्रुटि देखिएको छ । थोरै सङ्ख्यामा पदयात्री हुँदा पनि अत्यधिक हल्लिएपछि निर्माण कम्पनीले थप बलियो र नहल्लिने बनाउन पुलको छेउ भागमा थप तार (टाइ) थप्न थालेको छ ।


राजमार्गका होटलमा निगरानी बढाइने

साउन २३, मुग्लिन – इच्छाकामना गाउँपालिकाले कोरोना रोकथामका लागि गाउँपालिकाभित्र सञ्चालित व्यवसायहरुमा कडाइका साथ निगरानी गर्ने भएको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङको अध्यक्षतामा बिहीबार बसेको कोरोना नियन्त्रण समितिको बैठकले गाउँपालिकाभित्र रहेका होटल, सवारी साधन, तरकारी सङ्कलन केन्द्र (बजार) तथा अन्य सञ्चालित व्यवसायले कोरोनाबाट जोगिन आवश्यक सुरक्षाका मापदण्ड लागू गरेको छ÷छैन भनी निगरानी राख्ने निर्णय गरेको छ ।


मातृभाषालाई जीवन्त राख्न पाठशाला सञ्चालन

साउन २३, तनहुँ - तनहुँको बन्दीपुर गाउँपालिकाले मातृभाषालाई जीवन्त राख्न संरक्षण शुरु गरेकोे छ । मातृभाषा बोल्न नजान्ने नयाँ युवापुस्तका लागि मातृभाषा पाठशाला सञ्चालन गर्न लागेको हो ।


मुलुकको ‘अर्थतन्त्रलाई गतिशील बनाउन बैंकिङ क्षेत्रको भूमिका महत्वपूर्ण’

साउन २२, काठमाडौं - कोभिड–१९ को असर अन्य क्षेत्रमा जस्तै बैकिङ क्षेत्रमा पनि प्रत्यक्ष रूपमा परेको छ । अर्थतन्त्रलाई चलायमान बनाउन जनताको विश्वास बढाउनु नै एकमात्र उपाय हो ।


अयोध्यापुरीका विषयमा अनुसन्धान शुरु गर्दै पुरातत्व विभाग

– साउन २२, काठमाडौँ - पुरातत्व विभागले चितवनस्थित अयोध्यापुरीमा रामको जन्म भएको विषयमा पुरातत्व, संस्कृति र इतिहासका विज्ञसँग छलफल गरी अनुसन्धान शुरु गरेको छ । त्रेतायुगमा भगवान् रामको जन्म नेपालकै चितवन जिल्लास्थित हाल माडी नगरपालिकामा पर्ने अयोध्यापुरीमा भएको चर्चा शुरु भएपछि विभागले विज्ञसँग छलफल शुरु गरेको प्रवक्ता रामबहादुर कुँवरले राससलाई जानकारी दिनुभयो ।


विद्यार्थी भर्ना र विद्यालय सञ्चालनमा अन्योल

साउन २२, काठमाडौ - स्वास्थ्य जोखिम बढ्दो रहेकाले आउँदो भदौ १ गतेदेखि भर्ना शुरु गरी विद्यालय खोल्ने सरकारको तयारी अन्योलमा परेको छ । सरकारले शैक्षिकसत्रको अवधि खेर जान नदिने गरी भर्ना शुरु गर्ने र त्यसको करिब दुई सातापछि विद्यालय सञ्चालनको तयारीका लागि शिक्षकलाई सम्बन्धित विद्यालयमा पुग्न निर्देशन दिएको थियो ।


मिर्गौलापीडित पत्रकारलाई आर्थिक सहयोग

साउन २२, तनहुँ - दुवै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थामा रहनुभएका पत्रकार राजु श्रेष्ठको उपचारका लागि देश विदेशबाट आर्थिक सहयोग जुट्न थालेको छ । पत्रकार श्रेष्ठ उपचारका लागि आर्थिक स्रोत जुटाउन नसक्दा छट्पटिँदै आउनुभएको थियो ।


यातायातमा जोरबिजोर प्रणाली लागू

साउन २२,काठमाडौँ - मुलुकमा कोभिड–१९ को जोखिम बढेपछि त्यसको सङ्क्रमण फैलिन नदिने उद्देश्यले सरकारले आजदेखि जोखिम बढी भएका स्थानमा यातायातमा जोरबिजोर प्रणाली लागू गरेको छ । काठमाडौँ उपत्यका र कोभिड–१९ को २०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा अत्यावश्यक सेवाबाहेकका सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गरिएको हो ।


जनता आवास कार्यक्रम : जुम्लामा २५० घर निर्माण

साउन २२, खलङ्गा –जनता आवास कार्यक्रमअन्तर्गत जुम्लाका आठवटै स्थानीय तहमा दतिल बस्तीका २५० घरपरिवारले नयाँ घर पाएका छन् । कर्णाली प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत अति गरिब र पिछडिएका वर्ग तथा दलित समुदायका लागि भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरिदिएको हो ।


चिनियाँ संस्थाद्वारा मास्कलगायत स्वास्थ्य सामग्री सहयोग

साउन २२, काठमाडौँ – चिनियाँ बुद्धिष्ट एसोसिएसन अन्तर्गतका चङहाउ र सेनचेन हङ्फा मन्दिरको च्यारिटी फाउन्डेसन तथा चिनियाँ बौद्ध गुम्बाहरुको संस्थाले नेपाललाई ठूलो मात्रामा सर्जिकललगायतका मास्क र अन्य स्वास्थ्य सामग्री सहयोग गरेका छन् । नेपाल सरकारले जारी राखेको कोरोना महामारी नियन्त्रणको प्रयासमा सघाउने उद्देश्यले ती संस्थाहरुका तर्फबाट १३ लाख ३७ हजार थान मास्कलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउने निर्णय भए बमोजिमको एक लट सामग्री बिहीबार नेपाल ट्रान्स हिमालयन सोसाइटीलाई उपलब्ध गराइएको हो ।


अझै पाएनन् निजी क्षेत्रले पिसिआर परीक्षणको अनुमति

साउन २२, चितवन – मेडिकल सिटीका रुपमा परिचित चितवनमा निजी खर्चमा पिसिआर परीक्षणको व्यवस्था हुन सकेको छैन । यहाँस्थित भरतपुर अस्पताल र चितवन मेडिकल कलेजसँग पिसिआर जाँच गर्ने प्रयोगशाला रहेका छन् ।


मजदूरको ज्याला रु १०० बढ्यो : न्यूनतम रु ९०० पाउने

साउन २२, कर्णाली – नयाँ आर्थिक वर्ष शुरु भएसँगै जिल्ला दररेट निर्धारण समितिले मजदूरको ज्यालामा हेरफेर गरेको छ । जिल्ला प्रशासन कार्यालयअन्तर्गतको समितिले बजार महँगी बढ्दै गएपछि दैनिक ज्याला मजदूरी गर्नेको पारिश्रमिक बढाएको हो ।


मिर्चैयामा लकडाउन

साउन २२, सिरहा -सिरहाको मिर्चैया नगरपालिकामा कोरोना सङ्क्रमणको थप जोखिम हुन नदिन लकडाउन गरिएको छ । नगरपालिकाको वडा नम्बर ६ का ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि यही साउन ३२ गतेसम्म लकडाउनको घोषणा गरिएको हो ।


अब प्रतेक जिल्लामा नै कृषि र पशुपक्षी सेवा

साउन २२, गण्डकी प्रदेश - गण्डकी प्रदेश सरकारले जिल्लास्थित कृषि तथा पशुपंक्षी कार्यालयको सेवा ११ वटै जिल्लामा पु¥याउने भएको छ । कार्यालतका सेवा लिनका लागि सेवाग्राही एक जिल्लाबाट अर्को जिल्लामा जानुपर्ने हालको बाध्यतालाई अन्त्य गरी जिल्लाभित्रै सेवा प्रवाहको व्यवस्था गर्न कार्यालय नभएका जिल्लामा कार्यालय स्थापना गर्र्न लागिएको हो ।


धौलागिरि गाउँपालिका–६ कल्लेनी गाउँ मानवविहीन

साउन २२, म्याग्दी - पहिरोले म्याग्दीको धौलागिरि गाउँपालिका–६ कल्लेनी गाउँलाई मानवविहीन बनाएको छ । गाउँमाथिको माख्लाको भिरबाट खसेको पहिरोको जोखिमका कारण कल्लेनीका बासिन्दाले गाउँ छाडेका हुन् ।


खाद्य सामग्री वितरण : बालबालिकाको पोषण र सिकाइमा सहयोग

साउन २१, काठमाडौँ – सरकारले संयुक्त राष्ट्र,विश्व खाद्य कार्यक्रमसँगको सहकार्यमा सुदूरपश्चिम र कर्णाली प्रदेशका ग्रामीण क्षेत्रका बालबालिकालाई चामल, दाल र वनस्पति तेल वितरण गरेको छ । कक्षा १ देखि ८ सम्मका बालबालिकाहरुलाई अमेरिकन सरकार प्राप्त करिव एकहजार ५०० मेक्ट्रिक टन ती खाद्य सामग्री वितरण गरिएको हो ।


चौध जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा

साउन २१, काठमाडौँ – नेपालमा फैलँदै गएको कोरोना महामारी नियन्त्रणका लागि देशभरका १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । सरकारले देशमा कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा कोरोनाको अवस्थालाई हेरेर बन्दाबन्दी गर्ने वा खोल्ने अधिकार सम्बन्धित जिल्ला र स्थानीय तहलाई दिएसँगै १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।


अत्यावश्यक कामबाहेक सिंहदरबार प्रवेशमा रोक

साउन २१, काठमाडौँ – कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । गृहमन्त्रालयका अनुसार अत्यावश्यक कामबाहेकका व्यक्तिलाई प्रवेशमा कडाइ गरिएको हो ।


अगुवा कृषकलाई अभियानकर्मीको जिम्मेवारी

साउन २१, ओखलढुङ्गा – ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले कृषि पेशामा किसानको आकर्षण बढाउनका लागि अगुवा कृषकमार्फत अभियान चलाउने नीति लिएको हो । नगरक्षेत्रमा रहेका अगुवा कृषकको लगत तयार गरी उनीहरुलाई कृषि अभियन्ताको रुपमा परिचालन गरिने नगरप्रमुख मोहनकुमार श्रेष्ठले बताउनुभयो ।


अवरुद्ध कर्णाली राजमार्ग खुला

साउन २१, जुम्ला – अविरल वर्षाका कारण एक सातादेखिको अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार साउन १३ गते खसेको पहिरो पन्छाइएपछि राजमार्ग खुलेको हो ।


एक्ला रोशनको त्यो कार्य : जसले इलामेलाई फुटसल चिनाए

साउन २१, इलाम - “होइन ! फुटसल भनेको फुटबल नै हो कि के हो ? ए.....ए फुटसल घरभित्र पो खेलिन्छ !”, डेढ वर्षअघि इलाममा फुटसल शुरु हुँदा बहुसङ्ख्यक इलामेले राख्ने जिज्ञासाका प्रतिनिधि प्रश्न हुन् यी । खेलमा अन्य पूर्वी पहाडी जिल्लाको तुलनामा इलाम अगाडि नै भए पनि फुटसल भने नौलै लाग्थ्यो धेरैलाई तर अहिले ती प्रश्नको जवाफ अधिकांशले पाइसकेका छन् ।


प्रदेश नं २ का एकपछि अर्को जिल्लामा निषेधाज्ञा घोषणा

साउन २१, प्रदेश नं २ - लकडाउन हटेर आवागमन खुकुलिँदै जाँदा प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमण जोखिम झनै बढेको छ । लकडाउन हटेको साउन ७ गतेयता हालसम्म ७८१ नयाँ सङ्क्रमित थपिएका छन् ।


उपत्यका प्रवेश नाका साँगामा सवारी चाप कम गर्न प्रजिअबीच छलफल

साउन २१, काभ्रेपलाञ्चोक - कोरोना भाइरसको सङ्क्रमण जोखिम बढ्दै गएको अवस्थामा उपत्यका प्रवेश गर्ने नाका अरनिको राजमार्गस्थित काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमाना साँगामा हुने सवारी चाप कम गर्न दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी र उपत्यका ट्राफिक प्रहरी महाशाखा प्रमुखबीचमा छलफल भएको छ । काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्य र दुवै जिल्लाका प्रहरी प्रमुखलगायतको काभ्रेपलाञ्चोकको साँगामा मङ्गलबार भएको बैठकले साँगा नाकालाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएर छलफल भएको काभ्रेपलाञ्चोक जिल्लाका प्रजिअ तिमिल्सिनाले बताउनुभयो ।


रोजगार कार्यक्रमबाट पाँच हजारलाई रोजगारी

साउन २१, जुम्ला - प्रधानमन्त्री रोजगार कार्यक्रम र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत जुम्लामा आर्थिक वर्ष २०७६/७७ मा पाँच हजारले रोजगारी पाएका छन् । जिल्लाका आठवटै स्थानीय तहका विभिन्न वडामा खानेपानी, भवन, शौचालय, खेलमैदान, गोरेटो बाटो, सडक मर्मत र ग्रामीण सडक निर्माणका कामसहित जिल्लाका बेरोजगार व्यक्तिले रोजगारी पाएका हुन् ।


सबै मिलेर महामारीको सामना गरौँ : प्रधानमन्त्री

साउन २०, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सबै क्षेत्र र निकाय मिलेर महामारीको सामना गर्नुपर्ने बताउनुभएको छ । महामारी र राष्ट्रिय सङ्कटमा विरोध गर्नेभन्दा पनि सामना गर्नेतर्फ सबैको ध्यान जानुपर्ने उल्लेख गर्नुभयो ।


परीक्षणको दायरा बढाउँदै काठमाडौँ महानगर

साउन २०, काठमाडौँ – बन्दाबन्दी खुलेसँगै पछिल्लो समय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढेपछि काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ । साउन १४ गते कोरोना सङ्क्रमण पुष्टि भएका वडा १४ र २८ जनप्रतिनिधि, कर्मचारी, वडामा नियमित आवतजावत गर्ने व्यक्ति र बिरामीको सम्पर्कमा रहेका व्यक्तिको परीक्षण गरिएको कामपाले जनाएको छ ।


फेरियो दलितको दिनचर्या

साउन २०, जलेश्वर – वर्षौंदेखि भातभान्छा गर्न माटाका चुलोमा आगो बाल्ने र भाँडा बसाल्ने काम गर्दै आएका महोत्तरी जलेश्वरका दलितको दैनिकी फेरिएको छ । धुवाँले भतभती पोलेका आँखा र आगोका रन्कोले अँध्यारा भएका अनुहार मात्र बदलिएका छैनन् ,उज्याला मन र सग्ला आँखाले उनीहरुले सहज जीवन बाँच्ने अभ्यास गर्न थालेका छन् ।


घोराहीमा थारूभाषामा पठनपाठन हुने

साउन २०, नारायणपुर – दाङको घोराही उपमहानगरपालिका भित्रका विद्यालयमा थारू भाषामा पठनपाठन हुने भएको छ । यसका लागि उपमहानगरपालिकाले थारू कल्याणकारिणी सभाको सहयोगमा पाठ्यक्रम तयार समेत गरेको जनाएको छ ।


मौरीजस्तै जाँगरिला डिलबहादुर

गलकोट, २० साउन – माहुरीको गुलियो मह र त्यही महजस्तै मिठो नाम हो डिलबहादुर । नाममात्रै होइन, काम पनि उस्तै प्रेरणादायक छ उहाँक ।


जनकपुरधाम उपमहानगरपालिकामा निषेधाज्ञा

साउन २०, जनकपुरधाम – गएराति १२ बजेदेखि एक साताका लागि जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार केरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा जारी गरिएको हो ।


भेला र बैठक नगर्न प्रशासनको निर्देशन

साउन २०, चितवन – जिल्ला प्रशासन कार्यालय चितवनले कुनै पनि भेला र बैठक नगर्न निर्देशन दिएको छ । प्रशासनले आज एक सूचना जारी गर्दै कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै भेला र बैठक नगर्न निर्देशन दिएको हो ।


बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

साउन २०, गोरखा – गोरखामा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।


क्वारेन्टिनमा गार्ड बसेका एक युवाले आफैमाथि आगो लगाए

साउन २०, रुपन्देही - रुपन्देहीको देवदहमा रहेको क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका एक युवाले आफैमाथि आगो लगाएका छन् । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ शित्तलनगर स्थित क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका २४ वर्षका विपिन बस्यालले शरीरमा मट्टीतेल खन्याएर आगो लगाएका हुन् ।


पर्सामा डाक्टर, सेना, पत्रकार र थुनुवासहित ३४ जनामा कोरोना पुष्टि

साउन २०, पर्सा - पर्साको वीरगञ्जमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएकामा डाक्टर, सेना र पत्रकार पनि रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन कुमार उपाध्यायले जनाकारी दिए ।


अतिरिक्त कर्जामा कडाइ

साउन २०,काठमाडौं - नेपाल राष्ट्र बैंकले कोभिड १९ बाट अतिप्रभावित व्यवसायलाई २० प्रतिशतसम्म कर्जा थप गर्दा त्यस्तो पैसाबाट ब्याज लिन नपाइने व्यवस्था गरेको छ । गत वैशाख १६ मा राष्ट्र बैंकले १० प्रतिशत कर्जा यसरी नै थप गर्न सक्ने सुविधा दिएपछि पर्याप्त धितो भएका ऋणीको नाममा बैंकले आफूखुसी कर्जा थपेर ब्याज असुल्न थालेका थिए ।


तनहुँमा बाढी पहिरोका कारण १५६ घरपरिवार विस्थापित

साउन १९, तनहुँ – बाढी पहिरोका कारण तनहुँमा एकसय ५६ घरपरिवार विस्थापित भएका छन् । घर भत्किएका र उच्च जोखिममा रहेका घरपरिवार विस्थापित भएका हुन् ।


संक्रमण सँगै बढ्दै महंगी

साउन १९ , काठमाडौं – कोरोनाको महामारी सँगै जनतालाइ महंगीर्ले मारमा पारेको छ । बजारमा खाद्यान्न, लत्ता कपडा, विद्युतीय सामाग्री तथा सेवा क्षेत्रमा मूल्य वृद्धि भएको छ ।


आज जनै पूर्णिमा : रक्षाबन्धन धारण गरेर मनाइँदै

साउन १९, काठमाडौं - प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् ।


सिन्धुपाल्चोक पहिरोवाट बेपत्ता आठको पहिचान खुल्यो

साउन १९, सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको मेलम्ची–११ मा पहिरो खस्दा ८ जना बेपत्ता भएकाहरुको पहिचान खुलेको छ । एकजनाको १ जनाको जिवितै उद्धार भएको छ ।


संक्रमितको संख्या बढे सरकारले फेरि लकडाउन गर्नसक्छ

साउन १८, काठमाडौँ — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का नेपाल प्रतिनिधि डा. जस भ्यान्डलियरले संक्रमितहरुको संख्या बढ्दै गए नेपाल सरकारले पुनः लकडाउन गर्न सम्भावना आउन सक्ने इंगित गरेका छन् । कान्तिपुरसँग कुराकानी गर्दै लकडाउन गर्ने वा नगर्ने भन्ने निर्णयमा डब्लूएचओको कुनै भूमिका नहुने पनि उनले स्पष्ट पारे ।


नयाँ निर्देशिका : अब यी १० अवस्थाका मानिसले गराउनुपर्नेछ कोरोना परीक्षण

साउन १८, काठमाडौँ —अबदेखि झाडापखाला भएका बिरामीमा पनि कोरोना भाइरस भएरनभएको परीक्षण गरिने भएको छ । पछिल्लो समय लक्षणसहितका कोरोना संक्रमित भेटिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि तेस्रो संशोधन निर्देशिका जारी गरेको हो ।


नेकपा विवाद : बढ्दै दाहालमाथि दबाब

साउन १८, काठमाडौँ — एक महिनादेखि नेकपामा जारी शक्तिसंघर्ष लम्बिदै जाँदा अध्यक्ष पुष्पकमल दाहालमाथि दबाब बढ्दै गएको छ । विकसित घटनाक्रम र बदलिँदो समीकरणले अर्का अध्यक्ष ओलीसँग सिधा–सिधा टकराव गरेका दाहालमाथि दबाब बढ्न थालेको हो ।


जेष्ठ नागरिक र बालबालिकालाई घरबाट ननिस्कन मन्त्रालयको‍ अनुरोध

आरडीटी विधिबाट एन्टिबडी परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन,वीरगन्ज र जनकपुरमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि मन्त्रालयले पठायो विज्ञ टोलीसाउन १८, काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरडीटी विधिबाट एन्टिबडी परीक्षण नगर्न पुनस् निर्देशन दिएको छ । कोरोनाभाइरसको संक्रमण रहेरनरहेको पत्ता लगाउनका लागि गरिने आरडीटी परीक्षण नगर्न सम्पूर्ण प्रदेश र स्थानीय तह तथा अस्पतालहरुलाई मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निर्देशन दिएका छन् ।


स्वेच्छाले निकास दिनुस् : दाहाल, त्यो कुरै नगर्नुस् : ओली

साउन १८, काठमाडौँ — साउन १३ मा दुवैले चालेको कदमलाई लिएर नेकपाका दुई अध्यक्षले एकअर्कामाथि आरोप-प्रत्यारोप लगाएका छन् । आइतबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको भेटमा साउन १३ मा दुवैले अर्काको कदममा आपत्ति जनाएका हुन् ।


चिनियाँ ताल फुट्ने जोखिम, नेपालीलाई सचेत रहन आग्रह

साउन १८, सिन्धुपाल्चोक - छिमेकी मुलुक चीनस्थित न्याल क्षेत्रमा केरुङ च्छो ताल फुट्ने जोखिम कायमै रहेको छ । त्यसप्रति सचेत रहन भन्दै सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयलाई जानकारी आएकोे छ ।


प्रधानमन्त्रीसँग कुरा गर्न प्रचण्ड र झलनाथ बालुवाटारमा

साउन १८, काठमनण्डौ - चार दिनको संवादहिनतापछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार कुराकानी भएको छ । प्रधानमन्त्री ओलीसँग कुराकानी गर्न प्रचण्ड आइतबार बिहान बरिष्ठ नेता झलनाथ खनालसँगै बालुवाटार पुगेको स्रोतले सेतोपाटीलाई जानकारी दियो ।


बाँकेमा निषेधाज्ञा जारी

साउन १८, बाँके – कोरोनाको जोखिम बढेसँगै बाँकेमा स्थानीय प्रशासनले आजदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ । नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकै दिन ३० जनामा सङ्क्रमण देखिएपछि कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।


सभामुख सापकोटाको सुरक्षाकर्मीको सम्पर्कमा आएका सबैको कोरोना रिपोर्ट ‘नेगेटिभ’

साउन १८, काठमनण्डौ - सभामुख अग्निप्रसाद सापकोटाको स्वकीय सचिवालयका कर्मचारी र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ । सभामुख सापकोटाको स्कर्टिङमा रहेको सवारी साधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजिटिभ देखिएपछि स्वास्थ्य प्रोटोकलअनुसार शुक्रबार सभामुख सापकोटासहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।


कोरोना भाइरस : सिन्धुलीमा प्रभावकारी व्यवस्थापन भएन

साउन १८, सिन्धुली - कोरोना भाइरसको संक्रमण भित्रिन नदिन जिल्लामा प्रभावकारी व्यवस्थापन हुन नसक्दा सर्वसाधारण चिन्तित बन्न थालेका छन् । जिल्ला तहमा स्थानीय, प्रदेश र संघीय सरकारले सम्भावित जोखिम न्यूनीकरणमा ध्यान पुर्‍याउन नसक्दा कोरोना त्रासको चिन्ता थापिएको हो ।


शनिबार राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

साउन १८, काठमनण्डौ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रूपैयाँले वृद्धि गरेको छ ।


संक्रमण रोक्न नसके काठमाडौंको अवस्था भयावह : विज्ञ

साउन १७, काठमाडौं - चिकित्सकहरूले कोरोना भाइरस ( कोभिड १९ ) रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसके संक्रमण ‘रोग’को रुपमा फैलन सक्ने बताएका छन् । सरकारले कोभिड १९ रोकथामका लागि गरेको कामको प्रकृति हेर्दा केही हप्ताभित्र नै संक्रमण ‘रोग’को रुपमा फैलन सक्ने संकेत देखिएको चिकित्सकहरुले बताएका हुन् ।


पाठ्यपुस्तक लेख्न पूर्वस्वीकृति अनिवार्य

साउन १७, काठमनण्डौ - माध्यमिक तहको कक्षा ११ र १२ मा जथाभावी पाठ्यपुस्तक लेख्ने प्रवृत्तिलाई यसै वर्षबाट कडाइका साथ नियन्त्रण गरिने भएको छ । लेखकले पाठ्यपुस्तक लेखेर सीधै बजारमा पठाउने विगतको प्रचलनले पुस्तक गुणस्तरहीन हुनुका साथै पाठ्यक्रमलाई समेत समेट्न नसकेको पाइएपछि यसलाई कडाइका साथ नियन्त्रण गरिने भएको हो ।


समुदायस्तरमा सङ्क्रमण फैलन नदिने विराटनगर महानगरपालिकाको तयारी

साउन १६, मोरङ – कोभिड–१९ बाट बच्न र बचाउन सुरक्षाका सबै विधि अपनाउँदा अपनाउँदै पनि यसको फैलावटले मानिसमा चिन्ता बढ्न थालेको छ । प्रदेश नं १ मा पहिलो पटक वैशाखको पहिलो सातामा उदयपुरको भुल्केमा १३ जनामा सङ्क्रमण देखिएपछि यसलाई समुदायस्तरमा जान नदिन प्रदेश सरकारले जाँच, खोज र उपचार विधिसँगै लगेर नियन्त्रणमा लिएको थियो ।


कोरोना संक्रमित बढिरहे नयाँ निर्णय लिने

श्रावण १६, काठमाडौँ — लकडाउन खुलेलगत्तै मुलुकभर कोरोना भाइरसको संक्रमण बढेकाले यस्तै अवस्था रहिरहे नयाँ निर्णय लिनुपर्ने अनुमान गरेर कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिले छलफल गरेको छ  । समितिले बिहीबार परीक्षणलाई अझ बढाएर परिस्थिति मूल्यांकन गर्ने विषयमा छलफल गरेको हो  ।


सबस्टेशनमा केबुल जलेपछि २ जिल्लामा विद्युत् अवरुद्ध

साउन १६, सल्यान – शीतलपाटीमा रहेको ३३ केभी सबस्टेशनमा आगलागी हुँदा मङ्गलबारदेखि दुई जिल्लामा विद्युत् अवरुद्ध भएको छ । सबस्टेशनमा जोडिएको केबुल आगो लागेर जलेपछि सल्यान र रुकुम–पश्चिममा विद्युत् सेवा बन्द भएको छ ।


सीमा प्रशासन कार्यालय छाङ्गरु कर्मचारी बिहीन

साउन १६, दार्चुला – व्यास गाउँपालिका–१ छाङ्गरुमा सीमा प्रशासन कार्यालयको बोर्ड टाँसिएको छ । यो कार्यालयमा २०७२ सालयता छाङ्गरुमा सीमा प्रशासनका कर्मचारी पुगेका छैनन् ।


बाह्रबिसे नगरपालिकालाई पिसीआर मेसिन किनिदिदै खेन्पो भण्डारी

साउन १६, सिन्धुपाल्चोक – बौद्व धार्मिक गुरु खेन्पो कमल भण्डारीले बाह्रबिसे नगरपालिकालाई पिसिआर मेसिन खरिद गरिदिने बताउनुभएको छ । खेन्पो भण्डारीले आज बाह्रबिसे नगरपालिका पुगेर यस्तो प्रतिवद्वता जनाउनुभएको हो ।


प्रदेश नं ५ मा कृषिकर्मी रोजगार कार्यक्रम सञ्चालन हुँदै

साउन १५, परासी – कृषि क्षेत्रमा जनशक्तिको अभाव हुन नदिन प्रदेश नं ५ सरकारले कृषिकर्मी रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ । पर्याप्त जनशक्ति परिचालन गरी कृषि व्यवसाय विस्तार र व्यवस्थित गर्न तथा आफ्नै ठाउँमा रोजगारीको सुरक्षा सुनिश्चित गर्न सो कार्यक्रम सञ्चालन गर्न लागिएको प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले बताउनुभयो ।


‘आफूले पाएजस्तै सेवा अरुलाई गर्न मन छ’

साउन १५, बनेपा – गोरखा जिल्ला घर बताउने सजिना परियार अहिले बनेपास्थित फूलचोकी नर्सिङ कलेजमा पहिलो वर्षमा अध्ययन गर्दै हुनुहुन्छ । तीन कक्षादेखि पनौती नगरपालिका–८ मा रहेको दलित उत्पीडित कल्याण सङ्घद्वारा सञ्चालित ‘ह्याप्पी चिल्ड्रेन होम’ मा बसेर अध्ययन गर्दै आउनुभएकी उहाँ विद्यालय तह सकेर नर्सिङ अध्ययन गर्न थाल्नुभएको हो ।


पर्यटक सवारी सञ्चालनको तयारी

साउन १५, पोखरा - प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक पोखरामा कोरोना महामारीको ठूलै प्रभाव परेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने योजना सार्वजनिक र पर्यटनजन्य होटेल व्यवसाय एवं अन्य सम्बद्ध क्षेत्रमा लगानी बढाउनका समेत व्यवसायीलाई आग्रह ग¥यो ।


सञ्चालनमा आए सौराहाका होटल

साउन १५, भरतपुर - पर्यटकीय नगरी सौराहाका होटल तथा रेष्टुराँ स्वास्थ्य सावधानी र छुट प्याकेजसहित सञ्चालनमा आएछन् । आन्तरिक पर्यटकलाई लक्षित गरी व्यवसायीले छुट प्याकेजको घोषणा सहित करिव चारमहिनापछि सञ्चालनमा ल्याएका हुन् ।


मुस्ताङसंँग सम्पर्क टुट्यो

साउन १५ ,मुस्ताङ - बाढीले जमिनको बाटोे बगाएको २६ औँ दिनभयो । आकाशको मार्गसमेत मौसमका कारण चार दिनदेखि खुलेको छैन ।


प्रकोपका जोखिम पहिचान गर्दै स्थानीयतह

साउन १५ , दमौली - तनहुँ जिल्लाका स्थानीय तहहरुले मनसुनको समयमा प्रकोपका जोखिम हुनसक्ने सम्भावित स्थानको पहिचान गर्ने भएका छन् । जिल्लाका विभिन्न स्थानमा यस वर्ष बाढी पहिरामा पुरिएर १३ जनाको ज्यान गइसकेको र अझै पनि प्रकोपका जोखिम हुनसक्ने बताइएको छ ।


वस्तुको प्रत्यक्ष बिक्री तथा वितरणका लागि सात कम्पनीलाई इजाजत : कुन–कुनले पाए इजाजत

साउन १४, काठमाडौँ - वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले वस्तुको प्रत्यक्ष बिक्री तथा वितरणका लागि सात कम्पनीलाई इजाजत दिएको छ । विभागमा आएका निवेदनलाई आधार मानेर गत असार १६ गतेदेखि असार मसान्तसम्म सात कम्पनीलाई इजाजत दिइएको विभागले जनाएको छ ।


धारिलो हतियार खुकुरी प्रहार गर्ने पक्राउ

साउन १४, सिन्धुपाल्चोक - धारिलो हतियार खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मेलम्ची नगरपालिका–४ बस्ने थानकुनेका सोमबहादुर तामाङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।


एक वर्षदेखि ओछ्यानमा थलिएकी १९ वर्षीया युवतीको उद्धार

साउन १४, खोटाङ - एक वर्ष अघिदेखि ओछ्यानमा थलिएकी हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित ओफ्लाङकी चीनमाया अधिकारी खत्रीलाई उद्धार गरेर उपचारका लागि काठमाडौँ पठाइएको छ । घाँस काट्न गएको समयमा रुखबाट लडेर गम्भीर घाइते बनेकी १९ वर्षीया खत्रीलाई नगरउपप्रमुख विमला राईको पहलमा मङ्गलबार उद्धार गरेर उपचारका लागि गाडीमार्फत काठमाडौँ पठाइएको हो ।


पहिरोले भोटखोला जाने सडक अवरुद्ध

साउन १४, सङ्खुवासभा - लगातारको वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभाको भोटखोला जाने सडक अवरुद्ध भएको छ । उत्तरदक्षिण सडकखण्डको मकालु गाउँपालिका–३ को सम्माटारमा पहिरो खसेपछि सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिका जाने सडकखण्ड १५ दिनदेखि अवरुद्ध भएको उत्तरदक्षिण सडक कार्यालयका प्रमुख इन्जिनीयर गौतमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।


१३२ केभी क्षमताको सवस्टेशन निर्माण : पूर्वी चितवनका नागरिकलाई ठूलो राहत

साउन १४, चितवन - चितवनमा १३२/३३/११ केभी क्षमताको सवस्टेशन निर्माणको काम सम्पन्न भएको छ । नेपाल सरकारको लगानीमा पूर्वी चितवनको राप्ती नगरपालिका–६ हर्दीमा सवस्टेशन निर्माण गरिएको हो ।


कुसुमखोलाका विस्थापितलाई घर बनाइदिन अध्यक्ष दाहालको निर्देशन

साउन १३, चितवन - नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष एवं चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीको कुसुमखोलाका विस्थापितलाई तत्काल घरको व्यवस्था गर्न निर्देशन दिनुभएको छ । उहाँले माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाललाई टेलिफोन गरी तत्काल बासस्थानको व्यवस्थापन गर्न भन्नुभएको हो ।


बिहीबारदेखि होटल, पर्यटन खुल्दैछ, कस्तो छ स्वास्थ्य सुरक्षा

साउन १३, काठमाडौँ - नेपालमा कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन बढ्दै छ । अहिलेसम्म १८ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् भने पाँच हजारभन्दा बढी अझै पनि उपचाररत छन् ।


एकपछि अर्को स्थानीय तह बन्द

साउन १३, सप्तरी – कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सप्तरीमा एकपछि अर्को स्थानीय तहले कामकाज बन्द गर्दै लकडाउन गर्ने निर्णय गर्न थालेका छन् । अग्निसाइर कृष्णसवरण गाउँपालिकाले समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिन सक्ने उच्च जोखिम रहेको भन्दै आजदेखि गाउँपालिका र वडा कार्यालयबाट पर्वाह हुने सेवाहरु बन्द गरिएको जानकारी दिएको छ ।


मन्त्री केसीद्वारा स्थलगत अनुगमन

साउन १३, सुर्खेत – कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले सलह प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ । केसी सहित नेकपा कर्णाली प्रदेशका सचेतक सीता नेपाली, कृषि विकास निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकाय, मन्त्रालयका सूचना अधिकारी धनबहादुर कठायतले सोमबार भेरीगङ्गा नगरपालिका–१३ सुर्खेत रामघाटमा मकै तथा भटमास बालीमा सलहले पारेको क्षतिको स्थलगत अवलोकन गर्नुभएको हो ।


‘सीप सिक्ने अवसर देऊ ’

साउन १३, चितवन - इच्छाकामनाका चेपाङ समुदायका महिलाले सीप सिक्ने अवसर जुटाइदिन स्थानीय तहसँग माग गरेका छन् । पैरवी मञ्चद्वारा सोमबार इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा आयोजना गरिएको कार्यक्रममा अगुवा चेपाङ महिलाले आत्मनिर्भर बन्न सीपमूलक तालिमको माग गरेका हुन् ।


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : ‘डेडलाइन मिट’ गर्न मुश्किल

साउन १३, कास्की - तोकिएको मितिभन्दा छ महिनाअघि सम्पन्न गर्ने लक्ष्य राखिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कोभिड–१९ का कारणले प्रभावित बनेको छ । सन् २०२१ जुलाई १० को ‘डेडलाइन’ भन्दा अघि नै सम्पन्न गर्ने गरी विगत वर्षमा भौतिक प्रगति भए पनि यस वर्ष कोरोनाका कारणले काम प्रभावित भएपछि निर्धारित मितिभित्रमा सम्पन्न गर्ने नयाँ लक्ष्य राखिएको छ ।


वातावरण संरक्षण गर्न प्रभावित क्षेत्रका बासिन्दाको माग

साउन १३, इलाम - इलाममा निर्माणाधीन सुपरमाई हाइड्रो परियोजनाल प्रभावित क्षेत्रको वातावरण जोगाउन काम नगरेको जनाउँदै स्थानीयवासी आक्रोशित भएका छन् । खोलामा पानी नै नछोडी परियोजना सञ्चालन गर्ने गरेको र तोकिएभन्दा अन्य खोलाबाट समेत पानी ल्याएर आयोजनामा लगाएको स्थानीयवासीले आरोप लगाएका हुन् ।


स्थानीय तहलाई रकम बाडफाँड

साउन १३, तनहुँ - जिल्ला समन्वय समिति (जिसस)तनहुँले मौज्दात कोषको बचत रकम जिल्लाका १० स्थानीय तहहरुलाई बाडफाँड गरेको छ । जिल्लामा रहेका चार नगरपालिका र छ गाउँपालिकालाई करिब रु १५ करोड वितरण गरेको हो ।


‘मिथिलाको चाहना, घरघरमा साहना’

साउन १०, धनुषा - ‘मिथिलाको चाहना, घरघरमा साहना’ सुन्दा, पढ्दा नाराजस्तो लागे पनि यो नारामात्र हैन । धनुषाको सुदूर उत्तरपश्चिमवत्र्ती मिथिला नगरपालिकाले पछिल्ला तीन वर्षयता यो नारालाई नियमित कार्यक्रममा समावेश गर्दै आएको छ ।


जुम्लाका स्थानीय तहमा ३० करोडभन्दा बढी बेरुजु

साउन १०, जुम्ला - जुम्लाका आठ स्थानीय तहको रु ३० करोडभन्दा बढी बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा जुम्लाका एक नगरपालिका र सात गाउँपालिका गरी आठ स्थानीय तहको रु ३० करोड १५ लाख २८ हजार बेरुजु देखिएको हो ।


‘सुर्तीजन्य पदार्थको सेवन त्यागौँ, कोरोनाबाट जोगिऔँ’

साउन १०, प्रदेश नं. २ - कोभिड–१९ बाट शुक्रबार वीरगञ्जमा दुई महिलाले अकालमा मृत्युवरण गर्नुप¥यो । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिकाका ८५ वर्षीया वृद्धा र बारा परवानीपुर गाउँपालिकाका १७ वर्षीया किशोरी रहेकी छिन् ।


प्रमुख प्रशासकीय अधिकृतद्वारा वडाध्यक्षमाथि कुटपिट

साउन १०, प्रदेश नं. २ - सर्लाहीको हरिपूर्वा नगरपालिका–३ का वडाध्यक्षमाथि कुटपिट भएको छ । हरिपुर्वा नगरपालिका–३ धनकौलका वडाध्यक्ष धर्मराजसिंह महतोमाथि सोही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले कुटपिट गरेको प्रहरीले जनाएको छ ।


जनता आवास कार्यक्रमः ४८६ घर निर्माण

साउन १०, सुदुपश्चिम प्रदेश - जनता आवास कार्यक्रमअन्तर्गत सुदुपश्चिम प्रदेशका तीन जिल्लामा घर नभएर त्रिपालमुनि बस्दै आइरहेका ४८६ घरपरिवारले नयाँ घर पाएका छन् । सङ्घीय सरकारले जनता आवास कार्यक्रमअन्तर्गत घर नभएर त्रिपालमुनि बस्दै आइरहेका अति विपन्न र पिछडिएका वर्ग तथा दलित समुदायका लागि भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरिदिएको हो ।


सात प्रदेशका नेपाली मौलिक खानाको प्रदर्शन

साउन १०, काठमाडौँ - बन्दाबन्दी खुलेसँगै पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटकीय गतिविधि बढेका छन् । बन्दाबन्दीले करिब चार महिना व्यवसाय प्रायःठप्प भएकाले पुनः पर्यटनलाई चलायमान बनाउन पर्यटन व्यवसायी लागि परेका हुन् ।


विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न ऊर्जामन्त्रीसँग माग

साउन १०, काठमाडौँ - पर्यटन व्यवसायीले विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न उर्जामन्त्रीसँग माग गरेका छन् । कोभिड–१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिले शुक्रबार साँझ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भेटेर पर्यटन व्यवसाय बन्द रहेको अवस्थामा पनि डिमाण्ड शुल्कबवापत ठूलो रकम विद्युत् प्राधिरणलाई तिनुपर्दा व्यवसायी मारमा परेको भन्दै सो शुल्क मिनाह गर्न माग गरेका हुन् ।


पहिरोले बगायो रुप्सेको सौन्दर्य

साउन १०, गलेश्वर - मुस्ताङ जाने र त्यहाँबाट फर्कने आन्तरिक तथा बाह्य पर्यटकको अत्यन्त आकर्षकस्थल मानिने रुप्से झरनाको सुन्दरतामा अब भने पर्यटक रमाउन नपाउने भएका छन् । गत सोमबारको भीषण वर्षापछि रुप्से झरनामा आएको बाढीले अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने आकर्षकस्थल रुप्से झरनाखण्ड बिगारिदिएको छ ।


सदरमुकामको सडक स्तरोन्नति नहुँदा समस्या

साउन १०, बैतडी - बैतडीको सदरमुकाम खलङ्गा जोड्ने सडकको अवस्था दयनीय बन्दै गएको छ । जिल्लाको मुख्य व्यापारिक केन्द्र गोठलापानी बजारदेखि जिल्लाको मुख्य सदरमुकाम तथा मुख्य प्रशासनिक निकाय गढी खलङ्गा जोड्ने सडकमा वर्षेनी बजेट छुट्याइने भए पनि सडकको अवस्था भने दयनीय भएको छ ।


पानी उद्योग कारवाहीमा

साउन १०, बाँके - बाँकेको बैजनाथ गाउँपालिका–५ मा रहेको मध्यपश्चिम पानी उद्योगलाई कारवाही गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको अनुगमन टोलीले सो उद्योगमाथि कारवाही गरेको हो ।


प्राविधिक शिक्षाका प्रयोगात्मक परीक्षा औपचारिकता मात्रै !

साउन १०, काठमाडौँ -प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्द्वारा लिइने विभिन्न तहका प्रयोगात्मक परीक्षा औपचारिकतामा सीमित रहने गरेको पाइएको छ । परिषदद्वारा स्वीकृत पाठ्यक्रमअनुसार प्राविधिक एसएलसी तहमा प्रयोगात्मक अभ्यासलाई ८० प्रतिशत, डिप्लोमा र प्रमाणापत्र तहका लागि करिब ६० प्रतिशत भार प्रदान गरिए पनि परीक्षा सञ्चालन गर्दा सैद्धान्तिक विषयलाई महत्व दिइएको पाइएको हो ।


पहिरोमा पुरिएर मृत्यु

साउन ९, धादिङ - भैँसी बचाउन जाँदा पहिरोले पुरिएर गएराती एक जनाको मृत्युभएको छ । थाक्रे गाउँपालिका–६ रानीबारी कार्कीगाउँमा पहिरोले पुर्दा ५४ वर्षीय सानुबाबु पन्थको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।


सार्वजनिक सवारी त चले, यात्रु भएनन्

साउन ९,काठमाडौँ - यातायात व्यवसायी र मजदूर सङ्गठनले निर्णय गरेर सार्वजनिक सवारी साधन सञ्चालन गरे पनि काठमाडौँ उपत्यकामा न्यून सङ्ख्यामा मात्रै सवारी साधन सञ्चालन भएका छन् । यस्ता सवारी साधनमा यात्रु भने कमै मात्रमा चढ्ने गरेका छन् ।


चन्द्रागिरिमा ‘एक घर, एक धारा’

साउन ९,काठमाडौँ - चन्द्रागिरि नगरपालिकाले सबै वडामा ज्येष्ठ नागरिक र अपाङ्गमैत्री उद्यान निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा ज्येष्ठ नागरिक विश्रामस्थललाई निरन्तरता दिने नगरपालिकाले जनाएको छ ।


उद्योगकै डरले सङ्गठित छैनन् चिया श्रमिक

साउन ९, इलाम - भनिन्छ, एकतामा बल हुन्छ । यसमा पनि श्रम गरेर खानेलाई त एकता हुन जरुरी नै हुन्छ ।


अवरुद्ध सडकमै नवजात शिशुको जन्म

साउन ९, बागलुङ - प्रसूतिका लागि अस्पताल ल्याउँदै गर्दा यहाँकी एक महिलाले बाटोमै नवजात शिशुलाई जन्म दिनुभएको छ । बडिगाड गाउँपालिका–१ की २४ वर्षीया मनिता घर्तीले सदरमुकामस्थित धौलागिरि अस्पताल आई नपुग्दै बागलुङ नगरपालिका–३ खहरेमा सुत्केरी हुनुभएको हो ।


वर्षासँगै सक्रिय हुन्छन्, ‘गेजरिडर’

साउन ८, कैलाली - भारी वर्षा भइरहँदा कैलालीको कैलारी गाउँपालिका बिसनपुर गाउँका मानबहादुर चौधरीलाई मोहना नदीमा पानीको बहाव मापन गर्न भ्याइनभ्याइ हुन्छ । जिल्लामा विपद् व्यवस्थापनका लागि सञ्चालनमा रहेको पूर्वसूचना प्रणालीअन्तर्गत ‘गेज रिडर’को जिम्मेवारीमा रहेका चौधरीलाई बाढी डुबानको सम्भावित जोखिम अवस्थाको जानकारी लिई त्यसको सूचना दिनुपर्दा भ्याइनभ्याइ हुने गरेको हो ।


धुलिखेल नगरपालिकालाई अपराधमुक्त नगरपालिका वनाईने

साउन ८, काभ्रेपलाञ्चोक - काभ्रेपलाञ्चोक जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण भर्ने काम शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न आवश्यक कक्षको व्यवस्थापन गरी काम शुरु गरेको हो ।


कोहोला अब बाख्रा स्मार्ट गाउँ

साउन ८, बर्दिया - बाख्रा स्मार्ट गाउँ कार्यक्रम शुरु भएपछि बाँके र बर्दियाका बाख्रापालक किसान उत्साहित भएका छन् । दुई÷चारवटा बाख्रा पाल्दै आएका किसानले बाख्रा स्मार्ट गाउँ कार्यक्रममा आबद्ध भएपछि बाख्राको सङ्ख्या थप्दै गएका छन् ।


प्युठानमा व्यावसायिक नेपाली कागज उत्पादन

साउन ८, प्युठान - प्युठानमा व्यावसायिकरूपमा नेपाली कागज उत्पादन शुरु गरिएको छ । विगत दुई वर्षदेखि प्युठान नगरपालिका–१० सारीबाङमा गौमुखी नेपाली कागज उद्योग सञ्चालन गरी व्यावसायिक उत्पादन शुरु गरिएको हो ।


किसानले पाए प्रतिफलमा आधारित प्रोत्साहन रकम

साउन ८, चितवन - चितवनका किसानले प्रतिफलमा आधारित प्रोत्साहन रकम पाएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले केराखेतीमा प्रतिफलमा आधारित प्रोत्साहन अनुदान रकम हस्तान्तरण गरेको हो ।


बाँदर धपाउन कृषकलाई उपकरण

साउन ८, खोटाङ - दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका कृषकलाई बाँदर धपाउने उपकरण उपलब्ध गराइएको छ । सोल्मास्थित कृषि सहकारी संस्थाले महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्र काठमाडौँबाट दश वटा उपकरण खरिद गरेर कृषक समूहलाई निःशुल्क उपलब्ध गराएको हो ।


रोजगारी आव्हान गर्दै स्थानीय तह

साउन ८, काभ्रेपलाञ्चोक - नमोबुद्ध नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को प्रारम्भकै दिन यही साउन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत संलग्न हुन चाहनेलाई निवेदन माग ग¥यो । नगरका १८ देखि ५९ उमेर समूहका बेरोजगार व्यक्तिले निवेदन दिन पाउने व्यवस्था गरिएको छ ।


‘आधुनिक राज्यको संस्थागत संरचना निर्माणमा बिपीको योगदान’

साउन ८, काठमाडौँ - नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले आधुनिक राज्य निर्माणमा संस्थागत संरचनाको स्थापना गर्नुभएको बताउनुभएको छ । काँग्रेसका संस्थापक नेता बिपीको ३८ औँ स्मृति दिवसका अवसरमा नेपाली जनसम्पर्क समिति अमेरिकाले मङ्गलबार राति जुम प्रविधिबाट आयोजना गरेको कार्यक्रममा उहाँले व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाजस्ता राज्यका आधुनिक अङ्ग संस्थागत गर्न पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाले महत्वपूर्ण योगदान गर्नुभएको बताउनुभयो ।


राजश्व सङ्कलन २८ प्रतिशत कम

साउन ७, कास्की - आन्तरिक राजश्व कार्यालय पोखराले गत आर्थिक वर्ष २०७६/७७ मा लक्ष्य भन्दा एक अर्ब ५८ करोड ५६ लाख कम राजश्व सङ्कलन गरेको छ । जुन लक्ष्यको २८ प्रतिशत न्यून हो ।


स्थानीय विकास निर्माणमा बन्दाबन्दीको असर सामान्य

साउन ७, पाँचथर - जिल्लास्थित सरकारी निकाय तथा स्थानीय तहका प्रारम्भिक तथ्याङ्कले विकास निर्माणमा बन्दाबन्दीले ठूलो प्रभाव नपरेको देखिएको हो । यहाँका आधा दर्जन स्थानीय तह र सोही सङ्ख्यामा प्रदेश सरकार मातहतका कार्यालयले अघिल्लो आर्थिक वर्षकै हाराहारीमा गत आवमा योजना तथा कार्यक्रमलाई पूर्णता दिन सफल भएको जनाएका छन् ।


राष्ट्रिय स्वाधीनताको आन्दोलनमा पुष्पलालको योगदान अविस्मरणीय

साउन ७, कास्की - नेपाल कम्युनिष्ट पार्टी-नेकपा_ गण्डकी प्रदेश कार्यालयका इञ्चार्ज एवं प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक सङ्घर्ष, सामाजिक मुक्ति एवं राष्ट्रिय स्वाधीनताको आन्दोलनमा पुष्पलालको योगदान अविस्मरणीय रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्र्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औँ स्मृति दिवसका अवसरमा आज वक्तव्य जारी गर्दै उहाँले पुष्पलालले स्थापना गरेको कम्युनिष्ट पार्टीले सङ्घर्ष र बलिदानका ७१ औँ वर्ष पार गर्दै राष्ट्रकै मुख्य राजनीतिक शक्तिमा स्थापित हुन सफल भई राज्यको नेतृत्व गरिरहेको उल्लेख गर्नुभयो ।


कारागार भत्केपछि कैदी महिलालाई अन्य जिल्ला सारियो

श्रावण ७, पर्वत - विगत तीन दिनदेखिको अविरल वर्षाका कारण पर्वत जिल्ला कारागारको भवन र पर्खाल भत्किएको छ । वर्षाका कारण कारागारको महिला बन्दीगृहतर्फको मुख्य पर्खाल र भवनको केही भाग भत्किएको हो ।


अर्जुनधाराका ५३ कृषकलाई कुटी काट्ने मेसिन

श्रावण ७, झापा - झापाको अर्जुनधारा नगरपालिकाले कृषकलाई कुटी काट्ने यन्त्र प्रदान गरेको छ । नगरपालिकाको पशुपक्षी, मत्स्य तथा कछुवा विकास शाखाले मङ्गलबार कृषकसँगको साझेदारी अनुदान कार्यक्रमअन्तर्गत ५३ कृषकलाई कुटी काट्ने मेसिन प्रदान गरेको हो ।


देशैभरि गुर्जोको बिरुवा निःशुल्क वितरण

श्रावण ७, लहान – आन्तरिक राजश्व कार्यालय लहान–सिराहाका प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले देशैभरि ‘गुर्जो’ को बिरुवा निःशुल्क वितरण गर्दै आउनुभएको छ । गुर्जो/गुरगुज/गिलोय/गुडुची/अमृता नियमित सेवन गर्दा निरोगी हुने बताउँदै आफूले अहिलेसम्म देश तथा विदेशमा गरेर २२ हजारभन्दा बढी गुर्जोको बिरुवा/बेर्ना निःशुल्क वितरण गरेको जानकारी दिनुभयो ।


हेटौंडाका नेताले भाडा छुट गरे

श्रावण ७, हेटौंडा - व्यवसायीलाई राहत दिने उद्देश्यले मकवानपुरका उद्योगी, व्यवसायीका नेतृत्व तहमा हुनेहरुले आ–आफ्नो घर, कबल तथा सटरको भाडा छुट दिने घोषणा राखेका छन् । जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारीले व्यक्तिगत घरको भाडा छुट दिने घोषणा गरेका हुन् ।


नारायणीको बहाव ४४ वर्षको उच्च

श्रावण ७, भरतपुर - नारायणी नदीको बहाव ६ गते बिहान ४४ वर्षयताको सबैभन्दा उच्च भएको छ । बिहान ९ बजे नदीको बहाव ९ दशमलव ९१ मिटर पुगेको थियो ।


बाढी पहिरोबाट ७ जनाको मृत्यु, दुई पक्की पुल बगे

साउन ६, काठमाडौं - अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेर सोमबार रातिसम्म ७ जनाले ज्यान गुमाएका छन् । यस्तै १० जना घाइते भएका छन् ।


सुदूरपश्चिमका तीन मन्त्रालय र प्रदेशसभा भवन अगाडि शंकास्पद वस्तु फेला, बम भएको आशंका

साउन ६, धनगढी - सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीका तीन मन्त्रालय र प्रदेश भवन अगाडि शंकास्पद वस्तु फेला परेको छन् । प्रदेश सरकारका ती मन्त्रालय र प्रदेशसभा भवन नजिक कुकुरबम जस्तै देखिने वस्तु फेला परेका हुन् ।


हिमताल फुट्ने खतरा, सुरक्षित स्थानमा जान प्रशासनको सूचना

श्रावण ६,सिन्धुपाल्चोक - जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो हिमताल फुट्ने खतरा रहेको भन्दै भोटेकोशी आसपासका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान सूचित गरेको छ । सोमबार प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जारी गरेको सूचनामा ‘मित्रराष्ट चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ नामको पोखरीमा अविरल वर्षाका कारण पानी भरिन गई फुट्न सक्ने सम्भावना रहेको र न्यालम क्षेत्रमा अत्यधिक वर्षा भइरहेको भनी मित्रराष्ट्र चीनको समकक्षीहरुबाट दोभाषेमार्फत जानकारी प्राप्त भएको’ जनाएको छ ।


आजदेखि काठमाडौंमा सार्वजनिक बस सञ्चालन

साउन ५, काठमाडौं - यातायात व्यवसायीहरुले सोमबारदेखि सार्वजनिक बस सञ्चालन गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघअन्तर्गत सञ्चालित १७७ वटै कम्पनीका बसहरु सञ्चालनमा आएको महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले जानकारी दिए ।


नेकपा विवाद के हुँदैछ ?

पार्टीभित्रको विवाद समाधानका लागि दाहाल खुमलटार , बालुवाटार , कोटेश्वरका भेटघाट र दौडधुपमा व्यस्त हुन्छन् । तर ओलीसँग अलिकति सहमतिको संकेत मिल्नेबित्तिकै झस्किने नेपाल समूह र नेता नेपालको नामसमेत सुन्न नचाहने ओलीका बीचमा तालमेल मिलाउन नसक्दा कहिले यता र कहिले उता ढल्किरहेका छन् ।


अझै झस्किनुहुन्छ पहिरोमा पुरिएका गोवासिंह

साउन ४, सङ्खुवासभा - सङ्खुवासभाको सिलिचोङ–१ सिसुवाखोला बेसिन्दामा गएको पहिरोमा पुरिएर जीवितै उद्धार गरिएका ७९ वर्षीय गोवासिंह राई अझै पनि साता दिनअघि गएको पहिरोको झझल्कोमा हुनुहुन्छ । जिल्ला अस्पताल खाँदबारीमा उपचार गरिरहेका गोवासिंह निद्रामा पनि पहिरोले लग्यो भन्दै बर्बराउनुहुन्छ ।


नाछिरिङ राई भाषाको पाठ्यपुस्तक विमोचन

साउन ४, खोटाङ - विद्यालयमा नाछिरिङ राई भाषा पठनपाठन सञ्चालन गर्नका लागि कक्षा १ र २ को पाठ्यपुस्तक विमोचन गरिएको छ । किराँत रदु नाछिरिङ साखाम केन्द्र काठमाडौँको पहलमा बनाइएको रामकुमार नाछिरिङ संयोजकत्वको पाठ्यक्रम तथा पाठ्यपुस्तक लेखन समितिले तयार पारेको पाठ्यपुस्तक शनिबार साखामकै केन्द्रीय कार्यालय नारायणचोक कपनमा विमोचन गरिएको हो ।


झोलुङ्गे पुल निर्माणका लागि सामान ढुवानी गरिँदै

साउन ४,दार्चुला - व्यास गाउँपालिका–१ छाङ्गरु गागामा निर्माण गरिन लागेको झोलुङगे पुलका लागि हेलिकप्टरमार्फत सामान ढुवानी शुरु गरिएको छ । छाङ्गरु र तिङ्करका लागि खाद्यान्न ढुवानी गर्न आएको माउण्टेन एयरको हेलिकप्टरमार्फत पुल निर्माणको सामान ढुवानी शुरु गरिएको हो ।


बन्दाबन्दीको असर राजस्व सङ्कलनमा

साउन ३, विराटनगर - आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७६/७७ मा कूल रु छ अर्ब ९५ करोड ७५ लाख ७२ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा रु १० अर्ब १२ करोड ५९ लाख दुई हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा राखिएको थियो ।


आकर्षक गन्तव्य बन्यो ऐतिहासिक कुमारी मन्दिर

साउन ३, मध्यपुरथिमि नगरपालिका (भक्तपुर) - केही महिना अगाडिसम्म सुँगुर, हाँस कुखुरा चर्थे । मध्यपुरथिमि नगरपालिका–७ बोँडेस्थित ऐतिहासिक कुमारी मन्दिर संरक्षणका लागि बसेकाले नै चारवटा टहरा बनाएर सुँगुर, हाँस कुखुरा पाल्न थालेपछि मन्दिर परिसरमा निकै दुर्गन्ध फैलिँदा स्थानीय पनि नियमित मन्दिरसम्म जाने आँट गर्दैनथे ।


दुई हजार ३८८ घरमा जस्तापाता लगाइने

श्रावण ३, खोटाङ - नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत यस वर्ष खोटाङका दुई हजार ३८८ घरधुरीमा जस्तापाता लगाइने भएको छ । शहरी विकास मन्त्रालयको लगानीमा खोटाङका दुई हजार ३८८ वटा घरमा लगाइएको खर वा फुसको छाना विस्थापित गरेर जस्तापाताको छाना लगाइने भएको हो ।


सेती नदीको कटानले बस्ती जोखिममा

श्रावण ३, डोटी - वर्षेनी सेती नदीको कटानले जिल्लाका बारपाटा, गोपघाट, कालागाढ, सिरखोली सैन, दिपायल, घोलतडा तथा नारिदाङका बस्ती उच्च जोखिममा परेको छ । नदीले वर्षेनी धार परिर्वतन गर्दै स्थानीयका बस्ती भएर बग्न थालेका कारण यहाँका गाउँघर नदीले बगाउने भन्दै स्थानीयवासीमा त्रास फैलिएको छ ।


तातोपानी भन्सारबाट एक अर्ब ६० करोड राजश्व सङ्कलन

श्रावण २,भोटेकोशी गाउँपालिका(सिन्धुपाल्चोक) - नेपाल–चीनको उत्तरी नाका तातोपानी भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७६/७७ मा रु एक अर्ब ५९ करोड ६५ लाख ५८ हजार ९७९ राजश्व सङ्कलन भएको छ । सो आर्थिक वर्षमा राजश्व सङ्कलन गर्न वार्षिक लक्ष्य नतोकिएको हुँदा उक्त राजश्व भन्सार महशुल, मूल्य अभिवृद्धि कर कृषि सुधार तथा सडक सुधार शुल्कलगायत शीर्षकमा सङ्कलन भएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो ।


साइकल चढ्छन् प्रमुख

श्रावण २,कनकाई नगरपालिका (झापा)- मुलुकभर स्थानीय तहले गाडी खरिदमा ठूलो धनराशि खर्चेको विषयमा आलोचना भइरहेका बेला झापाको कनकाई नगरपालिकाले सवारीसाधन खरिदका लागि छुट्याएको बजेट प्राविधिक शिक्षामा सदुपयोग गरेको छ । गत आर्थिक वर्ष २०७६/७७ मा कनकाई नगरसभाले नगरपालिकाको प्रमुख चढ्नका लागि रु ६० लाख बजेट विनियोजन गरेको थियो तर नगरप्रमुख राजेन्द्र पोखरेलले लाखौँ खर्चेर आफ्ना लागि सवारीसाधन खरिद गर्ने प्रस्ताव अस्वीकार गर्नुभयो ।


विकास योजनामा बचेको रकमले नर्सरी निमार्ण

श्रावण २,बलेफी गाउँपालिका (सिन्धुपाल्चोक)- निर्वाचन क्षेत्र पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत बलेफी गाउँपालिकामा नर्सरी स्थापना गरिएको छ । बुधबार एक बिशेष समारोहकाबीच बाग्मती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले प्रदेश सरकारको लगानीमा निर्माण भएको नर्सरीमा बिरुवा रोप्दै उद्घाटन गर्नुभयो ।


महालेखापरीक्षकले राष्ट्रपतिलाई प्रतिवेदनःबुझायो ।

श्रावण १, - ५१ खर्ब ७१ अर्बको लेखापरीक्षणमा १ खर्ब ३२ अर्ब बेरुजु महालेखापरीक्षकको कार्यालयले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो ५७औँ वार्षिक प्रतिवेदन बुझाएको छ । महालेखापरीक्षक टंकमणि शर्माले राष्ट्रपति भण्डारीलाई शीतलनिवास पुगेर गत आर्थिक वर्ष २०७५/०७६ को वार्षिक लेखापरीक्षण प्रतिवेदन बुझाएका हुन् ।


४० अर्बभन्दा बढी बेरुजु थुप्रियो

श्रावण १, - देशभरका सरकारी कार्यालयको चार खर्ब रुपियाभन्दा बढी बेरुजु रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । कार्यालयले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको महालेखा परीक्षकको ५७औं वार्षिक प्रतिवेदनमा उक्त रकम बेरुजु रहेको उल्लेख गरिएको हो ।


पाचौं वार्तामा पनि अनुत्तीर्ण ओली–प्रचण्ड

श्रावण १, - सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार भएको पाँचौंपटकको वार्तामा पनि सहमति जुट्न सकेन । मंगलवार भएको वार्ता सहमति नजिक रहेकाले बुधबार सहमति हुने बताइए पनि दुवै अध्यक्षको अडानका कारण ठोस सहमति जुट्न नसकेको हो ।


बेरुजु फछ्र्यौट गर्ने उत्कृष्ट नगरपालिका थाहानगरपालिका

श्रावण १, मकवानपुर - बेरुजु फछ्र्यौट गर्ने विषयमा मकवानपुरको थाहानगर उत्कृष्ट भई पुरस्कृत भएको छ । आर्थिक वर्ष २०७४/०७५ सम्मको बेरुजु अंकको ९६.०६ प्रतिशत फछ्र्यौट गरेकोमा थाहा नगरपालिलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुरस्कृत गरेको हो ।


नगरपालिकाद्धरा विज्ञप्ती

श्रावण १,ललितपुर - कोरोना भाइरस (कोभिड १९) बाट महालक्ष्मी नगरपालिकामा प्रभाव परेको छ । नगरपालिकामा २३ जना संक्रमित भएपछि नगरपालिकाको प्रयासबाट गत शनिबार संक्रमितको नजिकमा रहेको आशंका गरिएका ७४ जना र समुदायका १ सय ३९ जना गरी २१३ जनाको पीसीआर परीक्षण गरिएको थियो ,सोही सन्धर्भमा नगरपालिकाले एक विज्ञप्ती प्रकाशीत गरेर प्रस्ट पारेको छ ।


चिया निर्यातमा दोहोरो खर्च झेल्दै बिक्रेता

श्रावण १,इलाम - तयारी चिया भारत लैजानका लागि चिया बिक्रेताले यस पटक दोहोरो खर्च झेल्नुपरेको छ । चिया लैजानका लागि भन्सारमा आवश्यक पर्ने ‘सिएफएल’ दुवै नाकाबाट बनाउनु पर्दा बिक्रेताले दोहोरो खर्च झेल्नुपरेको हो ।


फुल्पिङमा पहिरोले दुई घर बगायो, पाँच बेपत्ता

श्रावण,१ सिन्धुपाल्चोक - गएराति परेको अविरल वर्षाका कारण खसेको पहिरोमा परी सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगेको छ भने पाँच जना बेपत्ता भएका छन् । राति १ः३० बजे वर्षासँगै झरेको पहिरोमा घर परेको भोटेकोशी गाउँपालिका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिनुभयो ।


व्यास गाउँपालिकामा आफ्नै भूमिमा आवतजावत गर्न भारतीय अवरोध

आषाढ ३१ ,व्यास गाउँपालिका (दार्चुला) - दार्चुलाको व्यास क्षेत्रको कालापानी क्षेत्रसम्म स्थानीयवासीलाई आवतजावत गर्न भारतले रोक लगाएको छ । विगतमा कालापानी मुहान नजिकैसम्म आवतजावत गर्न दिएको ठाउँसम्म अहिले भारतीय सुरक्षाकर्मीले जान दिएको छैन ।


‘कहिले तङ्ग्रिएला त श्रीअन्तु’

असार ३०,इलाम - देशको प्रमुख पर्यटकीय स्थल श्रीअन्तु । यहाँ सूर्योदय र सूर्यास्त हेर्ने बाह्रैमास घुइँचो लाग्छ ।


उपभोक्ताले मरमत गर्न सकेनन् निवुखोला जलविद्युत्

असार ३०, फिदिम - पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं ४ ज्यामिरे टोलमा सञ्चालित लघु जलविद्युत् आयोजना जीर्ण अवस्थामा पुगेपछि करिब १५० घर परिवारका उपभोक्ता प्रभावित बनेका छन् । हामसामी निवुखोला लघु जलविद्युत् आयोजना उपभोक्ताले मात्रै मर्मत गर्न नसकेपछि जीर्ण अवस्थामा पुगेको हो ।


शुक्लागण्डकी नगरपालिकाको बजेट पारित

असार ३०, काठमाडौँ - शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि रु एक अर्ब १० करोड दुई लाख ९७ हजारको बजेट पारित गरेको छ । नगरपालिकाको सातौँ नगरसभाले नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो ।


नागरिकता विवाद : आफ्ना नागरिक अनागरिक हुन भएन

असार ३०, काठमाडौँ - विदेशी बुहारीलाई नागरिकता दिन सात वर्षको समय धेरै भयो तथा विदेशी ज्वाईँलाई नागरिकता पाउनबाट वञ्चित गराइयो भनेर अङ्गीकृत नागरिकताका विषयमा पक्ष र विपक्षमा तर्कहरु चलिरहेको छ । नागरिकता कुनै पनि देशका नागरिकको सबैभन्दा ठूलो परिचय तथा राष्ट्रियताको पहिचान भएकाले मानिस जन्मिएपछि त्यो देशको नागरिकको हैसियतले नागरिकता पाउनबाट वञ्चित हुनु हँुदैन ।


प्रदेश नं ५ को उद्योग व्यवसायमा कारोनाको प्रभाव

असार ३०, रुपन्देही - कोरोना भाइरसले विश्व अर्थतन्त्रमा पु¥याएको गम्भीर क्षतिको प्रभाव नेपालमा पनि परेको छ । यस महामारीका कारण नेपालको औद्योगिक तथा व्यावसायिक क्षेत्र धराशयी बन्दै गएको देखिएको छ ।


वैकल्पिक आम्दानीको गतिलो माध्यम मौरीपालन : न श्रमिक चाहिने, न बजारकै अभाव

असार २०, इलाम - पछिल्लो समय जिल्लाका अधिकांश किसानले खेतीबालीका साथसाथै व्यावसायिक मौरीपालन शुरु गरेका छन् । खेतीबालीमा जस्तो धेरै खट्नुनपर्ने र कम लगानी गर्दै उल्लेखीय आम्दानी लिन सकिने भएपछि वैकल्पिक व्यवसायका रूपमा किसानले मौरीपालन गर्न थालेका हुन् ।


स्थानीयवासीको शतप्रतिशत लगानीमा बन्यो कृषि सडक

असार २०, पोखरा - पर्यटकीय गन्तव्य फेवातालपारि अवस्थित मार्की÷मार्गी धर्मडाँडाका गाउँलेले शतप्रतिशत लगानी जुटाएर एक किलोमिटर लामो कृषि सडक निर्माण गरेका छन् । पोखरा नजिकै रहे पनि तालपारि भएका कारणले विकासमा पछि परेको वडा नं २३ अन्तर्गत मौरेबगरबाट हर्पनखोलासम्मको ग्रामीण कृषि सडक स्थानीयवासीले रु छ लाख सहयोग सङ्कलन गरेर निर्माण गरेको निर्माण समितिका अध्यक्ष नन्दलाल लामिछानेले बताउनुभयो ।


‘एकका लागि एक अभियान’बाट एक करोड २० लाख उठ्यो

असार २०, झापा - ‘एक थुकी सुकी, सय थुकी नदी’ भन्ने उक्ति झापाका मनकारी दाताहरुले प्रमाणित गरेका छन् । पुर्खाहरुले व्यवहारले सिद्ध गरेका कुरा आज हाम्रो समाजमा भनाइ र उखानका रूपमा प्रचलित छन् ।


बराहपोखरीबाट रातो माछा निकाल्ने पक्राउ

असार २०, खोटाङ - खोटाङस्थित धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीबाट दुर्लभ रातो माछा निकालिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन् । बराहपोखरी गाउँपालिका–१ वराहपोखरीकोे रातो माछा डोकोले छोपेर निकालिरहेको अवस्थामा सोही ठाउँका ५७ वर्षीय प्रेमबहादुर राई र २७ वर्षीय जितबहादुर राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


साँफे मार्तडी सडकको विकल्पबारे अध्ययन

असार २९,बाजुरा - जिल्लास्तरीय सरोकारवाला निकाय सम्मिलित टोलीले साँफे मार्तडी सडकको अवस्था र नयाँ मार्गका लागि विकल्पबारे अध्ययन गरेको छ । जिल्ला विपत् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले द्वारी, अम्कोट बल्दे सडकको विकल्पबारे जानकारी लिएको छ ।


चौबिस मुलुकबाट २६ हजारभन्दा बढी स्वदेश फर्किए

असार २९ - कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को पछिल्लो विवरणअनुसार यही असार २७ गतेसम्म विभिन्न २४ मुलुकबाट भएको चार्टर्ड उडानमार्फत उनीहरु घर फर्किएका हुन ।


महालक्ष्मीमा एकैदिन २१३ जनाको पीसीआर परीक्षण

असार २८,ललितपुर– महालक्ष्मी नगरपालिका, ललितपुरमा २३ जना कोरोना भाइरस संक्रमित फेला परेपछि पीसीआर परीक्षण तीब्र बनाइएको छ । नगरपालिकाको समन्वयमा शनिबार एकै दिन २ सय १३ जनाको परीक्षण गरिएको नगर प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।


एकता कायम गर्दै समृद्धितर्फ अघि बढ्न नेतृत्वलाई आग्रह

असार २७,घोडाघोडी - स्थायित्व एकता कायम गर्दै समृद्धितर्फ अघि बढ्न नेकपा सुदूरपश्चिमका नेता तथा सांसदले नेतृत्वलाई आग्रह गरेका छन् । पछिल्लो समय पार्टीमा देखिएको विवाद समाधानमा दुवै अध्यक्षले आवश्यक छलफल गरेर समाधान निकाल्नुपर्ने नेकपाका पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले बताउनुभएको छ ।


सप्तकोशीको बाढीले उच्च जोखिमको तह नाघ्यो, ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलियो

असार २७ काठमाडौं - सप्तकोशी नदीमा आएको बाढीले उच्च जोखिमको तह पार गरेको छ । तर भारतीय नियन्त्रणमा रहेको ब्यारेजका ५६ मध्ये ३८ वटा ढोका मात्र खोलिएका छन्‌ ।


केएमसी अस्पतालमा कोरोना संक्रमित बिरामीको मृत्यु

असार २७ काठमाडौं - केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएका एक जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । गोकर्णका ५४ वर्षका पुरुषको उपचारको क्रममा असार २५ गते मृत्यु भएको थियो ।


कोरोनाको आशङ्का भएपछि १४९ जनालाई खरिपाटी क्वारेन्टिनमा राखियो

असार २७, भक्तपुर - कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९ जनालाई होल्डिङ सेन्टरमा नलगी भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित क्वारेन्टिनमा लगिएको छ । कतार एयरवेयजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल ओर्लिएकामध्ये केहीलाई कोरोना सङ्क्रमणको आशङ्का भएपछि विमानस्थलबाट नौवटा गाडीमा राखेर सिधै खरिपाटीस्थित क्वारेन्टिमा लगिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।


‘एक कृषक, एक दुहुनो गाईभैँसी’

असार २५ , पोखरा - कास्कीको अन्नपूर्ण गाउँपालिकाले दूधलाई दैनिक आयआर्जनको माध्यम बनाउन ‘एक कृषक, एक दुहुनो गाईभैँसी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि पशुपालक कृषक समूहलाई गोठ निर्माण तथा भकारो सुधार कार्यका लागि अनुदान उपलब्ध गराउने नीति लिइएको छ ।


उत्पादन बढाउन पशु आहार विस्तार परियोजना

असार २५, भरतपुर - वाग्मती प्रदेश सरकारले दुग्ध उत्पादन बढाउन पशु आहार विस्तार परियोजना सञ्चालन गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत पशुपक्षी तथा मत्स्यविकास निर्देशनालयले चितवन जिल्लामा सो परियोजना शुरुआत गरेको हो ।


स्थानीय तहका न्यायिक समिति ओझेलमा

असार २५,तम्घास - नेपालको संविधानले स्थानीय तहका उपप्रमुखहरुलाई स्थानीयस्तरमा हुने विवादित विषयमा न्याय निरुपण गर्ने अधिकारको व्यवस्था गरेको छ । संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहमा उपप्रमुखको नेतृत्वमा न्यायिक समिति गठन पनि भएका छन् ।


नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दज्र्यानी चिह्न प्रदान

असार २५, गृह मन्त्रालय - गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । यसअघिका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे उमेरहदका कारण गएरातिदेखि अवकाश लिनुभएकाले सरकारले उहाँलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो ।


बाह्रबीसेमा उद्धारका लागि हेलिकप्टर

असार २५, सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको बाढीबाट प्रभावितको उद्धारका लागि हेलिकप्टरसहितको टोली घटनास्थल पुगेको छ । मौसम प्रतिकूलताले काभ्रेपलाञ्चोकको मङ्गलटारमा अवतरण भएको कैलाश एयरको हेलिकप्टर सिन्धुपाल्चोकको बाह्रबीसे जम्बु पुगेको हो ।


बाढीले बाह्रबिसेमा दुईको मृत्यु, १८ बेपत्ता

असार २५, बाह्रबिसे नगरपालिका(सिन्धुपाल्चोक) - अविरल वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई जनाको मृत्यु भएको छ भने १८ बेपत्ता भएका छन् । बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले दिएको जानकारीअनुसार खागदल र आधीखोलामा आएको बाढीले खागदल खोलाको पुल बगाउनुका साथै ठाउँठाउँमा सडक बगाएकाले आवतजावत गर्न कठिनाइ भएको छ ।


बन्दाबन्दी खुकुलो भएसँगै पाल्पामा पर्यटकीय चहलपह बढ्दै

असार २४, पाल्पा - कोरोनाको कहरले सुनसान बनेका पाल्पाका पर्यटकीय तथा धार्मिक स्थलमा विस्तारै चहलपहल बढ्न थालेको छ । बन्दाबन्दी खुकुलो भएसँगै पर्यटकीय तथा धार्मिक क्षेत्रमा अवलोकन तथा दर्शन गर्न जाने आन्तरिक पर्यटक बढ्न थालेका हुन् ।


ब्याज तिर्न कठिन

असार २४, चितवन - उद्योगी व्यवसायीले असार मसान्तमा बैंकको व्याज र किस्ता तिर्न कठिन भएको जनाएका छन् । विद्युत्, टेलिफोनदेखि कर्मचारीको तलबसमेत तिर्न समस्या भएको भन्दै उनीहरुले लकडाउनका कारण बैंकको व्याज र किस्ता तत्काल तिर्न नसक्ने जनाएका हुन ।


सिँचाइ र कृषि सडकमा जोड

असार २४ ,सल्यान - सल्यानमा सिँचाई तथा कृषि सडकमा विशेष जोड दिएको छ । जिल्लाका १० वटै स्थानीय तहमा कृषिजन्य वस्तुको उत्पादन अभिवृद्धि गरी निर्यात गर्ने उद्देश्यले सिँचाई तथा कृषि सडकमा विशेष जोड दिएको हो ।


बागलुङमा बन्ने भयो ‘जुलोजिकल पार्क’

असार २४ ,गलकोट - बागलुङ नगरपालिकामा नेपालकै नमूना प्राणी उद्यान (जुलोजिकल पार्क) बन्ने भएको छ । सामुदायिक वनमा भएका जीवजन्तुको संरक्षणसँगै पर्यटनको विकासका लागि चिडियाखाना निर्माण गरिने भएको हो ।


स्थानीयवासीको जायज माग पूरा गरेर मात्र मेलम्चीको पानी लैजानुपर्छ : सांसद तामाङ

असार २४ , मेलम्ची - स्थानीयवासीको जायज माग पूरा गरेर मात्र मेलम्चीको पानी काठमाडौँ लैजानुपर्ने सिन्धुपाल्चोक क्षेत्र नं २ का सांसद शेरबहादुर तामाङले बताउनुभएको छ । मेलम्ची खानेपानी विकास समिति र खानेपानी मन्त्रालयले एकतर्फीरूपमा सिन्धुपाल्चोकका जनप्रतिनिधि, स्थानीय तह र सरोकारवाला निकायलाई कुनै जानकारी नदिई पानी पथान्तरण शुरुआत गरेको भन्दै प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि, सरोकारवालाले असन्तुष्टि व्यक्त गरेका छन् ।


ऋण चुक्ताका लागि मानसिक दबाब नदिन आग्रह

असार २४ , चिप्लेढुङ्गा - कोभिड–१९ को महामारीसँगै नेपालमा जारी बन्दाबन्दीका कारण पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा पश्चिमाञ्चल होटल सङ्घ पोखराले कर्जाको साँवा र ब्याज भुक्तानीका लागि ताकेता नगर्न बैंक तथा वित्तीय संस्थाहरुसँग आग्रह गरेको छ । पर्यटन तथा होटल क्षेत्रलाई असार मसान्तको कारण देखाउँदै बैंक तथा वित्तीय क्षेत्रबाट साँवा तथा ब्याज भुक्तानीका निम्ति गरिएको ताकेताप्रति सङ्घले ध्यानाकर्षण भएको भन्दै त्यस्तो आग्रह गरेको हो ।


ऐतिहासिक दुगुनागढी बजेट अभावमा अधुरो

असार २४,भोटेकोशी गाउँपालिका (सिन्धुपाल्चोक) - सिन्धुपाल्चोकको ऐतिहासिक दुगुनागढीको मर्मतकार्य बजेट अभाव र बन्दाबन्दीले काम हुन नसकेपछि अधुरो रहन गएको छ । गत वर्ष माथिल्लो गढीको भित्री भागको मर्मतकार्य पूरा भएको र यस वर्ष बाहिरी भागको पर्खाल लगाउने काम तीन खण्डको एक खण्ड मात्र पूरा भएको उपभोक्ता समितिका अध्यक्ष पासाङवटी शेर्पाले बताउनुभयो ।


अस्पतालमा स्वास्थ्य सावधानी अपनाउँदैनन् बिरामी र कुरुवा

असार २३ , काठमाडौँ - कोभिड–१९ का सङ्क्रमितसँगै अरु किसिमका बिरामीको उपचार गरिरहेको पाटन अस्पतालमा आउने बिरामी र कुरुवाले आवश्यक स्वास्थ्य सावधानी अपनाएको पाइएको छैन । अस्पतालमा पुग्दा कतिपय कुरुवा र बिरामी समूहमै बस्ने र माक्सको प्रयोग नगरेको देख्न सकिन्छ ।


सहमति खोज्न नेकपा अध्यक्षद्वयको छलफल

आषाढ २३,बालुवाटार -सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवादमा सहमति खोज्न आज पनि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सम्पन्न भएको छ । नेकपामा आन्तरिक विवाद बढेपछि यही असार १८ गतेको पार्टीको स्थायी कमिटीको बैठकले शीर्ष तहमा अनौपचारिक छलफलका लागि केही दिन बैठक स्थगन गरी असार २१ गतेका लागि तोकेकामा पुनः स्थगन भई यही असार २४ गतेका लागि तोकिएको छ ।


खोला र जङ्गलका भरमा जीवीकोपार्जन

आषाढ २३, बगनासकाली गाउँपालिका (पाल्पा) - आर्थिक रुपमा अतिविपन्न परिवारमा जीवीकोपार्जनमा समस्या देखिएको छ । बगनासकाली गाउँपालिका–१, घोरबन्दाका कुमाल समुदाय घरमा नुनतेललगायत खाद्य पदार्थको अभाव भएपछि खोला र जङ्गलका भरमा जीवीकोपार्जन गर्न बाध्य छ ।


नारायणी लिफ्टबाट पानी छाडियो

आषाढ २३,(चितवन) - नारायणी लिफ्ट सिँचाइ प्रणालीको मुख्य स्थलमा पूजाआजा गरी पानी छाडिएको छ । पश्चिम चितवनको जमिन सिँचाइका लागि मुख्य नहर मानिएको सो लिफ्टको पम्पहाउस एबाट आज पानी छाडिएको हो ।


किसानलाई व्यावसायिक बनाउँदै पशुसेवा कार्यालय

आषाढ २३,(कर्णाली प्रदेश) -कर्णालीप्रदेशसरकारअन्तर्गत सञ्चालनमा आएको पशु अस्पताल तथा पशुसेवा कार्यालय दैलेखले किसानलाई व्यावसायिक पशुपालनतर्फ अग्रसर बनाउने अभियान शुरु गरेको छ । परम्परागतरुपमा पशुपालन गर्दै आएका नारायण नगरपालिकाका किसानलाई प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा १२० भैँसी वितरण शुरु गरिएको छ ।


कटेजमा ताल्चा, बैंकमा ऋण : तनावमा पर्यटन व्यवसायी

आषाढ २३, कन्काई नगरपालिका (झापा) - झापा कन्काई नगरपालिकाका डिपी आचार्य अहिले तनावमा हुनुहुन्छ । इलामको सूर्योदय नगरपालिकास्थित अन्तुमा सञ्चालन गरेको कटेज बन्दाबन्दीको समयमा बन्द गर्नु परेपछि उहाँ तनावमा पर्नुभएको हो ।


नगरपालिकाद्वारा दुई महिनाको भाडा छुट

आषाढ २३, व्यास नगरपालिका(तनहुँ) - तनहुँको व्यास नगरपालिकाले भाडामा लगाइएका पसल कवलको दुई महिनाको भाडा छुट दिने भएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीले व्यवसायीहरू मर्कामा परेकाले नगरपालिकाअन्तर्गत पसल कवल भाडामा बस्नेहरुलाई चैत र वैशाख गरी दुई महिनाको भाडा छुट दिने निर्णय नगरपालिकाले गरेको हो ।


नेकपा विवाद मिलाउन दोस्रो तहका नेताको सक्रियता

असार,२१ काठमाडौँ -शीर्ष नेताबीच विवाद कायम रहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दोस्रो तहका नेताले सहमतिको खोजीका लागि सक्रियता देखाएका छन् । सहमतिकै प्रयासका लागि आजका लागि तोकिएको स्थायी कमिटी बैठक यही असार २४ गते सम्मका लागि स्थगन भएको छ भने विवाद मिलाउन अनौचारिक गृहकार्य जारी छ ।


राहतस्वरुप १०० बोरा चामल

असार २२,अन्नपूर्ण गाउँपालिका(कास्की) - कास्कीको अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटीमा राहतस्वरुप १०० बोरा चामल वितरण गरिएको छ । कोरोनाको महामारीसँगै दैनिकी सञ्चालनमा समस्या परेका सर्वसाधारणलाई लक्षित गरी प्रतिपरिवार २५ किलोग्रामका एक÷एक बोरा चामल राहतस्वरुप प्रदान गरिएको राहत संयोजक टेकबहादुर गुरुङले जानकारी दिनुभयो ।


रेडक्रसको दश श्ययाको होल्डिङ सेन्टर

असार २०, खोटाङ - नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले दिक्तेलमा दश श्ययाको होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको छ । विदेशबाट जिल्ला भित्रिने व्यक्तिलाई पिसिआर रिपोर्ट नआएसम्म राख्न रेडक्रसले दिक्तेलको पञ्च माविमा दश श्ययाको होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको हो ।


त्रिशूलीमा बेपत्ता स्करपियोका धनी प्रहरी सम्पर्कमा

असार २०, चितवन - नवलपरासीको गैँडाकोटबाट काठमाडौँ जाँदै गरेको स्करपियो चितवन र धादिङको सीमा क्षेत्रबाट बिहीबार त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ । शुक्रबार स्करपियोका धनीले इलाका प्रहरी कार्यालय गजुरीमा गाडी र चालक हराएको भन्दै निवेदन दर्ता गरेपछि सो गाडी खसेको निष्कर्ष प्रहरीले निकालेको हो ।


महिलासँग उपप्रमुख कार्यक्रम : बुहारी र छोरीलाई निःशुल्क शिक्षा

असार २०, गोकर्णेश्वर नगरपालिका(काठमाडौँ) - घरको काम गरेर पनि उच्च शिक्षा अध्ययन गरिरहेका सहयोगी महाविद्यालयमा स्नातक तहमा अध्ययनरत ४२ छात्रालाई सहयोगस्वरुप शैक्षिक सामग्री वितरण गरिएको छ । महाविद्यालय गोकर्णेश्वर–४ मा रहेको स्नातक तहसम्म अध्यापन हुने बहुमुखी सामुदायिक क्याम्पस हो ।


सुदूरपश्चिममा कोरोनाको सङ्क्रमण दर उच्च

असार १९,(धनगढी) - बिहीबार एकै दिन ३३३ जना कोरोना सङ्क्रमित थपिएपछि सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ९३३ पुगेको छ । प्रदेशको कैलाली जिल्लामा एकै दिन १३८ जना नयाँ सङ्क्रमित थपिएपछि यो जिल्लामा सङ्क्रमितको सङ्ख्या ८७४ पुगेको छ ।


भुक्तानी लिन बैंकमा उपभोक्ताको चाप

असार १९, (डोटी) - पछिल्ला केही दिन यता जिल्लाका बैंकमा उपभोक्ताको लामो लाइन लाग्ने गरेको छ । जिल्लाका नौ वटा स्थानीय तहमध्ये ८ वटा स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा आर्थिक कारोवारका लागि सदरमुकामका बैंकमा चाप परेको हो ।


नगरपालिकालाई खरको छानामुक्त बनाइने

असार १९,दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(खोटाङ)- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई खरको छानामुक्त बनाउने अभियान शुरु गरिएको छ । करिब ९०० घर गरिब परिवार रहेको सो नगरपालिकालाई आगामी दुई वर्षभित्र खरको छानामुक्त बनाउने अभियानअन्तर्गत बिहीबार ४५ घर गरिब परिवारलाई जस्तापाताको छाना हाल्नका लागि पहिलो किस्ताबापतको रकम प्रदान गरिएको छ ।


तुलसीपुरका ३२ सामुदायिक विद्यालय समायोजित

असार १८,तुलसीपुर उपमहानगरपालिका (दाङ) - दाङको तुलसीपुर उपमहानगरपालिकाका ३२ सामुदायिक विद्यालय गाभिएका छन् । उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख भाष्कर गौतमका अनुसार एक सयभन्दा कम विद्यार्थी भएका र दुई विद्यालयबीच आधा घण्टाको दूरी भएका विद्यालय गाभिएको हो ।


समृद्ध गैँडाकोटका लागि १३ आधार प्रस्तुत : बजेट रु ७१ करोड

असार १८,गैँडाकोट नगरपालिका नवलपरासी(बर्दघाट सुस्तापूर्व) - को गैँडाकोट नगरपालिकाले समृद्ध नगर निर्माणका लागि १३ प्रमुख आधार अघि सारेको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख छत्रराज पौडेलले गरिबीमुक्त गैँडाकोटसहित आधार अघि सार्नुभएको हो ।


कप्दाने पोखरीको अस्तित्व गुम्ने खतरा

असार १८,चिचिला गाउँपालिका (सङ्खुवासभा) - पर्यटकीय क्षेत्रको महत्व बोकेको सङ्खुवासभाको चिचिला गाउँपालिकामा पर्ने कप्दाने पोखरीको संरक्षणको नहुँदा पोखरीको अस्तित्व गुम्ने खतरा बढेको छ । नेपाल भोट युद्धको समयमा नेपालतर्फका लडाकुहरु भोटयुद्ध गर्न जाने क्रममा आफ्ना हतियार बोक्न नसकेर खाल्डो खनेर छोडेको तर युद्धपछि फर्केर आउँदा ती खाल्डोमा आफ्ना सामग्री पूरै पुरिएर पोखरी बनेको धार्मिक किंवदन्ती छ ।


खानेपानी योजनामा नक्कली उपभोक्ता समिति खडा

असार १८ , आदर्श गाउँपालिका (डोटी) - सुन्दा पनि अचम्म लाग्न सक्छ, जिल्लाको आदर्श गाउँपालिका–२ मा रहेको ‘साउनकाँडा बाहुनकाँडा खानेपानी आयोजना’मा उपभोक्ता समिति नै नक्कली बनाइएको खबर बाहिर आएको छ । सो वडामा सञ्चालन भइरहेको खानेपानी योजनाको नक्कली उपभोक्ता समिति गठन गरेर रकम झ्वाम पार्ने योजना बनाएको स्थानीयवासीको आरोप छ ।


बन्दाबन्दीले चिया क्षेत्रमा लाखौँ घाटा : न श्रमिकलाई तलब, न त चियाकै बिक्री

असार १८ , इलाम नगरपालिका(इलाम) - मुख्य सिजनमै बन्दाबन्दी भएपछि चिया क्षेत्रले लाखौँको घाटा व्यहोर्नु परेको छ । चियाकै राजा ‘पहिलो टिपाइ’ बेच्ने समयमा कोरोनाका कारण बन्दाबन्दी भएपछि एकातिर किसानले चिया टिपेर प्रशोधित क्षेत्रसम्म पु¥याउन सकेनन् भने अर्कातिर उद्योगमा प्रशोधन गरिएको चिया पनि बजारमा पु¥याउन नसक्दा समस्या भएको छ ।


गाउँपालिकाद्वारा विद्यालयलाई अनुदान

असार १७,मनहरि गाउँपालिका(मकवानपुर) - लकडाउन चलिरहेको बेला मकवानपुरको मनहरि गाउँपालिकाको शिक्षा समितिको सम्पन्न बैठकले सो गाउँपालिकाअन्तर्गतको विद्यालयको विकासका लागि अनुदान दिने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाअन्तर्गतका विद्यालयलाई रु २१ लाख ५२ हजार रकम अनुदान दिने निर्णय गरेको हो ।


काठका ठेकी बनाउने लोपोन्मुख सीप संरक्षण गरिँदै

असार १७, मुसीकोट नगरपालिका(रुकुमपश्चिम) - रुकुमपश्चिमको मुसीकोट नगरपालिका–११ का नरीभान कामी काठको ठेकी बनाउन सिकिरहनुभएको छ । दूधबाट दही बनाउन प्रयोग हुने काठको ठेकी बनाउने सीप सिक्न उहाँ केही दिनदेखि व्यस्त हुनुहुन्छ ।


नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण बढ्दै

असार १७, डोटी - सुदूरपश्चिम प्रदेशमा हालसम्म १७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको देखिएको हो ।


धान दिवस : किसान भन्छन्–मानो रोपेर मुरी फलाउने दिन गए

असार १५ वीरगञ्ज - हिलाम्य खेत, हातभरि धानको बेर्ना लिएर एक हुल महिला असारे गीत गाउँदै धान रोप्न व्यस्त छन् । अकाशभरि छिटपुट पानी परिरहेको छ तर नजिकै रहेको गण्डक नहरमा भने पानी आइसकेको छैन ।


ढल निकासको समुचित प्रबन्ध नहुँदा, कैदीबन्दीको बिचल्ली

आषाढ१५,जलेश्वर नगरपालिका (महोत्तरी) - महोत्तरी कारागारका कैदीबन्दी (थुनुवा)को बिचल्ली भएको छ । ढल निकासको समुचित प्रबन्ध नहुँदा महोत्तरी कारागार परिसरमा फोहर थुप्रिएर बस्ने, खाने, सुत्ने ठाउँ नपाएपछि कैदीबन्दीको बिचल्ली भएको हो ।


गोठाटारमा राष्ट्रिय गौ उद्यान, उपत्यकाका छाडा गाई बाच्छा संरक्षण

आषाढ १३,कागेश्वरी मनोहरा नगरपालिका (काठमाण्डौ) - पशुपति क्षेत्र विकास कोषको नेतृत्वमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं–८ मा राष्ट्रिय गौ उद्यान निर्माण शुरु भएको छ । कोषको करिब १०० रोपनी जग्गामा उद्यान निर्माण अभियान शुरु भएको सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो ।


दुई वर्षभित्रमा सबै घरधुरीमा आधारभूत खानेपानी

आषाढ १३, अन्नपूर्ण गाउँपालिका (कास्की) - कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी दुई वर्षभित्र खानेपानी सुविधा नपुगेका सबै घरधुरीमा आधारभूत खानेपानी पुर्‍याउने लक्ष्य लिएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा आगामी दुई वर्षभित्रमा खानेपानी सुविधा नपुगेका सबै घरधुरीमा आधारभूतस्तरको खानेपानी पुर्‍याउन सङ्घ, प्रदेश सरकार एवं अन्य गैरसरकारी सङ्घसंस्था सँगको साझेदारीमा ‘एक घर, एक धारा’ कार्यक्रमलाई निरन्तरता दिई सम्पन्न गरिने उल्लेख छ ।


मासिक पाँच लाख कमाउने किसानको सुझाव - हाम्रै माटोमा केही गरौँ

असार १०,पोखरा महानगरपालिका(कास्की) -केही गर्छु भन्ने दृढ इच्छा शक्तिका साथ लाग्ने हो भने बाँझो जग्गाबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने तथ्यलाई यहाँका कृषकले थप प्रमाणित गरेका छन् । पोखरा महानगरपालिका–१४ छिनेडाँडास्थित राधिका एकीकृत कृषि समूहमा आबद्ध कृषकले भैँसीको दूध र तरकारी बिक्री गरेर मासिक पाँच लाखभन्दा बढी आम्दानी गरेका छन् ।


‘नगरले तोकेको मापदण्डमा चियाको मूल्य देऊ’

असार ८, सूर्योदय नगरपालिका (इलाम)- राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले सूर्योदय नगरपालिकाले तोकेको हरियो चियाको न्यूनतम समर्थन मूल्य किसानले पाउनुपर्ने बताउनुभएको छ । उद्योगीले नगरले तोकेको समर्थन मूल्य नदिएको गुनासो गर्दै किसानले हरियो चियापत्तीको मूल्य बढाई दिन माग गर्दै आन्दोलन शुरु गरेका बेला उहाँले चिया उद्योगीको कुनै समस्या भए बोर्ड छलफलका लागि तयार रहेको बताउनुभयो ।


सूर्यविनायकको नीति तथा कार्यक्रम पारित

असार ७,सूर्यविनायक नगरपालिका (भक्तपुर)- सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा कोभिड–१९ प्रतिकार्यलाई उच्च प्राथमिकतामा राखेको छ । नगरपालिकाको चालू सातौँ नगरसभामा नगरप्रमुख वासुदेव थापाले सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको हो ।


त्रिनगर भन्सार नाकाबाट ८३ हजार नेपाली भित्रिए

असार ७ , कैलाली - कैलालीको त्रिनगर भन्सार सीमानाका भई भित्रिने नेपालीको उद्धारकार्य अहिले पनि जारी छ । कोरोना भाइरस सन्त्रासका कारण भारतका विभिन्न शहरबाट हिजोआज पनि नेपाली नागरिक त्रिनगर नाका हुँदै भित्रिने क्रम रोकिएको छैन ।


विस्थापित हुँदै परम्परागत ‘हलो’

शुक्लाफाँटा नगरपालिका (कञ्चनपुर) - शुक्लाफाँटा नगरपालिका–३ का किसान भरत चौधरीले पुर्खौंदेखि खेत जोत्न प्रयोग हुँदै आएको ‘गोरु जोत्न’ छोडनुभएको छ । उहाँले जोत्नका लागि गोरुका ठाउँमा ‘पावर टिलर’ खरिद गर्नुभएको छ ।


सरकारद्वारा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह

असार ६, काठमाण्डौ - सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आमनागरिकलाई पुनः आग्रह गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को शुक्रबार बसेको बैठकले बाहिर निस्किनुपर्दा अनिवार्य मास्क प्रयोग गर्न र अनावश्यक भीडभाड नगर्न तथा भौतिक दूरी कायम गर्न आग्रह गरेको छ ।


व्यास नगरपालिकामा रु एक करोड २७ लाख ४३ हजार ४४२ खर्च

असार ६,व्यास नगरपालिका(तनहुँ) - तनहुँको व्यास नगरपालिकाले कोभिड–१९ को नियन्त्रण, राहत वितरण र क्वारेन्टिन व्यवस्थापनका लागि रु एक करोडभन्दा बढी खर्च भएको जनाएको छ । कोभिड–१९ र बन्दाबन्दीबाट प्रभावित परिवारलाई राहत वितरण, क्वारेन्टिन व्यवस्थापन र उपकरण खरिदसमेतमा गरी रु एक करोड २७ लाख ४३ हजार ४४२ खर्च भएको नगरपालिकाले जनाएको छ ।


‘एक वडा, एक महिला कृषि सहकारी’

असार ६,हलेसी तुवाचुङ नगरपालिका (खोटाङ)- हलेसी तुवाचुङ नगरपालिकामा ‘एक वडा, एक महिला कृषि सहकारी’ संस्था स्थापनाको काम शुरु गरिएको छ । आफूखुशी एक्लाएक्लै व्यवसाय गर्दै आएका महिलालाई एकताबद्ध गराएर उनीहरुलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाकै नीति तथा कार्यक्रमअन्तर्गत हरेक वडामा महिला कृषि सहकारी संस्था स्थापनाको काम शुरु गरिएको हो ।


महामारी रोकथामसँगै स्वरोजगार अभिवृद्धि प्राथमिकतामा

असार ५,अन्नपूर्ण गाउँपालिका (कास्की) - कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारी रोकथामसँगै स्वरोजगार अभिवृद्धिका कार्याक्रमलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाद्वारा बिहीबार आयोजित कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष युवराज कुँवरले कोरोना सिर्जित असामान्य अवस्थाका कारण वैदेशिक तथा स्वदेशमा रोजगारी गुमाएका युवालाई निजको ज्ञान, सीप, अनुभवलाई प्रयोग गरी स्वरोजगार तुल्याउनका साथै आन्तरिक उत्पादनमा आत्मनिर्भरता कायम गरिने उहाँले बताउनुभयो ।


स्वास्थ्यकर्मी र सशस्त्र प्रहरीको निगरानीमा सङ्क्रमित

असार ५, शिखर नगरपालिका (डोटी) - जिल्लाको शिखर नगरपालिका–३ आलीअतुराली गाउँ स्वास्थ्यकर्मी र सशस्त्र प्रहरीले निगरानीमा राखेको छ । ‘गाउँमा खुलेआम घुम्दै कोरोना सङ्क्रमित’ भन्ने समाचार राष्ट्रिय समाचार समिति (रासस) मा केहीदिन पहिले प्रकासित भएपछि प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईको अध्यक्षमा जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकले उक्त गाउँमा उपचारका लागि स्वास्थ्यकर्मी तथा सुरक्षाका लागि सशस्त्र प्रहरी परिचालन गरिएको हो ।


च्यानडाँडाका किसानद्वारा कागतीको नर्सरी उत्पादन

असार ५ साकेला गाउँपालिका (खोटाङ) - साकेला गाउँपालिका–१ बाँझे च्यानडाँडाका किसान सामूहिकरुपमा कागतीको बेर्ना उत्पादनमा लागेका छन् । यसअघिसम्म छुट्टाछुट्टै उत्पादन गर्दै आएका तल्लो टोल बङ्गुर पालन कृषक समूहमा आबद्ध किसान गाउँपालिकाको रु दुई लाख आर्थिक सहयोग पाएपछि सामूहिकरुपमा बेर्ना उत्पादन शुरु गरेका हुन् ।


कामपाको नीति तथा कार्यक्रम : महामारीबाट प्रभावित करदातालाई सहुलियत

असार ५, काठमाडौँ महानगरपालिका (काठमाडौँ ) - काठमाडौँ महानगरपालिकाले विश्वभरि फैलिएको कोभिड–१९ बाट प्रभावित करदातालाई विशेष सहुलियत दिने भएको छ । कामपाद्वारा शुक्रबार सार्वजनिक आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा महामारीबाट प्रभावित करदातालाई सहुलियत उपलब्ध गराउने व्यवस्थ उल्लेख छ ।


भीमदत्त नगरपालिकाको वजेट : रु एक अर्ब ४६ करोड

असार ५,भीमदत्तनगरपालिका (कञ्चनपुर)- कञ्चनपुरको भीमदत्तनगरपालिकाले बिहीबार सातौँ नगरसभाले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ४६ करोड ७५ हजारको बजेट ल्याएको छ । नगरप्रमुख सुरेन्द्र विष्टका अनुसार,नगर सभाबाट आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको हो ।


‘तपाईँहरुसँग तथ्य प्रमाण छन् भने वार्तामा राख्नुस्’

असार ४, काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतले अतिक्रमण गरेको नेपाली भूमि प्राप्त गर्न अभूतपूर्व राष्ट्रिय एकता पैदा भएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७७’ विधेयकमाथिको दफावार छलफलमा सहभागी हुँदै उहाँले सार्वभौमिकता र भौगोलिक अखण्डताका विषयमा सबै राजनीतिक दल र नेपाली जनता एक ढिक्का बनेको बताउनुभयो ।


संविधान संशोधनः कालापानीबाट सैनिक फर्काउन भारतसँग माग

असार ४,दार्चुला- राजनीतिक रुपमा विभिन्न दल तथा विचारमा आबद्ध दल राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका पक्षमा भने एकै स्थानमा उभिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथिको दफावार छलफलमा भाग लिँदै सांसदले दलीय स्वार्थमाथि उठेर राष्ट्रियता एवम् सार्वभौमसत्ताको पक्षमा एकै स्थानमा उभिएर नेपाली एक मत छन् भन्ने सन्देश दिएका हुन् ।


क्वारेन्टिनमै भान्सा, टिभी र इन्टरनेट

असार ४, गलकोट नगरपालिका (बाग्लुंग) - क्वारेन्टिन व्यवस्थापनलाई लिएर प्रश्न उठिरहेका बेला यहाँका केही वडाले भने स्तरीय क्वारेन्टिनको प्रबन्ध गरेका छन् । क्वारेन्टिनस्थलमा बस्ने समूहका अलग भान्सा छन् ।


कुस्मा–बलेवा यान्त्रिक पुल र विश्वकै अग्लो बञ्जीपुल सञ्चालनमा

असार ४, बाग्लुंग - लकडाउनका कारण बन्द रहेका पर्वतका दुई वटा पर्यटकीय गन्तव्यमा तीन महिनापछि सेवा सुचारु भएको छ । केबलकार मोडलमा निर्माण भएको नेपालकै एकमात्र व्यावसायिक पुल कुस्मा–बलेवा यान्त्रिक पुल र विश्वकै अग्लो पैदलयात्री बञ्जीपुल आजदेखि नियमितरुपमा सञ्चालनमा आएका हुन् ।


धुलिखेलद्वारा लकडाउन अवधिको कर छुट

असार ३,धुलिखेल नगरपालिका (काभ्रेपलाञ्चोक)-धुलिखेल नगरपालिकाले आफ्नो क्षेत्रका व्यावसायीसँग लकडाउन अवधिको कर नलिने भएको छ । नगर कार्यपालिका बैठकले लकडाउन अवधिभरको नगरका सबैखाले व्यवसायीलाई कर छुट दिने निर्णय गरेको हो ।


सङ्क्रमणबाट मुक्त भएपछि मात्रै घर : मुख्यमन्त्री गुरुङ

असार ३, स्याङ्जा - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरसबाट सङ्क्रमित बनेकाहरुलाई सङ्क्रमणबाट मुक्त भएपछि मात्रै घर पठाउने बताउनुभएको छ । मङ्गलबार स्याङ्जामा कोरोना सङ्क्रमित भएर जिल्लाका विभिन्न अस्पतालमा आइसोलेसनमा रहेर उपचार गराइरहेका सङ्क्रमितको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिनुका साथै आइसोलेसनको निरीक्षण गर्ने क्रममा मुख्यमन्त्री गुरुङले सो कुरा बताउनुभएको हो ।


एक लाख ३८ हजार मेट्रिक टन चामल मौज्दात

असार ३, काठमाडौं - सरकारी तथा निजी क्षेत्रका व्यवसायीसँग डेढ लाख मेट्रिक टन चामल मौज्दात रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग १५ हजार ५९ मेट्रिक टन र निजी क्षेत्रसँग एक लाख २३ हजार २४५ मेट्रिक टन चामल मौज्दात रहेको छ ।


गण्डकीप्रदेश : कृषिमा रु ७४ करोड वृद्धि

असार २, गण्डकी प्रदेश - गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०७७/७८ मा कृषितर्फको बजेट वृद्धि गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सोमबार प्रदेशसभामा प्रस्तुत गर्नुभएको नयाँ बजेट रु ३४ अर्ब ८४ करोड, २१ लाख ६० हजार मध्ये कृृषि, सहकारी तथा भूमि व्यवस्थातर्फ रु तीन अर्ब १६ करोड १० लाख विनियोजन गरिएको छ ।


कृषिमा यान्त्रीकरण : आधुनिक बन्दै किसान

असार २ , प्युठान नगरपालिका (प्युठान)- प्युठान नगरपालिका–४ गाजुरीका विष्णु पोखरेलले कृषियन्त्र प्रयोग गरी खेती गर्न थालेको चार वर्ष भयो । गाउँमा पहिलोपटक ट्र्याक्टरमार्फत खेती गर्दा कम उब्जनी हुन्छ भन्ने सुनेका छिमेकीले पोखरेलको अग्रसरतालाई खुबै ख्याल गरे ।


रासायनिक मल खोज्नमै किसानको दैनिकी

असार १, टीकापुर नगरपालिका (कैलाली) - वर्षायाम शुरु भएसँगै धान खेतीका लागि रासायनिक मल नपाउँदा मलको खोजीमै किसानको दैनिकी बित्न थालेको छ । उत्पादन बढाउन किसानलाई धान रोप्ने जग्गा तयारीदेखि उत्पादन नहुँदासम्म बोटबिरुवालाई आवश्यक मात्रामा मल आवश्यक पर्छ तर यो वर्ष मलको चरम अभाव देखिएपछि किसान स्थानीय सहकारी, भेटेरिनरीलगायत मल बिक्री गर्ने केन्द्रमा मलको खोजीमा दैनिकी बिताउन थालेका हुन् ।


सुनवोरा नदीमा तटबन्ध निर्माण

जेष्ठ ३२, शुक्लाफाँटा नगरपालिका (कञ्चनपुर) - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको सुनवोरा नदीमा रु एक करोडको लागतमा तटबन्ध निर्माण शुरु गरिएको छ । नगरपालिकको वडा नं २, ३ र ४ मा गरी नदीको उच्च जोखिममा रहेका ठाउँमा तटबन्ध निर्माणकार्य शुरु गरिएको हो ।


खरबुजा फलाएर एउटै टोलले कमायो रु ५० लाख

जेष्ठ ३२,मेचीनगर नगरपालिका (झापा) - झापाको मेचीनगर नगरपालिका–९ खुट्टेडाँगीको एउटै टोलका किसानले बन्दाबन्दीको अवधिमा खरबुजा फलाएर रु ५० लाख आर्जन गरेका छन् । विगतमा प्रायः खोलाको बालुवामा खरबुजा खेती हुने गरेको थियो तर खुट्टेडाँगीका अगुवा किसान डिल्लीप्रसाद उप्रेतीले गत वर्ष धान र मकैखेती हुने जग्गामा समेत खरबुजा फल्छ भनेर प्रमाणित गरिदिएपछि टोलवासी खरबुजा खेतीमा उत्साहपूर्वक लागे ।


विजयपुर खोलामा मोटरेवल पुल

जेष्ठ ३२, पोखरा महानगरपालिका (कास्की)- पोखरा महानगरपालिका–१३ र मादी गाउँपालिका–५ जोड्ने विजयपुर खोलामाथिको मोटरेवल पुल निर्माण अन्तिम चरणमा पुगेको छ । काउँखोला, सिक्लेस, दूधपोखरी सडकखण्डमा पर्ने सो पुल सङ्घीय सरकारको रु पाँच करोड ६५ लाख लागतमा निर्माण गरिएको हो ।


पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना सङ्क्रमण

जेष्ठ ३१,काठमाडौं - पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नयाँ सङ्क्रमित भएकामा २४७ पुरुष र ३६ महिला रहेका छन् ।


राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउँदैछ : अध्यक्ष दाहाल

जेष्ठ ३१,काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रले गुमाएको जमीन गणतन्त्रले फिर्ता ल्याउन लागेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथिको दफावार छलफलमा भाग लिँदै पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “देशको भौगोलिक अखण्डतासँग सम्बन्धित विषयमा हिजो निरङ्कुश पञ्चायती तानाशाहीको प्रारम्भिक दिनमा राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा हामी आइपुगेका छौँ, भूमि राजतन्त्रले गुमायो, गर्वका साथ गणतन्त्रले लिँदैछ, ऐतिहासिक गौरव यो सदनलाई प्राप्त हुँदैछ ।


संविधान संशोधनमा साना दलको समर्थन

जेष्ठ ३१,काठमाडौं - प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथि विभिन्न साना दलले समर्थन जनाएका छन् । सभाको आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देनले संविधान संशोधन गरेर नयाँ नक्शा समावेश गर्ने आजको दिन सबै नेपालीका लागि खुशीको दिन हो भन्नुभयो ।


खेतीपातीबाट सुध्रिँदै विपन्नको जीवनस्तर

जेष्ठ ३१,रिब्दीकोट गाउँपालिका (पाल्पा) - रिब्दीकोट गाउँपालिका–५ ठिमरेका तेजबहादुर बगालेसँग पेशा–व्यवसाय सञ्चालन गर्न हातमा पैसा थिएन । पर्याप्त पैसाको अभावमा कुनै व्यवसाय सञ्चालन गर्न पनि नसकिँदो रहेछ ।


भूमिको रक्षाका लागि सबै एक ठाउँमा छौँ : महतो

जेष्ठ ३१, काठमाडौं - जनसमाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपालको भूमिको रक्षाका लागि हिमाल, पहाड र तराईका सबै जनता सजग र संवेदनशील रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि दफावार छलफलमा भाग लिँदै नेता महतोले राष्ट्रियताका सवालमा सबै जनता सजग र संवेदनशील रहेको र यसमा आग्रह र पूर्वाग्रह प्रस्तुत नगर्न आग्रह गर्नुभयो ।


संविधान संशोधनमा राष्ट्रिय एकता झल्किएको छः सभापति देउवा

जेष्ठ ३१, काठमाडौं -नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनका विषयमा राष्ट्रियता झल्किएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथिको छलफलमा पार्टी संसदीय दलका नेता देउवाले संविधान संशोधनमा सबै दलको समर्थन देखिनाले नेपालीबीचको राष्ट्रिय एकता झल्किएको बताउनुभयो ।


सांसद् गिरीको संशोधन प्रस्ताव प्रस्तुत गर्न अस्वीकृत

जेष्ठ ३१, काठमाडौं - प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ मा समाजवादी पार्टीकी सरिता गिरीले दर्ता गरेको संशोधन प्रस्ताव प्रस्तुत गर्न अनुमति प्राप्त भएन । सभाको आजको बैठक प्रारम्भ हुनासाथ सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयकमाथि दफावार छलफलका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बोल्न समय दिँदा सांसद गिरीले उठेर बोल्न खोजेपछि सभामुखले उहाँको संशोधन अस्वीकृत भएकाले बोल्न समय दिन नसकिने जानकारी दिनुभयो ।


कृषि, उद्यमशीलता र अर्थतन्त्र उकास्ने बजेट ल्याइने

जेष्ठ ३१, हेटौडा - वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि रु ५० अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । आगामी असार १ गते प्रस्तुत हुने बजेटमा लकडाउनका कारण थलिएको अर्थतन्त्र उकास्ने, कृषि उत्पादन बढाउने तथा उद्यामशीलता वृद्धि गर्नेखालका योजना समेटेर बजेट ल्याउन लागिएको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बताउनुभयो ।


खेर गएको पाखोमा अलैँची खेती

जेष्ठ ३१,निस्दी गाउँपालिका (पाल्पा) - निस्दी गाउँपालिका, खाँदरका तुलबहादुर बयम्बु प्रयोगमा नआएका पाखो जमीनमा अलैँची भरिएर आयस्रोत भित्रिँदा दङ्ग हुनुहुन्छ । उहाँले सो पाखाकोे १५ रोपनी जग्गामा अलैँची लगाउनुभएको छ ।


स्थानीय तहमा मुख्यमन्त्री रोजगार कार्यक्रम

जेष्ठ ३१, जुम्ला - जुम्लाका आठवटै स्थानीय तहमा मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा आएको छ । यहाँको एक नगरपालिकासहित सात गाउँपालिकामा रु ६४ लाखका दरले रु पाँच करोड रकम बेरोजगार तथा कोभिड –१९ बाट प्रभावितलाई रोजगारी सिर्जना गर्ने उद्देश्यले मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिएको छ ।


पौवादुङमा अण्डा र तरकारीमा आत्मनिर्भर

जेठ ३०,पौवादुङमा गाउँपालिका(भोजपुर) - पौवादुङमा गाउँपालिका तरकारी र अण्डामा आत्मानिर्भर बनेको छ । गाउँपालिकाको अधिकांश क्षेत्र सुक्खाग्रस्त भए पनि गाउँपालिकाले किसानलाई प्लाष्टिक पोखरी निर्माणका लागि आर्थिक सहयोग गरेर प्रोत्साहन गरेसँगै गाउँपालिका तरकारीमा आत्मानिर्भर बनेको हो ।


गण्डकी प्रदेशमा ३७ सङ्क्रमित थपिए

जेठ ३०, गण्डकी प्रदेश - गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमित ३७ जना थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिअनुसार गण्डकीका स्याङ्जामा २२, पर्वतमा १३ तथा तनहुँ र नवलपुरमा एक–एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।


एक वर्षमै भत्कियो सडक र नाला

जेठ ३०,शुक्लागण्डकी नगरपालिका (तनहुँ)- तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित ढोरवाराही मार्ग निर्माण सम्पन्न भएको एक वर्षमै भत्किएको छ । नगरपालिका र स्थानीय उपभोक्ताको लागत साझेदारीमा निर्माण गरिएको सडक एक वर्षमै भत्किएको हो ।


भक्तपुर जिल्लाको तथ्याङ्कीय परीचय

जेठ २९, भक्तपुर - भक्तपुर जिल्ला मुलुकको पछिल्लो राजनैतिक विभाजन अनुसार प्रदेश नम्बर तीनमा पर्ने तेह्र जिल्ला मध्ये एक हो । भक्तपुर जिल्ला प्राचीन वास्तुकला र गौरबमय संस्कृतिको अभूतपूर्व समायोजनले सुसज्जित कला नगरी हो ।


वाग्मतीमा सङ्क्रमित १४४, चारको मृत्यु

जेठ २९,काठमाडौँ - वाग्मती प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या हालसम्म १४४ पुगेको छ । त्यस्तै प्रदेशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।


बजेट पारित

जेठ २९,काठमाडौँ - प्रतिनिधि सभाले विनियोजन विधेयक पारित गरेको छ । कोरोना भाइरस रोगका कारण बैठकलाई सङ्क्षिप्त बनाएर यो वर्ष केही छिटो नै विधेयक पारित भएको हो ।


माडी नगरपालिका पाँच दिनसम्मका लागि सिल

जेठ २९,माडी नगरपालिका (चितवन)- चितवनको माडी नगरपालिकालाई पाँच दिनसम्मका लागि सिल गरिएको छ । बुधबार बसेको नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले आजदेखि लागू हुने गरी पाँच दिनसम्मका लागि नगरलाई नै सिल गर्ने निर्णय गरेको हो ।


आलेख : रामायण पार्क निर्माणमा ढिलाइसँगै स्थानीयवासीमा चिन्ता

जेठ २८ , बेनी नगरपालिका ( म्याग्दी) - पाँचवर्षअघि म्याग्दी जिल्लाको बेनी नगरपालिकाले एउटा महत्वपूर्ण एवं स्थानीय सरकारका लागि महत्वकाङ्क्षी हुनसक्ने एक योजनाका बारेमा व्यापक छलफल थाल्यो । त्यो आयोजना बेनी नगरपालिकामा रामायण पार्क निर्माण गर्ने विषयमा थियो ।


सूर्यविनायकको गाई फार्मममा आगलागी हुँदा गाई मरे

जेठ २८, सूर्यविनायक नगरपालिका (भक्तपुर) : सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित ४६ वर्षीय मनसिंह विष्टले सञ्चालन गरेको गाईफार्ममा गएराति आगलागी हुँदा चार गाई, दुई बाच्छासहित कुखुरा जलेर मरेका छन् । फार्ममा रहेका छ गाई, तीन बाच्छाबाच्छी, ४० स्थानीय जातका कुखुरा रहेकामा दुई गाई, दुई बाच्छाबाच्छीलाई जीवितै उद्धार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।


मालिकाले बाड्यो ३६ लाखको राहत

जेठ २८,मालिका गाउँपालिका (म्याग्दी) - म्याग्दीको मालिका गाउँपालिकाले कोरोना भाइरस फैलिन नदिन गरिएको बन्दाबन्दीका कारण रोजीरोटी गुमाएकालाई रु ३६ लाख मूल्य बराबरको राहत खाद्यान्न सामग्री वितरण गरेको छ । सात वडाका दुई हजार ८६ घरधुरीलाई रु ३६ लाख ८७० मूल्य बराबरको राहत खाद्यान्न वितरण गरिएको गाउँपालिकाले सार्वजनिक गरेको हो ।


स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टिपछि सेवा बन्द

जेठ २८, पुर्नवास नगरपालिका (कञ्चनपुर) - कञ्चनपुरको पुर्नवास नगरपालिका–५ त्रिभुवनबस्तीमा रहेको स्वास्थ्यचौकीको सम्पूर्ण सेवा मङ्गलबारदेखि बन्द गरिएको छ । स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कारोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै स्वास्थ्यचौकीबाट उपलब्ध हुँदै आएका सबै सेवा बन्द गरिएको हो ।


कारको ठक्करबाट दुईको मृत्यु

जेठ २८, घोडाघोडी नगरपालिका (कैलाली) - कैलालीमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मङ्गलबार राति कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा पूर्वबाट पश्चिम गइरहेको बा४च २१०० नंको कारले ठक्कर दिँदा पैदलयात्री घोडाघोडी नगरपालिका–१ जनकपुर बस्ने २६ वर्षीया सोनिया चौधरी र उनका छोरा पाँच वर्षीया कृष्टन चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।


सिरहाका २० सङ्क्रमित घर फर्किए

जेठ २८, धनगढीमाई नगरपालिक (सिरहा) : सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाइ मेमोरियल अस्पतालबाट २० जना कोरोनालाई जितेर मङ्गलबार घर फर्किएका छन् । उक्त अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका २६ मध्ये एकै दिन २० जना कोरोनाबाट मुक्त भएर घर फर्किएको अस्पतालका मेसु डा सुभाष मण्डलले जानकारी दिनुभयो ।


हलेसीको ककनीडाँडामा ‘रक गार्डेन’

जेठ २८, हलेसी तुवाचुङ नगरपालिका (खोटाङ)- धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीस्थित ककनीडाँडामा ढुङ्गे बगैँचा (रक गार्डेन) निर्माण कार्य शुरु गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी मन्दिर नजिकै पर्ने ककनीडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले ढुङ्गे बगैँचा निर्माण गर्न थालिएको हो ।


वित्तीय क्षेत्र : बिमा तथा कर्जाको सुरक्षणमा ७५ प्रतिशत अनुदान

जेठ २८, काठमाडौं - वित्तीय क्षेत्रमा सुशासन र स्थायित्व कायम गर्दै वित्तीय पहुँच अभिवृद्धि गरिनेछ । वित्तीय साधन उत्पादनमुखी बनाइनेछ ।


मकवानपुर जिल्लाको तथ्याङ्कीय परीचय

जेठ २७,काठमाडौँ - मकवानपुर जिल्ला मुलुकको पछिल्लो राजनैतिक विभाजन अनुसार प्रदेश नम्बर तीनमा पर्ने तेह्र जिल्ला मध्ये एक हो । मकवानपुर जिल्ला अक्षांशको हिसावले २७ डिग्री १० मिनेट देखि २७ डिग्री ४० मिनेट उत्तरसम्म सम्म र ८४ डिग्री ४१ मिनेट देखि ८५ डिग्री ३१ मिनेट पूर्वसम्म अवस्थित छ ।


वाग्मती प्रदेश को तथ्याङ्कीय परीचय

जेठ २७,काठमाडौँ - प्रदेश नं. ३ नेपालको संविधान २०७२ लागू भएपछि वि.सं. २०७२ असोज ३ गते राज्य पुनर्संरचना गरी बनेका ७ प्रदेशहरू मध्ये एक हो । देशलाई संघीय ढाँचामा लगेर पुनर्संरचना गर्ने उदेश्यका साथ स्थापना गरिएको यो प्रदेश नेपालको राजधानी समेत रहेको प्रदेश भएकोले यस प्रदेशको छुट्टै महत्व रहेको छ ।


सन्धिखर्क नगरपालिका कार्यालय बन्द

जेठ २७,काठमाडौँ - सन्धिखर्क नगरपालिकाका पदाधिकारीसहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय आजदेखि बन्द हुने भएको छ । नगरपालिकामा कायर्रत कर्मचारीको आज स्वाब संकलन गरी परिक्षणका लागि पठाइने र पिसिआर रिपोर्ट नआउँदासम्म सेवा सञ्चालन बन्द गरिने भएको छ ।


सूचना तथा सञ्चार : लोककल्याणकारी विज्ञापन वापत सरकारले प्रदान गर्ने रकममा १५ प्रतिशतले वृद्धि

जेठ २७,काठमाडौँ - आम सञ्चार क्षेत्रको गुणस्तरीय एवं सर्वसुलभ पहुँचको लागि आमसञ्चार ऐन तर्जुमा गरिनेछ । रेडियो नेपाल र नेपाल टेलिभिजनको एकीकरण सम्पन्न गरी सार्वजनिक सेवा प्रसारण संस्थाको रूपमा कार्यक्रम सञ्चालन गरिनेछ ।


उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’को डीपीआर तयार

जेठ २६,काठमाडौँ - काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’ मध्ये तीनवटाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्को बैठकमा पठाइएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरण अन्तर्गतको काठमाडौँ उपत्यका भौतिक विकास समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको प्राधिकरणले जनाएको छ ।


संस्कृति : पशुपति क्षेत्र विकासका लागि ३५ करोड विनियोजन

जेठ २६,काठमाडौँ - मुलुकको विशिष्ट संस्कृतिको संरक्षणमा ध्यान दिदै विश्व सम्पदा सूचीमा रहेका सम्पदाहरूको संरक्षण र विकासमा विशेष जोड दिइनेछ । लोपोन्मुख भाषा, कला र संस्कृतिको संरक्षण गरिनेछ ।


खेलकुद : ३ अर्ब ९९ करोड विनियोजन

जेठ २६,काठमाडौँ - बालबालिका तथा युवाको स्वस्थ शारिरिक तथा मानसिक विकासका लागि खेलकुदलाई अघि बढाउन संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा समुदायस्तर देखिनै नियमित रूपमा खेलकुद प्रतियोगिताको आयोजना, खेलाडीको प्रशिक्षण, क्षमता विकास र प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिनेछ । काठमाडौं उपत्यकामा अन्तर्रा्िष्टयस्तरको खेलकुद परिसरको निर्माण गर्न प्रारम्भिक अध्ययन गरिनेछ ।


हवाई पूर्वाधार : १५ अर्ब ८५ करोड विनियोजन

जेठ २६,काठमाडौँ - आन्तरिक आबद्धता बढाउन, आवागमनलाई सहज गर्न तथा आन्तरिक र वाह्य पर्यटन क्षेत्रको विकास गर्न सुरक्षित, नियमित, विश्वसनीय र गुणस्तरीय हवाई पूर्वाधारलाई मैले प्राथमिकता दिएकोछु । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थललाई मौलिक परम्परा र संस्कृति झल्कने बुटिक अन्तर्रा्ष्ट्रिय विमानस्थलको रूपमा रूपान्तरण गरी चौबीसै घण्टा सञ्चालन हुने व्यवस्था मिलाइनेछ ।


भूकम्प तथा बाढीपछिको पुनर्निर्माण १ खर्ब ४१ अर्ब विनियोजन

जेठ २५,काठमाडौँ - भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माणको बाँकी कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्न ५८ अर्ब ७३ करोड विनियोजन गरेको छु । छुट भएका वास्तविक लाभग्राहीको पहिचान गरी अनुदान वितरण गरिनेछ ।


आवास, भवन र शहरी पूर्वाधार : ४० अर्ब ७३ करोड विनियोजन

जेठ २५,काठमाडौँ - आधुनिक सभ्यताको मानक नै सुविधायुक्त शहर भएको तथा मुलुकको विकासको स्वरूप शहरी पूर्वाधारबाटै प्रतिविम्वित हुने यथार्थलाई ध्यान दिदै शहरी विकासतर्फ कार्यक्रम प्रस्ताव गरेको छु । सघन शहरीकरण भइरहेका विराटनगर(इटहरी, काठमाडौंं उपत्यका, वीरगञ्ज(जीतपुरसिमरा, पोखरा उपत्यका, वुटवल - सिद्धार्थनगर, नेपालगञ्च-कोहोलपुर, तथा धनगढी-अत्तरिया क्षेत्रमा मेगा सिटी विकास गर्न सम्भाव्यता अध्ययन गरिनेछ ।


यातायात व्यवस्थापन : १ अर्ब ५३ करोड विनियोजन

जेठ २५,काठमाडौँ - सार्वजनिक यातायातलाई प्रतिस्पर्धी र व्यवस्थित गरिनेछ । यातायात क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्य पछि सार्वजनिक परिवहन प्रणालीलाई व्यवस्थित गर्न यातायात प्राधिकरण स्थापना गरिनेछ ।


सडक : पूर्वाधार सडक, रेल तथा जल यातायातको पूर्वाधार विकासको लागि रू १ खर्ब ६३ अर्ब ५२ करोड विनियोजन

जेठ २४,काठमाडौँ - भौगोलिक आबद्धता कायम गर्न, कृषि तथा उद्योग व्यावसायको विकास गर्न, जनजीवन सहज गर्न, र उच्च आर्थिक वृद्धि हासिल गर्न सघाउ पुग्ने गरी सडक क्षेत्रमा उल्लेख्य रूपमा बजेट विनियोजन गरेको छु । विकासको पूर्वाधारको रूपमा रहेको सडक यातायात सन्जाललाई राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय आबद्धता तथा क्षेत्रीय सन्तुलनको मुख्य आधार बनाउने गरी पूर्वाधार विकास गरिनेछ ।


ऊर्जा विकास : ऊर्जा क्षेत्रको विकासको लागि रु ८३ अर्ब ४९ करोड विनियोजन

जेठ २४,काठमाडौँ - आधुनिक र नवीकरणीय ऊर्जा मुलुकको दिगो आर्थिक विकाससँगै सामाजिक आर्थिक रूपान्तरणको माध्यम रहेको र ऊर्जाको ठूलो स्रोत नै जलस्रोत भएकाले यस क्षेत्रलाई हाम्रो समृद्धिको सम्वाहक क्षेत्र बनाउने गरी बजेट विनियोजन गरेको छु । सबै प्रदेशमा कम्तीमा दुई ठूला जलविद्युत तथा सौर्य आयोजनाहरूको विकास गर्दै सबै नेपालीको घरमा आधुनिक ऊर्जा पु¥याई उज्यालो नेपाल बनाउने गरी जलविद्युत र नवीकरणीय ऊर्जाको विकास तथा विस्तार गरिनेछ ।


प्रतिलिपि अधिकार उल्लङ्घनमा पाँच लाखसम्म जरिवाना प्रस्ताव

जेठ २३,काठमाडौँ - सरकारले प्रतिलिपि अधिकार उल्लङ्घनमा पाँच लाख रुपियाँसम्म जरिवाना गर्नेगरी प्रतिलिपि अधिकार ऐन संशोधन विधेयक संसद्मा दर्ता गरेको छ । पर्यटन मन्त्रालयका तर्फबाट विधेयक राष्ट्रिय सभा सचिवालयमा दर्ता भएको हो ।


स्थानीय तहको बजेट : पालिकामै सीप, पालिकामै रोजगार

जेठ २३,काठमाडौँ - स्थानीय तहले निर्माण गर्ने बजेटमा स्थानीय नागरिकको धेरै चासो हुन्छ  । आफ्नै टोल, बस्ती र गाउँमा बन्ने सडक, खानेपानी, सिँचाइ र रोजगारी सिर्जना गर्ने लगायतका क्षेत्रमा स्थानीय सरकारको बजेट प्राथमिकतामा पार्न पनि चासो बढेको हो  ।


वाणिज्य तथा आपूर्ति : उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि १० अर्ब ७४ करोड रुपैयाँ विनियोजन

जेठ २३, काठमाडौँ - निर्यातजन्य बस्तुहरूको पहिचान, विकास तथा उत्पादन अभिवृद्धि गरी अन्तर्रा्ष्ट्रिय बजार प्रबर्द्धन गरिनेछ । विलासी एवं स्वास्थ्यलाई नोक्सान पु¥याउने अनावश्यक वस्तु र सेवाको आयात निरुत्साहित गरिनेछ ।


उद्योग : औद्योगिक पूर्वाधार विकासको लागि २ अर्ब ८७ करोड विनियोजन

जेठ २३, काठमाडौँ - आगामी वर्षसम्ममा दुई दर्जन जति औद्योगिक वस्तुहरूमा आत्मनिर्भर हुने गरी स्वदेशी उद्योगहरूको विकास, विस्तार र आधुनिकीकरणका लागि प्रोत्साहन गरिनेछ । बन्द र रुग्ण उद्योगहरूलाई सम्भाव्यताका आधारमा सहकारी र निजी क्षेत्रको साझेदारीमा सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ ।


सहकारी : ७ अर्ब ६९ करोड विनियोजन

जेठ २१, काठमाडौँ — सहकारी क्षेत्रलाई अर्थतन्त्रको महत्त्वपूर्ण स्तम्भको रूपमा विकास गरी सबै सामाजिक तथा आर्थिक क्षेत्रमा सहकारीताको भाव विकास गरिनेछ । सहकारी संस्थाको नेतृत्वमा कृषिको आधुनिकीकरण, यान्त्रीकरण, बजारीकरण र लक्षित गरिबी निवारण कार्यक्रम समेत सञ्चालन गरिनेछ ।


चार स्वास्थ्यकर्मीसहित थप २८८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या दुई हजार नाघ्यो

जेठ २०, काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले मंगलबार जनाएको हो ।


वन तथा वातावरण : १५ अर्ब ४९ करोड विनियोजन

जेठ २०, काठमाडौं - नेपालीहरूको जीवनपद्धति र समृद्धिको आधारको रूपमा रहेको वन सम्पदाको सन्तुलित रूपमा संरक्षण र उपयोग हुने गरी कार्यक्रम तय गरेको छु । वन क्षेत्रको संवद्र्धनमार्फत वातावरणीय सन्तुलन कायम गर्दै वनजन्य क्षेत्रको बहुउपयोग गरी आय र रोजगारी सिर्जनालाई प्राथमिकता दिएको छु ।


पर्यटन क्षेत्र पूर्वाधार विकासको लागि : २ अर्ब ६८ करोड विनियोजन

जेठ २०, काठमाडौं - उच्च आर्थिक वृद्धि, उत्पादक रोजगारी र आयको वितरणलाई तत्काल टेवा पु¥याउने प्रतिस्पर्धी क्षेत्रको रूपमा अथाह सम्भावना वोकेको पर्यटन क्षेत्रको विकासलाई मैले जोड दिएको छ’ । नेपाललाई आकर्षक, सुरक्षित, मनोरम र साहसिक पर्यटकीय गन्तव्यको रूपमा विश्व वजारमा स्थापित गर्ने गरी नेपाल भ्रमण वर्ष २०२० सञ्चालन गरिनेछ ।


सिँचाइ तथा नदी नियन्त्रण : तराई मधेस सिँचाइ विशेष कार्यक्रम , ९६ करोड विनियोजन

जेठ २०, काठमाडौं - कृषि योग्य जमिनमा दिगो एवम् भरपर्दो सिँचाइ सुविधा पु¥याउन सिँचाइ आयोजनाहरूको विकास निर्माणलाई तीव्रता दिएकोछु । कृषिका सुपर जोन, जोन, पकेट र ब्लकहरूमा १२ महिना सिँचाइ सुविधा पु¥याइनेछ ।


कृषि : ३४ अर्ब ८० करोड विनियोजन

जेठ २०, काठमाडौं - नागरिकको खाद्य अधिकार सुरक्षित गर्दै गरिवीको अन्त्य गर्न, ठुलो संख्यामा रहेका कृषक परिवारको आयस्तर वृद्धि गर्न तथा सबल अर्थतन्त्र निर्माण गर्न कृषिको आधुनिकीकरण, विशिष्टीकरण र व्यावसायीकरण जरुरी छ । यसका लागि कृषियोग्य जमिनको उपयोग, सिँचाइ, ग्रामीण सडक, ग्रामीण विद्युतीकरण, उत्पादनको बजार तथा भण्डारण लगायतका क्षेत्रमा बजेट विनियोजन गरेको छु ।


युवा,महिला, बालबालिका तथा ज्येष्ठ नागरिक : ७८ करोड बजेट विनियोजन

युवाजेठ २०, काठमाडौं - युवाको जाँगर, समृद्धिको आधारलाई सार्थक तुल्याउन आगामी आर्थिक वर्ष युवा परिचालन वर्षको रूपमा मनाइनेछ । यो अभियान मार्फत लैङ्गिक, जातीय र छुवाछुत लगायत सामाजिक विभेदको अन्त्य गर्न जनचेतना जगाउने जस्ता कार्य गरिनेछ ।


सामाजिक सुरक्षा र नागरिक संरक्षण : ६४ अर्ब ५० करोड रुपैयाँ विनियोजन

जेठ १९, काठमाडौं - लोककल्याणकारी राज्यव्यवस्था निर्माण गर्दै सामाजिक न्याय सहितको समृद्धि हासिल गर्न सबै नागरिकलाई गर्भावस्थादेखि वृद्धावस्थासम्मको जीवनचक्रलाई समाजिक सुरक्षामा आबद्ध गरिनेछ । गर्भावस्थामा स्वास्थ्य जाँच र पोषण, वाल्यावस्थामा खोप, पोषणयुक्त आहार र वाल संरक्षण अनुदान, विद्यार्थी अवस्थामा निःशुल्क शिक्षा र छात्रवृत्ति, वयस्क अवस्थामा रोजगारी सुरक्षा र वृद्धावस्थामा सामाजिक सुरक्षा भत्ता एवं निःशुल्क स्वास्थ्य बिमा प्रदान गर्ने गरी सामाजिक सुरक्षाका कार्यक्रम अगाडि बढाईने छ ।


श्रम र रोजगारी : ७ अर्ब १४ करोड विनियोजन

जेठ १९, काठमाडौं - उत्पादक श्रम र रोजगारीबाट मात्र उत्पादन वृद्धि, दिगो सामाजिक सुरक्षा र आत्मसम्मानको विकास हुने भएकोले मैले रोजगारीलाई बजेटको प्राथमिकतामा राखेको छु । चालू आर्थिक वर्षमा सुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न रोजगार सेवा केन्द्रहरूमा सूचित बेरोजगारहरूलाई सार्वजनिक विकास निर्माणमा परिचालन गर्ने व्यवस्था मिलाएको छु ।


खानेपानी तथा सरसफाई : ४३ अर्ब ४६ करोड विनियोजन

जेठ १९, काठमाडौं - आधारभूत खानेपानी तथा सरसफाई सुविधा प्राप्त गर्ने नागरिकको मौलिक हक कार्यान्वयन गर्न केही वर्ष्भित्रै अधिकांश नेपालीलाई आधारभूत खानेपानी सेवाको पहुँच पु¥याउने गरी खानेपानी तथा सरसफाइका कार्यक्रम अघि बढाएको छु । यसअन्तर्गत नयाँ खानेपानी आयोजना सुरु गर्ने, अधुरा आयोजना सम्पन्न गर्ने तथा निर्माणाधीन सहलगानीमा आधारित आयोजनाहरू, खानेपानी गुणस्तर सुधारका आयोजनाहरू र साना सहरी खानेपानी आयोजनाहरू सम्पन्न गर्ने कार्यबाट आगामी वर्ष ९२ प्रतिशत जनसंख्यालाई आधारभूत खानेपानी सेवाको पहुँच पु¥याउने व्यवस्था मिलाएको छु ।


सामाजिक क्षेत्रगत कार्यक्रम तथा विनियोजन प्रस्ताव : विज्ञान तथा प्रविधि र स्वास्थ्य

विज्ञान तथा प्रविधि : विज्ञान तथा प्रविधिको विकास विना उन्नत अर्थतन्त्र र आधुनिक राष्ट्र निर्माण सम्भव छैन । त्यसैले यस क्षेत्रमा विश्वस्तरको अध्ययन र अनुसन्धान विशिष्टीकृत विश्वविद्यालयको रूपमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने प्रस्ताव गरेको छु ।


आइतबार १६६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १५ सय ६७ पुग्यो

जेठ १८ ,काठमाडौं - आइतबार एकै दिन १६६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसँगै संक्रमितको संख्या १५ सय ६७ पुगेको हो ।


सञ्चालनमा आएको दुई दिन नबित्दै दक्षिण कोरियाका विद्यालयहरु बन्द

जेठ १८ ,काठमाडौँ — दक्षिण कोरियामा सञ्चालनमा आएको केही दिन नबित्दै दुई सय विद्यालय पुनः बन्द गरिएको छ । कोरोनाभाइरस सङ्क्रमणको रफ्तार बढेपछि विद्यालय बन्द गरिएको हो ।


प्रदेश २ मा ६४ जना नयाँ सङ्क्रमित थपिए, कुल ६१३ सङ्क्रमित

जेठ १८ ,काठमाडौँ — प्रदेश २ मा ६४ जना कोरोनाभाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । प्रदेश २ का सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका ६४ जना सङ्क्रमितसँगै प्रदेश २ मा सङ्क्रमित हुनेको सङ्ख्या ६१३ पुगेको छ ।


सामाजिक क्षेत्रगत कार्यक्रम तथा विनियोजन प्रस्ताव : शिक्षा (यो प्रस्ताव सर्वाधिक आलेचीत छ)

जेठ १८ ,काठमाडौँ — आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दा मैले सामाजिक रूपान्तरण र आर्थिक विकासको आधारशिला रहेको शिक्षाको विकासमा सर्वोपरी जोड दिएको छु । यस क्रममा सबै बालबालिकालाई आधारभूत तहसम्म अनिवार्य र माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गरिनेछ ।


संघीय सरकारको बजेट : सम्भावित आर्थिक संकटप्रति लक्षित

जेठ १८ ,काठमाडौँ — संघीय सरकारले संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि बार्षिक बजेट सार्वजनिक गरेको छ । दुई तिहाई बहुमतमा रहेको कम्युनिष्ट सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवका लागि कूल १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट संघीय संसदको संयुक्त बैठकमा सार्वजनिक गरेका हुन् ।


संघीय वित्त व्यवस्थाअनुसार संघ, प्रदेश र स्थानीय तहमा भएका विनियोजनसम्बन्धी विवरण

जेठ १८ ,काठमाडौँ — साबिकमा संघमा रहेका प्रदेश र स्थानीय तहको कार्य जिम्मेवारीमा पर्ने आयोजना तथा कार्यक्रमहरू निश्चित मापदण्डका आधारमा प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने व्यवस्था मिलाएको छु । ससर्त अनुदानमा हस्तान्तरित आयोजना तथा कार्यक्रमको लागि संघबाट क्षेत्रगत रूपमा अनुदान उपलब्ध गराई त्यसको निरन्तरता, प्राथमिकता र थप स्रोतसमेतको विषयमा प्रदेश र स्थानीय तहले नै निर्णय गरी कार्यान्वयन अघि बढाउन सक्ने व्यवस्था गरेको छु ।


सामुदायिक विद्यालयको जिम्मा निजीलाई

प्याब्सन, एनप्याब्सनले सरकारको कार्यक्रम नमान्ने, निजीलाई पोस्ने शिक्षाविद्को भनाइ जेठ १८ ,काठमाडौँ — सरकारले सामुदायिक विद्यालयको पूर्वाधार र शैक्षिक गुणस्तर सुधारको जिम्मा निजी विद्यालयलाई दिने कार्यक्रम ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले बिहीबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा ‘माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सबै निजी विद्यालयले सामाजिक उत्तरदायित्व वहन गर्दै कम्तीमा एक सामुदायिक विद्यालयमा शैक्षिक पूर्वाधारका सामग्रीसहित विद्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी लिनुपर्ने व्यवस्था गरेको,’ उल्लेख छ ।


नेपाल–भारत सीमाबारे परराष्ट्रमन्त्रीले देखेका मुख्य ३ समस्या

जेठ १७ , काठमाडौं - शुक्रबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेपाल–भारत सीमा समस्या र भारतले सीमा क्षेत्रमा निर्माण गरेका भौत्तिक संरचनाहरुका कारण नेपाललाई परेको समस्याबारेको छलफलमा सहभागी भए । लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयलाई लिएर नेपाल–भारतबीच विवाद चलिरहेका बेला संसदको राज्य व्यवस्था समितिलाई परराष्ट्रमन्त्री ज्ञवालीले भारतसँग तीबाहेक अन्य भूभागमा रहेका गम्भीर समस्या पनि सुनाए ।


आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटका उद्देश्य तथा प्राथामिकता

जेठ १७,काठमाडौँ - नागरिकका मौलिक हक र अधिकारका रूपमा रहेका आवश्यकताहरू शीघ्र परिपूर्ति गर्दै जीवनस्तरमा गुणात्मक सुधार गर्ने, उपलब्ध स्रोतसाधन, अवसर र क्षमताको उच्चतम उपयोग तथा न्यायिक वितरण गर्दै सामाजिक न्याय सहितको द्रुत आर्थिक विकास गर्ने, र आर्थिक, भौतिक तथा सामाजिक पूर्वाधार विकास गरी सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा रूपान्तरण हुँदै समुन्नत र समृद्ध समाजवाद उन्मुख अर्थतन्त्रको आधारशिला निर्माण गर्ने । बजेटका उद्देश्यहरू हासिल गर्न मैले देहाय नुसार नीतिगत, कार्यक्रमगत र प्रक्रियागत प्राथमिकताता निर्धारण गरेको छु ।


चालू आर्थिक वर्ष २०७६/७७ को आर्थिक स्थितिका बारेमा संक्षिप्त जानकारी

जेठ १७,काठमाडौँ - चालू आर्थिक वर्षमा अधिकांश समष्टिगत आर्थिक परिचसूचकहरू उत्साहप्रद रहेका छन् । उत्पादनका सबै क्षेत्रका आर्थिक गतिविधिहरू उच्च रहेकाले यो वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने प्रारम्भिक अनुमान रहेको छ ।


ट्रेड युनियनका कार्यवाहक अध्यक्षमा पोखरेल

जेठ १५ ,काठमाडौँ- निजामती कर्मचारीको आधिकारिक ट्रेड युनिययनका कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष भोला पोखरेलले सम्हाल्नुभएको छ । युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल उपसचिवमा बढुवा भएपछि बैठकले उहाँलाई जिम्मेवारी दइएको युनियनका सदस्य कुमार तिमिल्सेनाले जानकारी दिनुभयो ।


मिक्लाजुङ्गको माईन्युट : बढवा कृषकलाई एक लाखको स्यालुट

पाँचथर, १५ जेठ - विश्व महामारिको रुपमा रहेको कोभिड १९ (कोरोना भाइरस) को चपेटामा परि राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने भएपछि त्यस्तो असर कम गर्न राष्ट्रिय स्तरमा नै समग्र कृषि क्षेत्रको विकासमा जोड दिईरहेको समयमा पाँचथरको एउटा गाउँपालिकाले भने कृषक केन्द्रित आकर्षक कार्यक्रम थालनी गरेको छ । गाउँपालिकामा बर्षेनी कृषि पेशाप्रति आकर्षण हराँदै गएको तथा उत्पादन र उत्पादकत्व समेत कम हुँदै गएपछि गाउँपालिकाले कार्यविधि नै निमार्ण गरेर यस्तो रणनीतिक कार्यक्रम अघि सारेको हो ।


मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिद्धरा २३३ कैदीलाई माफी मिनाहा

जेठ १५ ,काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गर्नुभएको छ । नेपालको संविधान धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम रामबहादुर भनिने रमेश विश्वकर्मासहित कैदीलाई सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति जारी सो जानकारी दिनुभएको हो ।


आज सङ्घीय संसद्मा बजेट प्रस्तुत हुँदै

जेठ १५, काठमाडौँ - नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट बिहीबार सङ्घीय संसद्मा प्रस्तुत गर्दैछ  । सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुहुनेछ  ।


लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धि : प्रधानमन्त्री

जेठ १५, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र शासन प्रणाली मात्रै नभई नयाँ सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति भएको बताउनुभएको छ  । लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धिका रूपमा रहेको गणतन्त्रलाई सबल बनाउन सामाजिक न्याय, सुशासन र समृद्धिका तीनवटै आयामलाई समुचित सन्तुलनका साथ अगाडि बढाइएको उहाँले बताउनुभयो  ।


रौतहटमा थप २२ जनामा कोरोना संक्रमण

जेष्ठ १३,रौतहट - रौतहटको चार नगरपालिकामा मंगलबार थप २२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । जिल्लाको गौर, देवाही गोनाही, गरुडा र राजेदेवी नगरपालिकाकास्थित क्वारेन्टाइनमा बसेका २२ जनामा कोरोना पुष्टि भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।