समाचार

स्थानीय तहलाई ३ दिनभित्र बजेट विवरण उपलब्ध गराउन परिपत्र

काठमाडौं, ११ असार ( नीति तथा कार्यक्रम) -संघीय सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ स्थानीय तहलाई ३ दिनभित्र आगामी आर्थिक वर्ष ०७६/०७७ को बजेट विवरण उपलब्ध गराउन परिपत्र गरेको छ । मन्त्रालयले नगर र गाउँसभामा प्रस्तुत गरेको बजेट विवरण उपलब्ध गराउन परिपत्र गरेको जनाएको हो ।


देशका ६ महानगरको कूल बजेट ३५ अर्ब ४८ करोड : कुन महानगरको कति छ बजेट ? ( शिर्षक सहित हेर्नुहोस)

भक्तपुर, ११ असार ( बजेट) -मुलुकको नयाँ संरचनासँगै बनेका कूल ७५३ स्थानीय तहमध्ये महानगरपालिकाको संख्या ६ वटा छ । जनसंख्या, भौगोलिक अवस्था, शैक्षिक स्तर, पूर्वाधार निमार्ण तथा सेवा सुविधाको पर्याप्तताका आधारमा बनेका यी महानगरले आगामी आर्थिक बर्षका लागि आफ्नो नीति तथा कार्यक्रम र बार्षिक बजेट समेत सावजनिक गरिसकेका छन् ।


देशको सबै भन्दाबढी जनघनत्व रहेको काठमाडौं महानगरको बजेट १५ अर्ब ५० करोड : पूर्वाधार विकासमा मात्र ५ अर्ब ९८ करोड विनियोजन

काठमाडौं, ११ असार ( बजेट) - देशकै राजधानी रहेको र सबै भन्दाबढी जनघनत्व समेत रहेको काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ । महानगरले चालु आवको तुलनामा आगामी आवका लागि १९ प्रतिशतले बढीको बजेट सार्वजनिक गरेको हो ।


प्रदेश १ का दुई उपमहानगरपालिका : ३ अर्ब ६४ करोडको बजेट, भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषिलाई प्राथमिकता

सुनसरी, ११ असार ( बजेट) - प्रदेश नम्वर १ का दुई वटा उपमहानगरपालिकाले आगामी आर्थिक बर्षका लागि मंगलबार नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । दुवै उपमहानगरले नगरसभामा आगामी आवका लागि बजेट प्रस्तुत गरेका हुन् ।


बुटवल उपमहानगरको बजेट एक अर्ब ९० करोड

भक्तपुर, ११ असार -रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि एक अर्ब ९० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । जसमध्ये चालुतर्फ एक अर्ब १२ करोड अर्थात् करिब ५९ प्रतिशत र पुँजीगततर्फ ७७ करोड ९८ लाख अर्थात् ४१ प्रतिशत बजेट विनियोजन भएको छ ।


तिलोत्तमा नगरपालिकाको बजेट एक अर्ब ५४ करोड

भक्तपुर, ११ असार -रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि एक अर्ब ५४ करोड ३९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । पाँचौँ नगरसभाको दोस्रो बैठकमा नगर उप–प्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक जागेश्वरी चौधरीले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।


भक्तपुर नगरपालिकाको बजेट २ अर्ब १३ करोड : शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणलाई प्राथमिकता

भक्तपुर, ११ असार ( नीति तथा कार्यक्रम) - भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि २ अर्ब १३ करोड १० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको मंगलबारको पाँचौ नगरसभावाट सो बजेट सार्वजनिक भएको हो ।


अधिकांश स्थानीय तहले गर्न सकेनन् परिषद्

असार ११ सप्तरी - सप्तरी जिल्लामा आवश्यक तयारी नगरेका कारण राजविराज नगरपालिकालगायत अधिकांश स्थानीय तहको परिषद् हुन सकेको छैन् । स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले आन्तरिक तयारी गर्न नसक्दा परिषद् हुननसकेको हो ।


जनप्रतिनिधिको शिर निहुरिन दिन्न : मन्त्री पण्डित

ललितपुर, १० असार – संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालवावु पण्डितले जनप्रतिनिधिको शिर निहुरिन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ललितपुर महानगरको चौथो महासभालाई संवोधन गर्दै पण्डितले मंगलबार सो बताउनुभएको हो ।


ललितपुर महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक : ५ अर्व १७ करोडकाे बजेट

काठमाडौं, १० असार (नीति तथा कार्यक्रम) -ललितपुर महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति कार्यक्रम तथा बजेट आज सार्वजनिक भएको छ । नगरसभामा महानगरप्रमुख चिरीबाबु महर्जनले सो नीति कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुभएको हो ।


बुटवल उपमहानगरको नीति तथा कार्यक्रम भौतिक पूर्वाधार, पर्यटन र कृषिलाई प्राथमिकता

काठमाडौं, १० असार (नीति तथा कार्यक्रम)-रुपन्देहीको बुटवल उपमहानगरपालिकाले शहरी भौतिक पूर्वाधार, पर्यटन, कृषि र उद्योग–व्यापारलाई उच्च प्राथमिकतामा राख्दै आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ‘सवल आर्थिक केन्द्र समुन्नत बुटवल’ को दीर्घकालीन उद्देश्य राखेर प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा पूर्वाधार तथा पर्यटन, कृषि र उद्योग–व्यापारका थप सम्भावनाको विकासलाई प्राथमिकतामा राखिएको छ ।


वीरगञ्ज महानगरको बजेट चार अर्ब ४८ करोड

काठमाडौं, १० असार (नीति तथाकार्यक्रम)-वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु चार अर्ब ४८ करोड १३ लाख ४८ हजार ८७९ रुपैयाँको अनुमानित बजेट आज सार्वजनिक गरेको छ । यही असार १० गते भित्र स्थानीय तहले नगरसभा गरी सक्नु्पर्ने प्रावधानअनुसार नगरप्रमुख विजयकुमार सरावगीले आज आयोजित पाँचौँ नगरसभामा आव २०७६/७७ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुभएको हो ।


जुम्लाका स्थानीय तहमा नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौ १० असार - असार १० भित्र बजेट ल्याउने नियमअनुसार जुम्लाका तीनवटा स्थानीय तहले सोमबार आर्थिक बर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । गत वर्ष असार ९ मा नै आठवटै स्थानीय तहले एकैसाथ नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।


क्षतिको चार वर्षपछि घर ‘रेट्रोफिटिङ’

असार १० काभ्रेपलाञ्चोक- राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा नमोबुद्ध नगरपालिका–५ फलाँटे गैरामा भूकम्पबाट आंशिक क्षति पुगेको दुईतले कच्ची घर रेट्रोफिटिङ (प्रबलीकरण) गरी धनीलाई हस्तान्तरण गरिएको छ । आवास आंशिक क्षति लाभग्राहीमा सूचीकृत गैराका छत्रबहादुर परियारको कच्ची घरबाट गत वर्ष चैत २९ गते प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रेट्रोफिटिङ अभियानको औपचारिक शुरुआत गर्नुभएको थियो ।


आठबीसकोट बन्यो मदिरामुक्त नगरपालिका

असार १० रुकुम - आठबीसकोट नगरपालिका मदिरामुक्त घोषणा भएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आज जिल्लाको पहिलो स्थानीय तहका रुपमा नगरपालिकालाई मदिरामुक्त घोषणा गरे ।


यस्तो छ महालक्ष्मी नगरपालिकाको नीति तथा कार्यक्रम

ललितपुर, ९ असार ( नीति, कार्यक्रम) - ललितपुरको महालक्ष्मी नगरपालिकाले आईतबार आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाका मेयर रामेश्वर थापाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगरसभामा पेश गर्नुभएको हो ।


सूर्यविनायक नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक : प्रथामिकतामा कृषि, शिक्षा, पर्यटन र पूर्वाधार

भक्तपुर, ९ असार (नीति तथा कार्यक्रम)- भक्तपुरको सूर्यविनायक नगरपालिकाले आफ्नो आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गरेको हो । भक्तपुरमा आयोजित नगरपालिकाको ५ औं नगरसभामा नगरप्रमुख बासुदेव थापाले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।


धनगढी उपमहानगरको बजेट एक अर्ब ५८ करोड

काठमाडौं, ९ असार (नीति तथा कार्यक्रम) -सुधारिएका सडक निर्माण, कृषिको आधुनिकीकरण र व्यावसायिकीकरणलाई प्राथमिकता दिँदै धनगढी उपमहानगरपालिकाको नगरसभामा आगामी आर्थिक वर्ष २०७६/७७ को वार्षिक नीति, कार्यक्रम र बजेट पेश गरिएको छ । आइताबार बसेको नगरसभामा उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले रु एक अर्ब ४८ करोड चार लाख ४८ हजारको बजेटसहितको नीति तथा कार्यक्रम पेश गर्नुभएको हो ।


प्रदेश सरकार र स्थानीय तह रङ्गशालालाई रकम छुट्याउँदै

असार ९,हेटौडा (नीति निर्माण)- राष्ट्रियरुपमा चर्चा पाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि प्रदेश नम्बर ३ सरकारले रु पाँच करोड रकम विनियोजन गरेको छ । भरतपुर महानगरपालिका र वडा कार्यालयले पनि रकम विनियोजनको तयारी गरेका छन् ।


प्रधानमन्त्री रोजगार कार्यक्रम - युवा वर्गमा अवसर र उत्साह

असार ९,काभ्रे (उत्साह)- दश वर्ष मलेसियामा काम गरी फर्कनुभएका मण्डनदेउपुर नगरपालिका–३ नयाँगाउँका सन्तबहादुर तामाङ यतिबेला गाउँमा नै काम गरिरहनुभएको छ । मलेसियामा श्रम गरेर फर्कनुभएका उहाँले भने पैसा कमाउन नसकेको र श्रममात्रै गरेर खालीहात फर्कन बाध्य हुनु भएको थियो ।


जीतपुरसिमरा उपमहानगरपालिका : कार्यपालिका बैठकमै कुर्सी हानाहान

काठमाडौं, ८ असार (विवाद)-बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यपालिका बैठकमा कुर्सी हानाहान भएको छ । आर्थिक बर्ष २०७५/०७६ को आम्दानी र खर्च पार्दशी नगरेको ,आर्थिक बर्ष २०७६/०७७ को लागि आएको कुल बजेट १ खर्ब २८ करोड ८५ लाख ६६ हजारको बाड्फाड गोप्य राखेको ,नगरस्तरीय बजेट थुपारेर कार्यकर्ता पाल्ने खेलमा लागेको लगायतको आरोप लगाउँदै नेपाली काग्रेस र राष्ट्रिय जनता पाटी नेपालका साँत जना वडा अध्यक्षहरुले कुर्सी हानाहान तथा फालाफाल गरेका थिए ।


बुद्धशान्ति गाउँपालिकाद्वारा डेंगु रोगवाट सचेत रहन आग्रह

झापा, ८ असार ( स्वास्थ्य) -झापाकोबुद्धशान्ति गाउँपालिकाले डेंगु रोगवाट सचेत रहन सर्वसाधारणलाई अनुरोध गरेको छ । गाउँपालिकाको सामुदायीक स्वास्थ्य इकाईले डेंगु रोग के हो, यो कसरी सर्छ, यसवाट कसरी बच्ने जानकारी सहित सवैलाई सचेत रहन आग्रह गरेको हो ।


चाँगुनारायण नगरपालिकामा जनप्रतिनिधिको दुई वर्ष : शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारमा उत्साहजनक प्रगति

भक्तपुर, ८ असार - मुलुकको नयाँ संरचना अनुसार बनेका ७५३ स्थानीय तहले आगामी आर्थिक बर्षका लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम र बजेट बनाइरहेका छन् । संघीय सरकारको नीति अनुसार उनीहरुले समयमै बजेट सार्वजनिक गरि साउनवाट योजना तथा कार्यक्रमको थालनी सुरु गर्नुपर्ने व्यवस्था छ ।


समयसीमा भित्रै बजेट पेश गर्ने स्थानीय तहलाई निर्देशन

काठमाडौं, ७ असार (निती नियम) -आर्थिक बर्ष २०७६/७७ लागि संघीय सरकारले स्थानीय तहहरुलाई असार १० गते सम्म बजेट ल्याउन निर्देशन दिएको छ । संघीय सरकारको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अर्थमन्त्रालयको पत्रअनुसार असार १० गते सम्म आफ्नो गाउँ तथा नगरसभामा बजेट पेश गरिसक्न स्थानीय तहलाई निर्देशन दिएको हो ।


भीमदत्त नगरपालिकाले गर्‍यो एक अर्ब २२ करोडको बजेट प्रस्तुत

काठमाडौं, ८ असार (नीति तथा कार्यक्रम)-कञ्चनपुरको जेठो भीमदत्त नगरपालिकाले शनिबार रु एक अर्ब २२ करोड ८२ लाखको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । भीमदत्तको पाँचौँ नगरसभामा आगामी आर्थिक वर्ष २०७६÷७७ को लागि चालूगत खर्च रु ८० करोड ३३ लाख २५ हजार र पूँजीगत खर्चतर्फ रु ४२ करोड ४९ लाखको आवव्यय विवरण पेश गरिएको हो ।


अपाङ्गता भएका एक सयलाई झुल वितरण

असार ८, दाङ (नयाँकाम)- दाङको तुलसीपुर उपमहानगरपालिका– ७ ले वडाका अपाङ्गता भएका व्यक्तिलाई झुल वितरण गरेको छ । दाङमा पनि लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको जोखिम रहेको भन्दै अपाङ्गता भएका व्यक्तिलाई झुल वितरण गरिएको वडाध्यक्ष टोपबहादुर केसीले बताउनुभयो ।


सदरमुकाम बसेर गाउँको बजेट सक्दै स्थानीय सरकार

असार ८ जाजरकोट(बेथिती)- कुशेगाउँपालिकाको प्रशासकीय केन्द्र कुशेको भार्ममा भए पनि काम भने सदरमुकामस्थित अध्यक्ष र उपाध्यक्षको घरबाट हुँदै आएको छ । गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत र उपाध्यक्ष रामछाया कुमारी शाहीले आ–आफ्नो घरमा कार्यालय सञ्चालन गरेर बजेट सक्दै र घरभाडा बुझ्दै आएका छन् ।


सोचमा रुपान्तरण आवश्यक - मुख्यमन्त्री भट्ट

असार ७, कैलाली (सुझाव)- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिगो विकास र समृद्धिका लागि सोचमा परिवर्तन आवश्यक रहेको बताउनुभएको छ । आज कैलालीको टीकापुर नगरपालिकाको पाँचौं नगरसभा अधिवेशनमा विशेष सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले हिजोको सोच, कार्यशैली र चिन्तनबाट अघि बढेका विकास सम्भव नरहेको बताउनुभयो ।


शहीद स्मृति विद्यालयको मन्त्री पोखरेलद्वारा अनुगमन

असार ७, दाङ (अनुगमन)- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तुलसीपुर उपमहानगरपालिका–१७ हेमन्तपुरस्थित स्मृति आवासीय विद्यालयको अनुगमन गर्नुभएको छ । द्वन्द्वपीडित विद्यार्थीलाई पठनपाठन गराउँदै आएको उक्त विद्यालयको उहाँले आज अनुगमन गर्नुभएको हो ।


सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीलाई बन्दैछन् राजधानीमा १४ बंगला

काठमाडौं (निती निर्माण) – देशमा रहेका सात वटौ प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि स्थायी बसाइ सम्बन्धित सथान भनेको प्रदेश नै हो  । विशेष कामले वेलावेलामा संघीय राजधानी आउने उनीहरूले अब काठमाडौंमा पनि स्थायी सरकारी आवास पाउने भएका छन  ।


नागरिकलाई सूचना र प्रविधिसँग जोड्नुपर्छ : मुख्यमन्त्री राई

काठमाडौं, ७ असार (विचार)-प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शहर बजारसहित ग्रामीण भेगका सबै नागरिकलाई सूचना र प्रविधिसँग जोडेर सवल र सक्षम नागरिक बनाउनुपर्ने बताउनुभएको छ । धनकुटामा फाइबर सेवाको उद्घाटन गर्नुहुँदै उहाँले सूचना र प्रविधिलाई शिक्षा, स्वास्थ्य, कृषिलगायत क्षेत्रसँग जोडेर नागरिकलाई सवल तथा सक्षमका साथै सुशासनको अनुभूति गराउनुपर्ने बताउनुभयो ।


प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्न तयार छ : मुख्यमन्त्री पोखरेल

काठमाडौं, ७ असार - (सहकार्य)प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पूर्वाधार विकासका लागि प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभएको छ । उहाँले पूर्वाधार विकासका लागि लक्ष्य र योजनाबिना लगानी गरिएका कारण लगानीको सही सदुपयोग हुन नसकेकोले प्रदेश सरकारले पूर्वाधारमा लगानी गर्ने र निजी क्षेत्रलाई काम गर्ने उपयुक्त वातावरण बनाउने स्पष्ट नीति बनाएको बताउनुभयो ।


कानून पढाउँदै कर्णाली सरकार

असार ७,बिरेन्द्रनगर (अभियान) - यतिबेला कर्णाली प्रदेशका स्थानीय तह, विद्यालय र क्याम्पसमा कानून सिक्ने र सिकाउने काम भइरहेको छ । मुलुकमा लागू भएका विभिन्न कानून जनस्तरसम्म जानकारी दिएर तिनको कार्यान्वयनमा सहयोग पु¥याउन कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयले कानूनी सचेतना कार्यक्रम अघि बढाएको छ ।


प्रदेश नं ३ को स्थायी राजधानी र यसको नाम आगामी आवभित्रै

असार ६,मकवानपुर(नीती नियम)- प्रदेश नं ३ प्रदेशसभाको आज बसेको बैठकमा सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७६/७७ को राजश्व र व्ययको अनुमान शीर्षकमा छलफल जारी रह्यो । छलफलमा नेकपा संसदीय दलका मुख्य सचेतक रामेश्वर फुँयालले प्रदेशको स्थायी राजधानी र यसको नाम आगामी आवभित्रै लगाउन प्रक्रिया शुरु भइसकेको बताउनुभयो ।


अर्थ विधेयक पारित

असार ६ मोरङ (सहमती)- प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०७५ आज बहुमतले पारित भएको छ । प्रदेश नं. १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १२५ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सो प्रस्ताव पेश गर्नुभएको थियो ।


आर्थिक बर्ष सकिन लाग्दा स्थानीय तहको विकराल अवस्था : प्रमुख र उपप्रमुखको विवादले करोडौ रकम फ्रिज

काठमाडौ, ६ असार ( विवाद ) - देशका ७५३ स्थानीय तहमा जननिर्वाचित प्रतिनिधि वहाल भएको दुई बर्ष पुगेको छ । लामो समयपछि मुलुकको नयाँ संरचना अन्र्तगत बनेका स्थानीय तहमा निर्वाचित भएर आएका जनप्रतिनिधिले ल्याएको बजेट र उनीहरुले बनाएका योजनामा धेरै स्थानीय तहले सोचेअनुसार काम गर्न सकिरहेका छैनन ।


मर्स्याङ्दी गाउँपालिकामा बजेट निर्माणका लागि सरोकारवालासँग सुझाव सङ्कालन

काठमाडौं, ६ असार ( नीति तथा योजना) - लमजुङको मर्स्याङ्दी गाउँपालिकाले अगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम र बजेट निर्माण लागि बिभिन्न सरोकारवालाहरुसँग अन्तरक्रिया तथा सुझाव सङ्कालन कार्यक्रम गरेको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा गरिइएको यस कार्यक्रमको प्रमुख अतिथि संविधान सभा सदस्य मा ।


पुनर्निर्माणमा जिल्लामै कोञ्ज्योसोम गाउँपालिका अगाडि

काठमाडौं, ६ असार- (अब्वल)निजी आवास निर्माणमा ललितपुरको कोञ्ज्योसोम गाउँपालिका जिल्लामै सबैभन्दा अगाडि देखिएको छ । ललितपुरमा ६ पालिका रहेका छन् ।


फिदिम नगरपालिकाको आयोजनामा मेलमिलाप सम्बन्धी ८ दिने आधारभूत तालिम सम्पन्न

काठमाडौं, ६ असार - (मेलमिलाप )फिदिम नगरपालिकाको न्यायिक समिति तथा मानव अधिकार मञ्च नेपाल इलामको सहजीकरणमा आयोजना गरिएको दोश्रो चरणको मेलमिलाप सम्बन्धी ८ दिने आधारभूत तालिम सम्पन्न भएको छ । जेठ ३० देखि असार ५ गतेसम्म तालिम सञ्चालन भएको हो ।


भरतपुर महानगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

काठमाडौं ६ असार (रोजगार)-भरतपुर महानगरपालिकाले आजदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरू गरेको छ । वडा नम्बर २२ बाट शुरु गरिएको रोजगार कार्यक्रमको महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभएको हो ।


गण्डकी प्रदेशमा नयाँ सोचका साथ बजेट आएको छ – मन्त्री गुरुङ

काठमाडौं ६ असार -गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७६/७७ को बजेट नयाँ सोचका साथ आएको बताउनुभएको छ । गण्डकी प्रदेशसभाको मंगलबारको बैठकमा आव २०७६/०७७ को राजस्व र व्ययको वार्षिक अनुमान(बजेट)माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले प्रदेशको समृद्धि र विकासको लक्ष्यलाई पूरा गर्ने गरी बजेट ल्याइएको बताउनुभयो ।


पाँचखाल नगरपालिकामा जनप्रतिनिधिको सवारी बजेटले दमकल

काठमाडौं, ६ असार(प्रतिबद्धता)- काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा चालू आर्थिक वर्षमा जनप्रतिनिधिलाई सवारीसाधन खरीदका लागि छुट्याइएको बजेटबाट दमकल खरीद गरिएको छ । गत वर्ष पुसमा सम्पन्न नगरपालिकाको कार्यापालिका बैठकले उक्त निर्णय गरेको थियो ।


वन्यजन्तुको हर्कतले सर्वसाधारण हैरान

असार६,महोत्तरी (पीडा)- महोत्तरी जिल्लाका बस्ती–बस्तीमा वन्यजन्तुको हर्कत (ओ¥याँइ) ले सर्वसाधारण आजित भएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा हात्ती र दक्षिणी क्षेत्रमा बँदेल र नीलगाईको हर्कतले सर्वसाधारण आजित भएका हुन् ।


सुरुङभित्र १७ कामदार थुनिए, उद्धार कार्य जारी

असार ६ रसुवा (दुर्घटना) - उत्तरी क्षेत्रको रसुवागढीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत १७ कामदार सुरुङभित्र अलपत्र परेका छन् । जिल्ला प्रहरी प्रमुख भागेन्द्र पुरुष ढकालका अनुसार गएराति सुरुङको बाहिरी भागमा सुक्खा पहिरो जाँदा ती कामदार भित्र थुनिएर अलपत्र परेका हुन् ।


स्थानीयको अवरोध पन्छाउँदै - मेलम्चीको काम पुनःशुरु

असार ५ सिन्धुपाल्चोक (बिकास निर्माण) - इटालीयन ठेकेदार कम्पनी सिएमसीले अलपत्र पारेर छाडेको मेलम्ची खानेपानी आयोजनाको काम पुनःशुरु भएको छ । सरकारले सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेको छ ।


कामपाको नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं, ५ असार ( नीति तथा कार्यक्रम ) - काठमाडौं महानगरपालिकाले बिहीबार महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आगामी बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।


कर्णाली प्रदेश सरकारले ३ लाख खरका छानामा जस्तापाता लगाइदिने

सुर्खेत , ५ असार( समाज)- कर्णाली प्रदेश सरकारले ३ लाख खरका छानामा जस्तापाता लगाइदिने भएको छ । प्रदेश सरकारको आर्थिक बर्ष २०७६/०७७ को बजेटमा कर्णालीमा रहेका जनताका खरका छानालाई टिनका छानामा परिणत गर्ने योजना समावेश छ ।


कर्णाली नदीमा भएको जिप दुर्घटना : उपाध्यक्ष शाहीसहित बेपत्ता यात्रुको शव र जिप अझै भेटिएन

हुम्ला, ५ असार ( दुर्घटना ) - खार्पुनाथ गाउँपालिका ५ को बेडुविसौना नजिकै रहेको कच्ची सडकबाट मंगलबार कर्णाली नदीमा खसेको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीसहित सवार लु १ ज ७१६६ नम्बरको जिप र जिप सवार बेपत्ताको शव अझै फेला परेको छैन । कुरिनटारबाट गोताखोरको टोली घटनास्थलमा पुगी खोजी जारी राखे पनि बेपत्ताहरूको शव भेट्टाउन नसकेको जनाइएको छ ।


सरकारको अनुमतिबिना एनजीओलाई स्थानीय तहमा जान प्रतिबन्ध लाग्ने

काठमाडौं, ५ असार ( नीति नियम ) - संघीय तथा प्रदेश सरकारको अनुमतिबिना अब गैरसरकारी संस्था (एनजीओ)ले स्थानीय तहमा कार्यक्रम संचालन गर्न नपाउने भएका छन् । सरकारले स्थानीय तहमा जनताको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउन ‘स्थानीय सरकार संचालन ऐन’ परिमार्जन गर्ने तयारी गरिरहेकाले अब यस्तो नीति बन्ने भएको हो ।


चीनको छेन्दु नगरद्वारा महानगरलाई दुई थान ब्रुमर हस्तान्तरण, के अव सडक सफा होला ?

काठमाडौं, ५ असार - चीनको छेन्दु नगरले हालै मात्र काठमाडौं महानगरलाई दुई थान ब्रुमर हस्तान्तरण गरेको छ । काठमाडौं महानगरको धुलो सफा गर्न सहयोग पुग्ने भन्दै महानगरलाई प्रदान गरिएको ब्रुमरको साँचो महानगरलाई प्रदान गरेको हो ।


शिक्षक सरुवासम्बन्धी गाउँपालिकाले गरेको निर्णय सदर

असार ५, सोलुखुम्वु (न्याय अन्याय) - थुलुङ दूधकोशी गाउँपालिकाले गरेको शिक्षक सरुवासम्बन्धी निर्णय सर्वोच्च अदालतले सदर गरेको छ । न्यायाधीशद्वय दीपकुमार कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले अन्तरिम आदेश खारेज गर्दै गाउँपालिकाको निर्णय सदर गरेको हो ।


रुकुमको दुई करोड पनि झिकेर झापा लगियोस् - सांसद शर्मा

असार ५, काठमाण्डु (पिडा)- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका सांसद जनार्दन शर्माले आर्थिक वर्ष २०७६र०७७ को बजेट नेतामुखी भएको बताए छन् । बुधबार संसदको शून्य समयमा बोल्दै शर्माले पछाडि परेका क्षेत्रलाई प्राथामिकतामा राख्नुपर्नेमा बजेट नेतामुखी आएकोमा दुःख व्यक्त गरे ।


स्थानीयले फर्काइदिए मेलम्ची खानेपानीका ठेकेदारलाई

असार ५,सिन्धुपाल्चोक (विवाद) - मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई स्थानीय ठेकेदारले फर्काइदिएका छन् । पीडित व्यवसायीले आफ्नो रकम भुक्तानी नदिएको भन्दै मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा काम गर्न आएका श्रेष्ठ कन्ट्रक्सनका कामदारलाई फर्काइदिएका हुन् ।


विपत् व्यवस्थापनको पूर्वतयारी शुरु

असार ५,तनहुँ - जिल्ला विपत् व्यवस्थापन समिति तनहुँले मनसुनको समयमा हुनसक्ने सम्भावित विपत् व्यवस्थापनका लागि तयारी शुरु गरेको छ । मनसुन शुरु हुन थालिसकेकाले बाढीपहिरोबाट पूर्वाधार तथा भौतिक सम्पत्तिमा क्षति हुनसक्ने भएकाले समितिले विपत् व्यवस्थापनका लागि पूर्वतयारी शुरु गरेको हो ।


परिणाम निस्कने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

असार ४, काठमाण्डु (निर्देशन)- गृहमन्त्री रामबहादुर थापाले परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिनुभएको छ । प्रदेश बाहिनीपतिका रुपमा सरुवा भएका सशस्त्र प्रहरी नायब महानिरीक्षकलाई आज गृह मन्त्रालयमा निर्देशन दिनुहुँदै गृहमन्त्री थापाले पूर्ण जिम्मेवारीका साथ शान्ति सुरक्षामा कुनै कमी नहुने गरी काम गर्न आग्रह गर्नुभयो ।


विपन्न परिवारलाई गाउँपालिका द्धारा २५ क्वीन्टल चामल सहयोग

असार ४, रुकुम (पूर्व) (सहयोग)- हिमाली जिल्ला रुकुम (पूर्व)का सिस्ने गाउँपालिकास्थित गरीब, विपन्न तथा द्वन्द्वपीडित परिवारको राहत सहयोगका लागि रुपन्देहीका कोटहिमाइ गाउँपालिकाले २५ क्वीन्टल चामल पठाएको छ । प्रदेश नं– ५ को एकमात्र हिमाली तथा भौगोलिक हिसाबले पछाडि परेका रुकुम (पूर्व) सिस्ने गाउँपालिकाका गरीब, विपन्न र द्वन्द्वपीडित परिवारलाई राहत सहयोगस्वरुप उक्त परिमाणको चामल पठाएको कोटहिमाइ गाउँपालिका रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरेले बताउनुभयो ।


बहुउद्देश्यीय आयोजनामा ध्यान देऊः सांसद

असार ४, काठमाण्डु - प्रतिनिधिसभाको आजको बैठकमा बूढीगण्डकी र पश्चिम सेतीजस्ता ठूला र बहुउद्देश्यीय आयोजना तत्काल अगाडि बढाई राष्ट्रिय अर्थतन्त्रको विकासमा लाग्न सरकारको ध्यानाकर्षण गराइएको छ । दुवै आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको छ ।


सूर्योदय नगरपालिकाले पूर्वी पहाडमै पहिलो फुटबल प्रशिक्षण केन्द्र निमार्ण गर्ने

इलाम, ४ असार - जिल्लाको सूर्योदय नगरपालिकाले पूर्वी पहाडमै पहिलो फुटबल प्रशिक्षण केन्द्र निमार्ण गर्ने भएको छ । नगरपालिकामा बुधबार फुटबल प्रशिक्षण केन्द्र निमार्ण सम्वन्धी नगर प्रमुख रणबहादुर राई र एन्फाका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाबीच सम्झौता भएको छ ।


खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष शाहीसहित १६ जना सवार जीपको खोजीमा गोताखोर परिचालन हुदै

हुम्ला -हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनास्थित कर्णाली नदीमा बेपत्ता भएको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीसहित १६ जना सवार लु १ ज ७१६६ नम्बरको जीपको खोजीकार्यका लागि कुरिनटारबाट गोताखोर ल्याउन लागिएको छ । मङ्गलबार मध्याह्न १२ः३० बजे भएको दुर्घटनाको जानकारी पाएलगत्तै अपराह्न १ बजेदेखि खोजीकार्य जारी शुरु भएको थियो ।


नरैनापुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

नेपालगञ्ज, ४ असार - बाँकेको नरैनापुर गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । गाउँपालिका–३ कालाफाँटाबाट आजदेखि शुरुआत गरिएको कार्यक्रम गाउपालिका अध्यक्ष इस्तियाकअहमद शाहले शुभारम्भ गर्दै केही दिनभित्रै अन्य वडामा पनि उक्त कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।


गुठी विधेयकविरुद्ध कामपामा प्रदर्शन : संघीय सरकारका तीन मन्त्रीको राजीनामा माग

काठमाडौं, ४ असार - संघीय सरकारले हालै ल्याएको गुठी विधेयक विरुद्ध काठमाडौंको माइतीघर मण्डलामा उपत्यकाका तीनवटै जिल्लाका हजारौ मानिस नाराजुलुस सहित उत्रिएका छन् । गुठी विधेयक फिर्ता भए पनि काठमाडौं उपत्यकाका गुठियारले सरकारविरुद्धको आन्दोलनलाई भने झन चर्काएका छन् ।


फोहर नउठ्दा बजार दुर्गन्धित

असार ४,पश्चिम नवलपरासी (समस्या) - केही दिनदेखि बजारको फोहर नउठ्दा पश्चिम नवलपरासीको सदरमुकाम परासी बजार दुर्गन्धित बन्न थालेको छ । रामग्राम नगरपालिकाले फोहर नउठाउँदा परासीको बुद्धचोकसहित बजार क्षेत्रमा फोहरको थुप्रो लागेको छ ।


छाउगोठको लगत सङ्कलन गरिँदै

असार ४,कैलाली (नितिनिर्माण)- कैलालीको टीकापुर नगरपालिका छाउगोठको लगत सङ्कलन गर्न थालेको छ । नगरपालिकाले ग्रामीण क्षेत्रमा अझै महिला महिनावारी हुँदा छाउगोठमै बस्न गरेकाले योजना बनाउन सहज होस् भनी लगत सङ्कलन गर्न थालेको हो ।


अनलाइन सेवाबाट मालपोतको काम शुरु

असार ४,जाजरकोट(प्रबिधि)- मालपोत कार्यालय जाजरकोटले मङ्गलबारदेखि अनलाइन सेवा सञ्चालनमा ल्याएको छ । कार्यालयले पहिलो सेवाग्राही भेरी नगरपालिका–८ की बुदी नेपालीलाई भेरी नगरप्रमुख चन्द्रप्रकाश घर्तीद्वारा जग्गाधनी दर्ता प्रमाण पुर्जा हस्तान्तरण गरेर औपचारिक रुपमा सेवा सञ्चालन गरेको थियो ।


हेलम्बुको एकीकृत बस्ती निर्माण सम्पन्न

असार ४,सिन्धुपाल्चोक - पर्यटकीय दृष्टिले चर्चित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको तेम्वाथाङमा भूकम्पपीडितका लागि निर्माण गरिएको एकीकृत बस्तीको निर्माणकार्य सम्पन्न भएको छ । बुट्टेदार बुद्धको आकृति एवं ह्याल्मो संस्कृति झल्कने ‘नाम्दर गेसुम’ नामक प्राचीन झ्यालसमेत जडित नवनिर्मित ४० आवासगृहमा पीडित परिवार यसै सातादेखि बसोबास गर्न थालेको एकीकृत बस्ती केन्द्रका अध्यक्ष साङगे लामाले जानकारी दिनुभयो ।


कर्णाली नदीमा जीप खस्दा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष शाही सहित १६ जना वेपत्ता

हुम्ला, ३ असार - हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्वर ५ को खार्पुनाथबाट याक्चु कुना जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप बेणु बिसौना र कैलेबालुको बिच खण्डबाट कर्णाली नदीमा खस्दा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष शिन्दु हमाल शाही सहित १६ जनावेपत्ता भएका छन् । खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ मा पर्ने बेणुबिसौना र कैलेबालु भन्ने ठाउँबाट मंगलबार अपरान्ह १ बजे जीप खसेको र उपाध्यक्ष सहित वेपत्ता भएको याक्चु प्रहरीलाई उदृत गर्दै सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेल जानकारी दिनुभएको छ ।


सुदूरपश्चिम प्रदेश प्रमुखको उपचारमा भएको खर्च संघीय सरकारले दियो

काठमाडौं, ३ असार - सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्लको उपचारमा भएको ३६ लाख रुपैयाँ भन्दाबढी खर्च संघीय सरकारले वोहोर्ने भएको छ । प्रदेश प्रमुख मल्ललाई दिल्ली लैजान एयर एम्बुलेन्समा लागेको भाडा तथा उपचारमा भएको खर्च विलको आधारमा खर्च रकम उपलब्ध गराइएको अर्थ मन्त्रालयले जनाएको छ ।


संघीय संसदको प्रतिनिधिसभा बैठक अबरुद्ध : युरोप भम्रण र गुठी विधेयकबारे ५ बजे प्रधानमन्त्रीको पत्रकार सम्मेलन

काठमाडौं, ३ असार - अहिले संघीय संसददेखि सडकसम्म सरकारको विरोध चलिरहेको छ । सरकारले ल्याउन लागेको गुठी बिधेयक र मिडिया काउन्सिल विधेयक लगायतका विषयमा संघीय संसदको प्रमुख विपक्षि दल नेपाली काँग्रेस लगायतका दलले सरकारको विरोध गरिरहेका छन् ।


छत्रेश्वरी गाउँपालिकाको वडा कार्यालयमा अज्ञात समूहद्वारा आगजनी

सल्यान, ३ असार - जिल्लाको छत्रेश्वरी गाउँपालिका–३नम्वर वडाको कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । मुलखोलामा रहेको वडा कार्यालयमा सोमबार राति करिब २ बजे आगजनी भएको इलाका प्रहरी कार्यालय लुहामले जनाएको छ ।


बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्न प्रदेश ५ का मुख्यमन्त्रीको निर्देशन

बुटवल, ३ असार - प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रालयका सचिवहरु र प्रदेश योजना आयोगका पदाधिकारीहरुलाई बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्न निर्देशन दिनुभएको छ । पूर्वतयारी गरेर अघि बढ्दा बजेट कार्यान्वयन गर्न सहज हुने भन्दै मुख्यमन्त्री पोखरेलले यस्तो निर्देशन दिनुभएको हो ।


मन्थली नगर प्रमुख रमेशकुमार बस्नेतमाथि नगर कार्यपालिकाको बैठकमै आक्रमण

रामेछाप, ३ असार - रामेछापको मन्थली नगर प्रमुख रमेशकुमार बस्नेतमाथि नगर कार्यपालिकाको बैठकमै आक्रमण भएको छ । नगर कार्यपालिका सोमबार बसेको बैठकमा वडा नम्बर ५ का अध्यक्ष रामबहादुर कार्की, वडा नम्बर १२ का अध्यक्ष कृष्णहरि अधिकारी र कार्यपालिका सदस्य उद्धव रम्तेलवाट नगर प्रमुख बस्नेत र प्रशासकीय अधिकृत टेककुमार रेग्मीलाई लक्षित गरि आक्रण भएको हो ।


कुम्मायक गाउँपालिका अध्यक्षद्वारा श्रीमान घरमा नभएको समय आमा र छोरालाई घर निकाला

फिदिम, २ असार - पाँचथरको सदरमुकामबाट दक्षिणी क्षेत्रमा पर्ने कुम्मायक गाउँपालिकाका अध्यक्षले स्थानीय एक श्रीमान नभएको बेला एक महिला र छोरालाई घर निकाला गरेर ताला लगाएको घटना सार्वजनिक भएको छ । किर्ते गरेर अर्काको घर जग्गा कब्जा गरेको भन्दै पालिका अध्यक्ष र न्यायिक समितिका संयोजक सहितको टोलीले स्थानीय विष्णुमाया सम्बाहाम्फेलाई शनिबार घरबाट निकालेर घरमा ताला लगाइदिएका हुन् ।


प्रदेश सरकारको कूल बजेट २ खर्ब ५९ अर्ब ५१ करोड : ३ नम्वरको सबै भन्दाधेरै, सुदूरपश्चिमको सबै भन्दाकम (सूची सहित)

भक्तपुर, २ असार - मुलुकको नयाँ संरचना अनुसार बनेका ७ वटा प्रदेश सरकारले आईतबार एकै दिन आर्थिक बर्ष ०७६/७७ का लागि वार्षिक बजेट सार्वजनिक गरेका छन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले प्रदेश सरकारले हरेक बर्षको असार १ गते नै बजेट ल्याउनुपर्ने वाध्यकारी व्यवस्था गरे अनुसार प्रदेश सरकारहरुले आफ्नो कार्यकालको दोस्रो बजेट सार्बजनिक गरेका हुन् ।


गण्डकी प्रदेश सरकारको बजेट ३२ अर्ब १३ करोड, अर्थमन्त्रीनै बजेटप्रति असन्तुष्ट

कास्की, २ असार - गण्डकी प्रदेश सरकारले पनि आइतबार ३२ अर्ब १३ करोड ४७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गण्डकी सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेश सरकारको बार्षिक बजेट सार्वजनिक गर्नुभएको हो ।


कर्णाली सरकार : छोरी जन्मिए खातामै एक हजार

वीरेन्द्रनगर, २ असार – कर्णाली सरकारले छोरी जन्मिए बैंक खाता खोली एक हजार रुपियाँ जम्मा गरिदिने निर्णय गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत छोरीको शिक्षा र लालनपालनका लागि २० वर्षसम्म प्रत्येक महिना रु ५०० का दरले रकम जम्मा गरिदिने कार्यक्रम ल्याएको हो ।


हिलेजात्रा अर्थात् ज्याःपुन्ही - यौनिकता दर्शाउने पनौती जात्रा

असार २, काभ्रे(परम्परा) -“जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपु¥याउनेले कहिल्यै सुख पाउँदैन”, स्थानीय बूढापाकाको भनाइमा पनौती जात्रामा सामेल हुनैपर्ने परम्परागत तथ्य छ । त्रयोदशीदेखि पूर्णिमाको रात रहुञ्जेल हिलेजात्रा मनाउँछन् पनौतीवासी ।


बुवाआमाको खातामा आम्दानीमध्ये १० प्रतिशत जम्मा गर्नुपर्छ

असार २, (नितिनियम) - सरकारले हरेक नागरिकले आफ्नो पारिश्रमिकको १० प्रतिशत रकम बुवाआमाको खातामा जम्मा गर्नुपर्ने कानुनी व्यवस्था गर्ने भएको छ । सरकारले संघीय संसदमा पेश गरेको ज्येष्ठ नागरिकसम्बन्धी विधेयकमा हरेक नागरिकले आफ्नो पारिश्रमिकको सो रकम बुवाआमाको खातामा जम्मा गरिदिने प्रावधान राखिएको हो ।


इन्द्रावती गाउँपालिकामा जनप्रतिनिधिको दुई बर्ष : गुरुयोजना निमार्णदेखि भगिनी सम्वन्ध स्थापित गर्नेसम्म

भक्तपुर - मुलुक नयाँ संरचनामा गइसकेपछि बनेको तीन तहको सरकार मध्ये स्थानीय सरकारको निर्वाचन भएको दुई बर्ष पुगिसकेको छ । लामो समयदेखि जनप्रतिनिधि बिहीन अवस्थामा गुज्रिएको स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाउँदै जननिर्वाचित प्रतिनिधि आएको यो दुई बर्षमा धेरैले भने सोचे अनुसार काम गर्न सकिरहेका छैनन् ।


७ प्रदेश मध्ये सबै भन्दावढी बजेट ३ नम्वर प्रदेश सरकारको आउँदै

भक्तपुर, १ असार - देशकै राजधानी समेतरहेको३ प्रदेशका लागि सरकारले कति बजेट ल्याउँदैछभन्ने सबैको चासोको विषय हुन सक्छ । देशका ७ वटै प्रदेश सरकारहरुले आज बार्षिक बजेट सार्वजनिक गर्दै गर्दा प्रदेश नम्बर ३ सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का आउने बजेटमा चासो वढ्नु स्वभाविकै हो ।


काठमाडौं महानगरपालिकाद्वारा न्यूरोडका पाँच स्थानमा स्मार्ट पार्किङ सुरु

काठमाडौं, १ असार – काठमाडौंको न्युरोडमा आजदेखि स्मार्ट पार्किङ सेवा सुरु भएको छ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रको सहकार्यमा न्यूरोडका पाँच स्थानमा स्मार्ट पार्किङ सुरु गरेको हो ।


सातवटै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै, कुन प्रदेशमा कति बजेट ? ( हेर्नुहोस् )

भक्तपुर, १ असार - मुलुक नयाँ संरचनामा गईसकेपछि बनेका ७ वटा प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७६ / ०७७ का लागि आईतबार (आज) बजेट ल्याउँदै छन् । प्रदेश सरकार गठन भएपछिको यो दोस्रो बजेट हो ।


समितिको निर्देशन सच्याउनुपर्छ - मन्त्री पण्डित

जेठ ३२,भक्तपुर - सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रद्द गर्ने निर्देशन सच्याउन माग गर्नुभएको छ । सञ्चार केन्द्र नेपालले यहाँ आज आयोजना गरेको ‘लोकसेवा आयोगले थालेको स्थानीय तहको परीक्षा र जनमानसमा सिर्जित अन्योलताको निकास’ विषयको छलफलमा उहाँले समितिले विज्ञापन रद्द गर्न दिएको निर्देशन संवैधानिक र कानूनीरुपमा त्रुटि रहेकाले सच्याउन माग गर्नुभयो ।


पाँचौँ नगरसभा - सडकलाई निरन्तरता, शिक्षा, स्वास्थ्य र सरसफाइमा प्राथमिकता

जेठ ३२,दाङ - घोराही उपमहानगरपालिकाको पाँचौँ नगरसभामा प्रमुख नरुलाल चौधरीले शनिबार उपमहानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अघिल्लो वर्ष प्राथमिकतामा राखिएको सडक सञ्जाल विस्तारलाई निरन्तरता दिने, शिक्षा, स्वास्थ्य र सरसफाइको कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउने उल्लेख गर्नुभएको छ । नीति तथा कार्यक्रममा वडादेखि उपमहानगरको केन्द्रसम्म जोड्ने एक÷एक बाटो कालोपत्र गर्ने कार्यलाई निरन्तरता दिने, कृत्रिम जलाशय निर्माणलाई निरन्तरता दिने, सिँचाइ सुविधा नभएको स्थानमा डिपबोरिङ, साना पोखरी, फोहोरा सिँचाइ र थोपा सिँचाइको व्यवस्था गर्ने नीतिलाई निरन्तरता दिइएको छ ।


राजमार्ग सुधार गर्न बजेट पर्याप्त छ - मन्त्री डा खतिवडा

जेठ ३२,रसुवा - अर्थमन्त्री डा युवराज खतिवडाले राम्चे र मूलखर्क खण्डको असहज राजमार्ग सुधारका लागि बजेट पर्याप्त रहेको बताउनुभएको छ । आज धुञ्चेमा आयोजित स्थानीय तहका पदाधिकारीसँगको भेटघाट तथा अन्तरक्रियामा अर्थमन्त्री खतिवडाले रसुवागढी अन्तर्राष्ट्रिय नाकाको रूपमा रहेको बेत्रावतीबाट मैलुङतर्फको नयाँ र धुञ्चे, स्याफ्रुवेशीतर्फको दुवै राजमार्ग सुधारका लागि बजेटको अभाव नहुने स्पष्ट गर्नुभयो ।


गाउँमा पुगेन वित्तीय साक्षरता

भक्तपुर,३२ - जेठ बजारमा बैंकिङ प्रतिस्पर्धा चलिरहेको छ । शहरोन्मुख बजारमा शाखा विस्तार गर्न बैंकको होडबाजी नै चलेको छ ।


गाउँमा पुगेन वित्तीय साक्षरता

भक्तपुर,३२ - जेठ बजारमा बैंकिङ प्रतिस्पर्धा चलिरहेको छ । शहरोन्मुख बजारमा शाखा विस्तार गर्न बैंकको होडबाजी नै चलेको छ ।


माछापुच्छ्रे गाउँपालिकाले शुरु गर्यो मगर भाषामा पढाई

कास्की, ३२ जेठ - जिल्लाकोमाछापुच्छ्रेगाउँपालिकाले मगर जातिको बाहुल्य रहेको वडा नं ५ रिभान मोहरास्थित माछापुच्छ्रेआधारभूत विद्यालयमा मगर भाषाको पढाइ शुरु गरेको छ । शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रामजी बराल र गाउँपालिका प्रमुख कर्ण गुरुङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वबहादुर रानालाई मगर भाषाको पाठ्यपुस्तक हस्तान्तरण गरेर पठनपाठन शुरु भएको घोषणा गर्नुभयो ।


प्रदेश नं १ मा ‘म अघि बढ्छु’ अभियानको तयारी

भद्रपुर, ३२ जेठ - प्रदेश नं १ सरकारले १३ देखि १९ वर्ष उमेरका विद्यार्थीलाई चरित्रवान, सिर्जनशील, सकारात्मक एवं सामाजिक रुपमा उत्तरदायी बन्न प्रेरित गर्ने उद्देश्यले ‘म अघि बढ्छु’ नामक अभियान शुरु गर्ने भएको छ । प्रदेशका माध्यमिक तहका दुई हजार विद्यालयमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत एक लाख ९७ हजारभन्दा बढी विद्यार्थीलाई सहभागी गराइने सो कार्यक्रम प्रदेश नं १ सरकारले सञ्चालन गर्ने बृहत् कार्यक्रम हुनेछ ।


रामपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

३२ जेठ, पाल्पा - रामपुर नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । प्रारम्भिक चरणमा नगरपालिकाका ७० युवालाई छनोट गरी शुक्रबारदेखि काममा लगाइएको छ ।


पशु पालक किसानलाई प्रोत्साहित गर्दै सूर्योदय नगरपालिका

इलाम, ३१ जेठ - इलामको सूर्यदय नगरपालिकाले पशु पालक किसानलाई फार्म प्रवर्धन, प्रोत्साहन तथा गोठ सुधारका लागी सम्झौता पत्र हस्तान्तरण गरेको छ । नगरप्रमुख रण बहादु राईले सूर्योदय नगरपालिकाको आब २०७५/०७६को स्वीकृत कार्यक्रम अन्तर्गत पशु पालक किसानलाई फार्म प्रवर्धन, प्रोत्साहन तथा गोठ सुधार गर्दै पशुपालनलाई थप व्यवसायिक बनाउन नगरपालिकाको ६० प्रशिशत अनुदानमा नगरभरिका १० वटा फार्महरुलाई आधुनिकीकरण गर्ने सम्झौता पत्र हस्तान्तरण गर्नुभएको हो ।


रास्कोट नगरपालिकाद्वारा सामाजिक सुरक्षाको रकम बैंकमार्फत दिदैँ

कालिकोट, ३१ जेठ - कालिकोटको रास्कोट नगरपालिकाले सामाजिक सुरक्षाको रकम अनिवार्य बैंकमार्फत भुक्तानी दिने भएको छ । सामाजिक सुरक्षाको रकम कसैले पाउने र कसैले नपाउने भएपछि अनिवार्य बैंकमार्फत भुक्तानी दिने भएको हो ।


प्रदेश ३ समन्वय परिषद्को वैठक : विकासका लागि साझा प्रतिवद्धता व्यक्त

काठमाडौं, ३१ जेठ - प्रदेश ३ समन्वय परिषद्को वैठकले साझा प्रतिवद्धता व्यक्त गर्दै सम्पन्न भएको छ । प्रदेश ३ सरकारको अस्थायी केन्द्र हेटौंडामा बुधबारबाटमा सुरु भएको वैठकमा प्रदेश सरकार, जिल्ला समन्वय समिति, नोपल नगरपालिका संघ, गाउँपालिका महासंघको सहभागिता थियो ।


महानगरको स्वास्थ्य सेवाका ४० पदमा १,२९४ र श्रेणीबिहीन ४ पदका लागि २४४ को दरखास्त

काठमाडौं, ३१ जेठ - काठमाडौं महानगरले स्वास्थ्य सेवा र श्रेणीबिहीन पदमा माग गरेको आवेदनमाअत्याधिक दरखास्त परेको छ । महानगरको स्वास्थ्य सेवामा काम गर्न ४० पदमा माग गरिएपनि एक हजार २ सय ९४ जना उम्मेद्वारको दरखास्त परेको छ ।


धनगढी उपमहानगरले गर्यो हावाहुरी पिडीतलाई राहत दिने निर्णय

धनगढी ,३१ जेठ – धनगढी उप–महानगरपालिकामा बिहीबार बसेको बैठकमा हावाहुरीबाट क्षति पुगेका घरधनीलाई क्षतिको आधारमा राहत दिने निर्णय गरिएको छ । एक साता बितेपछि बिनासकारी हावाहुरीबाट क्षति पुगेका परिवारलाई राहत दिने निर्णय गरिएको हो ।


वैज्ञानिक वन व्यवस्थापन शुरु

३१जेठ, दाङ - दाङको देउखुरीमा वन डिभिजन कार्यालय लमहीले वनको संरक्षण तथा प्रवद्र्धनका लागि वैज्ञानिक वन व्यवस्थापन शुरु गरेको छ । देउखुरीका चार पालिका क्षेत्रमा रहेका १४८ सामुदायिक वनमध्ये १७ सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको कार्ययोजना शुरु भएको डिभिजन वन कार्यालय लमहीले जनाएको छ ।


काठमाडौं महानगरको सहरी योजना आयोगमा ५ सदस्य नियुक्त

काठमाडौं, ३० जेठ - काठमाडौं महानगरपालिकाले सहरी योजना आयोगमा ५ सदस्य नियुक्त गरेको छ । महानगरले बिहीबार ५ सदस्य नियुक्त गरेको हो ।


सडकबत्ती राख्दै ललितपुर महानगर

ललितपुर, ३० जेठ - ललितपुर महानगरपालिकाले सात करोड रुपैयाँ लागत खर्चमा सडक बती जडान गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणसँग सम्झौता सम्पन्न गरेको महानगरपालिकाले आगामी आवमा सडकबत्ती जडान गर्न लागेको हो ।


स्थानीय तहमा मौलाउँदै घुसतन्त्र : रुपनी गाउँपालिकाका इन्जिनीयर यसरी परे अख्तियारको फेला

काठमाडौं, ३० जेठ - देशका ७५३ स्थानीय तहमा जननिर्वाचित प्रतिनिधि आएको दुईवर्ष पुगेको छ । जनप्रतिनिधि निर्वाचित भएरआएसँगै कतिपयले आफन्तलाई करार तथा ज्यालादारीमा कर्मचारी नियुक्ति समेत गरेका छन् ।


धनुषाधाम नगरपालिकाको कार्यालयमा प्रेसरकुकर बम विस्फोट

धनुषा, ३० जेठ - धनुषाको धनुषाधाम नगरपालिकाको वडा कार्यालयमा बम विस्फोट भएको छ । नगरपालिकाको वडा नम्बर ३ स्थित नगरपालिकाको कार्यालयमा प्रेसरकुकर बम विस्फोट भएको जनाइएको छ ।


बागमती नगरपालिकाद्वारा ११७ जनालाई रोजगारी प्रदान

सर्लाही, ३० जेठ - सर्लाहीको बागमती नगरपालिकामा प्रधानमन्‍त्री रोजगार कार्यक्रम सुरु भएको छ । रोजगार कार्यक्रमअन्तर्गत बुधबारदेखि लागू हुनेगरी ११७ जनालाई रोजगार प्रदान गरेको नगरपालिकाले जनाएको छ ।


फिदिम नगरपालिकाको आयोजनामा ८ दिने मेलमिलाप सम्वन्धी तालिम सम्पन्न

फिदिम, ३० जेठ - फिदिम नगरपालिकाको सहयोगमा पाँचथरमा मेलमिलाप सम्वन्धी ८ दिने आधारभूत तालिम बुधबार सम्पन्न भएको छ । फिदिम नगरपालिका पाँचथरको न्यायिक समितिको आयोजना र मानव अधिकार मञ्च नेपाल इलामको सहजीकरणमा तालिम सम्पन्न भएको हो ।


जाजरकोट र डोल्पाका गाउँमा विकास निर्माणको काम ठप्प

३० जेठ, डोल्पा - स्थानीयवासी डोल्पाका विभिन्न पाटनमा पाइने यार्सागुम्बा सङ्कलनका लागि गएपछि जाजरकोट र डोल्पाका गाउँमा विकास निर्माणको काम ठप्प भएको छ । विकासे कामदेखि विद्यालयमा पढाइसमेत प्रभावित हुँदै समस्या भएको स्थानीय तहले बताएका छन् ।


समृद्धिका लागि तीनवटै सरकारबीच समन्वय हुनुपर्छ : मुख्यमन्त्री पौडेल

काठमाडौँ, २९ जेठ – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको विकास र समृद्धिका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच उच्चस्तरको सहयोग, समन्वय र सहकार्य हुनुपर्ने बताउनु भएको छ । आज यहाँ शुरु भएको प्रदेश परिषद्को दोस्रो बैठकलाई उद्घाटन गर्दै उहाँले नेपालको संविधानभन्दा माथि कोही पनि छैन, त्यसैले स्वायत्त भएको भन्दैमा स्थानीय सरकार सर्वोपरि नभएको बताउनुभयो ।


विराटनगर महानगरापलिकाद्धारा डेङ्गु नियन्त्रण गर्न मालाथिन औषधि छर्कँदै

काठमाडौं २९ जेठ -मोरङको विराटनगर महानगरापलिकामा डेङ्गु ज्वरोका सङ्क्रमित बिरामी देखिन थालेपछि आजदेखि यस क्षेत्रमा औषधि छर्किने कार्य शुरु गरिएको छ । धरान उमहानगरपालिकमा सो रोगबाट सङ्क्रमित बिरामी अत्यधिक देखिएकाले नियन्त्रणका लागि नगरका सम्पूर्ण वडामा आजदेखि मालाथिन फगि स्प्रे९छर्केने० कार्य शुरु गरिएको महानगरपालिकाले जनाएको छ ।


पर्सा जिल्लामा ७० प्रतिशत विकास खर्च

काठमाडौं, २९ जेठ -चालू आर्थिक वर्ष सकिन करीब एक महीना मात्र बाँकी रहँदा पर्सा जिल्लाको स्थानीय तहहरूले असारे विकासलाई तीव्रता दिएका छन् । कर्मचारीको अभाव, राजनीतिक द्वन्द्व र आपसी खिचातानीले काममा ढिलाइ भएकाले हालसम्म करीब ७० प्रतिशत मात्र विकास बजेट खर्च हुनसकेको छ ।


गण्डकी प्रदेश सरकारको अनुदानमा लमजुङमा पर्यटकीय पदमार्गको निर्माण शुरु

लमजुङ, २९ जेठ – लमजुङमा एक पर्यटकीय पदमार्गको निर्माणकार्य शुरु भएको छ । बेँसीशहर नगरपालिका–६ पुमागाउँ घरबासदेखि सोही क्षेत्रमा रहेको ऐतिहासिक कन्यादेवी मन्दिर जाने बाटोमा सिँढी निर्माणको काम भइरहेको हो ।


कञ्चन गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु,प्रथम चरणमा १०४ जनालाई रोजगारी

काठमाडौं २९ जेठ -रुपन्देहीको कञ्चन गाउँपालिकामा सबैका लागि रोजगार,सम्बैदानिक सरोकार,श्रमको सम्मान,राष्ट्रको अभियानू भन्ने नारा सहित गाउँपालिकामा रहेका बेरोजगारहरुलाई रोजगार दिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गाउँपालिकाले मंगलबार बिशेष कार्यक्रमको आयोजना गरि पहिलो चरणमा १०४ जना बेरोजगारहरुलाई रोजगार दिएको हाे ।


प्रदेश नं १ को नीति तथा कार्यक्रम पारित

विराटनगर, २९ जेठ – प्रदेश नं १ सरकारले प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७६/७७ का लागि मंगलबार प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ३५(१) बमोजिम प्रदेश प्रमुख प्रा डा. गोबिन्दबहादुर तुम्वाहाङले जेठ २३ गते सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।


जोरपाटी - साँखु सडकखण्डमा ठेकेदारको चरम लापरवाही : स्थानीय आन्दोलित, तीन तहका सरकार, को जिम्मेवार ?

काठमाडौं, २८ जेठ - देशकै राजधानी हो काठमाडौं । यहाँ देशका ७७ जिल्लाका लाखौ मानिस बसोबास गर्छन भने बर्षेनी लाखौ काठमाडौं आवतजावत गर्छन ।


अभिलम्ब छात्रवृत्ति वितरण गरि विवरण पठाउन महानगरको निर्देशन

काठमाडौं, २८ जेठ – ललितपुर महानगरपालिकाले नगर क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरुले शैक्षिक सत्र २०७६ मा वितरण गर्नुपर्ने छात्रवृत्ति केही विद्यालयले अझै वितरण नगरको भन्दै अभिलम्ब वितरण गरि महानगरलाई विवरण पठाउन निर्देशन दिएको छ । महानगरले संस्थागत विद्यालयहरुका नाममा पत्र लेख्दै यस्तो निर्देशन दिएको हो ।


कुशे गाउँपालिकामा एक बर्षमा ३ हजार ६१ वटा व्यक्तिगत घटना दर्ता

जाजरकोट, २८ जेठ – कर्णाली प्रदेशको जाजरकोट जिल्लामा पर्ने कुशे गाउँपालिकामा एक बर्ष अवधिमा ३ हजार ६१ वटा व्यक्तिगत घटना दर्ता भएका छन् । गाउँपालिकामा गत ०७५ वैशाखदेखि चैत्रसम्मको अवधिमा यो घटना दर्ता भएका हुन् ।


चामे गाउँपालिकाले वहुउद्देश्यीय भवन र बसपार्क निमार्णका लागि जग्गा खरिद गर्दै

मनाङ, २८ जेठ - मनाङको चामे गाउँपालिकाले वहुउद्देश्यीय भवन निमार्ण गर्न तथा बसपार्क निमार्णका लागि १० रोपनी जग्गा खरिद प्रक्रिया अघि वढाएको छ । प्रदेश सरकारको सहयोगमा निमार्ण हुने वहुउद्देश्यीय भवनका लागि ३ रोपनी र बसपार्कका लागि ७ रोपनी जग्गा खरिद प्रक्रिया गाउँपालिकाले अघि वढाएको हो ।


जलेश्वर नगरपालिकाद्वारा वडागत योजनाको स्थलगत अनुगमन

महोत्तरी, २८ जेठ - प्रदेश नम्वर २ को महोत्तरीस्थित जलेश्वर नगरपालिकाले वडागत रुपमा सञ्चालन गरेका योजनाको स्थलगत अवलोकन तथा निरिक्षण गरेको छ । नगरपालिकाका मेयर रामशंकर मिश्रासहितको टोलीले यतिवेला योजनाको स्थलगत रुपमा आवलोकन कार्य थालेको हो ।


प्रदेश नम्वर २ : सांसदले संशोधन प्रस्ताव फिर्ता लिएपछि नीति तथा कार्यक्रम वहुमतले पारित

जनकपुरधाम, २८ जेठ - प्रदेश २ सरकारको नीति तथा कार्यक्रम बुहमतले पारित भएको छ । प्रदेश सभाको सोमबार बैठकमा नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।


प्रदेश नं १ मा डेङ्गुपीडितको उपचार र नियन्त्रणका लागि ८० लाख विनियोजित

काठमाडौं, २८ जेठ -प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुनसरीको धरानमा देखापरेको डेङ्गु रोगपीडितको निःशुल्क उपचारका लागि सरकारले रु ५० लाख विनियोजन गरिसकेको तथा रोग फैलिन नदिन थप ३० लाख बजेट विनियोजन भइसकेको जानकारी दिनुभयो । त्यस्तैं राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई प्रदेश सरकारले सम्मान गर्ने घोषणा गर्नुभएको छ ।


धुलिखेल नगरपालिकामा जनप्रतिनिधिको दुई वर्ष : यी हुन भौतिक पूर्वाधारमा भएका १३ काम

काठमाडौं, २७ जेठ – देशको राजधानी काठमाडौंसँग जोडिएको जिल्ला काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा दुई वर्षअघि निर्वाचित जनप्रतिनिधी आएपछि नगरको विकासका लागि रणनीतिक योजना सहित काम भइरहेको छ । नगरकामेयरमा असोककुमार व्यान्जुर उपमेयरमा बिमला चौलागाई सहित अन्य प्रतिनिधिनिर्वाचित भएर आएसँगै समग्र नगरको विकासका लागि भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका योजना बनाई तिव्र रुपमा काम समेत भइरहेका छन् ।


पाल्पाका दस स्थानीय तहलाई २ अर्व ९३ करोड बजेट

काठमाडाैं २७ जेठ - संघीय सरकारले आर्थिक बर्ष २०७६/७७ का लागि हालै विनियोजना गरेको बार्षिक बजेट अन्र्तगत पाल्पाका दस स्थानीय तहलाई २ अर्व ९२ करोड ९६ लाख बजेट विनियोजन गरेको छ । पाल्पाका १० स्थानीय तहमध्ये २ वटा नगरपालिका र ८ वटा गाउँपालिका रहेका छन् ।


लोकसेवा आयोगको विज्ञापनमा मन्त्रीको जवाफ : स्थानीय तहको पत्र अनुसारनै विज्ञापन खोलियो

काठमाडौ, २७ जेठ - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले हालै लोकसेवाआयोगले निकालेको विज्ञापनका विषयमा सोमबार संसदको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै स्थानीय तहले पठाएको पत्रकै आधारमा विज्ञापन निकालिएको र यसमा कुनै संविधान र विधि विधान नमिचिएको जिकिर गर्नुभएको छ । लोकसेवाको विज्ञापनमा संघीय संसद र समितिहरुमा साँसदहरुले व्यापक विरोध गरिरहेको समयमा मन्त्री पण्डितले राज्य व्यवस्था समितिको वैठकमा उपस्थित भएर यस्तो बताउनु भएको हो ।


त्रियुगा नगरपालिकाद्वारा ३० जना पत्रकारलाई ल्यापटप वितरण

काठमाडौं, २७ जेठ -उदयपुरको त्रियुगा नगरपालिकाले ‘प्रविधि हस्तान्तरण’ कार्यक्रम अनर्तगत जिल्लाका ३० जना पत्रकारलाई ल्यापटप वितरण गरेको छ । नगरपालिकाले उदयपुरको गाइघाटलाई केन्द्र बनाएर पत्रकारिता गर्दै आएका ३० पत्रकारहरुलाई एकरएक थान ल्यापटप वितरण गरेको हो ।


भक्तपुर नगरपालिकाद्धारा शैक्षिक ऋण वितरण

काठमाडौं, २७ जेठ- जिल्लाको भक्तपुर नगरपालिकाले आइतबारदेखि शैक्षिक ऋण वितरण शुरु गरेको छ । नगरपालिकाले नगर क्षेत्रभित्र स्थायी बसोबास गर्ने जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर सहुलियत ब्याजदरमा रु पाँच लाखसम्मको शैक्षिक ऋण दिन थालेको हो ।


विदेह नगरपालिकाका मेयर दासविरुद्ध विद्यार्थी आन्दोलित, झडपमा दर्जनौ घाइते

धनुषा, २६ जेठ - धनुषाको विदेह नगरपालिकामा भएको विवादमा दुई पक्षविचको झडपमा परि जनप्रतिनिधी सहित दर्जनौ विद्यार्थी घाइते भएका छन् । नगरपालिाका मेयर मेचन दासको निर्देशनमा शिक्षकको तलब, छात्रबृत्ति रकम र विद्यालय नमूना घोषणा भएपछि आएको बजेट राकेको भन्दै विद्यार्थीले आन्दोलन गर्दै आएका थिए ।


बाँकेमा सङ्घीय सरकारको तीन अर्ब बजेट

बाँके, २६ जेठ - सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ मा बाँकेका आठ स्थानीय तहका लागि दुई अर्ब ९० करोड ११ लाख विनियोजन गरेको छ । सरकारले वित्तीय समानीकरण अनुदानतर्फ रु एक अर्ब ३२ करोड २३ लाख र सःशर्त अनुदानतर्फ रु एक अर्ब ५७ करोड ८८ लाख विनियोजन गरेको हो ।


प्रदेश २ सरकारको नीति तथा कार्यक्रमप्रति सांसदहरुको विरोध, संसोधनको माग

जनकपुरधाम, २६ जेठ - प्रदेश २ सरकारले ०७६/७७ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति सत्ता पक्षकै साँसदले विरोध जनाएका छन् । गत जेठ १९ मा संसदमा प्रस्तुत नीति तथा कार्यक्रमले प्रदेश २ को विकासमा सघाउ पुर्याउन नसक्ने भन्दै विरोध भएको हो ।


कर्णाली प्रदेश सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम बहुमतले पारित

सुर्खेत, २६ जेठ - कर्णाली प्रदेशसभाले कर्णाली प्रदेश सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा पेश गरेको प्रस्ताव बहुमतले पारित भएको हो ।


स्थानीय सरकारद्वारा मोटरेवल पुल निर्माण

लमजुङ, २६ जेठ – बेसीँशहर नगरपालिकाले नगरभित्र पक्की संचरना बनाउने अभियान अन्तर्गत बेँसीशहरको झ्याङखोलास्थित विद्या विकास विद्यालय नजिकै वडा नं ८ मा रहेको मोटरेवल पुल निर्माण गरेको छ । गण्डकी प्रदेश अन्तर्गत पर्यटकीय जिल्ला लमजुङमा स्थानीय सरकारद्वारा एक मोटरेवल पुल निर्माण गरिएको हो ।


प्रदेश सरकारद्धारा पोखरालाई पर्यटकीय राजधानीका रुपमा विकास गरिने

काठमाडौं, २५ जेठ -गण्डकी प्रदेश सरकारले पोखरालाई नेपालको पर्यटकीय राजधानीका रुपमा विकास गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको शुक्रबार आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख बाबुराम कुँवरले गण्डकी प्रदेशलाई पर्यटनको केन्द्र र पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा पर्यटकीय गन्तव्यको छवि स्थापित गर्ने बताउनुभयो ।


जनताको खुशी नै प्रदेशको समृद्धि : कानूनमन्त्री कुलप्रसाद केसी

काठमाडौं २५ जेठ-प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले जनतासामु गरेका वाचा पूरा गर्न शुरुवात गरेको बताउनुभएको छ । नेकपाकोप्रदेश संसदीय दलले आज बुटवलमा आयोजना गरेको पत्रकार सांसद अन्तक्र्रियामा उहाँले सरकारको भविष्य जनतासँग जोडिएकाले जनताको खुशी नै प्रदेशको समृद्धि भएको धारणा राख्नुभयो ।


रम्भा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट तीस युवालाई रोजगारी

काठमाडौं, २५ जेठ -पाल्पाको रम्भा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत तीस युवालाई रोजगार दिन थालेको छ । बेरोजगार नागरिकलाई रोजगार दिने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा गाउँपालिकाले ३० जनालाई छनोट गरी रोजगार दिन लागेको होे ।


‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ पहिलो चरणमा भक्तपुरका ७ सय बेरोजगार युवालाई रोजगारी

भक्तपुर, २४ जेठ -भक्तपुरको सुर्यविनायकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अभियान सुरु गर्नुभएको छ । भक्तपुरका चारवटै नगरपालिकामा आज कार्यक्रमको शुभरम्भ गर्दै उहाँले भन्नुभयो, ‘सरकार विरोधी केही तत्वहरु सक्रिय छन, उनीहरु कुनै हालतमा सफल हुँदैन ।


प्रदेश नम्वर ५ प्रदेश सभामा गाडी खरिद : अनियमितता ठहर भएपछि कम भुक्तानी

बुटवल, २४ जेठ - संसदको सार्वजनिक लेखा समितिको अनुगमनलेगाडीखरिदमा भएको अनियमितता पत्ता लगाएपछि५ नम्बर प्रदेशसभाले खरिद गरेका ११ वटा गाडीबाट ३७ लाख ४० हजार अनियमितता हुन लागेको रकम जोगिएको छ । लेखा समितिको अनुगमनवाट प्रदेश सभाले खरिद गर्न लागेका गाडीमा प्रतिगाडी ३ लाख ४० हजार कम भुक्तानी गरिएको हो ।


गुल्मीका १२ स्थानीय तहमा ३ अर्व १७ करोड बजेट

काठमाडौ, २४ जेठ -संघीय सरकारलेआर्थिक बर्ष २०७६/७७ का लागि हालै विनियोजना गरेको बार्षिक बजेट अन्र्तगत गुल्मीका १२ स्थानीय तहलाई समपुरक र बिशेषबाहेक ३ अर्व १६ करोड ९९ लाख रुपैया बजेट विनियोजन गरेको छ । गुल्मीका १२ स्थानीय तहमध्ये २ वटा नगरपालिका र १० गाउँपालिका रहेका छन् ।


नगरभित्र घर, टहरा बनाउँदा अनिवार्य इजाजत लिन विदुर नगरपालिकाको आग्रह

काठमाडौं, २४ जेठ - नुवाकोटको विदुर नगरपालिकाले नगरभित्रको मापदण्ड विपरित रहेका घर, टहरा हटाउन भन्दै त्यस्ता घर टहरा वनाउँदा नगरपालिकावाट अनिवार्य इजाजत लिन नगरबासीमा आग्रह गरेको छ । नगरपालिकाले हालै नगरबासीका नाममा सूचना जारी गर्दै नगर क्षेत्रभित्र क्षेत्रभित्र घर, टहरा निर्माण गर्दा विदुर नगर कार्यपालिका कार्यालयबाट घर निर्माण ईजाजत पत्र लिएर मात्र घर, टहरा निर्माण गर्न अनुरोध गरेको छ ।


ताप्लेजुङका ९ स्थानीय तहमा २ अर्ब १४ करोड बजेट

ताप्लेजुङ, २४ जेठ - संघीय सरकारले हालै विनियोजना गरेको बार्षिक बजेट अन्र्तगत ताप्लेजुङका ९ स्थानीय तहले दुई अर्व १४ करोड ११ लाख रुपैयाँ अनुदान प्राप्त गरेका छन् । ताप्लेजुङमा १ नगरपालिका र ८ गाउँपालिका छन् ।


कर्णाली सरकारको नीति तथा कार्यक्रम : करोड बढीका आयोजनालाई बजेट

काठमाडौं २३ जेठ -कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षमा एक करोड बढी लागत अनुमान भएका आयोजनामा मात्र बजेट विनियोजन गर्ने भएको छ । प्रदेश प्रमुख दुर्गाकेशर खनालले बुधबार कर्णाली प्रदेशसभामा पेश गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७६/७७ को बजेटमा ठूला आयोजनालाई मात्र प्राथमिकतामा राख्ने नीति लिएको हो ।


गण्डकी प्रदेशको नीति तथा कार्यक्रम शुक्रबार

काठमाडौं, २३ जेठ - गण्डकी प्रदेश सभामा बुधबार प्रस्तुत हुने भनिएको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम आगामी जेठ २४ गते शुक्रबार हुने भएको छ । गण्डकी प्रदेशसभामा बसधबार दिनको ३ बजे प्रदेश प्रमुख बाबुराम कुँवरबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको थियो ।


सुदूरपश्चिम प्रदेशद्धारा प्रदेश गौरवका सडक योजनाको निर्माण शुरु

काठमाडौं, २३ जेठ -सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा एक/एक वटा प्रदेश गौरवका सडक योजना छनोट गरी कार्यान्वयन गर्न थालेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेशसभामा प्रस्तुत गरेको नीति कार्यक्रममा चालू आवकोे उपलब्धिका रुपमा व्याख्या गर्दै प्रदेश गौरवका सडक योजनाको छनोट गरी तिनको विस्तृत अध्ययन तथा सर्वेक्षणको कार्य गरिएको उल्लेख गरिएको छ ।


सुशासन कायम नभई मुलुकले समृद्धि प्राप्त नगर्ने सांसदको भनाई

बाह्रबिसे (सिन्धुपाल्चोक), २३ जेठ -सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य अग्निप्रसाद सापकोटाले देशमा सुशासन कायम नभई मुलुकले समृद्धि प्राप्त गर्न नसक्ने ठोकुवा गर्नुभएको छ । बाह्रबिसे नगरपालिकाले आयोजना गरेको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अविवृद्घिका लागि भावी योजना निर्माण सम्बन्धी दुईदिने नगरस्तरीय शैक्षिक सम्मेलनको उद्घाटन गर्दै सांसद सापकोटाले सरकारले तय गरेको समृद्ध नेपाल र सुखी नेपालीको नारा सार्थक बनाउन सुशासन जरुरी भएको उल्लेख गर्नुभयो ।


बाह्रबिसे नगरपालिकालाई शिक्षाको नमुना नगर बनाउने उद्घोष

दिनेश दुलालबाह्रबिसे(सिन्धुपाल्चोक), २३ जेठ -बाह्रबिसे नगरपालिकालाई शिक्षाको नमुना नगर बनाउने गुरुयोजनाका साथ हिजोबाट दुई दिने शैक्षिक सम्मेलन सुरु भएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अविवृद्घिका लागि भावी योजना निमार्ण सम्बन्धी दुईदिने नगरस्तरीय शैक्षिक सम्मेलन शुरु भएको हो ।


प्रदेश १ सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै : कृषि, पर्यटन र भौतिक पूर्वाधारलाई प्राथमिकता

काठमाडौं, २२ जेठ - प्रदेश १ सरकारले बुधबार (आज) बार्षिक नीति तथा कार्यक्रम ल्याउँदै छ । नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषि, पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको जनाइएको छ ।


चन्दा नदिएको भन्दै राजपुर नगरपालिकाका नगर प्रमुख शेख सकिलमाथि हातपात

काठमाडौं, २२ जेठ - रौतहटको राजपुर नगरपालिकाका नगर प्रमुख शेख सकिलमाथि युवाहरुको एक समूहले हातपात गरेको छ । मुस्लिमको पवित्र पर्व इद मनाउन चन्दा माग गरेको तर नगरप्रमुखले नदिएको भन्दै उहाँमाथि हातपात भएको हो ।


वीरगञ्ज महानगरद्वारा ३९ प्रधानाध्यापकको सरुवा

पर्सा, २२ जेठ – वीरगञ्ज महानगरपालिकाले राजनीतिक पूर्वाग्रहका आडमा आफ्नो क्षेत्र भित्रका ३९ प्रधानाध्यापकको सरुवा गरेको खुलासा भएको छ । आफू निकटका प्रधानाध्यापकलाई महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगी संयोजक रहेको शिक्षा समितिले भनेको सहज ठाउँमा पार्दै मंगलबार ३९ प्रधानाध्यापकको सरुवा गरेको खुलासा भएको छ ।


प्रधानमन्त्रीको गृह जिल्ला झापाका १५ स्थानीय तह : कुन स्थानीय तहले कति बजेट पायो ? (विवरण सहित)

झापा, २२ जेठ – प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला समेत रहेको प्रदेश नम्वर एकको झापामा ८ नगरपालिका र र ७ गाउँपालिका गरि १५ स्थानीय तह छन् । यी स्थानीय तहमा संघीय सरकारले सार्वजनिक गरेको बार्षिक बजेट अनुसार कूल ५ अर्ब १५ करोड ५९ लाख अनुदान गएको छ ।


महागढीमाई नगरपालिकाका वडाध्यक्ष २ लाख ७५ हजार घुससहित पक्राउ

काठमाडौं, २२ जेठ - बाराको महागढीमाई नगरपालिका–६ का वडाध्यक्ष रामजीप्रसाद बरै २ लाख ७५ हजार घुससहित पक्राउ परेका छन् । सांसद विकास कोषबाट आएको रकमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको कम्पाउण्ड बनाउन उपभोक्ता समिति गठन गरी काम सुरु गर्ने बेला बरैले घुस मागेका थिए ।


सुनकोशी गाउँपालिकाको ३ नम्वर वडाले दियो ६० महिलालाई सावुन बनाउने तालिम

सिन्धुपाल्चोक, २२ जेठ - सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ३ नम्वर वडाको आर्थिक सहयोग तथा कालिका महिला संजालको आयोजनामा सुनकोशी गाउँपालिका -३ कालिकामा ३ दिने साबुन बनाउने तालिम हालै सम्पन्न भएको छ । वडा कार्यालयको महिलाहरुको सिप विकास र आत्मनिर्भरताका लागि विनियोजित बजेटवाट सो तालिम सम्पन्न भएको हो ।


पाँचथरका ८ स्थानीय तहमा २ अर्ब १० करोड अनुदान

पाँचथर, २१ जेठ - संघीय सरकारले गत जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक बर्ष २०७६ / ०७७ को बजेट अनुसार ८ वटा स्थानीय तह रहेको पाँचथरमा २ अर्ब १० करोड ३४ लाख अनुदान प्राप्त भएको छ । एउटा नगरपालिका र सात वटा गाउँपालिका रहेको पाँचथरमा फिदिम नगरपालिका बाहेक सबै भन्दाधेरै मिक्लाजुङ गाउँपालिकाले बजेट पाएको छ ।


प्रधानमन्त्री, अर्थमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीका स्थानीय तहमा कति गयो बजेट ? हेर्नुहोस, यस्तो छ बाँडफाँड

काठमाडौं, २१ जेठ - संघीय सरकारले केही दिन अघि मात्रै आगामी आर्थिक बर्षका लागि बजेट सार्वजनिक गरेको छ । संघीय सरकारले विनियोजन गरेको बजेटमा देशभरका ७५३ स्थानीय तहले कूल ३ खर्ब १३ अर्ब ६६ करोड ५५ लाख रुपैयाँ वित्तीय हस्तान्तरण अन्तरगत पाएका छन् ।


काभ्रेपलाञ्चोकका १३ स्थानीय तह : कसले कति बजेट पाए ? हेर्नुहोस सूची

काठमाडौं, २१ जेठ – प्रदेश नम्वर ३ को काभ्रेपलाञ्चोकका १३ स्थानीय तहले संघीय सरकारवाट संघीय सरकारवाट आगामी आर्थिक बर्षका लागि कूल ३३ अर्ब ५८ करोड २ लाख रुपैयाँ बजेट पाएका छन् । स्थानीय तहले आफ्ना नीति तथा कार्यक्रम सम्पन्न गर्न समानीकरण अनुदान, सर्सत अनुदान, राजश्व बाँडफाँड तथा समपुरक अनुदानका रुपमा यो बजेट पाएका हुन् ।


ताराखोला गाउँपालिकाद्वारा ९५ युवालाई एकैसाथ रोजगारी

बाग्लुङ, २१ जेठ - बागलुङको ताराखोला गाउँपालिकाले ९५ जना युवालाई एकैसाथ रोजगारी दिएको छ । गाउँपालिकाले उनीहरुलाई सडक मर्मत कार्यमा लगाउने गरि रोजगारी दिएको हो ।


मध्यपुर थिमी नगरपालिका : उपप्रमुखको नेतृत्वमा ६ घण्टा धर्ना, जनप्रतिनिधीले बुझाए नगरप्रमुखलाई ६ बुँदे ज्ञापनपत्र

भक्तपुर, २१ जेठ - मध्यपुर थिमी नगरपालिकामा विशेष नगरसभा माग गर्दै सोमबार उपप्रमुख अञ्जनादेवी मधिकर्मीसहित निर्वाचित जनप्रतिनिधिले नगरप्रमुख मदनसुन्दर श्रेष्ठको कार्यकक्षमा धर्ना दिएका छन् । उपप्रमुख मधिकार्मी सहितको निर्वाचित जनप्रतिनिधीले बिषेश सभा बोलाउन माग गर्दै १७ जेठमा नगरप्रमुखलाई ज्ञापनपत्र बुझाउन गएको तर नगरप्रमुखले दर्ता गर्न नमानेको भन्दै सोमबार उपप्रमुख हितको टोलीले प्रमुखको कार्यकक्ष अगाडी धर्ना दिएको हो ।


प्रदेश स्थापना दिवसमा ११ विधामा पदक बाँड्दै प्रदेश ५ सरकार

बुटवल, २१ जेठ - प्रदेश ५ सरकारले प्रदेश स्थापना दिवसमा ११ विधामा पदक बाँड्ने तयारी गरेको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को वैठकले विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वलाई सम्मानित गर्ने निर्णय गरेको हो ।


सुदूरपश्चिम प्रदेश सरकारद्वारा संरक्षित वनलाई एक करोड ४० लाख सहयोग

बैतडी, २१ जेठ - जिल्लाका दुई वनलाई सुदूरपश्चिम प्रदेश सरकारले सहयोग गरेको छ । ग्वाल्लेक केदार प्रस्तावित संरक्षित वन र सिगास प्रस्तावित संरक्षित वनलाई प्रदेश सरकारले सहयोग गरेको हो ।


प्रदेश,जिल्ला र स्थानीय तहको सिमाना अद्यावधिक गरिँदै

२१ जेठ,पोखरा -नापी विभागबाट तयार गरिएको स्थलरुप(टोपोग्राफिकल)नक्सामा प्रदेशको प्रशासनिक सिमाना तत्कालीन गाउँ विकाससमितिसम्मको मात्र रहेको छ । प्रादेशिक संरचना अनुसार स्थानीय तहको वडासम्मका सिमाना नक्सामा अङ्कित गर्ने उद्देश्यले स्थानीय तहको सिमाना अद्यावधिक गर्न शुरु गरिएको हो ।


अनुकरणीय काम - सार्वजनिक कार्यक्रममा मासु प्रतिबन्ध

२१ जेठ, रुकुम (पश्चिम) - आठबीसकोट नगरपालिकाले सार्वजनिक कार्यक्रममा मासु प्रतिबन्ध लगाएको छ  । नगरपालिकाले सार्वजनिक कार्यक्रम सञ्चालनका लागि आचारसंहिता निर्माण गर्दै नगरपालिका कार्यालय, वडा तथा नगरपालिकामातहतका विषयगत कार्यालय र शाखाबाट आयोजना हुने कार्यक्रममा मासु प्रतिबन्ध लगाएको हो  ।


हीजोे थोत्रो विद्यालय अनि झुत्रे विद्यार्थी - आज विद्यार्थी चिटिक्क परेर विद्यालय आउँछन्

२१ जेठ,कैलाली -टीकापुर नगरपालिका–१ वनगाउँतर्फ सिँचाइका लागि लगिएका दुई कुला । तीनै कुलाका बीचमा सानो टुक्रे जमीन ।


कृषक पाठशाला सञ्चालन गर्दै धनगढी उप–महानगर

काठमाडौं – कैलाली जिल्लाको धनगढी उप–महानगरपालिकाले नगरभित्रका विभिन्न स्थानमा ५ वटा कृषक पाठशालाहरु सञ्चालन गर्ने भएको छ । उप–महानगरपालिकाको सहयोग तथा कृषक समन्वय समितिको आयोजनामा सञ्चालन गरिएको करेसाबारी तथा बिउ बिजन सम्वन्धी तालिम कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख वडले एउटा पाठशाला भादा क्षेत्रमा संचालन गरिने बताउनुभयो ।


महानगरपालिकाद्धारा सेनेट्री प्याड वितरण कार्यक्रम सञ्चालन

वीरगन्ज, २० जेठ – वीरगन्ज महानगरपालिकाले सामुदायिक विद्यालयामा छात्राहरुलाई टिकाई राख्न अभियान स्वरुप सेनेट्री प्याड वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । विद्यालयमा अध्ययनरत रज्जस्वला हुँने उमेर समुहका छात्राको पठनपाठनमा बाधा व्यवधार हुन नदिने उदेश्यले निःशूल्क प्याड वितरण कार्यक्रम सुरु गरेको हो ।


धरान उपमहानगरपालिकाद्धारा धरान वर्ष खेलाडी २०७५ घोषणा

काठमाडौं, २० जेठ - धरान उपमहानगरपालिका अन्र्तगतको नगर खेलकुद विकास समितिले धरान वर्ष खेलाडी २०७५ हालै घोषणा गरेको छ । जेठ १० गते सम्पन्न धरान वर्ष खेलाडी घोषणा कार्यक्रममा धरानका गल्फ खेलाडी शुक्र राईलाई धरान वर्ष खेलाडी घोषणा गरिएको हो ।


मेची नगरलाई सूर्योदय मेयरकप प्रतियोगिताको उपाधी

इलाम, २० जेठ - इलामको सूर्योदयनगरपालिका १२ करफोकमा संचालित दोश्रो सूर्योदयमेयरकप प्रतियोगिताको उपाधी मेची नगरपालिका झापाले जितेको छ । शनिबार सप्पन्न फाइनलमा देउमाई नगरपालिका इलामलाई ३/२ गोलको जित निकाल्दै मेचीनगरले उपाधी जितेको हो ।


मेची नगरलाई सूर्योदय मेयरकप प्रतियोगिताको उपाधी

इलाम, २० जेठ - इलामको सूर्योदयनगरपालिका १२ करफोकमा संचालित दोश्रो सूर्योदयमेयरकप प्रतियोगिताको उपाधी मेची नगरपालिका झापाले जितेको छ । शनिबार सप्पन्न फाइनलमा देउमाई नगरपालिका इलामलाई ३/२ गोलको जित निकाल्दै मेचीनगरले उपाधी जितेको हो ।


देशका सात प्रदेश सरकार : कुन प्रदेशले कति बजेट पाए ? यस्तो छ बजेट बाँडफाँड

काठमाडौं, २० जेठ - संघीय सरकारले हालै १५ खर्ब ३२ खर्ब ९६ करोड ७१ लाख रुपैयाँको बार्षिक बजेट सार्वजनिक गरेको छ । संघीय सरकारले सार्वजनिक गरेको यो बजेट मध्ये देशका सात वटा प्रदेश सरकारहरुले समानीकरण अनुदान वापत ५५ अर्ब ३० करोड रुपैयाँ, सर्सत अनुदान वापत ४४ अर्ब ५५ करोड रुपैयाँ, राजश्व बाँडपाँड वापत ६५ अर्ब र बिषेश र समपुरक अनुदानमा १० अर्ब रुपैयाँ प्राप्त गरेका छन् ।


प्रदेश सरकार नीति तथा कार्यक्रम तयारीमा जुटेको छ : मुख्यमन्त्री राई

बिराटनगर,२० जेठ – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि संसद्मा पेश गर्ने नीति तथा कार्यक्रमको तयारीमा जुटेको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सञ्चार क्षेत्रमा क्रियाशील विभिन्न सङ्गठनका प्रतिनिधि,अगुवा पत्रकार तथा सञ्चारगृहका प्रतिनिधिहरुसँग रायसुझाव माग गर्दै उहाँले बजेटलाई सर्वपक्षीय बनाउन र कार्यान्वयनको दिशामा सफलता प्राप्त गर्न विभिन्न क्षेत्र र वर्गसँग सुझाव लिइरहेको जानकारी दिनुभयो ।


सुदूरपश्चिम प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिक

धनगढी, २० जेठ - सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध आर्थिक प्रतिफलको न्यायोचित वितरणमार्फत् सामाजिक न्याय र सामाजिक सुरक्षाको प्रत्याभूत गरी समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने नीति लिएको छ । प्रदेशसभा भवन धनगढीमा आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश सरकारको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।


प्रदेश नं. १ : जेठ २२ मा नीति तथा कार्यक्रम आउँदै

विराटनगर, १९ जेठ – प्रदेश नं. १ को सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम जेठ २२ गते ल्याउने भएको छ । प्रदेश १ को मन्त्रिपरिषद् बैठकले जेठ २२ गते अपरान्ह ३ बजे नीति तथा कार्यक्रम पेश गर्ने गरी प्रदेश प्रमुख प्रा डा. गोविन्दबहादुर तुम्बाहाङलाई अनुरोध गर्ने निर्णय गरेको छ ।


प्रदेशसभा सदस्य कार्यक्रममा पाल्पाका यी ठाउँ बन्दै छन "नमूना कृषि गाउँ"

काठमाडौं, १९ जेठ -पाल्पा जिल्लाका चार स्थानलाई नमूना कृषि गाउँ बनाइँदैछ । प्रदेशसभा सदस्य कार्यक्रमअन्तर्गत सञ्चालन भएको स्मार्ट कृषि गाउँ कार्यक्रमले यहाँका चार गाउँलाई नमूना कृषि गाउँको रुपमा विकास गर्न लागिएको हो ।


कर्मचारीलाई बन्द-हडताल गर्न पूर्ण प्रतिबन्द : पण्डित

काठमाडौं, १९ जेठ - संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीलाई बन्द-हडताल गर्न पूर्ण प्रतिबन्द लगाउने बताउँनुभएको छ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आइतबार उहाँले इमानदार भएर जनताको सेवा नगर्ने कर्मचारीलाई राज्यले दण्डित गर्ने बताउनुभयो ।


प्रदेश नम्वर तीनको नीति तथा कार्यक्रममा यस्ता छन् समावेश योजना

हेटौंडा, १९ जेठ - ३ नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम हालै पारित गरेको छ । नीति तथा कार्यक्रममाथि व्यपक छलफलपछि प्रदेशसभा बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलको जवाफसँगै निर्णयार्थ पेश गरिएको कार्यक्रम पास भएको हो ।


वरपिपल, चौतारी र कुवा संरक्षणमा गाउँपालिका

गलेश्वर, १९ जेठ - म्याग्दीको बेनी नगरपालिका–६ ले वडाभित्र रहेका वरपिपल, चौतारी, धारा र कुवा संरक्षण अभियान शुरु गरेको छ । ग्रामीण वस्तुको सुन्दरतालाई कायम राख्न वर्षौ पहिले रोपिएका वरपिपल र निर्माण गरिएका चौतारी, पोखरी, कुवा र धारा (पँधेरा)को संरक्षण र मर्मतसम्हारका लागि बजेट नै विनियोजन गरेर संरक्षण अभियानको कामसमेत शुरु गरेको छ ।


गाउँपालिकाको सहयोगमा अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु

म्याग्दी, १९ जेठ - म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु भएको छ । अन्नपूर्ण गाउँपालिका र पर्यटन विभागको सहयोगमा नारच्याङदेखि आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु भएको हो ।


खाने पानीका कारण बालबालिका नियमित विद्यालय जानबाट बञ्चित - कस्ले हेर्ने यो पीडा

पाल्पा, १९ जेठ - पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको गोखुङ्गा पँधेरामा स्थानीयवासीले एक गाग्रीको पानीका लागि हप्तामा पालो कुर्नुपर्ने बाध्यता रहेको छ । सुख्खा मौसम र गर्मी बढेपछि खानेपानीका मुहान सुकेर यहाँका स्थानीय बासिन्दाले हप्तामा एक घरले एक गाग्री खानेपानी पाउने गरेको स्थानीय बासिन्दा तथा वडा सदस्य रमा नेपालीले बताउनुभयो ।


काठमाडौं महानगरको निर्णय : सहरका पानी जम्ने ठाउँमा मङ्गाल सफा गर्ने

काठमाडौं, १८ जेठ - काठमाडौं महानगरको सहरका पानी जम्ने ठाउँमा आगामी हप्ताबाट मङ्गाल सफा हुने भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको सरोकारवाला कार्यालयका अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।


हात्तीको आतङ्कप्रति रुपनी गाउँपालिकाको चासो

धनुषा, १८ जेठ - सप्तरीको रुपनी गाउँपालिकामा हात्तीले आतङ्क मच्चाएको छ । मध्यरातमा गाउँमाहात्तीपसेपछि गाउँले आतंकित भएका छन् ।


प्रदेश–२ सरकारद्वारा आठवटै जिल्लाका सदरमुकाममा दलित छात्रावास निर्माण शुरु

लहान, १८ जेठ - दलित समुदायका छोरीलाई उच्च शिक्षातर्फ आकर्षित गर्न प्रदेश–२ सरकारले प्रदेशका आठवटै जिल्लाका सदरमुकाममा दलित छात्रावास निर्माण गर्न शुरु गरेको छ । ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ तथा छोरी जीवन बीमा कार्यक्रमजस्ता लोकप्रिय अभियान शुरु गरेको प्रदेश–२ सरकारले प्रदेशमा पर्ने सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा दलित छात्रावास निर्माण गर्न शुरु गरेको हो ।


गाउँपालिकाद्वारा टुहुरा बालबालिकालाई भत्ता

बैतडी, १८ जेठ- दोगडाकेदार गाउँपालिकाका टुहुरा बालबालिकालाई भत्ता वितरण गरिने भएको छ । यहाँका २० टुहुरा बालबालिकालाई मासिक रू दुई हजारका दरले भत्ता वितरणको तयारी भएको गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिनुभयो ।


प्रदेश सरकारले जिम्मा लियो हत्याकाण्डमा बाँचेकी बालिका

पाँचथर, १८ जेठ - गत जेठ ६ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका– ३ आरुबोटेमा भएको सामूहिक हत्याकाण्डमा भागेर बाँच्न सफल भएकी बालिकाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिएको छ । उक्त घटनामा भागेर बाँचेकी १२ वर्षीया सीता खजुम लिम्बूको पठन–पाठन र भरणपोषणको जिम्मा प्रदेश सरकारले लिएको हो ।


प्रदेशको गौरव आयोजनाका रुपम अघि बढ्दै ‘उपत्यका काठ चक्रपथ’

काठमाडौं, १८ जेठ - तीन नं प्रदेश सरकारले उपत्यकाका तीन जिल्ला र ३० वटा प्रदेश निर्वाचन क्षेत्र जोडने गरी काठमाडौँ उपत्यका चक्रपथ निर्माणलाई प्रदेश गौरवको आयोजनाका रुपमा अघि बढाएको छ । ‘उपत्यका काठ चक्रपथ’को लम्बाइ १३५ किमि हुने प्रारम्भिक अध्ययनले देखाएको छ ।


‘इतिहासमै कर्णालीमैत्री बजेट’

काठमनडौं - अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार सघीय संसदमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटबारे कर्णालीवासीले सकारात्मक प्रतिक्रिया दिएका छन् । अघिल्ला वर्षहरुभन्दा यसपटक धेरै योजना समेटिएको भन्दै सरोकारवालाले यसको सफल कार्यान्वयनमा जोड दिनुभएको छ ।


खोटाङका १० स्थानीय तहलाई साँढे २ अर्ब बजेट

खोटाङ, १७ जेठ - खोटाङका १० स्थानीय तहले आर्थिक वर्ष २०७६/०७७ का लागि साँढे २ अर्ब बजेट अनुदान प्राप्त गरेका छन् । संघीय सरकारले विनियोजन गरेको स्थानीय तहको कूल बजेट मध्ये जिल्लाका २ नगरपालिका र ८ गाउँपालिकाले २ अर्ब ५६ करोड ५५ लाख अनुदान प्राप्त गरेका हुन् ।


हलेसी तुवाचुङ नगरपालिका आफ्नै भवनमा

खोटाङ, १७ जेठ – खोटाङकोे हलेसी तुवाचुङ नगरपालिकाले आफ्नो पक्की भवनबाट सेवा प्रवाह सुरु गरेको छ । स्थानीय तह कार्यान्वयनमा आएको दुई वर्षपछि हलेसीले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको हो ।


व्यक्ति र दम्पत्ति आयकरको सिमा बढ्यो

काठमडौं - संघीय सरकारले बुधबार प्रस्तुत गरेको बजेट अनुसार अब व्यक्ति र दम्पत्तिआयकरको सिमा बढेको छ । तर, करको दर भने कायम राखेको हो ।


बजेटप्रति डोल्पाली असन्तुष्ट

काठमाडौं, १६ जेठ - सरकारले ल्याएको आर्थिक बर्ष २०७६/०७७ को बजेटले डोल्पाको सडक पूर्वाधार निर्माणलाई भरपर्दो तरिकाले नसमेटेको भन्दै असन्तुष्टि जनाइएको छ । बुधबार संसद्मा प्रस्तुत बजेटमा दुनैसम्म सडक सञ्जाल बिस्तारगर्ने कुरा समेटेर डोल्पालीलाई झुक्याउने काम भएको भन्दै डोल्पालीले असन्तुष्टि जनाएका हुन् ।


संघीय सरकारले ल्याएको बार्षिक बजेट : प्रदेश र स्थानीय तहमा यस्तो छ बाँडफाँट

काठमाडौं - संघीय सरकारले आर्थिक बर्ष ०७६/०७७ का लागि बुधबार बार्षिक बजेट प्रस्तुत गरेको छ । बजेट बक्तव्य मार्फतनै संघीय सरकारले प्रदेश सरकार र स्थानीय तहको सहकार्य र समन्वयमा बजेटको कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।


बजेटप्रति डोल्पाली असन्तुष्ट

काठमाडौं, १६ जेठ -सरकारले ल्याएको आर्थिक बर्ष २०७६/०७७ को बजेटले डोल्पाको सडक पूर्वाधार निर्माणलाई भरपर्दो तरिकाले नसमेटेको भन्दै असन्तुष्टि जनाइएको छ । बुधबार संसद्मा प्रस्तुत बजेटमा दुनैसम्म सडक सञ्जाल बिस्तारगर्ने कुरा समेटेर डोल्पालीलाई झुक्याउने काम भएको भन्दै डोल्पालीले असन्तुष्टि जनाएका हुन् ।


सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

काठमाडौं,१६ जेठ – सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभएको छ । आगामी आर्थिक वर्षदेखि सरकारले सात वटै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने निर्णय गरेको छ ।


संघीय सरकारले तीन तहको कानुन बनाउँदा समन्वयात्मक संयन्त्र बनाउने

काठमाडौं -सरकारले सघं, प्रदेश र स्थानीय तहले कानून बनाउँदा समन्वय गर्ने संयन्त्रको विकास गर्ने भएको छ । यसअघि सघंले कानून बनाउँदा समन्वय नगरेकामा अब कानून बनाउँदा समन्वय गर्ने संयन्त्र विकास गर्ने सरकारका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाद्वारा पस्तुत आव २०७६/७७ को बजेटमा उल्लेख छ ।


बजेट कार्यान्वयन नहुँदा विकासमा बाधा : मन्त्री ज्वाला

काठमाडौं, १६ जेठ -कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बजेट कार्यान्वयन नहुँदा विकासमा बाधा पुगेको बताउनुभएको छ । कर्णाली प्रदेशसभाको बुधबार बसेको चौँथो बैठकमा ‘आर्थिक विनियोजन विधेयक, २०७६’ माथि प्रदेशसभा सदस्यहरुले राखेका प्रश्न तथा सुझावको जवाफ दिँदै योजनामन्त्री ज्वालाले बजेट कार्यान्वयन हुन नसक्दा जनअपेक्षा पूरा नभएको बताउनुभयो ।


विपन्न बाख्रापालक कृषकलाई नगरपालिकाद्धारा अनुदान वितरण

दमौली, १६ जेठ -तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ ले कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले वडाभित्रका विपन्न बाख्रापालक कृषकलाई अनुदान रकम वितरण गरेको छ । पचास कृषकलाई जनही २० हजारदेखि एक लाखसम्म अनुदान वितरण गरिएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो ।


अपाङ्गता परिचयपत्र वितरण गर्दै मण्डनदेउपुर नगरपालिका

बनेपा, १६ जेठ -काभ्रेको मण्डनदेउपुर नगरपालिकाले नगरभित्र रहेको अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी उनीहरुलाई राज्यबाट पाउने सेवासुविधा उपलब्ध गराउन परिचयपत्र वितरण गराउने काम शुरु गरेको छ । महिला तथा बालबालिका कार्यालय जिल्लाबाट स्थानीय तहमा गइसकेपछि पहिलोपटक नगरपालिकाबाटै त्यस्ता व्यक्तिको पहिचान गरी परिचयपत्र वितरण गर्ने काम शुरु गरिएको नगरपालिका उपप्रमुख निर्मला शाहीले बताउनुभयो ।


एक स्थानीय तहमा कम्तीमा एक जना कृषि प्राविधिक

काठमाडौं - एक स्थानीय तहमा कम्तीमा एक जना कृषि प्राविधिक राखिने व्यवस्था आगामी आर्थिक बर्षको बजेटले गरेको छ । स्थानीय तहमा सामुदायिक वन समूहको सहकार्यमा वनमा आधारित उद्योग विकास गरिने र वन तथा वातावरणमा १५ अर्ब ४९ करोड विनियोजन गरिएको छ ।


प्रत्येक स्थानीय तहमा जेष्ठ नागरिक सेवा तथा मिलन केन्द्र सञ्चालन हुने

काठमाडौं - सरकारले बजेट मार्फत प्रत्येक स्थानीय तहमा जेष्ठ नागरिक सेवा तथा मिलन केन्द्र सञ्चालन गर्ने भएको छ । संसदमा प्रस्तुत भइरहेको बजेट अनुसार एकल महिला भत्ता पनि मासिक एक हजार वृद्धि भएको छ ।


बजेटको नीति : स्थानीय तहसँगको सहकार्यमा आफ्नो गाउँ आफै बनाऔं

काठमाडौं - संघीय सरकारले स्थानीय तहसँगको सहकार्यमा आफ्नो गाउँ आफै बनाऔंको भावना अनुसार विकास निर्माणका लागि बजेट विनियोजन गरेको छ । संघीय संसदमा प्रस्तुत भइरहेको आगामी आर्थिक बर्षको बजेटमा यस्तो नीति लिइएको हो ।


संघीय सरकारको बजेट : प्रदेश र स्थानीय तहमा १ खर्ब ३० अर्ब विनियोजन

काठमाडौं – संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले यतिवेला संघीय संसदमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरिरहनुभएको छ । बजेटमाप्रदेश र स्थानीय तहको जनसंख्या क्षेत्रफल र मानवीय विकासका आधारमा प्रदेश र स्थानीय तहमा १ खर्ब ३० अर्ब रुपैयाँ व्यवस्था गरिएको छ ।


प्रधानमन्त्री कार्यालयमा एक्सन रुम सञ्चालन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारवाट आफ्नो कार्यालयमा एक्सन रुम सञ्चालनमा ल्याउँनुभएको छ । उहाँले यसै अवसरमा ७ प्रदेशका मुख्यमन्त्रीहरुसँग कुराकानी पनि गर्नु भएको छ ।


स्थानीय तहमा ९१६१ कर्मचारीको माग

काठमाडौं, १५ जेठ – स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला लोकसेवा आयोगले ९१६१ कर्मचारी भर्नाका लागि बुधबार विज्ञापन निकालेको छ । स्थानीय तहमा सेवा प्रवाह गर्ने निकै कठिनाई भइरहेको र विभिन्न तहमा पद रिक्त भएको हुदाँ कर्मचारी पदपूर्तिका लागि विज्ञापन खुलाएको हो ।


संघीय सरकारले आज बजेट ल्याउँदै : भौतिक पूर्वाधार र उर्जा बजेटका प्राथमिकता

काठमाडौं - संघीय सरकारले आज आगामी आर्थिक बर्षका लागि संघीय संसदमा बजेट प्रस्तुत गर्दै छ । अर्थमन्त्री डा. युवराज खतिवडाले अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रिसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ को अनुमानित आयव्ययको विवरण प्रस्तुत गर्ने छन् ।


अबको आवश्यकता आर्थिक क्रान्ति– मुख्यमन्त्री गुरुङ

काठमाडौं, १५ जेठ :गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको अबको आवश्यकता आर्थिक क्रान्ति भएको बताउनुभएको छ । गण्डकी प्रदेश मूल समितिद्वारा आज पोखरामा आयोजित गणतन्त्र दिवस समारोहमा उहाँले राजनीतिक क्रान्ति सम्पन्न भएकाले नेपाली जनताको समृद्धि र विकासको चाहना पूरा गर्न अब आर्थिक क्रान्तिको विकल्प नभएको बताउनुभयो ।


प्रदेश नं ५ मा विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत

बुटवल, १५ जेठ -प्रदेश नं ५ को प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता मंगलबार प्रदेशसभाको बैठकमा प्रस्तुत गरेकोे छ । आर्थिक मामिला तथा योजनामन्त्रीको हैसियतले प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश नं ५ को प्रदेशसभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको हो ।


गणतन्त्रात्मक शासन व्यवस्था जीवनपद्धतिका रूपमा संस्थागत हुँदै जानु गौरवको विषय होः राष्ट्रपति भण्डारी

काठमाडौँ,१५ जेठ – राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रात्मक शासन व्यवस्था आफ्नो शासन प्रणालीका रूपमा मात्र नभई जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै जानु सबैका निम्ति गौरवको विषय भएको बताउनुभएको छ । बाह्रौँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले मुलुकमा समृद्धिले मूर्तरूप लिने विश्वास व्यक्त गर्नुभएको छ ।


रगत होइन, पसिना बगाऊँ मुख्यमन्त्री पौडेल

हेटौँडा, १५ जेठ - प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई अविकास, पछौटेपन र गरीबीको दुष्चक्रबाट उन्मुक्त बनाउँदै स्वाधीन, समुन्नत र समृद्ध देशको रूपमा स्थापित गर्न अबको पुस्ताले श्रम र पसिना बगाउनुपर्ने बताउनुभएको छ । गणतन्त्र दिवसको उपलक्ष्यमा आज आयोजित विशेष कार्यक्रममा मुख्यमन्त्री पौडेलले विगतमा जस्तो रगत बगाउनुपर्ने अवस्था अबको पुस्ताको नरहेको बताउनुभयो ।


भौतिक पूर्वाधारमा एक खर्ब ३७ अर्बको बजेट सिलिङ

काठमाडौँ, १५ जेठ- आगामी आर्थिक वर्ष २०७६/७७ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट सिलिङ रु एक खर्ब ३७ अर्ब रहेको छ । पूर्वाधार निर्माणमा चालू आर्थिक वर्षको भन्दा ३५ प्रतिशत बढी विनियोजन गर्ने गरी प्रस्ताव गरी अर्थ मन्त्रालयबाट स्वीकृत भएको मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले राससलाई जानकारी दिनुभयो ।


६८५ स्थानीय तह खुला दिसामुक्त क्षेत्र घोषणा

काठमाडौं, १४ जेठ - सरकारले आर्थिक वर्ष २०७५/७६ कोे फागुनसम्म ६८५ स्थानीय तहलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेको जनाएको छ । संसदमा आज आव २०७५/७६ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै ४३६ गाउँपालिका र २४९ नगरपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको उल्लेख गरिएको छ ।


कानूनी अस्पष्टताका कारण अपेक्षाअनुरुप स्थानीय तहको विकासमा हुन सकेन : अध्यक्ष होमनारायण श्रेष्ठ

काठमाडौँ, १४ जेठ -कानूनी अस्पष्टता, कमजोर आन्तरिक आय, कर्मचारी र जनप्रतिनिधिबीचको सहकार्यको अभावका कारण स्थानीय तहको अपेक्षाअनुरुप विकास हुननसकेको बताइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र विकास पत्रकार मञ्च (फोडेज) नेपालले सोमबार यहाँ आयोजना गरेको ‘चालू आर्थिक वर्षको सिकाइ, आगामी आर्थिक वर्षको सोचाइ’ विषयक छलफल कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले उक्त विचार राख्नुभएको हो ।


गण्डकी प्रदेशमा तीन दिवसीय कार्यक्रमसहित गणतन्त्र दिवस मनाइने

कास्की, १४ जेठ - गण्डकी प्रदेश सरकारले तीन दिनसम्म विभिन्न कार्यक्रमसहित गणतन्त्र दिवस २०७६ मनाउने भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा प्रदेशमा गठन गरिएको मूल समारोह समितिले जेठ १४, १५ र १६ गते तीन दिन गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो ।


सङ्घीय सरकारको छ करोडको लागतमा सूर्यविनायकमा सडक विस्तार शुरु

भक्तपुर, १४ जेठ - सङ्घीय सरकारको रु छ करोडको लागतमा सूर्यविनायक नगरपालिका–२ बालकोट हुँदै वडा नं १ सिरुटारबाट बिरुवासम्मको सडक विस्तारकार्य शुरु भएको छ । उक्त सडक करीब छ किलोमिटर लम्बाइ र फुटपाथसहित ३६ फिट चौडाइ रहने गरी सडक विस्तारसँगै कालोपत्र गर्ने कार्य आजबाट शुरु भएको हो ।


बन्दकाे प्रभावले चल्न सकेन प्रदेश २ को प्रदेशसभा बैठक

काठमाडौं, १३ जेठ - नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आह्वान गरेको बन्दका कारण प्रदेश २ को प्रदेशसभा बैठक स्थगित गरिएको छ । सोमबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको थियो ।


मुख्यमन्त्री भट्टले विमानस्थलको स्तरोन्तिको काम समयमै सक्न दिए निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढी विमानस्थलको मर्मत सम्भार तथा स्तरोन्तिको काम समयमै सम्पन्न गर्न सरोकारवालाई निर्देशन दिनुभएको छ । आइतबार विमानस्थल पुगेर उहाँले विमानस्थलका अधिकारी तथा निर्माण कम्पनीलाई निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।


गोकर्णेश्वर नगरपालिकाले गर्‍यो आधारभूत तहका लागि स्थानीय पाठ्यपुस्तक सार्वजनिक

काठमाडौं, गोकर्णेश्वर नगरपालिकाले देशमै पहिलोपटक आधारभूत तह कक्षा १ देखि ८ सम्मका लागि स्थानीय पाठ्यपुस्तक सार्वजनिक गरेको छ । नगर कार्यपालिकाले आइताबार जोरपाटीमा आयोजना गरेको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कक्षा १ देखि ८ सम्मको पाठ्यपुस्तक विमोचन गर्नुहुँदै स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय पहिचानसँग जोडिएका विषयवस्तुलाई उत्तिकै महत्व दिइनुपर्ने बताउनुभयो ।


गाउँपालिका भवन निर्माणमा जग्गादान

काठमाडौं, तनहुँको बन्दीपुर गाउँपालिका–१ को कार्यालय भवन निर्माणका लागि सर्वसाधारणले रु पाँच करोड ६० लाख मूल्य बराबरको जग्गादान गरेका छन् । वडा कार्यालयको भवन निर्माणका लागि बन्दीपुर गाउँपालिका र कास्की जिल्ला निवासी सर्वसाधारणले चार रोपनी जग्गादान गरेका हुन् ।


अबको दुई वर्षभित्रै स्थानीय तहमा प्रशासनीक भवन

काठमाडौँ, १२ जेठ – सरकारले अबको दुई बर्षभित्र सबै स्थानीय तहका प्रशासनिक भवन निर्माण गरिसक्ने भएको छ । सरकारले जिल्ला समन्वय समितिको नाममा रहेको कोषको रकमबाट गाउँपालिका,नगरपालिका र तिनका वडा कार्यालयको प्रशासनिक भवन निर्माण गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ ।


मध्यपुरथिमि नगरपालिकाको आम्दानी ९१ करोड ७४ लाख

भक्तपुर, मध्यपुरथिमि नगरपालिकाले चालू आव २०७५–७६ मा रु ९१ करोड ७४ लाख ४१ हजार आम्दानी गरेको छ । निर्वाचित जनप्रतिनिधिको पदबहालीको दुईवर्षे कार्यकालको समीक्षा गर्दै मध्यपुरथिमि नगरपालिकाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा नगरप्रमुख मदनसुन्दर श्रेष्ठले यसबारे जानकारी दिँदै दोस्रो नगरसभाबाट स्वीकृत कूल बजेटमा वैशाख मसान्तसम्म ७७ ।


गण्डकी प्रदेशद्धारा शालग्राम सङ्ग्रहालय निर्माणका लागि ८० लाख बजेट विानियोजन

काठमाडौं, शालग्राम संरक्षणका बागलुङ नगरपालिका–४ कुँडुलेमा निर्माणाधीन भूमिगत शालग्राम सङ्ग्रहालयका लागि गण्डकी प्रदेश सरकारले रु ८० लाख बजेट विनियोजन गरेको छ । शालिग्राम सङ्ग्रहालयको विस्तृत योजना प्रतिवेदन ९डिपिआर० कार्यान्वयनका लागि बागलुङ नगरपालिकाको पहलमा प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले हालै उक्त रकम विनियोजन गरेको हो ।


सुदूरपश्चिम प्रदेशको प्रदेश समन्वय परिषद्को दोस्रो बैठक आज

धनगढी, १२ जेठ-सुदूरपश्चिम प्रदेश, प्रदेश समन्वय परिषद्को दोस्रो बैठक आज यहाँ शुरु भएको छ । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा शुरु भएको बैठकमा प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव, मन्त्रालयका सचिव, मुख्य न्यायधिवक्ता, प्रदेशका सबै ८८ स्थानीय तहका प्रमुख, उपप्रमुख, नौ जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख लगायतको सहभागिता रहेको छ ।


प्रधानमन्त्री रोजगार कार्यक्रम : तीन तहका सरकारबीच त्रिपक्षीय सहमति

काठमाडौं ११ जेठ- बेरोजगार युवालाई रोजगारीका अवसर उपलब्ध गराउन सञ्चालन ल्याइएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ लाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गराउन सङ्घीय, ३ नं प्रदेश र स्थानीय सरकारबीच त्रिपक्षीय समझदारी भएको छ । बिहिबार एक आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा मन्त्रालयका सहसचिव डा भीष्मकुमार भुसाल, प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिपेन्द्र सुवेदी र सम्बन्धित स्थानीय तहका पदाधिकारीले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो ।


ज्येष्ठ नागरिक मुलुकको अभियन्ता र प्रेरणाको स्रोत : नगरप्रमुख थापा

काठमाडौं, ११ जेठ -रामपुर नगरपालिका–५ पाल्पाले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले १०९ वर्षीया सुनकुमारी श्रेष्ठलाई सम्मान गरेर कार्यक्रम उद्घाटन गर्नुभयो ।


गण्डकी प्रदेशलाई प्राथमिकता, आवश्यकता र औचित्यताका आधारमा बजेट विनियोजन गर्न सुझाव

काठमाडौं, ११ जेठ : गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिले आगामी वर्षको बजेट सरकारको प्राथमिकता, आवश्यकता र औचित्यताका आधारमा विनियोजन गर्न सरकारलाई सुझाव दिएको छ । चालू आर्थिक वर्षको बजेट कार्यान्वयन तथा आगामी वर्षको बजेट निर्माणका सन्दर्भमा शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्रालयसँगको छलफलमा समितिले सरकारको प्राथमिकता र प्रदेश नीति तथा योजना आयोगले सार्वजनिक गरेको स्थिति पत्रको आधारमा बजेट तथा कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेको छ ।


पर्वतका सबै स्थानीय तहमा उद्यमीको खोजी

११ जेठ, पर्वत - हातमा सीप र मनमा जाँगर हुनेलाई घरमै बसेर आम्दानी गर्न सक्ने बनाउन जिल्लाका सबै स्थानीय तहमा उद्यमीको खोजी शुरु गरिएको छ । जिल्लाका सातै स्थानीय तहमा न्यून आय भएका युवायुवतीलाई उनीहरूको सीप र क्षमतामा आधारित उद्यमसम्बन्धी प्रशिक्षण दिन थालिएको हो ।


गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले उत्पादनका आधारमा अनुदान दिन निर्देशन

जेठ, १० काठमाडौं -गण्डकी प्रदेश सरकारको अर्थ तथा विकास समितिले उत्पादनका आधारमा मात्र कृषकलाई अनुदान दिन निर्देशन दिएको छ । जसले कृषकहरुमा उत्पादन गर्ने क्षमता वृद्धि होस ।


प्रदेश १ ले ४५ अर्बको बजेट ल्याउने

प्रदेश नं १ ले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ४५ अर्बभन्दा बढीको बजेट ल्याउने भएको छ । उक्त बजेटमा भौतिक पूर्वाधार र सामाजिक क्षेत्र विकासलाई बढी महत्व दिइने भएको छ ।


प्रदेश नं ५ को नीति तथा कार्यक्रम समृद्धिको आधार कृषि क्षेत्र

बुटवल, सरकारले उद्यम विकास कोष स्थापना गरी उद्योगको विकास र विस्तारका लागि घरेलु तथा साना उद्योगमार्फत् युवालाई स्वरोजगारका लागि प्रोत्साहित गरिने र स्वदेशी कच्चा पदार्थ र स्वदेशी श्रम प्रयोग गरी सञ्चालन गरिने उद्योगलाई यस्ता उद्योग स्थापनामा सरल कर्जा र निश्चित प्रतिशतसम्म ब्याज अनुदानको नीति अवलम्बन गर्ने भएको छ । आगामी तीन वर्षभित्र प्रत्येक स्थानीय तहमा उद्योगग्राम स्थापना गर्ने नीतिअनुरुप आवमा ‘एक निर्वाचन क्षेत्र, एक औद्योगिक ग्राम’ स्थापनाको कार्यक्रम सञ्चालन गर्ने सरकारको नीति छ ।


टीकापुर नगरपालिकाका सबै विद्यालय एउटै रङका बनाइँदै

लम्की, १० जेठ -कैलालीको टीकापुर नगरपालिकाका सबै सामुदायिक विद्यालयको रङ एउटै खालको लगाइने भएको छ । नगरपालिकाले नगरभित्र रहेका ३४ सामुदायिक विद्यालयमा एउटै खालको रङ लगाउन रु एक करोड रकम विनियोजन गरेको छ ।


कर्णाली प्रदेश सरकारद्धारा सामाजिक विकृतिमुक्त स्थानीय तहलाई प्रोत्साहन बापत एक लाख

सुर्खेत, १० जेठ -कर्णाली प्रदेश सरकारले सामाजिक विकृतिमुक्त घोषणा गर्ने स्थानीय तहलाई एक लाख प्रोत्साहन दिने तयारी गरेको छ । सामाजिक विकास मन्त्रालयले प्रदेशका कुरीतिका रुपमा रहेको छाउपडी, जातीय छुवाछूत, बोक्सी, बालविवाह न्यूनीकरणमा स्थानीय तहलाई थप उत्पे्ररणा मिलोस् भन्ने उद्देश्यले प्रोत्साहन रकम वितरण गर्न थालेको हो ।


स्रष्टाका सपनालाई सरकारले साकार पार्नुपर्छ – राष्ट्रपति

९ जेठ – राष्ट्रपति विद्यादेवी भण्डारीले स्रष्टाका सपनालाई सबै मिलेर साकार पार्नुपर्ने बताउनुभएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको १०८ औँ जन्मजयन्तीका अवसरमा सिद्धिचरण नगरपालिका – १२ मा स्थापित उहाँको पूर्णकदको शालिक अनावरण तथा स्रष्टा उद्यानको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले स्रष्टाको सिर्जनाले दशकौंँअघि देखाएका सपना साकार बनाउने दायित्व हामीमा रहेको बताउनुभयो ।


अठाइस स्थानीय तहमा बैंकका शाखा पुग्न बाँकी

देशभर कूल २८ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुग्न बाँकी रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा कूल ७५३ स्थानीय तहमध्ये ७२५ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुगेका छन् ।


निजामति सेवा गठन,संचालनको शर्त सम्बन्धी विधेयक छिटो पारित गरीदिन मुख्यमन्त्री राउतले गरे आग्रह

काठमाडौं , प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको निजामति सेवा गठन, संचालनको शर्त सम्बन्धी विधेयक छिटोभन्दा छिटो पारित गरिदिन सांसदहरुसँग आग्रह गरेका छन् । मुख्यमन्त्री राउतले प्रदेश सभाको बुधवारको बैठकमा निजामति सेवा गठन, संचालनको शर्त सम्बन्धी विधेयक पेश गरे ।


गरीबमुखी नीति तथा कार्यक्रम बनाउँदैछौ – मन्त्री केसी

९ जेठ – कर्णाली प्रदेश सरकार आागामी आव २०७६/७७ को नीति तथा कार्यक्रम निर्माणको व्यापक तयारीमा जुटेको छ । आगामी आवमा यहाँका जनताको वास्तविक आवश्यकतालाई सम्बोधन हुने खालको नीति तथा कार्यक्रम ल्याउने उद्देश्यले दुर्गम जिल्लामा पुगेर जनताको सुझाव लिइएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले राससलाई जानकारी दिनुभयो ।


रक्सी चुरोट र सुर्ती सेवन नगर्ने प्रतिबद्धता

दार्चुला,९ जेठ – दार्चुलामा कार्यरत जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुले रक्सी, चुरोट र सुर्तीजन्य वस्तुबाट टाढै रहने प्रतिबद्धता जनाउनुभएको छ । आफ्नो स्वास्थ्यप्रति पूर्ण जिम्मेवारी रहने भन्दै दशबुँदे प्रतिबद्धताअन्तर्गत यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।


विपन्न बिरामीलाई गाउँपालिकाद्धारा पन्ध्र लाख

काठमाडौं, रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले चालू आर्थिक वर्षमा प्राकृतिक प्रकोपपीडित र विपन्न बिरामीलाई रु १५ लाख वितरण गरेको छ । गाउँपालिकाको नीतिअनुसार चालू आवको अहिलेसम्ममा ७१ प्राकृतिक प्रकोपपीडित तथा ३८ विपन्न परिवारका बिरामीलाई उक्त रकम वितरण गरिएको हो ।


बाध्यताकोे वैदेशिक रोजगारी अन्त्य गर्न प्रम रोजगार कार्यक्रम : मन्त्री विष्ट

काठमाडौं, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बाध्यताले वैदेशिक रोजगरीमा जाने अवस्था अन्त्य गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयन जरुरी रहेको बताउनुभएको छ । मन्त्री विष्टले रोजगारी देशको प्रमुख मुद्दा बनेकाले बेरोजगारी न्यूनीकरण गरी रोजगारीका अवसर सिर्जना गर्न तीनवटै तहले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।


प्रदेश नं ३ को स्थायी राजधानी तोक्ने प्रक्रिया सञ्चालनका लागि प्रस्ताव अनुमोदित

हेटौँडा, ९ जेठ प्रदेश नं ३ को प्रदेशसभाको बुधबार साँझ बसेको बैठकले प्रदेशको स्थायी राजधानी तोक्ने विषयको कार्यविधिको प्रक्रिया सञ्चालनमा ल्याउने प्रस्तावलाई सर्वसम्मतिबाट अनुमोदन गरेको छ । नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।


मानवजातिको हितमा प्राकृतिक स्रोतको प्रयोग हुनुपर्ने – मुख्यमन्त्री राई

८ जेठ – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्राकृतिक स्रोतको प्रयोग मानवजातिको हितमा गर्नुपर्ने बताउनुभएको छ । प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँटसम्बन्धी आज यहाँ आयोजित छलफल कार्यक्रममा उहाँले प्राकृतिक स्रोतको उपभोगबाट हुने प्रभाव, असर र यसले सम्पूर्ण मानव जातिमा भविष्यमा पार्ने दुष्प्रभावलाई ध्यान दिई उपयोग गर्न सुझाव दिनुभयो ।


सुदूरपश्चिम प्रदेश सरकार नीति तथा कार्यक्रम ल्याउने तयारीमा, विकासमुखी बजेट ल्याउन जनताले दिए सुझाव

धनगढी, ८ जेठ – सुदूरपश्चिम प्रदेश सरकारले नयाँ आर्थिक वर्षको लागी नीति तथा कार्यक्रम र ३० अर्बको बजेट ल्याउने तयारी गरिरहेका बेला आम सर्वसाधारण तथा व्यव्यसायीहरु बिच सो कुरालाई लिएर चर्चा परिचर्चा भइरहेको छ । विगतका दिनमा बजेट अभावका कारण विकास हुन नसकेको भए पनि प्रदेश सरकारले अहिले बजेट पाएर पनि यथोचित रूपमा खर्च गर्न नसकिरहेको उनको गुनासो छ ।


गाउँपालिकाद्धारा किशोरीलाई विद्यालयमै निःशुल्क प्याड

त्रिवेणी गाउँपालिका–६ मा रहेको जनशक्ति मावि विताडाँडाका छात्राका लागि निःशुल्क सेनेटरी प्याड उपलब्ध गराइएको छ । गाउँपालिकाले किशोरीका लागि प्याड उपलब्ध गराएको हो ।


प्रदेशलाई दुव्र्यसनमुक्त बनाउने मुख्यमन्त्री राईको प्रतिबद्धता

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई दुव्र्यसनमुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज जिल्ला प्रहरी कार्यालय र इनरुवा नगरपालिकाले सञ्चालन गरेको समुदाय प्रहरी साझेदारी दुव्र्यसनविरुद्धको अभियान कार्यक्रमको उद्घाटन गर्नुहँुदै उहाँले दुव्र्यसनले समाजमा आपराधिक गतिविधिका घटना बढाउने भएकाले यसको न्यूनीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।


हेटौँडा उपमहानगरका १८६ योजना पूरा

काठमाडौं, हेटौँडा उपमहानगरपालिकाले चालू आर्थिक वर्षको १० महिनामा पूर्वाधार विकासमा ठूला र साना गरी ३८९ मध्ये १८६ योजना सम्पन्न गरेको छ । अन्य १६४ वटा योजना सञ्चालनमा रहेको बताइएको छ ।


‘प्रदेश ५ को आर्थिक विकास उत्साहजनक’

बुटवल, प्रदेश नं ५ को आगामी आर्थिक वर्ष २०७५÷७६ आर्थिक विकासका हिसाबले उत्साहजनक देखिएको छ । केन्द्रीय तथ्याङ्क विभाग काठमाडौं आवको प्रादेशिक राष्ट्रिय लेखा तथ्याङ्क अनुमानित विवरण आज बुटवलमा सार्वजनिक गर्दै कृषि क्षेत्रमा भएको बढोत्तरी, पुनर्निर्माण कार्यले लिएको गति र ऊर्जा सङ्कटको अन्त्यपछि प्रदेशको अर्थतन्त्र चालू आवमा सकारात्मक दिशातर्फ बढेको पाइएको छ ।


प्रदेशसँग साझेदारीका लागि नगरपालिकालेद्धारा पाँच योजना छनोट

दमौली, ७ जेठ -लगानी साझेदारी गर्ने गरी गण्डकी प्रदेश सरकारले ल्याएको योजनाअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकाले पाँच योजना छनोट गरेको छ । ६० प्रतिशत प्रदेश र ४० प्रतिशत स्थानीय तहले लगानी गर्ने गरी बजेट छुट्याइएका साझेदारी योजनाका लागि शुक्लागण्डकीले विभिन्न पाँच योजना छनोट गरेको हो ।


कर्णालीमा दलित अधिकारसम्बन्धी ‘सत्र बुँदे घोषणापत्र’ जारी

सुर्खेत, ७ जेठ - कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा यही जेठ ५–६ सम्म सञ्चालित जातीय भेदभाव तथा छुवाछूत विरुद्धको अधिकारसम्बन्धी ‘प्रादेशिक सम्मेलन’ले सोमबार ‘सत्र बुँदे घोषणापत्र’ जारी गरेको छ । सम्मेलनले खासगरी दलित र सामाजिक बहुआयमिक विभेद, उत्पीडत र बहष्किरणमा परेका सबै वर्गको मानवअधिकारको सम्मान, सुरक्षा र सुनिश्चितताका लागि ‘सत्र बुँदे घोषणापत्र’ जारी गरेको हो ।


‘समान कामका लागि सामान व्यवहार’ स्थापित हुनुपर्छ - मन्त्री विष्ट

काठमाडौँ, ७ जेठ - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले ‘समान कामका लागि सामान व्यवहार’लाई विश्वव्यापीरूपमा स्थापित गराउन अन्तर्राष्ट्रिय श्रम सङ्गठन(आइएलओ)ले भूमिका खेल्नुपर्ने बताउनुभएको छ । आइएलओको शतवार्षिकी (१९१९–२०१९) को अवसर पारेर सोमबार राजधानीमा आयोजित ‘उज्ज्वल भविष्यका लागि काम’ विषयको कार्यक्रममा गर्दै उहाँले सबै गन्तव्य मुलुकले आफ्ना देशका नागरिकलाई प्रदान गरिएको सेवासुविधासरह विदेशी श्रमिकलाई पनि समान ढङ्गले प्रदान गर्ने वातावरण निर्माणका लागि विश्वव्यापीरूपमा वकालत गर्न आग्रह गर्नुभयो ।


गणतन्त्रमा पनि अध्ययन गर्नका लागि बालबालिकाले काफल बेच्नुपर्ने वाध्यता ?

रोल्पा नगरपालिका–८ जङ्कोटका १२ वर्षीय सीता वली शुक्रबार बेलुका काफल टिप्न जान्छिन् । टिपेको काफल बिक्रीका लागि शनिबार बिहानै उनी सदरमुकामतर्फ लाग्छिन् ।


गाडी किन्नमै रु ११ करोड खर्च

६ जेठ,डोटी- जिल्लाका नौ स्थानीय तहले डेढ वर्षको अवधिमा गाडी खरीदमा झण्डै रु ११ करोड खर्च गरेका छन् । स्थानीय तहको निर्वाचन भइसकेपछि विसं २०७४ साउनदेखि विसं २०७५ चैतसम्मको अवधिमा रु १० करोड ९३ लाख ८६ हजार ८२९ गाडी खरीदमा खर्च गरेका छन् ।


भौतिक पूर्वाधार मात्र विकास होइन - मुख्यमन्त्री डोरमणि पौडेल

काठमाडौं, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधारमात्र विकास नभएकोले सामाजिक, आर्थिक र सामाजिक रुपान्तरणले मात्र विकास सम्भव हुने बताउनुभएको छ । गजुरी गाउँपालिका भवनको आज यहाँ उद्घाटन गर्दै मूख्यमन्त्री पौडेललले स्थानीय, प्रदेश र सङ्घीय सरकारको समन्वयमा विकास हुने भएकोले साना योजना स्थानीय सरकारले, मध्यम किसिमका योजना प्रदेशले र ठूला योजना सङ्घीय सरकारले गर्ने गरी योजना तयार गर्न आग्रह गर्नुभयो ।


पुर्पुरोमा हात राख्नुपर्ने दिन गए : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अब नेपाली जनताका दुःखका दिन समाप्त हुँदै गएको बताउनुभएको छ । रुम्जाटारबाट राजधानी फर्कनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विकासको अभावमा नेपाली जनताले भोग्नुपर्ने दुःख अब सकिएको बताउनुभएको हो ।


‘चितवन प्रदेश नं ३ को पर्यटकीय केन्द्र’ : मन्त्री कैलाश ढुङ्गेल

प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले चितवनलाई प्रदेशको पर्यटकीय केन्द्रका रुपमा विकास गरिने बताउनुभएको छ । जननेता मदन भण्डारीको शव भेटिएको ठाउँ भरतपुर–१७ गाँजीपुमा आइताबार आयोजित श्रद्धाञ्जलि सभा तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले चितवनलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बाट अनुदानमा कृषि औजार

६ जेठ,सिन्धुली-जुनार किसानले ५० प्रतिशत अनुदानमा कृषि औजार पाएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, जुनार सुपरजोन सिन्धुलीमार्फत् जुनार किसानले कृषि औजार पाएका हुन् ।


सिङ्गो गाउँपालिका प्रसूतिगृहविहीन हुँदा समस्या

गौशाला,५ जेठ – महोत्तरी जिल्लाको एउटा सिङ्गो गाउँपालिकामा प्रसूतिगृह (बर्थिङ सेन्टर)नहुँदा बिरामीलाई अन्यत्र लैजान कठिन भएको छ । जिल्लाको महोत्तरी गाउँपालिका प्रसूतिगृहविहीन भएकाले त्यहाँका गर्भवती महिलालाई सुरक्षितरुपमा बच्चा पाउन समस्या भएको हो ।


कैलालीको टीकापुरस्थित विमानस्थलको जिम्मेवारी नगरपालिकालाई

कैलालीको टीकापुरस्थित विमानस्थलको सम्पूर्ण जिम्मेवारी टीकापुर नगरपालिकालाई हस्तान्तरण गरिने भएको छ । विमानस्थल अध्ययन, निर्माण तथा सञ्चालन समितिको मातहतमा रहेको विमानस्थलको जिम्मा नगरफालिकालाई दिने निर्णय गरिएको हो ।


मानिसको मनोविज्ञानसँग जोडेर गरेको विकासले सार्थकता पाउँछ : मन्त्री विष्ट

काठमाडौं, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मानिसको मनोविज्ञानसँग जोडेर गरेको विकासले सार्थकता पाउने बताउनुभएको छ । प्रधानमन्त्रीरोजगार कार्यत्रमअन्तर्गत प्रदेशस्तरीय अन्तर्क्रिया गोष्ठी तथा समझदारी पत्रमाहस्तारक्षर कार्यक्रमको उद्घाटन गर्दै मन्त्री विष्टले नेपाल अहिले पनि विकासको प्रारम्भिक अवस्थामा नै रहेको बताउनुभयो ।


यशियाकै टपवान बन्जीजम्प निर्माण गर्दै हेलम्ब गाउँपालिका

हेलम्बु (सिन्धुपाल्चोक), सिन्धुपाल्चोकको महत्वपूर्ण गन्तव्य तथा पर्यटकीय क्षेत्र हेलम्बुमा बञ्जी निर्माण हुने भएको छ । यस अघि यशियाकै दोस्रो बन्जीजम्पको रुपमा ख्याति कमाएको नयाँपुलको बन्जीजम्पलाई उछिन्दै हेलम्बुमा बन्न लागेको हो ।


‘हिमालयन ग्रेट ट्रेल निर्माण गर्दै हेलम्बु गाउँपालिका’

हेलम्बु, ४ जेठ -हेलम्बु गाउँपालिकाले आफ्नो गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि ग्रेट ट्रेल अवधारणा ल्याएको छ । गाउँपालिकाको योजनामा पहिलोपटक ग्रेट ट्रेल निर्माण सुरुवात गरेको छ ।


बुद्ध जयन्तीका अवसरमा ५ नं प्रदेशद्धारा विशेष समारोह

प्रदेश नं ५ प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ र २५६३औँ बुद्धजयन्तीका अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीमा आज विविध कार्यक्रम गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी आज यहाँ आयोजना हुने विशेष समारोहमा सहभागी हुनुहुने कार्यक्रम छ ।


गण्डकी प्रदेशसभाको अधिवेशन जेठ १५ देखि

काठमाडौं, प्रदेशसभाको चौथो तथा बजेट अधिवेशन यही जेठ १५ गते आह्वानका लागि प्रदेश प्रमुखसँग अनुरोध गर्ने गण्डकी प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रमका साथै आर्थिक वर्ष २०७६र७७ को बजेट पेश हुने भौतिक पूर्वाधार विकासमन्त्री एवं सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी गराउनुभएको छ ।


लुम्बिनी विश्व कै सम्पदा हो – मुख्यमन्त्री पोखरेल

खस्यौली,३ जेठ – लुम्बिनी भ्रमण वर्षको सन्दर्भमा नेपाल फोटो पत्रकार महासङ्घले आजदेखि लुम्बिनीमा फोटो प्रदर्शनी शुरु गरेको छ । तीन दिनसम्म सञ्चालन हुने फोटो प्रदर्शनीमा प्रदेश नं ५ मा खिचिएका अधिकांश फोटो प्रदर्शन गरिएको छ ।


स्थानीय जनप्रतिनिधिहरुद्धारा धनगढी विमानस्थलको अनुगमन

कैलाली, ३ जेठ - स्तोरोन्नतिका लागि निर्माणकार्य भइरहेको कैलालीको धनगढी विमानस्थलको बिहीबार यहाँका स्थानीय जनप्रतिनिधिलगायत सरोकारवालाले अनुगमन गरेका छन् । धावनमार्ग र पार्किङ क्षेत्र विस्तारको मर्मतकार्य भइरहेको विमानस्थलको धनगढी उपमहानगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी र कैलाली उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको टोलीले अनुगमन गरेका हुन् ।


स्थानीय निकायका उपप्रमुखको सहभागितामा इजलास सञ्चालन

दैलेख, ३ जेठ-स्थानीय सरकार गठन भएको दुई वर्षपछि नारायण नगरपालिकाले इजलास निर्माण गरेर न्यायिक समितिको काम औपचारिकरूपमा थालनी गरेको छ । दैलेखका ११ स्थानीय तहमध्ये पहिलोपटक नारायण नगरपालिकाले इजलास निर्माण गरेर औपचारिकरूपमा शुरु गरेको छ ।


प्रदेश ५ को चौथो अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम जेठको दोस्रो साता

बुटवल, प्रदेश ५ प्रदेश सभाको चौथो अधिवेशन आजदेखि सुरु हुँदै छ । अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजे बस्नेछपहिलो बैठकमा सभामुख पूर्णबहादुर घर्तीमगरले मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख उमाकान्त झाबाट संसद्को अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर अधिवेशनको सुभारम्भ गर्नेछन् ।


प्रदेश सांसदलाई एक करोडले पुगेन, २ करोड दिन माग

काठमाडौं, सरकार र प्रतिपक्ष दलबीच भएको भद्र सहमतीबारे विरोध भइरहेका बेला नेकपा साँसद सुन्दरबहादुर विश्वकर्माले साँसदलाई २ करोड रुपैया दिनुपर्ने माग गर्नुभएको छ । बुधवार बसेको प्रदेशसभा बैठकमा बोल्दै साँसद विश्वकर्माले फ्रिज हुने बजेट कम गर्न सबै साँसदलाई २/२ करोड रुपैया दिन सरकारलाई सुझाव दिनुभयो ।


प्रदेश २ मा प्रभावकारी बन्न् सकेन स्वास्थ्य बिमा कार्यक्रम

जनकपुरधाम , प्रदेश २ मा करिब साढे २२ हजारले स्वास्थ्य बिमा गराएका छन । स्वास्थ्य बिमा कार्यक्रम लागु भएको जिल्लाका करिब साढे २२ हजार मानिसले बिमा गराएका हुन ।


कर्णाली सरकारको राजश्व सङ्कलन न्यून

सुर्खेत, २ जेठ- कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको १० महीनाको अवधिसम्म रु १३ करोड मात्र राजश्व सङ्कलन गरेको छ । आन्तरिक आम्दानीको स्रोतमा कमी, स्थानीय तहले प्रदेशलाई बुझाउनुपर्ने राजश्व नबुझाएका कारण प्रदेशले लक्ष्यअनुसार उपलब्धि हासिल गर्न नसकेको हो ।


प्रदेश १ द्धारा बजेट अधिवेशनमा तीन विधेयक ल्याउने तयारी पूरा

काठमाडौ, प्रदेश एक सरकारले आगामी बजेट अधिवेशनमा तीन विधेयक ल्याउने तयारी पूरा गरेको छ । प्रदेश १ सचिवको जिम्मेवारी सम्हाल्ने क्रममा विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुधबार आयोजित परिचयात्मक कार्यक्रममा प्रदेश सचिव सुरेश अधिकारीले प्रदेश लोकसेवा आयोग, प्रदेश निजामती विधेयक, र क्षमता विकास प्रतिष्ठान विधेयक ल्याउने जानकारी दिनुभयो ।


तीनवर्षभित्र सिंहदरबार परिसरमा सरकारको आफ्नै संसद् भवन

काठमाडौं, २ जेठ -अबको करिब तीनवर्षभित्र सिंहदरबार परिसरमा सरकारको आफ्नै संसद् भवन निर्माण गर्ने गरी डिजाइनलाई अन्तिम रुप दिने काम भइरहेको छ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा २०६५ सालदेखि भाडा तिरेर संसद् सञ्चालन हुँदैआएको छ ।


गण्डकी प्रदेशमा स्वरोजगार तालीमको ४० प्रतिशत मात्र खर्च

१ जेठ, काठमाडाैं- सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको स्वरोजगार कार्यक्रमका लागि विनियोजित रकम जम्मा ४० प्रतिशत मात्र खर्च भएको छ । आर्थिक वर्ष २०७५÷७६ मा बेरोजगारलाई स्वरोजगार बनाउने र आयआर्जनका लागि सक्षम बनाउने उद्देश्यले करीब रु १० करोड ६ लाख उक्त शीर्षकमा छुट्टाइएको थियो ।


कपिलवस्तुका दुई स्थानीय तहमा नागरिक शिक्षा बहस कक्षा सञ्चालन

काठमाडौं, कपिलवस्तु जिल्लाका दुई गाउँपालिकामा नागरिक शिक्षासम्बन्धी सचेतनामूलक बहस कक्षा सञ्चालन गरिएको छ । सिद्धार्थ सामाजिक विकास केन्द्र र आइएम सुइडिसको साझेदारीमा कक्षा सञ्चालन गरिएको हो ।


गाउँपलिकाद्धारा ६५ हजार फलफूलका बिरुवा वितरण गरिँदै

कास्कीको अन्नपूर्णगाउँपलिकाले यहाँका ११ वटै वडामा ६५ हजार फलफूलका बिरुवा वितरण गर्ने भएको छ । व्यावसायिक कृषिलाई गाउँपालिकाले आफ्नो प्राथमिकतामा राखेकामा सम्भाव्य फलफूल खेती एवं कृषिको स्थान पहिचानका लागि विभिन्न ७६५ स्थानको माटो परीक्षण गरी बिरुवा वितरण गर्न लागेको हो ।


गण्डकी प्रदेशमा बजेटको पूर्वतयारी

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेटको पूर्वतयारी थालेको छ । प्रदेशका विभिन्न स्थानीय तहसँग छलफल तथा अन्तक्र्रिया गर्दै बजेटका आधार र प्राथमिकताको निर्धारण गर्न शुरु गरेको हो ।


मन्त्रालयद्धारा सबै स्थानीय तहमा खानेपानी तथा सरसफाइ कार्ययोजना बन्ने

खानेपानी तथा सरसफाइ मन्त्रालयले सबै स्थानीय तहमा खानेपानी तथा सरसफाइ कार्ययोजना बनाउन सहयोग गर्ने भएको छ । स्वच्छ खानेपानी पाउने जनताको मौलिक हक कार्यान्वयन गर्न सो कार्ययोजना बनाउन सहयोग गर्न लागेको मन्त्रालयले जनाएको छ ।


महानगरका दुई स्थानमा आयुर्वेद औषधालय थप

भरतपुर महानगरपालिकाको दुई स्थानमा आयुर्वेद औषधालय सञ्चालनमा ल्याइएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर ३ को महानगरपालिका स्वास्थ्य आयुर्वेद जीवनशैली व्यवस्थापनसम्बन्धी परियोजनाअन्तर्गत भरतपुर महानगरपालिका–१ देवघाट र वडा नम्बर ११ को स्वास्थ्य शहरी क्लिनिकमा औषधालय सञ्चालनमा ल्याइएको हो ।


नगरपालिकाले दियो कृषकलाई फूलको बीउ, प्लाष्टिक र हजारी

महिला लक्षित कार्यक्रमअन्तर्गत हलेसी तुवाचुङ नगरपालिकाले बेमौसमी पुष्पखेती गरिरहेका कृषकलाई टनेल निर्माणका लागि प्लाष्टिक वितरण गरेको छ । नगरपालिका–७ महादेवस्थानस्थित प्रगतिशील पुष्पखेती समूहका २० महिला कृषकलाई प्लाष्टिक वितरण गरिएको हो ।


गाउँपालिकाको आर्थिक सहयोग बेरोजगार युवालाई स्वरोजगार बनाउन तालीम

बेरोजगार युवालाई आफ्नै देशमा स्वरोजगार बनाउने उद्देश्यले खोटाङको रावाबेँसी गाउँपालिकामा सवारी चालकसम्बन्धी तालीम शुरु गरिएको छ । गाउँपालिकाका ३० बेरोजगार युवालाई सवारीसाधन चलाउन सिकाएर स्वरोजगार बन्न उत्प्रेरित गर्ने उद्देश्यले एक महीने तालीम शुरु गरिएको हो ।


नियम कानुन मिचेर गरिएको कर्मचारी समायोजनले कर्मचारीहरुमा आतंक सृजना गर्‍यो : मुख्यमन्त्री राउत

जनकपुरधाम, मुख्यमन्त्री लालबाबु राउतले सेवा प्रवाहको झन्झटिलो प्रक्रियाले भ्रष्टाचार संस्थागत हुदै गएको टिप्पणी गर्नु भएको छ । उच्च स्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको आयोजनामा जनकपुरमा सम्पन्न प्रशासकीय न्याय, साकारात्मक सोच र सेवा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले सो टिप्पणी गर्नु भएको हो ।


नगरपालिकाको गाडीमा आगजनी

अछामको मङ्गलसैन नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । नगरपालिकाको बा२ झ ३६९४ नंको गाडीमा गए राति २ः१५ बजे आगजनी भएको प्रहरीले जनाएको छ ।


धुलिखेल नगरपालिकाले गर्‍यो ‘जनप्रतिनिधिको दुई वर्ष’ पुस्तक सार्वजनिक

धुलिखेल नगरपालिकाले जनताबाट निर्वाचित भएर जिम्मेवारी सम्हालेको दुई वर्ष पुगेको अवसरमा ‘जनप्रतिनिधिका दुई वर्ष’ नामक पुस्तक सार्वजनिक गरेको छ । निर्वाचनबाट निर्वाचित भएर जिम्मेवारी सम्हालेपछि दुई वर्षभित्रमा नगरपालिकाभित्र के–के काम गरे भन्ने विषयलाई लिएर तयार पारिएको पुस्तक सार्वजनिक गरिएको नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले बताउनुभयो ।


न्यायिक समिति बने, इजलास बनेनन्

बाजुरा,३१ वैशाख – स्थानीय तहको निर्वाचन सकिएको दुई वर्ष बित्न लाग्दा पनि उप–प्रमुखको संयोजत्वमा बनेका न्यायिक समितिले इजलास बनाउन सकेका छैनन् । नगर तथा गाउँपालिकाको न्यायिक समितिमा अन्यायमा परेका व्यक्तिले उजूरी दिने भए पनि बहसका लागि इजलास बन्न नसक्दा नागरिक मारमा परेका छन् ।


औषधि तथा उपकरण खरीद प्रक्रिया सरल बनाउनुपर्छ– उपप्रम यादव

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले झन्झटिलो खरीद प्रक्रियाका कारण औषधि तथा स्वास्थ्यका उपकरण खरीद प्रक्रियामा समस्या परेको बताउनुभएको छ । प्रतिनिधिसभा, शिक्षा र स्वास्थ्य समितिको आजको बैठकमा उहाँले औषधि संवेदनशील क्षेत्र भएकाले यसलाई बोलपत्र प्रक्रियाभन्दा अन्य प्रक्रियाले खरीद गर्नुपर्ने व्यवस्था मिलाउन आवश्यक छ भन्नुभयो ।


एकै वडामा १६३ को बालबिबाह

डोटी, ३१ वैशाख -जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडामा गएको तीन वर्षको अवधिमा १६३ बालविवाह भएको एक संस्थाको तथ्याङ्कले देखाएको छ । जिल्लामा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको सामुदायिक विकास केन्द्र ९सिडिसी० नामक एक संस्थाले तीन वर्षदेखि गरेको सर्वेक्षणअनुसार यति ठूलो सङ्ख्यामा बालविवाह भएको पाइएको हो ।


गाउँपालिकाद्धारा स्थानीयलाई व्यावसायिक बनाउन होमस्टे तालीम

गलेश्वर, ३१ वैशाख -पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा उद्यमशीलता विकास एवं होमस्टे ९घरबास० तालीम शुरु भएको छ । मङ्गला गाउँपालिकाको आयोजना र म्याग्दी उद्योग वाणिज्य सङ्घको समन्वयमा शनिबारदेखि पूर्णगाउँमा १० दिने तालीम सञ्चालन गरिएको हो ।


सरकारले दियो ७५३ वटै स्थानीय तहलाई खाली जमिनमा फलफूलका बिरूवा रोप्न निर्देशन

काठमाडौँ, सरकारले देशभरका स्थानीय तहलाई मातहतका खाली जमिनमा फलफूलका बिरूवा रोप्न निर्देशन दिएको छ । देशलाई फलफूलमा आत्मनिर्भर बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणालाई कार्यान्वयनमा ल्याउन अहिले ‘एक नेपाली एक फलफूलका बिरूवा रोपण’ अभियान नै चलाइएको छ ।


कर्णाली सरकारद्धारा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

सुर्खेत, ३० वैशाख - कर्णाली प्रदेश सरकारको यही वैशाख २४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज सार्वजनिक गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले पत्रकार सम्मेलनमार्फत् आज बिहान मन्त्रिपरिषद् बैठकले गरेका १० निर्णय सार्वजनिक गर्नुभएको हो ।


उपत्यका विकासका लागि एकीकृत अवधारणा अघि सार्नुपर्ने

काठमाडौँ उपत्यकाको समग्र विकासका लागि एकीकृत विकासको अवधारणा अघि सार्नुपर्ने सरोकारवाला निकायका पदाधिकारीले विचार व्यक्त गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको अन्तर नगरपालिका साझेदारीअन्तर्गत शहरी सुरक्षा तथा वातावरणीय सुधार विषयक काठमाडौँ उपत्यकाको नगर प्रमुखको सम्मेलनमा उहाँहरुले उपत्यकाको विकासका लागि एक भएर अघि बढ्नुपर्ने बताउनुभयो ।


प्रदेश सरकारको समन्वयमा बाढी पीडितका लागि नमूना बस्ती निर्माण हुदैं

सुनसरीको रामधुनी नगरपालिका–८ मा निजी तथा आवासीय विद्यालय सङ्गठन प्याब्सनले नमूना बस्ती निर्माण गर्ने भएको छ । प्याब्सन केन्द्रीय कार्यालयले प्रदेश र जिल्ला शाखासँगको समन्वयमा २५ घरधुरीसहितको नमूना बस्ती निर्माण गर्न लागेको हो ।


विभिन्न जिल्लाबाट किसान चियाखेती सिक्न इलामका पाखा पाखामा

गर्मी बढ्दै गएपछि इलामका चिया बगानमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । गर्मी छल्दै मनोरञ्जन लिन धेरै पर्यटक इलाम आइपुगेका छन् तर, बगान र चिया उद्योगमा घुम्ने सबैको उद्देश्य भने घुमघाममात्र होइन ।


काठमाडौं महानगरकै ठूला वडामा कमजोर पूर्वाधार

काठमाडौं,२९ वैशाख – देशको राजधानी, सांस्कृतिक शहर र पुरानो नगरपालिकामध्येको एक काठमाडौंकै ठूला वडामा पूर्वाधारको सन्तुलित विकास हुन नसकेको वडावासीको दुःखेसो छ । काठमाडौं महानगरपालिकाले भित्री सीमित शहरी क्षेत्रमा मात्र ध्यान दिँदा अन्य नगरपालिकासँग जोडिएका ठूला वडा सडक पूर्वाधारमा कमजोर बनेको हो ।


लागत अनुमानभन्दा तेब्बर बढीमा पदमार्ग निर्माण

म्याग्दी,म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटस्थित माछेखोलामा पदमार्ग निर्माणका लागि तोकिएको लागत अनुमानभन्दा तेब्बर बढीमा पदमार्ग बनाएको छ । वडा कार्यालयको सिफारिशमा गाउँपालिकाबाट विनियोजन भएको रु ५० हजार बजेटबाट पदमार्ग बनाउन शुरु गरेका माछेखोलावासीले रू एक लाख ५० हाजारमा सो काम पूरा गरेका हुन् ।


हेलम्बुमा बञ्जीजम्प निर्माण गरिने

सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र हेलम्बुमा साहसिक खेल बञ्जीजम्पका लागि पूर्वाधार निर्माण शुरु गरिएको छ । यसका लागि आव २०७६÷७७ देखि हालसम्मकै लामो झोलुङ्गे पुल निर्माण गरिने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।


हेलम्बुमा बञ्जीजम्प निर्माण गरिने

सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र हेलम्बुमा साहसिक खेल बञ्जीजम्पका लागि पूर्वाधार निर्माण शुरु गरिएको छ । यसका लागि आव २०७६÷७७ देखि हालसम्मकै लामो झोलुङ्गे पुल निर्माण गरिने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।


सभ्य र सुरक्षित समाज निर्माण सबैको दायित्व ः मुख्यमन्त्री राई

२७ वैशाख – महिला विरुद्धको हिंसा जर्जररुपमा अगाडि बढिरहेकाले यसको रोकथाम एवं नियन्त्रण गर्न सामूहिक प्रयासको खाँचो रहेको सहभागीले बताएका छन् । सुन्दर र सभ्य समाज निर्माण गर्न महिलालाई सम्मान दिनुको विकल्प नरहेको सहभागीले बताउँदै महिलामाथि हुने हिंसात्मक घटनाले समाज सुरक्षित हुन नसक्ने तर्फ सबैको ध्यान जानु जरुरी रहेको उहाँहरुको धारणा छ ।


ढोरपाटन नगरपालिकाले सुरक्षित सुत्केरी सेवाका लागि हेलिकोप्टरबाट उद्धार गर्ने बनायो नीति

बागलुङ, ढोरपाटन नगरपालिकाले सुरक्षित सुत्केरी सेवाका लागि हेलिकोप्टरबाट उद्धार गर्ने नीति बनाएको छ । यो नीतिलाई पनि हवाईमैदान उपयोगी हुने स्थानीयवासीको मत छ ।


जुम्लाका स्थानीय तहमा बनेन न्याय सम्पादन इजलास

जुम्ला, २७ वैशाख -जुम्लाका स्थानीय तहमा न्याय सम्पादन गर्ने इजलास नभएका कारण समस्या हुने गरेको छ । उपप्रमुखको संयोजकत्वमा गठन भएका न्यायिक समिति गठन भएको दुइ वर्ष बिते पनि यहाँका स्थानीय तहमा इजलास बनेका छैनन् ।


काठमाडौँ महानगपालिकाद्वारा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा फाराम भर्न छुटेकालाई तत्काल भर्न आग्रह

काठमाडौँ, २५ वैशाख – काठमाडौँ महानगपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा फाराम भर्न छुटेकालाई तत्काल भर्नको लागि आग्रह गरेको छ । यही वैशाख मसान्तसम्म फाराम भर्ने समयसीमा रहेको र सरकारले पहिलो पटक ल्याएको कार्यक्रम भएकाले छुटेकालाई कामपाले फाराम भर्न आग्रह गरेको हो ।


बर्दिवासका सुकुम्बासी र मुसहरका लागि घर बनाउँदै नगरपालिका

काठमाडौं, बर्दिवास नगरभित्रपालिकाले सुकुम्बासी र मुसहरका लागि घर निर्माण गरिदिने भएको छ । जनता आवास कार्यक्रमअन्तर्गत नगरपालिकाले ३६ घर निर्माण गर्न लागेको हो ।


काठमाडौँका सडक मर्मतको काम शुरु

काठमाडौँ, २५ वैशाख -कोटेश्र–कलङ्की सडकमा बालकुमारी, ग्वार्खो, महालक्ष्मीस्थानलगायतका स्थानमा मर्मतको काम शुरु भएको छ । गत पुसमा चीन सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि यहाँको सडकमा मर्मत शुरु भएको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ ।


बालश्रम र विवाह न्यूनीकरण गर्न उपमहानगरपालिकाले थालेको अभियान प्रभावकारी बन्दै

बालविवाह न्यूनीकरण तथा बालश्रम अन्त्य गर्न दाङको तुलसीपुर उपमहानगरपालिकाले थालेको अभियान प्रभावकारी बन्दै गएको छ । तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री नगर निर्माणका लागि अभियानको थालनीपछि बालविवाह तथा बालश्रममा न्यूनीकरण आएको पाइएको छ ।


‘अहेव’को भरमा वडा कार्यालयहरु

बलेवा, २५ वैशाख-बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–५ मा रहेको स्वास्थ्यचौकीका अहेव सुनिल गुप्ता अहिले बिरामीको जाँच र उपचार मात्रै गर्नुहुन्न नजिकै रहेको वडा कार्यालयमा आउने सबै सेवाग्राहीको कामसमेत गर्नुहुन्छ । उहाँको काम बिरामी जाँच्ने, औषधि दिने र सल्लाह दिने हो तर गाउँपालिकाको कार्यालयले उहाँलाई वडाका कामको समेत जिम्मेवारी दिएको छ ।


नीति तथा कार्यक्रम बहुमतले पारित

प्रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २० गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।


राष्ट्रियसभा बैठकः नीति तथा कार्यक्रमले जनतामा आशा जगायो

सत्ता पक्षका सांसदले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले जनतामा नयाँ आशा जगाएको बताएका छन् भने प्रतिपक्षी दलका सांसदले यो महत्वकांक्षी रहेकाले कार्यान्वयनको चुनौती औँल्याएका छन् । राष्ट्रियसभामा सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममाथि छलफलमा भागलिदैँ सांसदहरुले नीति तथा कार्यक्रमले समेटेका विषयवस्तुलाई प्रभावकारी कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो ।


सुनौला हजार दिनका आमालाई कुखुरा वितरण

डोटी, २४ वैशाख - जिल्लाको जोरायल गाउँपालिकाले आफ्नो गाउँपालिकाभरिमा रहेका सुनौला हजार दिनका आमालाई कुखुरा वितरण गर्न थालेको छ । गाउँपालिकामा सुनौला हजार दिनका १८० आमालाई प्रतिव्यक्ति पाँच कुखुराका दरले अस्तोलोप र हेम्पसार जातका कुखुरा वितरण गरिन थालिएको गाउँपालिका उपाध्यक्ष जमुना बोहराले बताउनुभयो ।


तनहुँमा-पाँच विद्यालय समायोजन,ज्येष्ठ नागरिक परिचयपत्र वितरण,राष्ट्रपति रनिङशिल्ड

दमौली, २४ वैशाख - विद्यार्थी कम भएपछि तनहुँको व्यास नगरपालिकाका पाँच विद्यालय समायोजन गरिएको छ । तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीबाराही प्राथमिक विद्यालय, वडा नं १२ स्थित देउराली प्राथमिक विद्यालय, वडा नं ६ स्थित भवानी प्राथमिक विद्यालय, वडा नं ७ स्थित क्यामिनछाप प्राथमिक विद्यालय र सोही वडास्थित जनकल्याण प्राथमिक विद्यालय समायोजन गरिएको हो ।


प्रदेश नं १ को राजधानी विराटनगर दुईतिहाइ बहुमतबाट पारित

दुईतिहाइ बहुमतले प्रदेश नं १ को राजधानी विराटनगर बनाउने प्रस्ताव आज पारित भएको छ । प्रदेशसभाको आजको बैठकमा कूल ९३ जना प्रदेशसभा सदस्यमध्ये उपस्थित ८६ सदस्यले प्रस्तावको पक्षमा मतदान गर्नुभयो भने भने विपक्षमा कुनै मत परेन ।


नीति कार्यक्रममाथि सत्तापक्ष र विपक्षीका आ–आफ्नै धारणा

राष्ट्रियसभामा आजदेखि प्रारम्भ भएको सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममाथि छलफलमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदले आ–आफ्ना धारणा व्यक्त गर्नुभएको छ । बैठकमा राष्ट्रियसभामा प्रमुख विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले राजतन्त्रका बेला ‘मेरो सरकार’ भन्ने सुनिएको उल्लेख गर्दै नीतिमा उल्लेख यस शब्दका सम्बन्धमा समाजका विभिन्न तहमा भइरहेका टीका टिप्पणीलाई आत्मसात् गरी सच्याउन सरकार तयार हुनुपर्ने बताउनुभयो ।


इच्छाकामना गाउँपालिकाका सात विद्यालय समायोजन

चितवन,जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनाका सात विद्यालय समायोजन गरिएको छ । विद्यार्थीको सङ्ख्या नपुगेपछि राष्ट्रिय आधारभूत विद्यालय९१–३० लाई नजिकको अर्को विद्यालयमा समायोजन गरिएको हो ।


कालीगण्डकी करिडोर स्तरोन्नति तीव्र गतिमा

बागलुङ, २३ वैशाख – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर, बागलुङ खण्डको स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । दश मिटर चौडासहित सडक स्तरोन्नतिको काम गत माघमा शुरु भएको थियो ।


वास्तविकतामा आधारित तथ्याङ्क समेटेर जनगणनालाई विश्वसनीय बनाउनुपर्ने

चितवन, २३ वैशाख - जनगणनालाई विश्वसनीय बनाउनुपर्ने आइतबार यहाँ आयोजित कार्यक्रमका सहभागीले जोड दिएका छन् । केन्द्रीय तथ्याङ्क विभाग र तथ्याङ्क कार्यालय चितवनले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा आयोजित अन्तरक्रियामा वक्ताले जनगणनाको तथ्याङ्कलाई आधार मानी विकास निर्माणका काम हुने भएकाले यसलाई विश्वसनीय बनाउन आवश्यक रहेको बताएका हुन् ।


वालिङ नगरपालिकालाई सुशासनसहितको ‘स्मार्ट सिटी’ बनाउन २६ बुँदे प्रतिबद्धता

वैशाख २२, वालिङ - स्याङ्जाको वालिङ नगरपालिकालाई सुशासनसहितको ‘स्मार्ट सिटी’ बनाउनका लागि २६ बुँदे प्रतिबद्धता व्यक्त गरिएको छ । वालिङ नगर कार्यपालिकाको आयोजनामा स्थानीय सरकार सञ्चालन तथा नेतृत्व विकाससम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रमको समापनसँगै २६ बुँदे प्रतिबद्धता व्यक्त गरिएको हो ।


गाउँपालिकाद्वारा खसभाषाको पाठ्यपुस्तक छपाइ शुरु

खलङ्गा, २२ वैशाख - जुम्लाको तातोपानी गाउँपालिकाले १ देखि ३ कक्षासम्मको पाठ्यपुस्तकको छपाइ कार्य शुरु गरेको छ । स्थानीय खसभाषामा तयार पारेको पाठ्यपुस्तकको छपाई कार्य सुरु गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिनुभयो ।


सरकार सुशासन र विकासको बाटोमा - प्रधानमन्त्री ओली

काठमाडौँ, २१ वैशाख - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले वर्तमान अवस्थामा लोकतन्त्रको सुदृढीकरण तथा मानवअधिकार, प्रेस स्वतन्त्रता सुनिश्चित गर्दै सुशासन र विकासको बाटोमा स्पष्ट ढङ्गले अगाडि बढ्न चाहेको बताउनुभएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको आव २०७६/७७ का लागि सरकारको नीति तथा कार्यक्रमबारे विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा सञ्चारकर्मीसँगको छलफलमा उठेका जिज्ञासा सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत नीति तथा कार्यक्रम जनताका आधारभूत आवश्यकता परिपूर्तिमा केन्द्रित रहेको स्पष्ट गर्नुभयो ।


चमेलिया वरपर अझै अन्धकार

२१ बैशाख,चमेलिया - शैल्यशिखर नगरपालिका–१ शिखरमा उत्पादन गरिएको चमेलिया जलविद्युत् आयोजना वरपरको क्षेत्रमा विद्युतीकरणका लागि ठेक्का लगाइएको डेढवर्षसम्म पनि विद्युतीकरण पूरा हुननसक्दा अझै यो क्षेत्र अन्धकार छ । यो क्षेत्रमा उत्पादन गरिएको विद्युत्ले सुदूरपश्चिमका विभिन्न जिल्लामा उज्यालो बनाउँदा आयोजना क्षेत्र वरपर अझै अन्धकार छ ।


चर्को शुल्क लिँदै सरकारी विद्यालय

२० बैशाख,बझाङ - नेपाल सरकारले सबैका लागि निःशुल्क शिक्षा भने तापनि बझाङ जिल्लाका सामुदायिक विद्यालयले भने विभिन्न बहानामा विद्यार्र्थीबाट चर्को शुल्क लिने गरेका छन् । पटक/पटक जिल्लाका सामुदायिक विद्यालयले चर्कोे शुल्क लिने गरेको अभिभावकबाट गुनासो आए पनि शुल्क लिने विद्यालयलाई हालसम्म पनि कारवाही हुन सकेको छैन ।


राष्ट्रपति भण्डारीद्धारा आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौँ, २० वैशाख -राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । सङ्घीय संसद् ९प्रतिनिधिसभा र राष्ट्रयसभा०को आजको संयुक्त बैठकमा उहाँले अपराह्न १६ः१० मा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।


प्रदेश नं ५ सरकार बजेट निर्माणमा व्यस्त

रुपन्देही, २० वैशाख :प्रदेश नं ५ सरकार आवधिक योजना निर्माण र बजेट छलफलमा जुटेको छ । प्रदेश योजना आयोगले प्रमुख आयोजना र कार्यक्रमको ढाँचा तयार गरेपछि प्रदेशसभा सदस्य छलफलमा जुटेका हुन् ।


काभ्रेपलाञ्चोकका जनप्रतिनिधिद्धारा कृषि उपजलाई प्राङ्गारिकतर्फ लैजाने प्रतिबद्धता

काभ्रेपलाञ्चोक, २० वैशाख :जिल्लास्थित स्थानीय तहका जनप्रतिनिधिले कृषि उत्पादनलाई प्राङ्गारिकतर्फ लैजाने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय आलु तथा मसलाबाली विकास केन्द्र, युवा कृषि मञ्च र समृद्ध काभ्रेपलाञ्चोक कृषि सहकारीद्वारा संयुक्तरूपमा बिहीबार धुलिखेलमा आयोजित प्राङ्गारिक कृषि उत्पादन र बजारीकरण विषयक गोष्ठीमा पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले भन्नुभयो, “कृषि उपजमा विषादीलाई न्यूनीकरण गर्दै प्राङ्गारिक उत्पादनतर्फ लाग्नेछौँ ।


खानेपानीका लागि बस्ती सार्दै स्थानीय

डोटी, २० वैशाख - डोटीमा खानेपानी समस्या समाधानका लागि स्थानीयवासी बस्ती सार्दैछन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ । गर्मी बढेसँगै यहाँको जोरायल गाउँपालिका–३ थलीगाउँका बासिन्दा धामधम बस्ती सार्न थालेका हुन् ।


मुद्दा मिलाउन उपप्रमुखहरुलाई भ्याइनभ्याई

भद्रपुर, २० वैशाख - झापाका गाउँपालिका र नगरपालिकाका उपप्रमुखको अधिकांश समय न्यायिक समितिमा आउने मुद्दा मिलाउनमै बित्ने गरेको छ । संविधानले नै स्थानीय तहका उपप्रमुखलाई प्रारम्भिक तहका मुद्दा छिनोफानो गर्ने गरी न्यायिक समितिको संयोजकको अधिकार दिएकाले अधिकांश विवाद सिधै समितिमा आउन थालेको छ ।


पर्यटकीय पूर्वाधारमा बाह्रबिसे नगरपालिकाको जोड

बाह्रबिसे (सिन्धुपाल्चोक), आफ्नो नगरलाई पर्यटन प्रर्वधन गर्ने उद्देश्यका साथ बाह्रबिसे नगरपालिकाले सो को पुर्वाधारमा जोड दिएको छ । नगरपालिकाले नगरपरिषद्बाटै पारित गरेर भयलीकुण्ड लगाएत क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन १० औं करोडको महत्वकांक्षी योजनाको थालनी सुरु गरेको छ ।


प्रविधि र पूर्वाधारको प्रयोगले फेरियो गाउँको मुहार

१९ बैशाख म्याग्दी -करीब एक दशकअघि म्याग्दीका पहाडी तथा ग्रामीण क्षेत्रका गाउँमा खरले छाएका घर गुजुमुज्ज देखिन्थे । सदरमुकाम बेनी बजार आउन दुई–तीन दिन लगाएर पैदलयात्रा गर्नुपर्दथ्यो ।


पहिलो पटक बिजुली बल्यो

१९ बैशाख ,तनहुँ-हालसम्म विद्युतीकरणको सुविधा नपुगेको तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा बिजुली बलेको छ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत साराङघाटको ११० घरधुरीमा बिजुली बलेको हो ।


महानगरपालिकाद्धारा पर्यटकका लागि विद्युतीय बस

ललितपुर,ललितपुरमहानगरपालिकाले पर्यटकलाई सुविधा दिने उद्देश्यले विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । महानगरको भित्री भागमा रहेका पर्यटकीय गन्तव्यमा बस सञ्चालनको योजना बनाइएको हो ।


प्रदेश सरकारद्धारा रुकुम पूर्वको लुकुम स्मार्ट कृषिगाउँ बन्दै

रुकुम,जिल्लाको भुमे गाउँपालिका–१ लुकुमलाई स्मार्ट कृषिगाउँ बनाइने भएको छ । प्रदेश नं ५ सरकारले स्मार्ट कृषिगाउँ बनाउन चालू आर्थिक वर्षमा बजेटको व्यवस्था गरेपछि स्मार्ट कृषिगाउँमा लुकुमलाई छनोट गरिएको हो ।


स्थायी राजधानीको प्रतीक्षामा विराटनगर महानगरपालिका

मोरङ, अस्थायी रूपमा प्रदेश नं १ को राजधानीको रुपमा रहेको विराटनगर महानगरपालिका स्थायी राजधानीको रुपमा स्थापित हुने पर्खाइमा रहेको छ । प्रदेशसभाको वैशाख १९ गते बस्ने बैठकमा प्रदेश स्थायी राजधानी र नामकरणको प्रस्ताव पेश हुने र सम्भवतः वैशाख २२ गते प्रदेशको राजधानी र नाम प्रदेशसभाको बैठकबाट घोषणा हुनसक्ने भएकाले नै विराटनगर महानगरपालिका यतिबेला निर्णयको प्रतीक्षामा रहेको छ ।


स्थानीय तहमै विवाद मिलेपछि अदालतको मुद्दा फिर्ता

झापा,अर्जुनधारा नगरपालिका वडा नं १० र ११ को १८ बिघा जमीनसँग सम्बन्धित ५५ वर्ष पुरानो विवाद गाउँमै मिलेको छ । दुवै पक्षबीच सहमति भएपछि अदालतमा परेको मुद्दा पनि फिर्ता गरिने भएको छ ।


मुख्यमन्त्री पौडेलद्वारा श्रमिक दिवसको शुभकामना

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले १३०औँ श्रमिक दिवसका अवसरमा जीवन र रोजगारीको समेत प्रवाह नगरी लोकतन्त्र प्राप्तिका आन्दोलनमा होमिएका नेपाली श्रमिकप्रति सम्मान व्यक्त गर्नुभएको छ । चीन भ्रमणमा रहनुभएका पौडेलले एक सन्देश प्रकाशन गरी नेपाली श्रमिकहरुलाई बधाई तथा शुभकामना दिँदै नेपालको राजनीतिक परिवर्तनमा नेपाली श्रमिकले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।


नगर प्रमुखद्वारा तलब भत्ता विपन्न परिवारको स्वास्थ्य बीमामा खर्च

गोरखा,गोरखाको पालुङटार नगरपालिकाका प्रमुख इञ्जिनीयर दीपकबाबु कँडेलले तलब भत्ताबापतको रकमबाट विपन्न परिवारको स्वास्थ्य बीमा गराउन शुरु गर्नुभएको छ । नगर प्रमुख कँडेलले यसअघि गरेको घोषणाबमोजिम सेवासुविधाको रकमबाट असहाय तथा विपन्न परिवारका व्यक्तिको स्वास्थ्य बीमा गराउन शुरु गर्नुभएको हो ।


धुलिखेल नगरपालिकाकाे सहयाेगमा सुरक्षित खानेपानी युक्त समुदाय घोषित

काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिकाको दुई वडाको समुदायलाई ‘सुरक्षित खानेपानी युक्त समुदाय’ घोषणा गरिएको छ । नेपाल सरकार, धुलिखेल नगरपालिका, फिनल्याण्ड सरकार, युनिसेफ नेपाल र सिविक फोरमको सहयोगमा धुलिखेल १ स्थित छाँगे र ११ को धिताल टोललाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो ।


गण्डकी प्रदेशमा एक स्थानीय तह, एक उद्योग ग्राम

वैशाख १७, पोखरा -गण्डकी प्रदेशका उद्योग, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेश सरकारले एक स्थानीय तह एक उद्योग ग्रामको योजनालाई प्राथमिकतामा राखेको बताएका छन् । प्रदेश मन्त्रालयले आयोजना गरेको समीक्षा तथा योजना तर्जुमा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले प्रदेशका ८५ वटै स्थानीय तहमा उद्योग ग्राम सञ्चालन गरिने जानकारी दिए ।


सरकारी कामकाज स्थानीयस्तरमै हुन थालेपछि गाउँमा रौनक बढ्यो

गलेश्वर, मुलुक सङ्घीयतामा गएसँगै सरकारी कामकाज स्थानीयस्तरमै हुन थालेपछि म्याग्दीका गाउँमा रौनक बढ्न थालेको छ । स्थानीय निकाय बलियो बन्दै जानु, बैंक तथा वित्तीय संस्थाले ग्रामीण बस्तीमा सेवा विस्तार गर्नु, सञ्चार, स्वास्थ्य, बजार र ग्रामीण बस्तीसम्म यातायात सेवाको पहुँच विस्तार भएपछि छोराछोरीलाई पढाउन, ब्यापार व्यवसाय गर्न वा सुविधाको खोजीमा शहर झरेका मानिस पनि गाउँ फर्कन थालेका छन् ।


गाउँपालिकाद्धारा विपन्न महिलालाई अनुदान

गोरखा, १६ वैशाख-शहीद लखन गाउँपालिकाले पालिकाभित्रका विपन्न महिलालाई आयआर्जन वृद्धिका लागि अनुदान प्रदान गरेको छ । गाउँपालिकाले नौवटै वडाका ६३ विपन्न महिलालाई अनुदान उपलब्ध गराएको गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख सुदिप विकले जानकारी दिनुभयो ।


युवालाई प्रशासनिक काम सिकाउँदै बुद्धशान्ति गाउँपालिका

भद्रपुर, १६ वैशाख -झापाको बुद्धशान्ति गाउँपालिकाले आफ्ना पालिकाका युवालाई स्वरोजगार बनाउने उद्देश्यले प्रशासनिक काम सिकाउन थालेको छ । गाउँपालिकाभित्रका कक्षा १२ उत्तीर्ण गरेका १२ युवालाई लिखित र प्रयोगात्मक परीक्षाका माध्यमद्वारा वैशाख १३ गते छनोट गरी काम सिकाउन थालेको हो ।


प्रदेश २ मा कर्मचारी अझै पदस्थापन भएनन्

धनुषा- प्रदेश नं २ सरकार गठन भएदेखि कर्मचारी अभावमा कामकाज प्रभावित भइरहेको बताउँदै आइरहेको अवस्थामा अहिले प्रदेश नं २ मा समायोजन भएर आएका कर्मचारीको एक महीना बित्न लाग्दासमेत पदस्थापन हुन सकेको छैन । प्रदेश सरकारले पदस्थापन गर्न नसक्दा विगत एक महीनादेखि सयौं कर्मचारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै हाजिर गरी तलब पकाइरहेका छन् ।


गाउँपालिकाले गर्‍यो शैक्षिक प्रमाणपत्र लिएर युवालाई ऋण दिने निर्णय

बेझाड,१५ वैशाखपाल्पा- पाल्पाको बगनासकाली गाउँपालिका वडा नं २ पोखराथोककीे सचिना अधिकारीले स्नातक तह उत्तीर्ण गर्नुभयो । उहाँ जागीरका लागि धेरै ठाउँमा भौँतारिनुभयो ।


गण्डकी प्रदेशद्धारा जडीबुटी प्रशोधन केन्द्र स्थापनाका लागि एक करोड रकम विनियोजन

कावासोती, १५ वैशाख -गण्डकी प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र स्थापनाका लागि अध्यन शुरु गर्न लागिएको प्रादेशिक सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले बताउनु भएको छ । नवलपरासीस्थित पूर्व नवलपुरको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयको आधुनिक भवन शिलान्यासका क्रममा यस प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र निर्माणका लागि बजेटसमेत विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।


आफ्नै रकमले विद्यार्थी पढाउँदै प्रशासकीय अधिकृत शर्मा

डोटी, १५ वैशाख - जिल्लाको केआइसिंह गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज शर्माले वडा नं १ गणेशकाडास्थित रामेश्वर आधारभूत विद्यालयमा कक्षा ९ मा अध्यनरत भीमबहादुर पुनमगरलाई पढाउने जिम्मा लिनुभएको छ । भीमबहादुरको आर्थिक अवस्था नाजुक भएको जानकारी पाएपछि आफूले अभिभावकत्व पनि ग्रहण गरेको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।


जनप्रतिनिधि र कर्मचारीले नै आफ्ना छोराछोरी निजी बिद्यालयमा भर्ना गराएको विरोधमा - बिद्यालय बन्द

गुल्मीरुरु -गुल्मीको रुरु गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले नै आफ्ना छोराछोरी निजी बिद्यालयमा भर्ना गराएको विरोधमा सबै सामुदायिक बिद्यालयहरु बन्द भएका छन् । सत्तारुढ दल नेकपाकै भातृ संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) का विद्यार्थीहरुले गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरु अनिश्चितकालका लागि बन्द गराएका हुन् ।


एयरपोर्ट धुलिखेलमा बन्छ - मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, १५ वैशाख - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आन्तरिक विमानस्थलका लागि काभ्रेपलाञ्चोकमा सम्भावित अनुगमन गरिएका स्थानमध्ये बनेपामा उपयुक्त नदेखिए धुलिखेलमा बनाइने बताउनुभएको छ । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घले बनेपामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बनाउनेबारेमा सरकार पछि नहटेको जानकारी दिनुभयो ।


प्रदेश सरकारले टुक्रे योजना नियन्त्रण गर्ने

रारा (मुगु), १५ वैशाख - चालू आर्थिक वर्षमा कर्णाली प्रदेशका विभिन्न जिल्लामा टुक्रे योजना दिएको आलोचना भएपछि आगामी आर्थिक वर्षमा प्रदेश सरकारले यस्ता योजनालाई नियन्त्रण गर्ने जनाएको छ । मुगु सदरमुकाम गमगढीमा प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले चालू आवमा विविध समस्या र अड्चनबीच प्रदेश सरकारले काम गर्नु परेकाले केही कमजोरी देखिए पनि आगामी आवमा तिनलाई सच्याउँदै एक करोडभन्दा मुनिका टुक्रे योजना नबनाउने बताउनु भएको हो ।


प्रधानमन्त्री र मूख्यमन्त्रीका सामु स्थानीय तहका गुनासै गुनासा ।

काठमाडौं,१४ बैशाख - आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा स्थानीय तहका अधिकारलाई ख्याल गर्न सरोकारवालाहरुले माग गरेका छन् । उनीहरुले संविधानमा उल्लेख भएको व्यवस्थालाई ख्याल गर्न संघीय र प्रदेश सरकारलाई स्मरण समेत गराएका छन् ।


माथागढीमा स्थानीय पाठ्यक्रम लागू

बेझाड, १४ वैशाख - पाल्पाको माथागढी गाउँपालिकाले शिक्षामा नयाँ अभ्यास शुरु गरेको छ । गाउँपालिका आफँैले पाठ्यक्रम निर्माण गरेर यसै शैक्षिकसत्रदेखि पठनपाठन शुरु गरेको छ ।


गाई व्यवस्थापनमा समस्या उत्पन्न

दमौली, १४ वैशाख - तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीमा निर्माण हुँदै गरेको गौसंरक्षण केन्द्रका गाई व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । दिनदिनै छाडा गाई थपिने क्रम बढेसँगै संरक्षण केन्द्रलाई नै गाई व्यवस्थापनमा समस्या उत्पन्न भएको हो ।


अपाङ्गता भएकालाई मोबाइल तालीम

बनेपा, १४ वैशाख - सामाजिक विकास मन्त्रालय प्रदेश नं ३ ले चार जिल्लाका अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वरोजगार तथा सीपमूलक मोबाइल मर्मत तालीम काभ्रेपलाञ्चोकको धुलिखेलमा शुरु गरेको छ । विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिले सीप सिकेर जीवनयापन सहज होस भनेर काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका प्रत्येक जिल्लाबाट पाँच/पाँच गरी २० जनालाई सो तालीम आयोजना गरिएको हो ।


मसानघाटलाई पायक पारेर वडा कार्यालय !

प्यूठान – कुनै पनि सरकारी निकायको केन्द्र तोक्दा के–के कुरालाइ ध्यान दिइएला ? जनसंख्या, भुगोल र सबैको सहजता । धेरैजसो सरकारी निकायले यिनै मापदण्डलाई आधार मानेर केन्द्र तोक्छन् ।


नगर सङ्घको पहिलो ‘लबिङ सेन्टर’ पोखरा महानगरपालिका

चिप्लेढुङ्गा, १३ वैशाख -पोखरा महानगरपालिका नगरपालिकाहरुको पहिलो ‘लबिङ सेन्टर’ भएको छ । प्रमुखहरु पोखराका मानबहादुर जिसी र धुलिखेलका अशोककुमार ब्यञ्जुबीच भिडियो कन्फ्रेन्स भई ‘कन्फ्रेन्स टेक्नोलोजी’ शुरुआत गरिएको हो ।


३० अर्बको बजेट ल्याउने तयारीमा कर्णाली प्रदेश

वैशाख १३, सुर्खेत -कर्णाली प्रदेश सरकारले आव २०७६÷७७ का लागि ३० अर्बको बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा कानून मन्त्रालयले चालू आवमा खर्च हुन नसकेको बजेटसमेत जोडेर आगामी वर्षका लागि उक्त आकारको बजेट ल्याउने तयारी गरेको हो ।


गाउँपालिकाद्वारा तीन सय विपन्न परिवारको बीमा

दमौली, १३ वैशाख - तनहुँको बन्दीपुर गाउँपालिकाले विपन्न घरधुरीको स्वास्थ्य बीमा गराएको छ । आर्थिक रूपमा असहाय परिवारलाई स्वास्थ्य बीमामा सहभागी गराउने उद्देश्यसहित गाउँपालिकाले चालू आर्थिक वर्षमा ३०० घरपरिवारको बीमा गराएको हो ।


नदी कटानवाट राप्तीसोनारी गाउँपालिकाको धेरै भू -भाग क्षती

बाँके, १३ वैशाख - बाँकेको राप्तीसोनारी गाउँपालिकाको धेरै भूभाग खोला र राप्ती नदी आसपासमा पर्छ । जहाँ ढुङ्गा, गिट्टी र बालुवा प्रशस्त पाइन्छ ।


अल्लोलाई प्रशोधन गरेर कपडा उत्पादन गरिने

सिन्धुली १२ वैशाख - सिन्धुली फिक्कल गाउँपालिका–१ महादेवडाँडाका स्थानीयवासीले अल्लोलाई प्रशोधन गरेर कपडा बनाउन थालेका छन् । अल्लोबाट कपडा बनाउने सम्बन्धी एक महिने तालीम लिएपछि उनीहरु व्यावसायिक रूपमै कपडा बुन्ने अभियान शुरु गरेका हुन् ।


प्रदेश र स्थानीय तहले संविधानले दिएका अधिकार प्रयोग गर्न पाउनुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौँ, १२ वैशाख -राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका अधिकार प्रयोग गर्न सङ्घीय सरकार सहयोगी बन्नुपर्ने बताउनुभएको छ । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले आज यहाँ आयोजना गरेको ‘तहगत राज्य संरचनाको विकासमा समन्वय’ विषयको अन्तरक्रियालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “संविधानमा उल्लिखित प्रदेश तथा स्थानीय तहका अधिकार सङ्घीय सरकारबाट नियन्त्रित भए भन्ने गुनासो आउन थालेका छन्, सङ्घ, प्रदेश र स्थानीय तहबीच केही शक्ति टकराव हुन सक्छन्, यसलाई छलफलमार्फत समधान गरिनुपर्छ ।


प्रदेश नं ५ द्धारा खेलकुदको विकासका लागि तथ्याङ्क सङ्कलन

परासी, १२ वैशाख -समग्र खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहन गर्ने नीति र योजना ल्याउन प्रदेश नं ५ सरकारले खेल क्षेत्रको तथ्याङ्क सङ्कलन गरिरहेको जनाएको छ । प्रादेशिकस्तरमा तथ्याङ्क सङ्कलन भएपछि खेलको पूर्वाधार विकास र खेलाडीको वृत्तिविकास र प्रोत्साहन हुने खालका योजना छनोटमा सहज हुने प्रदेश सरकारको विश्वास छ ।


प्रदेश नं ३ को कृषिमा दुई अर्ब भित्र्याउने सहमति

हेटौँडा, १२ वैशाख -प्रदेश नं ३ सरकार र गैरआवासीय नेपाली सङ्घबीच प्रशोधन सुविधासहितको आधुनिक कृषि बजार परियोजना सञ्चालन गर्ने गरी सहमति भएको छ । परियोजना अवधिभर झण्डै दुई अर्ब लगानी हुने परियोजनामा गैरआवासीय नेपालीले निवृत्त समय बिताउन मिल्ने गरी काम गरिने गैरआवासीय नेपाली सङ्घका कृषि प्रवद्र्धन समितिका प्रमुख युवराज गुरुङले जानकारी दिनुभयो ।


केन्द्रद्धारा सातवटै प्रदेशका लागि ५५ अर्ब २९ करोड ८६ लाख रुपैयाँ अनुदान

काठमाडौँ, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले संघीय सरकारबाट प्रदेश र स्थानीय तहका लागि बजेटको सीमा तोकेको छ । केन्द्रले प्रदेशका लागि तोकेको बजेटको अनुदान र राजस्व बाँडफाँटको हिस्सा सिफारिस गरेको हो ।


चार वर्षमा पाँच ग्रामीण सडकको ६१.९ किमी पुनःनिर्माण

काठमाडौँ, १२ वैशाख - भूकम्पले क्षतिग्रस्त पाँच ग्रामीण सडकको ६१.९ किमी पुनःनिर्माण सम्पन्न भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) ले जनाएको छ । निर्माण सम्पन्न भएका सडकमा भक्तपुरको तेलकोट–घट्टेडाँडा ७.६ किमी, ललितपुरको ठैब–गोदामचौर २.६ किमी, काभ्रेपलाञ्चोकको खोपासी–ढुँगखर्क १४ किमी, दोलखाको सुनखानी–साङ्बा २७.४ किमी र काठमाडौँको साँखु–पालुवारी–नगरकोटको १०.१ किमीको काम सकिएको हो ।


प्रदेश नं ५ स् एक वर्षमा चार पटक प्रदेशसभा स्थगित

खस्यौली, ११ वैशाख -प्रदेश नं ५ को प्रदेशसभामा एक वर्षको अवधिमा चार पटक प्रदेशसभा स्थगन भएको छ । खास गरेर विपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण विभिन्न विषयमा प्रदेशसभा स्थगन भएको प्रदेश नं ५ को सचिवालयले जनाएको छ ।


प्रदेश नं ३ मा प्रदेशसभा बैठक आह्वान

हेटौँडा, ११ वैशाख -प्रदेश नं ३ प्रमुख अनुराधा कोइरालाले प्रदेशसभाको चौथो अधिवेशन बैठक यही वैशाख ३० गते सोमबार दिनको १ बजे बस्ने गरी आह्वान गर्नुभएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिमको अधिकार प्रयोग गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले सिफारिस गरी पठाएअनुसार उहाँले सो आह्वान गर्नुभएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।


गाउँपालिकाद्धारा मार्सी धान जोगाउन डिपिआर तयार

खलङ्गा, ११ वैशाख - विश्वमै सबैभन्दा अग्लो स्थानमा फल्ने मार्सी धान जोगाउनका लागि डिपिआर तयार गर्न थालिएको छ । जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर क्षेत्रमा फल्ने मार्सी धान जोगाउनका लागि सो गाउँपालिकाले अहिले डिपिआर तयार गर्न थालेको हो ।


गुफाभित्र गाउँकार्यपालिकाको बैठक

दमौली, ११ वैशाख -तनहुँ बन्दीपुर गाउँपालिकाले दक्षिण एशियाकै ठूलो दाबी गरिएको सिद्धगुफाभित्र कार्यपालिकाको बैठक सम्पन्न गरेको छ । बन्दीपुर गाउँपालिका–५ विमलनगरस्थित सिद्धगुफाको प्रचारप्रसार गरी पर्यटक आकर्षित गर्ने उद्देश्यसहित गाउँपालिकाको ४१ औँ कार्यपालिकाको बैठक मङ्गलबार सो गुफाभित्र सम्पन्न गरेको हो ।


स्थानीय तहमा मदिराले धानेको राजश्व

चितवन, ११ वैशाख -आन्तरिक राजश्व कार्यालय भरतपुरमा सङ्कलन हुने राजश्वको अधिकांश हिस्सा मदिराले धान्ने गरेको छ । चितवन र नवलपुर जिल्ला हेर्ने यस कार्यालयमा सङ्कलन हुने राजश्वको ८७ प्रतिशत हाराहारी वियर र मदिराको हुने गरेको छ ।


प्रवासीद्वारा विद्यालयलाई पाँच लाख सहयोग

बेनी, ११ वैशाख - म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा रहेको देउराली आधारभूत विद्यालयलाई प्रवासी एक परिवारले रु पाँच लाख आर्थिक सहयोग गर्नुभएको छ । विद्यालयमा कम्प्युटर कक्षाका लागि आवश्यक पूर्वाधार व्यवस्थापन गर्नका लागि राम्चे घर भई हाल बेलायतमा रहनुभएका स्व मोहनबहादुर पुर्जाका श्रीमती र भाइहरूले मङ्गलबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु गर्बुजालाई रकम हस्तान्तरण गर्नुभयो ।


दम्पतीनै जनप्रतिनिधी त्यसैमा अध्यक्षको जिम्मेवारी - प्रमुख सचेतकलाई सचिवको जिम्मेवारी

धनगढी, बैशाख – नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रदेश सभा सदस्य रतन थापा पार्टीको कैलाली जिल्ला अध्यक्ष भएका छन् । पार्टी एकता घोषणा भएको करिब एक वर्षपछि नेकपाले जिल्ला अध्यक्ष र सचिवहरूको टुङ्गो लगाएसँगै थापाले अध्यक्षको जिम्मेवारी पाएका हुन् ।


सडक, पुल, सामुदायिक भवनदेखि फुटसलसम्मको निर्माणको अवस्थाबारे अनुगमन

भक्तपुर, ११ वैशाख - सूर्यविनायक नगरपालिकाले विकास अनुगमन शुरु गरेको छ । नगरपालिकाको पूर्वाधार विकास समितिको नेतृत्वमा मङ्गलबार भएको अनुगमनका क्रममा सडक, पुल, सामुदायिक भवनदेखि फुटसलसम्मको निर्माणको अवस्थाबारे अनुगमन गरेको थियो ।


पथरी तनाव: उपमेयर घाइते, नगरपालिकामा तालाबन्दी

मोरङ- मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा २९ वर्षीया रीना बस्नेतको रहस्यमय अवस्थामा शव फेला परेपछि अपराधी पत्ता लगाउन माग गर्दै आएका आन्दोलित स्थानीयवासी र प्रहरीबीच आज दिउँसो झडप भएको छ । झडपमा पथरी शनिश्चरे नगरपालिकाका उपमेयर यमुना बास्तोला पनि घाइते भएकी छन् ।


गाउँपालिकालाई नमूना शहरको रूपमा विकास गर्न डिपिआर शुरु

लमही, १० वैशाख-दाङको गढवा गाउँपालिकालाई नमूना शहरको रूपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम शुरु भएको छ । शहरी विकास मन्त्रालयले नेपालका १६ जिल्लामध्ये दाङको गढवा गाउँपालिकालाई नयाँ शहर बनाउन डिपिआर शुरु गरेको छ ।


कामपामा प्रमुखको अध्यक्षतामा आगामी एक हप्तामा विपत् व्यवस्थापन समिति

काठमाडौँ, १० वैशाख - काठमाडौँ महानगरपालिका (कामपा)ले जारी गरेको विपत् व्यवस्थापन ऐन कार्यान्वयनका लागि एक हप्ताभित्र कामपाका प्रमुखको अध्यक्षतामा समिति तयार हुने भएको छ । कामपाको गत चैत २४ गते बसेको चौथो नगरसभाले उक्त ऐन पारित गरेको थियो ।


सिरहाका ७६ हजार बालबालिका पुस्तकविहीन -स्थानीय तहले दिएनन् विद्यालयलाई बजेट

१० बैशाख सिरहा - स्थानीय तहले पाठ्यपुस्तक किन्ने पैसा नदिँदा सिरहाका अधिकांश विद्यालयले विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन सकेका छैनन्  । जिल्लाका १७ मध्ये ११ वटा स्थानीय तहले पाठ्यपुस्तक र छात्रवृत्तिको पैसा विद्यालयलाई अझै दिएका छैनन्  ।


कर्णालीका ४ वटा स्थानीय तहमा मात्र पूर्ण विद्युतीकरण

१० बैशाख - कर्णालीका १० जिल्लाका ७९ वटा स्थानीय तहमध्ये ४ वटा स्थानीय तहमा मात्र पूर्ण विद्युतीकरण भएको छ  । अन्य स्थानीय तह भने वैकल्पिक व्यवस्था अपनाउन बाध्य रहेको एक अध्ययनले देखाएको छ  ।


शिक्षा मन्त्रालय–स्थानीय तह द्वन्द्वः वडा अध्यक्षद्वारा अभिभावकलाई फर्मान जारी

काठमाडौं, ८ वैशाख- जिल्ला शिक्षा समन्वय इकाइ र स्थानीय तहबीच देखिएको द्वन्द्वले उग्र रुप लिंदै अब केन्द्रतिर सरेको छ । शिक्षक सेवा आयोगले स्थायीका लागि सिफारिस गरेका शिक्षकहरुलाई आफूहरुसँग समन्वय नगरी विद्यालयमा पठाएको भनेर केही स्थानीय तहले शिक्षकलाई हाजिर हुन दिएका छैनन् ।


जनप्रतिनिधि पनि नेकपाको जिल्ला नेतृत्वमा (सूचीसहित)

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले लामो कसरतपछि जिल्ला नेतृत्व पनि टुंगो लगाएको छ । पार्टी एकीकरण भएको १० महिनापछि नेकपाको जिल्ला नेतृत्व टुंग्याएको हो ।


स्थानीय तहलाई एम्बुलेन्स र दमकल किन्न स्वीकृति प्रदान

हेटौँडा, ९ वैशाख -प्रदेश नं ३ सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहलाई एम्बुलेन्स र दमकल खरीद गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । बैठकले हेटौँडा–१५ मा ‘अटो–भिलेज’ निर्माणका लागि हेटौँडा उपमहानगरपालिकालाई ३० वर्षे भोगाधिकार प्रदान गर्न सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णयसमेत गरेको छ ।


३ सय परिवारलाई मिटरबक्स र कालोतार

तेह्रथुम छथर - गाउँपालिकालाई अन्धकार मुक्त बनाउने उदेश्यका साथा उज्यालो छथर अभीयान अन्तरगत ३ मिटरबक्स र कालोतार दिन सुरु गरीएको छ । आर्थीक रुपमा बिपन्न जहाँ अहिले सम्म बिद्युतको पहुँचबाट बञ्चित रहेका परिवारहरुलाई कालोतार मिटरक्स दिन सुरु गरीएको हो ।


१ सय १ पर्यटकीय गन्तव्य पहिचान गर्दै कर्णाली सरकार

९ बैशाख, सुर्खेत - कर्णाली प्रदेश सरकारले कर्णालीका विभिन्न जिल्लाका १ सय १ पर्यटकीय क्षेत्रहरू पहिचान गरी पर्यटन गन्तव्यका रूपमा घोषणा गर्ने तयारी गरेको छ  । कर्णालीमा पर्यटक आकर्षित गर्न संघीय सरकारले पर्यटकीय गन्तव्यमा छुटाएका पर्यटकीय क्षेत्रहरूलाई प्रदेश सरकारले समेट्ने गरी तयारी गरिएको कर्णाली प्रदेश सरकारको पर्यटनमन्त्री नन्दसिंह बुढाले बताए  ।


ललितपुर महानगरपालिकामा भवन अभाव

ललितपुर, ९ वैशाख - जिल्लाका विषयगत कार्यालयका कर्मचारी समायोजन भएर आइरहे पनि ती कार्यालयका भवन नहुँदा ललितपुर महानगरपालिकामा भवन अभाव रहेको छ । कर्मचारी आइरहे पनि भवन पर्याप्त नहुँदा कर्मचारी व्यवस्थापन गर्न कठिन रहेको महानगरले जनाएको छ ।


कर्मचारी भर्ना गर्ने प्रदेश २ को तयारी, खरदारदेखि सहसचिवको विज्ञापन गर्ने

धनुषा : प्रदेश २ अन्तर्गतको मन्त्रालय र स्थानीय तहमा रिक्त रहेको दरबन्दीमा प्रदेशस्तरीय कर्मचारी भर्ना गर्ने तयारी थालिएको छ । प्रदेश २ सरकार गठन भएदेखि नै कर्मचारी अभावले कामकाज प्रभावित भइरहेको भन्दै कर्मचारी भर्नाका लागि प्रदेश सरकारले प्रक्रिया थालनी गरेको हो ।


कन्काईमा ४ हजार घनमिटरको वायोग्यास प्लान्ट बन्ने

७ बैशाख झापा - झापाका तीनवटा नगरपालिका फोहोरलाई मोहोर बनाउने अभियानमा लागेका छन् । नगर क्षेत्रबाट निस्कने फोहोर प्रशोधन गरी त्यसबाट वायोग्यास उत्पादन गर्ने लक्ष्यका साथ बिर्तामोड, कन्काई र अर्जुनधारा नगरपालिकाले संयुक्त प्रयास थालेका हुन् ।


सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण

हेटौँडा, ७ वैशाख - आफ्ना सन्तानलाई महङ्गो शुल्क तिरेर भए पनि निजी विद्यालयमै भर्ना गर्न चाहने अधिकांश अभिभावक अहिले भने धमाधम सामुदायिक विद्यालयमा भर्ना गराउन थालेका छन् । सामुदायिक विद्यालयको पठनपाठनमा सुधार आएपछि अभिभावकहरुले निजी विद्यालयबाट आफ्ना छोराछोरी झिकेर सामुदायिक विद्यालयमा पढाउन थालेका हुन् ।


सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण

हेटौँडा, ७ वैशाख - आफ्ना सन्तानलाई महङ्गो शुल्क तिरेर भए पनि निजी विद्यालयमै भर्ना गर्न चाहने अधिकांश अभिभावक अहिले भने धमाधम सामुदायिक विद्यालयमा भर्ना गराउन थालेका छन् । सामुदायिक विद्यालयको पठनपाठनमा सुधार आएपछि अभिभावकहरुले निजी विद्यालयबाट आफ्ना छोराछोरी झिकेर सामुदायिक विद्यालयमा पढाउन थालेका हुन् ।


प्रदेशस्तरीय कर्मचारी भर्ना गर्ने तयारी

धनुषा, ७ वैशाख - प्रदेश नं २ अन्तर्गतको मन्त्रालय र स्थानीय तहमा रिक्त रहेको दरबन्दीमा प्रदेशस्तरीय कर्मचारी भर्ना गर्ने तयारी थालिएको छ । प्रदेश नं २ सरकार गठन भएदेखि नै कर्मचारी अभावले कामकाज प्रभावित भइरहेको भन्दै कर्मचारी भर्नाको लागि प्रदेश सरकारले प्रक्रिया थालनी गरेको हो ।


वालिङ नपा र क्लियरिङ हाउसबीच सम्झौता

वालिङ, ७ वैशाख - सेवाग्राहीले नगरपालिकालाई वा नगरपालिकाले सेवाग्राहीलाई भुक्तानी गर्नुपर्ने रकम अब चेकबाट नभई अनलाइनबाट भुक्तानी गर्ने कार्यका लागि वालिङ नगरपालिका र नेपाल क्लियरिङ हाउसबीच शुक्रबार सम्झौता भएको छ । नगरपालिकाका तर्फबाट नगरप्रमुख दिलीपप्रताप खाँण र क्लियरिङ हाउसका कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानबीच सम्झौता भएको हो ।


प्रदेश २ मा सीडीओको अधिकार खोस्ने विधेयक

जनकपुर : संघीय सरकारमातहत रहेका प्रमुख जिल्ला अधिकारी९सीडीओ० को अधिकार खोस्नेगरी प्रदेश २ सरकारले प्रदेश प्रशासन विधेयक ल्याएको छ । कान्तिपुर दैनिकमा प्रकाशित समाचारअनुसार दफावार छलफलका लागि प्रदेशसभामा दर्ता गरिएको विधेयक पारित भए प्रदेशले नियुक्त गर्ने प्रशासन अधिकारीले सीडीओजत्तिकै अधिकार प्रयोग गर्न पाउनेछन् ।


प्रदेश नम्वर १ मा पाँच बर्षे आवधिक योजनाको आधार-पत्र तयार

सुनसरी: प्रदेश नं एकको राष्टिय योजना आयोगले पाँच बर्षे आवधिक योजनाको आधार पत्र तयार गरेको छ । आधार पत्र माथि आज प्रदेशका सांसदहरुको सुझाव लिइएको छ ।


छोराछोरी सामुदायिक विद्यालयमा पढाउन रत्ननगर नगरपालिकाको निर्देशन

भरतपुर : सामुदायिक विद्यालयको अवस्था निरन्तर खस्कदै गएपछि चितवनको रत्ननगर नगरपालिकाले नगरभित्रका सरकारी शिक्षक र कर्मचारीले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने भन्दै परिपत्र गरेको छ । वैशाख २ गते परिपत्र गर्दै नगरपालिकाले सरकारी कर्मचारी, शिक्षक, जनप्रतिनिधि लगायत सरकारी तलब भत्ता सुविधा लिने सम्पूर्णले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गराउनुपर्ने निर्देशन दिएको हो ।


न्याय सम्पादनमा डोटीका दुई स्थानीय तह उत्कृष्ट

डोटी :न्याय सम्पादनमा जिल्लाका दुई स्थानीय तह उत्कृष्टमा परेका छन् । दीपायल सिलगढी नगरपालिकाको महिला तथा बालबालिका एकाइले आयोजना गरेको लैङ्गिक हिंसा निवारणमा न्यायिक समितिको क्षमता विकाससम्बन्धी दुईदिने तालीममा उक्त नगरपालिका र जोरायल गाउँपालिका उत्कृष्टमा परेको जानकारी दिइएको हो ।


तीन सय ६९ सहिद तथा बेपत्ता परिवारलाई जस्तापाता

६ बैशाख रोल्पा - रोल्पाका तीन सय ६९ सहिद तथा बेपत्ता परिवारलाई जस्तापाता वितरण भएको छ  । सांसद सुरक्षित आवास कार्यक्रमअन्तर्गत मन्त्री वर्षमान पुनको पहलमा बिहीबार जस्तापाता वितरण भएको हो  ।


गाउँपालिकामा एक सय ३८ वटा स्ट्रेचर वितरण

प्रदेश नंं १ संखुवास - संखुवासभाको दुर्गम सिलिचोङ गाउँपालिकामा एक सय ३८ वटा स्ट्रेचर वितरण गरिएको छ  । बुधबारे बजारमा स्ट्रेचर वितरण गर्दै पूर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले दुर्गम अरुणपारिको गाउँपालिका सिलिचोङमा स्वास्थ्यसेवा पुर्‍याउन आफ्नोतर्फबाट सक्दो पहल गर्ने बताए  ।


समायोजनमा देखिएको असन्तुष्टि तत्काल हल हुन्छ मन्त्री पण्डित

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनमा देखिएको असन्तुष्टि तत्काल हल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै सरकारी चिकित्सकहरुले समेत आन्दोलन गरिरहेका बेला मन्त्री पण्डितले सम्बन्धित पक्षसँग छलफल गरी ती समस्या तत्काल हल गर्ने बताए ।


अबको मिसन विकास र समृद्धि : मुख्यमन्त्री शाही

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अबको मिसन विकास र समृद्धि हुनुपर्ने बताए । गोरखापत्रको कर्णाली प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षणको बिहीबार सुर्खेतमा उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले अबको मिसन विकास, समृद्धि र सुशासन हुनुपर्ने बताए ।


प्रदेश ३ प्रदेशसभामा पहिलो पटक शून्य समयको अभ्यास

मकवानपुर : प्रदेश ३ को प्रदेशसभामा पहिलो पटक शून्य समयको अभ्यास गरिएको छ । बुधबार दिउँसो एक बजे बसेको प्रदेशसभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले पहिलोपटक शून्य समयको व्यवस्था गर्नुभएको हो ।


हावाहुरी प्रभावीतलाई प्रदेश ३ का मुख्यमन्त्री पौडेलले गरे १ करोडको चेक

बारा : बारा र पर्साका हावाहुरी प्रभावीतलाई प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले एक करोडको चेक हस्तान्तरण गर्नुभएको छ । पौडेलले मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण चेक हस्तान्तरण गर्नुभएको हो ।


सात सय १३ स्थानीय तहमा बैंक शाखा : कुन प्रदेशमा कती ?

काठमाडौं : चालु आवको आठ महिनासम्म सात सय १३ स्थानीय तहमा बैंक शाखा पुगेको छ । सरकारले देश संघीयतामा गएपछि अघि सारेको यो अभियानलाई सार्थकता दिन पूर्वाधार निर्माणलगायतमा सहयोग पुरयाउँदै आएको छ ।


पाल्पामा वम विस्फोट, गाउँपालिका भवनमा क्षति

पाल्पा :पाल्पामा वम विस्फोट भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिकाको कार्यालय परिसरमा बिहीवार वम विष्फोट भएको हो ।


दरबन्दी टुङ्गो लगाउँदै महानगरपालिका

काठमाडौँ, ४ वैशाख (रासस) : ललितपुर महानगरपालिकाले यहाँ आवश्यक दरबन्दी टुङ्गो लगाउने भएको छ । पहिले उपमहानगरपालिका हुँदाको दरबन्दी अहिले पर्याप्त नभएकाले दरबन्दीका विषयमा आवश्यक गृहकार्य भइरहेको महानगरपालिकाले जनाएको छ ।


गाउँपालिका कार्यालय रित्तो पारेर जनप्रतिनिधि दार्जिलिङ भ्रमणमा

रुकुम : रुकुम (पश्चिम) को सानीभेरी गाउँपालिका–३ की लीला गुरुङ अपांगता भएका दुई नाति–नातिना लिएर अपांग परिचयपत्र बनाउन मंगलबार बिहान १० बजे नै गाउँपालिका कार्यालय पुगिन्  । तर, ३० चैतदेखि जनप्रतिनिधि र कर्मचारीविहीन कार्यालयबाट लीलाको काम सम्भव भएन  ।


सुदूरपश्चिम प्रदेशसभा: सांसदहरुले गरे समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

धनगढी: सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबारको प्रदेशसभा बैठकको विशेष समयमा बोल्ने प्रदेशसभा सदस्यले प्रदेशको समृद्धि र विकासमा सरकार गम्भीर नभएको आरोप लगाएका हुन् ।


कर्मचारी समायोजनको मार स्थानीय तहमा

काठमाडौं : नुवाकोटको किस्पाङ गाउँपालिकाको तीनवटा वडा हेर्ने जिम्मेवारी पाउनुभएका एक सचिवले कर्मचारी समायोजनको आवेदन दिँदा संघ नै रोजेका छन । यो समाचार आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेख्नुभएको छ ।


सात वर्षमा पनि बनेन भत्केकोपार्टी–नगरकोट सडक

भक्तपुर: दुई वर्षमा निर्माणकार्य सम्पन्न भइसक्नुपर्ने भत्केकोपार्टी–नगरकोट सडक सात वर्षमा पनि नबनेपछि स्थानीयवासीले २५१ सदस्यीय नगरकोट सडक पीडित सङ्घर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । एक्जिम बैंक भारतको सहयोगमा भत्केकोपाटी–खरिपाटी–तेलकोट–नगरकोट खण्डको ४० किमी सडक निर्माण आयोजनाको जिम्मा पाएको शैलुङ कन्ष्ट्रक्सनले सात वर्षमा पनि निर्माण सम्पन्न नगरी सडकलाई अलपत्र बनाएपछि स्थानीय बासिन्दा आन्दोलित बनेका हुन् ।


मेयर छोरालाई मन्त्रीको २४ करोड

काठमाडौं : शिक्षा स्वास्थ्यको बजेटलाई रकमान्तर गरेर प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर शाहले छोरा मेयर रहेको नगरपालिकालाई २४ करोड बटेट फुटकर योजनमा विनियोजन गर्नुभएको छ । आर्थिक वर्षको अन्त्यतिर कर्मचारी र व्यवस्थापन समस्या देखाउँदै मन्त्रीले शिक्षा र स्वास्थ्यमा खर्च गर्न विनियोजन गएिको ७० करोड रुपैयाँ फुटकर योजनामा रकमान्तर गरेको हो ।


१२ सहसचिवको सरुवा

काठमाडौं- सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत एक दर्जन सहसचिवहरूको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुपनारायण भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।


भेरी–बबई डाइभर्सन सुरुङको ‘बे्रक थु्र’

सुर्खेत, ३ वैशाख -प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको आज ‘बे्रक थु्र’ भएको छ । टनेल बोरिङ मेशिन ९टिबिएम० प्रविधिमा पहिलो पटक नेपालमा सो सुरुङ निर्माण भएको हो ।


उपभोक्ताको स्वास्थ्यलाई खेलवाड गर्ने हत्यारासरह हुन्–मुख्यमन्त्री राउत

जनकपुरधाम, ३ वैशाख - प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ताको जीवनसँग खेलबाड गर्नेलाई मृत्युदण्डको सजायको व्यवस्था हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज यहाँ आयोजित उपभोक्ताको मानवअधिकार अवस्था विषयक प्रदेशस्तरीय कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले फर्मालिन ९शवलाई गन्हाउन नदिने० औषधिको प्रयोग गरी वस्तु बिक्री गर्ने व्यक्ति मानव हत्यारा हुन् भन्नुभयो ।


सूर्योदय नगरपालिकामा चिया उद्योग श्रम ऐन कार्यान्वयन गर्न तयार

पशुपतिगनर, ३ वैशाख - चियाको राजधानी सूर्योदय नगरपालिकामा रहेका ५२ चिया कारखाना श्रम ऐन कार्यान्वयन गर्न सहमत भएका छन् । सूर्योदय टी प्रोडयुसर्स एशोसिएसनमा आबद्ध रहेका उद्योगले सरकारसँग २५ बँुदे माग राख्दै श्रम ऐन कार्यान्वयमा ल्याउन लागेका हुन् ।


बाँकी कामको स्तरोन्नतिका कारण जुम्ला विमानस्थल २० दिन बन्द हुने

जुम्ला, जुम्ला विमानस्थल २० दिनका लागि बन्द हुने भएको छ । बाँकी रहेको स्तरोन्नतिको काम गर्नका लागि यही वैशाख ५ गतेदेखि विमानस्थल बन्द हुने भएको हो ।


आजदेखि विदेशबाट फर्किएकाको सीप परीक्षण

काठमाडौँ,सरकारले आजदेखि विदेशबाट फर्किएका युवाको सीप परीक्षण गर्ने भएको छ । विदेशमा विभिन्न सीप आर्जन गरेर फर्केका युवाको सीप प्रमाणीकरण गरी आन्तरिक श्रम बजारमा रोजगारीका अवसर प्राप्त गर्ने तथा स्वरोजगार बन्न अभिप्रेरित गर्ने उद्देश्यले सीप परीक्षण गर्न लागिएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिनुभयो ।


देशभरका ७५३ स्थानीय तहमार्फत विद्यार्थी भर्ना अभियान शुरु

भक्तपुर, ३ वैशाख - ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऊँ’ भन्ने नाराका साथ सोमबारदेखि देशभर एकैसाथ विद्यार्थी भर्ना अभियान शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आह्वान तथा स्थानीय सरकारको अधिकार अनुरुप सोमबारबाट देशभरका ७५३ स्थानीय तहमार्फत विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउने उद्देश्यका साथ विद्यार्थी भर्ना अभियान शुरु गरिएको हो ।


हेलम्बु सरकारको बजेट चैत मसान्तमै फरफारक

असारमा बजेट प्रस्तुत, तत्कालै योजनाको ठेक्का सम्झौता, असोजमा योजना कार्यान्वयन, चैतमा सम्पन्नहेलम्बु- स्थानीय, प्रदेश र संघीय सरकारले लक्ष्यअनुसार, बजेट खर्च गर्न सकेको छैन । अब कर्मचारी तथा जनप्रतिनिधि वैशाखदेखि असार मसान्तसम्म बजेट खर्च गर्न रात–दिन खट्नेछन् ।


टीमएमजे क्षेत्रलाई देशकै एक उत्कृष्ठ गन्तब्य वनाउन पहल सुरु

सुनसरी, गुराँसको राजधानीका रुपमा प्रख्यात तीन जुरेमिल्केजलजले क्षेत्रलाई देशकै एउटा उत्कृष्ठ गन्तब्य वनाउनका लागि पहल थालिएको छ । तीन जुरेमिल्के जलजलेको क्षेत्र विस्तार गर्दै उचित ब्यवस्थापनका साथ उत्कृष्ठ गन्तब्य वनाउन पहल थालिएको हो ।


स्थानीय तहमा जथाभावी खर्च

सुर्खेत ,२ वैशाख — जनप्रतिनिधि चुनिएर आएको पहिलो वर्ष कर्णाली प्रदेशका स्थानीय तहमा चरम आर्थिक अनियमितता भएको छ  । महालेखा परीक्षकको कार्यालयले शुक्रबार कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई बुझाएको प्रतिवेदनमा प्रदेश सरकार र स्थानीय तहमा भएका अनियमितताबारे औंल्याइएको छ  ।


चार स्थानीय तहद्वारा मेलमिलापकर्ता जनशक्ति उत्पादन

जाजरकोट, समुदायका मनमुटाव, वैमनस्यता र झगडालगायत विवाद समाधान गर्न यहाँका चार स्थानीय सरकारले मेलमिलापकर्ता तयार गरेका छन् । जिल्लाका नलगाड नगरपालिका, भेरी नगरपालिका, कुशे गाउँपालिका र बारेकोट गाउँपालिकाले झण्डै १४० भन्दा बढी मेलमिलापकर्ता जनशक्ति उत्पादन गरेका हुन् ।


कामपाः खर्च हुन नसकेको ६७ करोड १० लाख रकमान्तर

काठमाडौं, काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमा खर्च गर्न नसकेको ६७ करोड १० लाख रकमान्तर गरेको छ । गत चैत २४ गते बसेको चौँथो नगर सभाले चालू आवका लागि स्वीकृत बजेटका विभिन्न शिर्षकहरूमा खर्च हुन नसकेको रकम तत्काल खर्च गर्नुपर्ने अन्य शिर्षकमा रकमको ।


केन्द्रले पठाएको कर्मचारी स्थानीय तहले फिर्ता गरे

०२ बैशाख काठमाडौँ - संघीय सरकारले समायोजन गरी पठाएका कर्मचारीलाई केही स्थानीय तहले फिर्ता पठाएका छन् । आफूसँग साविकमा कार्यरत कर्मचारी पर्याप्त भएको भन्दै संघीय सरकारले पठाएका कर्मचारी फिर्ता पठाएका हुन् ।


महानगरका सबै वडामा विपत् व्यवस्थापन समिति बनाइने

१ बैशाख २०७६ काठमाडौं - काठमाडौं महागरपालिकाले सबै वडामा विपत् व्यवस्थापन समिति गठन गर्ने भएको छ  । नगरसभाले जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन पारित गरेसँगै सबै वडामा समिति गठन गर्ने भएको हो  ।


स्थानीय सरकारका खर्चमा प्रश्‍नै प्रश्‍न

२०७६ बैशाख ०१ काठमाडौं - स्थानीय तहले अनुशासनको व्यापक उल्लंघन गरेको पाइएको छ । संघीयता कार्यान्वयनपछि पहिलोपटकको लेखापरीक्षण प्रतिवेदनमा स्थानीय तहले फजुल खर्च गर्दै आएको उल्लेख छ ।


विकासको वर्ष

२०७६ वैशाख १ काठमाडौँ - विकास–निर्माणका हिसाबले नयाँ वर्ष २०७६ उल्लेख्य हुने देखिएको छ  । यससँग सम्बन्धित हालसम्मका तथ्य उत्साहजनक छन्  ।


प्रधानमन्त्रीले नयाँ वर्षमा देशबासीलाई गर्नुभएको सम्बोधनको पूर्णपाठ

देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरु,नयाँ वर्ष २०७६ को मङ्गलमय शुभकामना । गए रातिबाट हामीले विक्रम सम्वत् २०७५ लाई बिदा गर्यौ ।


बिद्यालय भर्ना अभियानको जिम्मा स्थानीय तहलाई

चैत ३० काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी सोबारदेखि हुने बिद्यालय भर्ना अभियानको जिम्मा स्थानीय तहलाई दिने निर्णय गरेको छ । मन्त्रालयको सचिवस्तरीय बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई अभियानको जिम्मा दिने निर्णय गरेको हो ।


स्थानीय तहमा अनुदानको दुरुपयोग: वित्तीय समानीकरण अनुदानको रकम मोटरसाइकल किन्न खर्च

काठमाडौं : संघीयता कार्यान्वयनको सुरुवाती वर्ष आर्थिक वर्ष २०७३र०७४ मा विभिन्न स्थानीय तहले १ हजार ८७८ सवारीसाधन तथा मोटरसाइकल खरिदमा १ अर्ब १८ करोड ५५ लाख ६९ हजार रुपैयाँ खर्च गरेका छन् । स्थानीय तह प्रमुख र उप–प्रमुखको लागि चारपांग्रे सवारीसाधन र वडा अध्यक्ष र कर्मचारीको लागि मोटरसाइकल खरिद भएको देखिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।


तुल्सीपुर उपमहानगरद्धारा मातृभाषामा शिक्षा दिन विधेयक पारित

लमही: दाङको तुलसीपुर उपमहानगरपालिकाले मातृभाषामा शिक्षा दिन विधेयक पारित गरेको छ । यससँगै अब उपमहानगरपालिकाभित्रका कक्षा १ देखि ५ सम्म कुनै पनि विद्यालयले मातृभाषामा शिक्षा दिने बाटो खुला भएको छ ।


अख्तियारको उच्च निगरानीमा स्थानीय तहका जनप्रतिनिधि

चैत २९, पर्वत -अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ । आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजना गरेको अन्तरक्रियामा आयुक्त गुरुङले आयोगले जनप्रतिनिधि र स्थानीय तहमा भइरहेका अनियमितताको बारेमा निगरानी राखेको र जुनसुकै बेला पनि कारवाही हुनसक्ने स्पष्ट गर्नुभयो ।


इटहरी उपमहानगरभित्रका सरकारी विद्यालयहरुमा सीसी टिभी जडान

इटहरी: इटहरीका सरकारी विद्यालयहरुमा सीसी टिभी जडान गरिएको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले आफ्नो कार्यकक्षमा दुर अवलोकन पद्धतीको उदघाटन गर्नुभयो ।


नयाँ शैक्षिक सत्रदेखि स्थानीय पाठ्यपुस्तक सञ्चालनमा ल्याउँदै त्रिवेणी गाउँपालिका

सल्यान : नयाँ शैक्षिक सत्रदेखि त्रिवेणी गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक सञ्चालनमा ल्याउने भएको छ । स्थानीय पाठ्यक्रम निर्माण गर्दै गाउँपालिकलो मेरो त्रिवेणी नामक स्थानीय पाठ्यपुस्तक नयाँ शैक्षिक सत्रदेखि सञ्चालनमा ल्याउने भएको हो ।


कालिन्चोक गाउँपालिकाका सबै वडामा दर्ता सिफारिस एवं प्रमाणपत्र ब्यवस्थापन प्रणाली जडान

दोलखा : कालिन्चोक गाउँपालिकाका सबै वडामा दर्ता सिफारिस एवं प्रमाणपत्र ब्यवस्थापन प्रणाली (कम्प्युटर सफट्वेयर) जडान गरिएको छ । सूचना प्रविधि अधिकृत प्रविण चौहानका अनुसार बिहीबारबाट सबै वडामा यो प्रणाली जडान गर्ने कार्य सम्पन्न गरिएको हो ।


हावाहुरी प्रभावीतलाई गण्डकी प्रदेश सरकारको १ करोड सहयोग गर्ने निर्णय

पोखरा : बारा र पर्सा जिल्लामा हावाहुरी प्रभावीतलाई गण्डकी प्रदेश सरकारले १ करोड सहयोग गर्ने निर्णय गरेको छ । गण्डकी सरकारको बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले बारा पर्साका हावाहुरीपीडित जनताको आवास निर्माणको लागि एक करोड सहयोग गर्ने निर्णय गरेको हो ।


प्रदेश ५ मा मदरसा बोर्ड गठन गर्ने प्रदेश सरकारको तयारी

कपिलवस्तु : प्रदेश ५ मा मदरसा बोर्ड गठन गर्ने प्रदेश सरकारले तयारी थालेको छ । प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रदेश सरकारले मदरसा बोर्ड गठन गर्ने तयारी थालेको बताउनुभएको हो ।


७६१खवर डटकम द्धरा आज प्रकाशीत सवैप्रदेशका संक्षीप्त स्थानीय खवरहरु

प्रदेश नं १ - ग्रामथान गाउँपालिकामा सुकुम्बासीहरुको बसोवास व्यवस्थित गर्न एकिकृत बस्ती निर्माणमोरङ मोरङको ग्रामथान गाउँपालिकाले सुकुम्बासीहरुको बसोवास व्यवस्थित गर्न एकिकृत बस्ती निर्माण कार्य थालेको छ । ऐलानी जमिन र बाटोघाटोमा बसिरहेका सुकुम्बासीहरुको बसोवास व्यवस्थित गर्न ग्रामथान गाउँपालिकाले चरणबद्ध रुपमा एकिकृत बस्ती निर्माण कार्य थालेको हो ।


हुरी पीडितलाई जीतपुरसिमरा उपमहानगरपालिकाद्धारा पाँच लाख नगद उपलब्ध गराउने निर्णय

जीतपुर, हुरी प्रभावित बस्तीका पीडितलाई पुर्नस्थापनाका लागि जीतपुरसिमरा उपमहानगरपालिकाकाले पाँच लाख नगद उपलब्ध गराउने निर्णय गरेको छ । ्उपमहानगरको नगर कार्यपालिकाको बैठकले हुरीका कारण घरविहिन बन्न पुगेका नागरिकको घर पुर्न्निर्माणका आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।


प्रदेश १ मन्त्रिपरिषद् बैठक : राजपत्र प्रकाशन प्रदेशबाटै गर्ने निर्णय

विराटनगर: प्रदेश १ मन्त्रिपरिषद्‍को बैठकले वृहत विराट क्षेत्र विकास सम्बन्धमा बनेको विधेयक प्रदेशसभामा लैजान स्वीकृति दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्माण गरेको उक्त विधेयक संसद्‍मा लाने बुधबार बसेको मन्त्रिपरिषद्‍ले निर्णय गरेको हो ।


प्रदेश नं ५ः मापदण्ड मिचेर नदीजन्य पदार्थको दोहन

रुपन्देही : प्रदेश नं ५ मा नदीजन्य पदार्थको उत्खनन र सङ्कलन व्यवसायीले मनपरी ढङ्गले गर्दै आएको पाइएको छ । प्रदेश नं ५ को सार्वजनिक लेखा समितिले हालै गरेको अनुगमनका क्रममा व्यवसायीले मापदण्ड मिचेर नदीजन्य पदार्थको दोहन गरेको पाइएको हो ।


प्रदेश सांसदले एक करोडसम्म खर्च गर्न पाउने

हेटौँडा : प्रदेश नं ३ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बैठकले प्रदेश विकास आयोजना सञ्चालन गर्ने कार्यविधि २०७५ स्वीकृति प्रदान गरेको छ । प्रदेशसभाको बुधवार बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सो कार्यविधि अनुसार प्रदेशसभाका प्रत्येक सदस्यले आआफ्नो निर्वाचन क्षेत्रमा जनताद्वारा माग गरिएको योजनामा एक करोडसम्म खर्च गर्न पाउने गरी अधिकार प्रत्योजन गरिएको जानकारी दिए ।


कर्णाली प्रदेश सहकारी विधेयक पारित

सुर्खेत : कर्णाली प्रदेश सहकारी विधेयक २०७५ प्रदेश सभाबाट पारित भएको छ । प्रदेश सभाको आज मंगलबार बसेको बैठकले सो विधेयक पारित गरेको हो ।


२८ करोड खर्चेर खानेपानी ल्याइने

चैत्र२७ताप्लेजुङ - ताप्लेजुङ सदरमुकाम फुङलिङमा २८ करोड खर्चेर खानेपानी ल्याइने भएको छ । फुङलिङ नगरपालिकाले पाथीभरा मन्दिर छेउको जम्बुधारे–मैदाने मुहानबाट पानी ल्याउने तयारी थालेको हो ।


धार्मिक पर्यटनलाई प्रदेश सरकारको प्राथमिकतामा राखेर अघि बढेका छौं : मुख्यमन्त्री राउत

जनकपुरधाम, मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको विकासका लागि प्रदेश सरकारले धार्मिक पर्यटनलाई प्राथमिकतामा राखेर अघि बढेको बताउनु भएको छ । सिरहाको लहान १८ स्थित पकडीया गढको संरक्षण सम्बद्र्धनको उद्देश्यले आयोजित पाँचौ पकडीया गढ महोत्सवको उद्घाटन गदै मुख्यमन्त्री राउतले पकडीया गढको विकासको लागि प्रदेश सरकारले हर सम्भव सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।


बाह्रबिसे नगरपालिकाको छैटौं घुम्ती शिविर गातीमा

दिनेश दुलाल/ बाह्रबिसे (सिन्धुपाल्चोक)बाह्रबिसे नगरपालिकाले आफ्नो नगरभित्र रहेका नागरिकलाई घरघरमा सेवा पु¥याउने उद्देश्यका साथ सुरु गरेको एकीकृत घुम्ति सेवा अभियान छैटौं चरण पार गरेको छ । नगरका सबै वडाहरुमा उक्त सेवा पु¥याउने अभियानको उक्त नगरको वडा नम्बर ६ गातिमा हिजो एकीकृत घुम्तीशिविर सम्पन्न गरेको हो ।


कर्मचारी कुर्दै स्थानीय तह

बाजुरा : चालू आर्थिक वर्षको तेस्रो चौमासिक लागिसक्दा पनि उपभोक्ता समितिसँगको सम्झौतादेखि लगत स्टिमेटको कामसमेत नभएपछि यहाँका जनप्रतिनिधि तनावमा छन् । स्थानीय तह निर्वाचनको दुई वर्ष पुग्न लागिसक्दा पनि गाउँपालिका तथा नगरपालिकाका बासिन्दाका गुनासा फेरिएका छैनन् ।


स्थानीय तहमा खटिएका कर्मचारी फिर्ता

चैत्र २६ काठमाडौं - समायोजन भई स्थानीय तहमा खटिएका कर्मचारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता भएका छन् । विभिन्न स्थानीय तहले आवश्यक कर्मचारी रहेकाले मन्त्रालयबाट खटाइएका बिना दरबन्दीका कर्मचारीहरूलाई हाजिर गराउन नसकिने कारण देखाई हाजिरै नगरी फर्काइदिएका हुन् ।


बुटवल उपमहानगरपालिकाद्धारा नदीजन्य वस्तुको अवैध उत्खनन् रोक्न अनुगमन समिति

बुटवल, नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न बुटवल उपमहानगरपालिकाले अनुगमन समिति बनाएको छ । वातावरणीय प्रभाव मूल्यांकनका आधारमा मात्रै नदीजइ वस्तु उत्खनन् गर्नेगरि बुटवलले समुदायसमेतको सहभागिताको अनुगमन समिति बनाएको हो ।


नगरसभा द्वारा झण्डै चार करोड बराबरको बजेट पारित - चार कार्यविधि पास

चैत २६, बेझाड, पाल्पा - रामपुर नगरपालिका पाल्पाको चौथो नगरसभाले चार कार्यविधि पास गरेको छ । नगरसभाले नदी तथा सार्वजनिक क्षेत्रको सरसफाइसम्बन्धी कार्यविधि २०७५, स्थानीय राजपत्रसम्बन्धी कार्यविधि २०७५, युवा स्वरोजगार कार्यक्रम कार्यविधि २०७५ र नगरपालिका विधान समिति नियमावली २०७५ बहुमतले पास गरेको हो ।


स्थानीय तहमा नयाँ बहसः नगरपालिका प्रमुखले नै फिर्ता पठाए प्रशासकीय अधिकृतलाई

ताप्लेजुङ — पाँचथरको फिदिम नगरपालिकाका प्रमुख ओनहाङ नेम्वाङले सोमबार प्रमुख प्रशासकीय अधिकृत घनश्याम उपाध्यायलाई फिर्ता पठाउन पत्राचार गरेका छन् । सरुवा गर्ने अधिकार नभएका नेम्वाङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्रमार्फत् काज फिर्ता गरिदिन अनुरोध गरेका हुन् ।


सुनवल नगरपालिकाको खोलाको ठेक्कासम्बन्धी फाइल अख्तियारको नियन्त्रणमा

बुटवल, २५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले आइतबार पश्चिम नवलपरासीको सुनवल नगरपालिकाबाट खोलाको ठेक्कासम्बन्धी दुई फाइल नियन्त्रणमा लिएको छ ।


काठमाडौं महानगरपालिका : चार विधेयक स्वीकृत गर्दै चौथो नगरसभा सम्पन्न

काठमाडौं : काठमाडौं महानगरपालिकाले स्थानीय सरकार सञ्चालनका लागि आवश्यक पर्ने चार विधेयक स्वीकृत गर्दै चौथो नगरसभा सम्पन्न गरेको छ । कामपाको आइतबार बसेको चौथो नगरसभाले कामपाको शहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) विधेयक ऐन २०७५, सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक ऐन २०७५, कामपाको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक ऐन २०७५, सवारी तथा यातायात व्यवस्थापन विधेयक ऐन २०७५ स्वीकृत गरेको हो ।


वडाध्यक्षको अवरोधका कारण वीरगन्ज महानगरको नगरसभा स्थगित

पर्सा : वीरगन्ज महानगरपालिकाको चौथो नगरसभा फेरि स्थगित भएको छ । केही वडाध्यक्ष र नगरप्रमुखको कार्यशैलीको विरोधका कारण स्थगीत भएको जनाइएको छ ।


जुम्लाको हिमा गाउँपालिका उद्यम विकास समिति गठन

विजय रावत /खलङ्गाजुम्लाको हिमा गाउँपालिकामा उपाध्यक्ष हिमाली रोकायाको अध्यक्षतामा पाँच सदस्यीय गाउँ उद्यम विकास समिति गठन गरिएको छ । गाउँपालिकामा आज भएको लघुउद्यम विकास कार्यक्रम अन्तर्गत बस्ती छनोट कार्यक्रमका अवसरमा सो समिति गठन गरिएको छ ।


बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई कानेपोखरी गाउँपालिकाको भक्ता

मोरङ : कानेपोखरी गाउँपालिकाले स्थानीय स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई ६ हजार ८०० भत्ता दिने निर्णय गरेको छ । कानेपाखेरी–४ स्थित बयरवन स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई गाउँपालिकाले पाँच हजार र स्वास्थचौकीले एक हजार ८०० उपलब्ध गराउने भएको हो ।


प्रदेश नं १ स्तरीय दोस्रो मेयर गोल्डकपमा खाँदबारी, पाँचखपन र मादी नगरपालिका विजयी

सङ्खुवासभा : चैनपुरमा जारी प्रदेश नं १ स्तरीय दोस्रो मेयर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आजको आ–आफ्नो खेलमा खाँदबारी, पाँचखपन र मादी नगरपालिका विजयी भएका छन् । चैनपुरस्थित रङ्गशालामा भएको खेलमा खाँदबारी नगरपालिकाले धनकुटा नगरपालिकालाई १–० गोलले पराजित ग¥यो ।


रामेछाप नगरपालिकाः ३३ ऐन, नियम तथा कार्यविधि निर्माण

रामेछाप : रामेछाप नगरपालिकाले २२ महीनाको अवधिमा ३३ ऐन, नियम तथा कार्यविधि निर्माण गरेको छ । नगरको विकास र समृद्धिका लागि आवश्यक कार्यसम्पादन नियमावलीदेखि पूर्वाधार विकाससम्बन्धी कार्यविधिसमेत गरी ऐन, नियम तथा कार्यविधि निर्माण गरेको नगर प्रमुख नरबहादुर थापामगरले जानकारी दिनुभयो ।


प्रधानमन्त्री र अर्थमन्त्रीको भनाइ– गरिवी निवारण गर्ने जिम्मेवारी तीनै तहको

काठमाडौं, २४ चैत, प्रधानमन्त्री केपी शर्मा ओलीले गरिवी निवारण कोष सञ्चालनको कार्यशैलि परिवर्तन गर्न निर्देशन दिनुभएको छ । कोषका सञ्चालक समिति अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले संघीय संरचना र स्थानीय तहको क्षेत्राधिकारलाईसमेत मध्यनजर गर्दै पुनःसंरचना गर्न आग्रह गर्नुभयो ।


जनप्रतिनिधिको सुविधा बढाउँदै प्रदेश १ सरकार

विराटनगर- प्रदेश नम्बर १ को सरकारले कानुनमा परिमार्जन गर्दै जनप्रतिनिधिको हालको सेवा सुविधालाई बढाउने प्रक्रिया अगाडि बढाएको हो । विकास–निर्माणका काम अपेक्षाकृत हुन नसकेको र जनप्रतिनिधिहरू आफ्नो सेवासुविधामा मात्र केन्द्रित भएको आरोप लागिरहेको बेला प्रदेश सरकारले बढाएको प्रक्रियाले चालु खर्च अझ बढ्ने र विकासनिर्माणमा असर पर्ने देखिन्छ ।


सातै प्रदेशमा सूचना–प्रविधि अदालत

काठमाडौं । सरकारले सूचना–प्रविधिसँग सम्बन्धित मुद्दाको सुनुवाईका लागि सातवटै प्रदेशमा सूचना–प्रविधि अदालत गठन गर्ने भएको छ ।


मुख्यमन्त्री राहत कोषमा ४ करोड ११ लाख

वीरगन्ज: प्रदेश २ सरकारले स्थापना गरेको मुख्यमन्त्री राहत कोषमा शनिवार बिहानसम्म चार करोड बढी रुपैयाँ संकलन भएको छ । गत आइतबार साँझ आएको बिनाशकारी हावा हुण्डरीमा क्षतिग्रस्त बनेका गाउँहरुका प्रभावित बासिन्दाहरुको सयोगका लागि उक्त सहयोग बिभिन्न दाताबाट प्राप्त भएको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीका स्वकीय सचिव दीपक यादवले बताए ।


दूधकोशी नदीको निर्माण हुने बेलिब्रिजका लागि दुई गाउँपालिकाले लगानी गर्ने

सोलुखुम्बु : जिल्लाको तीन गाउँपालिका जोड्ने दूधकोशी नदीको दिप्लीघाटमा निर्माण हुने बेलिब्रिजका लागि दुई गाउँपालिकाले लगानी गर्ने भएका छन् । बेलिब्रिज निर्माणका लागि लगानी गर्ने विषयमा महाकुलुङ र सोताङ गाउँपालिकाबीच दुई पक्षीय सम्झौता भएको छ ।


कर्णाली प्रदेशमा लगानी गर्न मुख्यमन्त्री शाहीको आग्रह

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशमा ढुक्क भएर लगानी गर्न ब्यवसायीलाई आग्रह गर्नुभएको छ । लगानी गर्ने पूर्ण वातावरण रहेको र लगानीको लागि सुरक्षाको पूर्ण ग्यारेन्टी गर्ने भन्दै मुख्यमन्त्री शाहीले सुरक्षाको कुनै चिन्ता नगर्न आग्रह गर्नुभएको हो ।


कृषकलाई तरकारी ढुवानीमा अनुदान रकम प्रदान

२३ चैत, काठमाडौं - कृषकलाई व्यवसायमा हौसला बढाउन पाल्पाको बगनासकाली गाउँपालिकाले तरकारी ढुवानीमा अनुदान रकम प्रदान गर्न थालेको छ । स्थानीय बजारमा तरकारी बिक्री नभएर त्यसै कुहाउन बाध्य यहाँका कृषकलाई अन्यत्र लगेर बिक्री वितरण गर्न गाउँपालिकाले ढुवानी खर्च दिँदै आएको छ ।


बेलिब्रिजका लागि दुई गाउँपालिकाले लगानी गर्ने

चैत २३, सोलुखुम्बु - जिल्लाको तीन गाउँपालिका जोड्ने दूधकोशी नदीको दिप्लीघाटमा निर्माण हुने बेलिब्रिजका लागि दुई गाउँपालिकाले लगानी गर्ने भएका छन् । बेलिब्रिज निर्माणका लागि लगानी गर्ने विषयमा महाकुलुङ र सोताङ गाउँपालिकाबीच दुई पक्षीय सम्झौता भएको छ ।


अहिले अलैंचीको कारोबारै ठप्प

२३ चैत्र ताप्लेजुङ - ३० किलो अलैंची बोकेर सदरमुकाम फुङ्लिङ आएका मेरिङ्देन गाउँपालिका–५ का पेम्बा शेर्पाले दुई दिन बजार घुम्दा पनि बेच्न सकेनन् । ‘प्रत्येक व्यापारीलाई किनिदिन आग्रह गरेँ’ बिहीबार बिहान निराश हुँदै शेर्पाले सुनाए, ‘धेरै जनाले त नराख्ने भने, एक–दुईजनाले उधारोमा राख्ने भने, तर भाउ पछि काट्ने गरीमात्र ।


९० प्रतिशत डाक्टरको सङ्घीय सरकारमा समायोजन,सुदूरपश्चिम

धनगढी २३ चैत्र – सरकारी डाक्टरहरू सङ्घीय सरकारमै समायोजन भएसँगै सुदूरपश्चिम प्रदेश डाक्टर विहीन हुने भएको छ । प्रदेश भरी रहेका झन्डै ९० प्रतिशत डाक्टरको सङ्घीय सरकारमा समायोजन भएको छ ।


असारसम्म कर्मचारीको पदस्थापनः मन्त्री पण्डित

काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजन भएका कर्मचारीलाई असारमसान्तसम्म पदस्थापना गरिने बताउनुभएको छ । शनिबार ललितपुरस्थित आफ्नै निवासमा पत्रकारसँग कुराकानी गर्दै पण्डितले समायोजन रोजेका कर्मचारीको पदस्थापना गर्ने कार्य भइरहेको भन्दै असारसम्म सबै कर्मचारीको पदस्थापना गरिने बताउनुभयो ।


महानगरपालिकाको ब्रुरमरले पनि हटाउन सकेन काठमाडौंको धुलो

सञ्चिता घिमिरे शर्मिला पाठक / काठमाडौंकाठमाडौं : महानगरपालिकाले दैनिक रुपमा ब्रुरमर चलाएर सडक सफा गरिरहे पनि निर्माणस्थलबाट आएका धुलो, हिलो, माटो र सवारीसाधनले भित्र्याउने फोहरका कारण सडक सफा देखिएको छैन । अहिले ब्रुमर नपुगेका ठाउँका स्थानीयवासी आफ्नो ठाउँमा बु्रमर नआइपुगेको गुनासो गरिरहेका छन् भने अर्कातिर बु्रमरले अहिले सफा गरिरहेको सडकमा दैनिक फोहर आइरहेको छ ।


समायोजनमा जान तयार १० हजार कर्मचारीको संशोधन आवेदन

काठमाडौं: सरकारले कर्मचारी समायोजन पूरा गरेको दाबी गरिरहेकै बेला समायोजनमा जान तयार भएका १० हजार कर्मचारीले संशोधनको आवेदन दिएका छन् । कमर्मचारीले समायोजन संशोधन माग गर्दै करिब १० हजार चार सय जनाले गुनासो दर्ता गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।


घोषणापत्रमा भनिए अनुसार काम गर्न जनप्रतिनिधिलाई मुख्यमन्त्रीको निर्देशन

हेटौंडा : ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेले घोषणापत्रमा भनिए अनुसार काम गर्नुपर्ने बताउनुभएको छ । नारा र भाषणमा बोलिएको कुरा अनुसार काम गर्न सकिएन भने जनताको बीचमा जाने बाटो पनि हराउने उहा“को भनाई थियो ।


गाउँपालिकालाई सदरमुकामसँग जोड्ने सडक निर्माण शुरु

राँझा : बाँकेको जानकी गाउँपालिकालाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने मुख्य सडक निर्माण कार्य शुरु गरिएको छ । वडा नं ६ गनापुरस्थित पिप्रहवा चोकदेखि वडा नं ४ खजुराखुर्दको नहरचोक हुँदै नेपालगञ्ज–गुलरिया हुलाकी सडकमा जोड्ने गरी सडक निर्माणकार्य शुरु गरिएको गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले बताउनुभयो ।


विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन शिक्षा शाखाका कर्मचारी र शिक्षकहरुलाई निर्देशन

धनगढी २२ चैत्र– विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले शिक्षा शाखाका कर्मचारी र शिक्षकहरुलाई निर्देशन दिएका छन् । शुक्रवार धनगढी उप–महानगरपालिकाको शिक्षा शाखाले विद्यार्थी भर्ना अभियानका लगि गरेको सरोकारवालाहरु संगको छलफल कार्यक्रममा यस्तो निर्देशन दिएका हुन् ।


५ वर्षमा विकासशील मुलुक बनाउन पन्ध्रौँ पञ्चवर्षीय योजनाको आधारपत्र ९९ खर्ब रुपैयाँ जुटाउँदै सरकार

२०७५ चैत्र २२ काठमाडौं - राष्ट्रिय विकास परिषद्को बैठकले दीर्घकालीन सोचसहितको पन्ध्रौँ पञ्चवर्षीय योजनाको आधारपत्रलाई पारित गरेको छ । राष्ट्रिय योजना आयोगले प्रस्तुत गरेको आधारपत्र माथि बुधबार र बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित केन्द्रका सबै मन्त्री, सचिव, मुख्यमन्त्रीहरु, मन्त्री, प्रदेश सचिव, अर्थविद्लगायतको छलफलपछि आधारपत्र पारित भएको हो ।


जथाभावी फोहोर फाल्नेलाई फोहोर 'उपहार'

बनियानी : झापाको अर्जुनधारा नगरपालिकास्थित अर्जुनधारा सरसफाइ अभियानले बिहीबार नगर क्षेत्रमा फोहर फाल्नेलाई फोहर नै ‘उपहार’ दिएको छ । नगर क्षेत्रलाई स्वच्छ बनाउने अभियानमा जुटेको युवाको समूहले जथाभावी फोहर फाल्ने यहाँका दुई पसललाई फोहर उपहार प्रदान गरेको अभियानका संयोजक कमल पोखरेलले बताउनुभयो ।


नक्सा पास नै नगरि घर निर्माण

इटहरी : इटहरीउपमहानगरमा घरनक्सानै नवनाई घर निर्माण गरिरहेको पाइएको छ । इटहरी ५ मा घरनक्सा विनै घर वनाइरहेको अवस्थामा इटहरी उपमहानगरवाट गएको अनुगमन टोलीले निर्माण कार्य रोकी सात दिन भित्र नगरपालिकामा कागजात प्रमाण सहित हाजिर हुन पत्र काटेको छ ।


जानकी गाउँपालिकामा ८८ लाख ७८ हजारको गाडी खरिद

भजनी - कैलालीको जानकी गाउँपालिकाले आर्थिक वर्ष सकिन करीब तीन महीना मात्र बाँकी रहेका बेला विकास निर्माण तथा अन्य कार्यक्रम कार्यान्वयनलाई प्राथमिकता दिनुको सट्टा ८८ लाख ७८ हजार बराबरका गाडी खरीद गरेको छ । गाउँपालिकाले यसरी गाडी खरीद गरेपछि स्थानीयवासीले जनप्रतिनिधि विकास निर्माणमा अग्रसरभन्दा पनि सुविधाभोगी भएको आरोप लगाएका छन् ।


झापाका स्थानीय तहबाट हुवाहुरी पीडितलाई २३ लाख

चैत : झापामा बुधबार बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले बारा र पर्साका हुवाहुरी पीडितलाई राहत प्रदान गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहका नगरपालिकाबाट न्यूनतम दुई–दुई लाख, गाउँपालिकाहरुबाट एक–एक लाख सङ्कलन गरेर राहत पठाउने निर्णय गरेको हो ।


बलवा नगरपालिका ८ का वडाध्यक्षको निधन

महोतरी : महोत्तरीको बलवा नगरपालिका ८ का वडाध्यक्षको आज मृत्यु भएको छ । मृत्यु हुनेमा वडाध्यक्ष लोकेन्द्र महतो रहेको बलवा नगरपालिकाका प्रमुख विनोद यादवले बताउनुभयो ।


कार्यकारी सम्पादक ढकाललाई मातृ शोक

काठमाडौं– ७६१खबर डट कमका कार्यकारी सम्पादक किरण ढकाललाई मातृशोक परेको छ । ढकाली आमा शारदा ढकालको ६३ वर्षको उमेरमा बिहीबार बिहान ५ : ३० बजे झापाको बुद्धशान्ति गाउँपालिका– ३ बुधबारेमा निधन भएको हो ।


जनता आवासमा उर्लाबारी र मिक्लाजुङमा १० वटा घर निर्माण हुने

उर्लाबारी । जनता आवास कार्यक्रम अन्तरगत मोरङ क्षेत्र नं. १ को उर्लाबारी र मिक्लाजुङमा १० वटा घर निर्माण हुने भएको छ ।


प्रधानमन्त्रीसँग मुख्यमन्त्रीहरुको माग- प्रदेशलाई ३३ प्रतिशत बजेट छुट्याउनु होस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सातवटै प्रदेशका मुख्यमन्त्रीहरुले बिहीबार बिहान भेट गरेका छन् ।


चाँगुनारायण नगरपालिकाले आयोजन गरेको घुम्ती शिविरबाट ५६ सय नागरिक लाभान्वित

भक्तपुर, जिल्लाकोे चाँगुनारायण नगरपालिकाले दुवाकोटमा गरेको एकीकृत घुम्ती शिविरबाट ५६ सय नागरिकले सेवा लिएका छन् । जिल्लाका सबै कार्यालयको सेवा गाउँमै प्रदान गर्ने उद्देश्यले नगरपालिकाले आयोजना गरेको एकदिने शिविरबाट पाँच हजार ६ सय नगरवासीले लाभ लिएको मेयर सोमप्रसाद मिश्रले बताउनुभयो ।


तीन बर्षमा सम्पन्न गर्ने भनेको मध्यभोटेकोशी ६ बर्ष ५० प्रतिशत मात्र काम

२१ चैत्र सिन्धुपाल्चोक - बाह्रबीसे नगरपालिकामा निर्माण भईरहेको मध्यभोटेकोशी जलबिदुत आयोजना तीन बर्षमा सम्पन्न गर्ने लक्ष्य लिईएको थियो । यो आयोजना निर्माण थालेको ६ बर्ष पुगिसक्यो ।


सातै प्रदेशका मुख्यमन्त्रीको बालुवाटारमा छलफल जारी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र सातै प्रदेशका मुख्यमन्त्रीबीच बालुवाटारमा छलफल जारी छ । प्रदेशमा भोगिरहेका समस्याबारे छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्री बालुवाटारमा भेला भएका हुन् ।


प्रदेश ५ मा रेलमार्ग निर्माणका लागि साढे ७६ अर्ब आवश्यक

कपिलवस्तु : मेची–महाकाली विद्युतीय रेलमार्गअन्र्तगत प्रदेश ५ को लमही–बुटवल खण्डमा पर्ने विद्युतीय रेलमार्ग निर्माणका लागि साढे ७६ अर्ब रुपैयाँ बजेट आवश्यक हुने भएको छ । ११० किलोमिटर लम्बाइको रेलमार्ग निर्माणको काम गरिरहेको रेल विभागले उक्त खण्डमा ७६ अर्ब ६७ करोड ९० लाख ६८ हजार रुपैयाँ आवश्यक हुने बताएको छ ।


उपत्यकामा ४ नयाँ शहर निर्माण हुने, डिपिआर यसै बर्षमा

काठमाडौं । सरकारले घोषणा गरेको काठमाडौं उपत्यकाको चार वटा नयाँ शहरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) काम यसै बर्ष सम्पन्न गर्ने भएको छ ।


सरकारले २० हजार नयाँ कर्मचारी भर्ना गर्दै, प्रक्रिया यस्तो हुनेछ

काठमाडौं- सामान्य प्रशासन मन्त्रालयले करिब २० हजार नयाँ कर्मचारी भर्ना गर्न गृहकार्य अघि बढाएको छ । कर्मचारी समायोजन पुरा भएपछि घटीमा १५ र बढीमा २० हजार नया कर्मचारी आवश्यक रहेको भन्दै सामान्य प्रशासन मन्त्रालयले सो तयारी अघि बढाएको हो ।


कसले आक्रमण गर्‍यो गाउँपालिका अध्यक्षमाथि ?

बैतडी– बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दमाथि हातपात गरेको आरोपमा प्रहरीले गए राति चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पञ्चेश्वर–६ का ३२ वर्षीय वीरेन्द्र भण्डारी, सोही ठाउँका ५५ वर्षीय बलदेव भण्डारी, ३४ वर्षीय रमेशराम लुहार र ४९ वर्षीय हिक्मत भण्डारी रहेका छन् ।


प्रदेश २ सरकारले गठन गरेको समितिले थाल्यो काम

जनकपुर– बारा–पर्सामा आइतबार आएको विनाशकारी आँधीबाट प्रभावित भएकाहरुको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रदेश नम्बर २ सरकारले गठन गरेको राहत तथा उद्धार व्यवस्थापन उच्चस्तरीय समितिले काम थालनी गरेको छ । समितिले ४ महिना भित्रमा प्रभावितको घर निर्माण सम्पन्न गर्नका लागि तत्कालै काम थाल्ने निर्णय गरेको छ ।


सूर्यविनायक नगरपालिकामा नागरिक आफैंले गरे घरजग्गा बहालकर घोषणा

दिनेश दुलाल /सूर्यविनायक (भत्तपुर)मुलुकमा उद्योग, व्यापार व्यवसायीले नै कर छली गरीरहेको सन्दर्भ प्रकाशमा आईरहँदा सूर्यविनायक नगरपालिकाका नागरिकले भने स्वयम घरजग्गा बहालकर घोषणा गरेका छन् । नगरपालिकाले आफ्नो नगर भित्रका नागरिकलाई स्वैच्छिक घरबाल कर तिर्न आहवन गरेसंगै स्थानीयले कर तिर्न तत्परता देखाएका हुन् ।


देवचुली नगरपालिकाका विद्यालयमा सामाजिक र नैतिक शिक्षा अनिवार्य

नवलपुर: देवचुली नगरपालिकाले आगामी शैक्षिकसत्रबाट नगरभित्रका सबै विद्यालयमा सामाजिक र नैतिक शिक्षा अनिवार्य रूपमा पढाउनुपर्ने निर्णय गरेको छ । विद्यार्थीलाई नैतिकवान् र उनीहरूमा सामाजिक भावनाको विकास गर्न नैतिक र सामाजिक शिक्षालाई अनिवार्य गरेको हो ।


महाशिला गाउँपालिकाका सबै वडामा तालाबन्दी

पर्वत: पर्वतको महाशिला गाउँपालिकामा रहेका ६ वटै वडा कार्यालयहरूमा तालाबन्दी गरिएको छ । नेपाली कांग्रेसले गाउँपालिकाले गर्दै आएका कामहरूप्रति असन्तुष्टि जनाएर तालाबन्दी गरेको हो ।


जनताको आवश्यकतानुसार योजना : मुख्यमन्त्री गुरुङ

दमौली - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको आवश्यकताअनुसार योजना र कार्यक्रम बनाइने बताउनुभएको छ । तनहुँको भानु नगरपालिका–७ वसन्तपुर र वडा नं ८ स्थित पुर्कोट स्वास्थ्यचौकीको नवनिर्मित भवनको आज उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश सरकार जनताको सबैभन्दा नजीकको सरकार भएकाले जनताको आवश्यकताअनुसार नै योजना र कार्यक्रम तय गरिने बताउनुभयो ।


प्रदेश ३ को प्रदेशसभा : हुरीबतासबाट मानवीय तथा धनजनको क्षति पुग्न गएकामा दुःख प्रकट

हेटौँडा - प्रदेश नं ३ को प्रदेशसभाको आज बसेको बैठकले प्रदेश नं २ का बारा र पर्साको विभिन्न ठाउँमा आइतबार राति आएको हुरीबतासबाट मानवीय तथा धनजनको क्षति पुग्न गएकामा दुःख प्रकट गर्दै उक्त घटनामा मृत्यु भएकाको परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । बैठकले मृतात्माको चिरशान्तिको कामना गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ ।


मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ : सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घाइतेको उद्धार र उपचारमा कुनै कमी कमजोरी हुन नदिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।


बारबर्दिया नगरपालिकाको विशेष नगरसभा १८ योजना,पाँच प्रस्ताव पारित

धम्बोझी, १८ चैत - बर्दियाको बारबर्दिया नगरपालिकाको विशेष नगरसभाले पाँच प्रस्ताव पारित गरेको छ । नगरको विशेषसभाले आर्थिक वर्ष २०७५/०७६ को बजेट संशोधन, समपूरक अनुदान विनियोजन विवरण, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संसद् विकास कोष) नगरभवन निर्माणको योजना र नगरका लागि गाडी खरीद गर्ने प्रस्ताव पारित गरेको छ ।


धुर्मुसद्वारा गाउँपालिका अध्यक्षको रोहवरमा राहत हस्तान्तरण

काठमाडौं– कलाकार सिताराम कट्टेल धुर्मुसले गाउँपालिका अध्यक्षको रोहवरमा राहत हस्तान्तरण गरेका छन् । बारा जिल्लाका आँधी प्रभावित ४ सय परिवारका लागि धुर्मुस सुन्तली फाउण्डेशनले चामल, त्रिपाल र चाउचाउ अति प्रभावित फेटा गाउँपालिकाका अध्यक्ष अमिरिलाल प्रसाद साहलगायत प्रतिनिधिको रोहवरमा हस्तान्तरण गरेको हो ।


घाइतेको उपचारमा सरकारद्धारा उच्च प्राथमिता

काठमाडौँ, १८ चैत - आइतबार साँझ तराईको बारा र पर्सामा भएको विनाशकारी हावाहुरीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन र घाइतेको उपचार गर्न सरकारले उच्च प्राथमिता दिएको छ । विशेष गरी ती दुई जिल्लामा हावाहुरीले पु¥याएको क्षतिका बारेमा स्थलगत रुपमा जानकारी लिन उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, राज्यमन्त्री डा सुुरेन्द्र यादव, सचिव चन्द्रकुमार घिमिरे, विभागका महानिर्देशक डा गुणराज लोहन पुगिसक्नुभएको छ ।


प्रम हुरीबतास प्रभावित क्षेत्रमा - राहत तथा उद्धारमा समस्या हुन नदिन निर्देशन

काठमाडौँ, १८ चैत - प्रधानमन्त्री केपी शर्मा ओली हुरीबतास प्रभावित क्षेत्रको निरीक्षणका क्रममा आज बारा पुग्नुभएको छ । झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री आज अपराह्न बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा भद्रपुरबाट सिमरा विमानस्थल हुँदै जानुभएको हो ।


प्रम हुरीबतास प्रभावित क्षेत्रमा - राहत तथा उद्धारमा समस्या हुन नदिन निर्देशन

काठमाडौँ, १८ चैत - प्रधानमन्त्री केपी शर्मा ओली हुरीबतास प्रभावित क्षेत्रको निरीक्षणका क्रममा आज बारा पुग्नुभएको छ । झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री आज अपराह्न बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा भद्रपुरबाट सिमरा विमानस्थल हुँदै जानुभएको हो ।


सञ्चारबिहीन सिमकोट -अझैसम्म पाठ्यपुस्तक पनी पुगेन

हुम्ला, १६ पुस - जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउ गाउँमा रहेको अंशुबर्मा निमावि राहदेवका विद्यार्थीका हातमा अझैसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन । शिक्षक कलबहादुर ऐडीले शिक्षा, स्वास्थ्यलगायतका समस्या समाधान गर्ने जिम्मा स्थानीय सरकारलाई दिइए तापनि जिल्लाका अधिकांश विद्यालयमा पाठ्यपुस्तकको अभाव देखिएको बताउनुभयो ।


प्रधानमन्त्री पर्सा र बारा जानुहुँदै

काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओलीले गए राति हावाहुरीबाट पर्सा र बारामा जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफ्नो प्रमुख आतिथ्यमा आज झापामा हुने तीन वटा कार्यक्रम स्थगित गरी बारा र पर्सामा उद्धार र राहत कार्यको अनुगमन गर्न जाने कार्यक्रम रहेको छ ।


हावाहुरीका कारण मृत्यु भएका मृतकका परिवारलाई तीन लाख दिने प्रदेश सरकारको निर्णय

धनुषा - गए राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश नं २ को मन्त्रिपरिषद्ले गहिरो दुःख प्रकट गरेको छ । आज बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई रु तीन लाख तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ ।


दमक र गौरादहका जनप्रतिनिधिसँग प्रधानमन्त्रीले अन्तरक्रिया गर्ने

दमक- प्रधानमन्त्री केपी शर्मा ओलीले आज दमक र गौरादह नगरपालिकाका जनप्रतिनिधिहरुसँग अन्तरक्रिया गर्नुहुने भएको छ । विभिन्न कार्यक्रमको सिलसिलामा आज मोरङ र झापा जान लाग्नु भएका प्रधानमन्त्री ओलीले अपरान्ह ४ बजे जनप्रतिनिधिसँग अन्तरक्रिया गर्न लाग्नु भएको हो ।


नगरपालिका संघको सचिवालय गठन

काठमाडौं- नेपाल नगरपालिका संघले केन्द्रीय सचिवालय गठन गरेको छ । संघको केन्द्रीय समितीको बैठकले १७ सदस्यीय सचिवालय गठन गरेको हो ।


उपमेयरद्वारा नगरपालिकामा तालाबन्दी

मुगु- छायानाथ रारा नगरपालिकामा ६ दिनदेखि जारी तालाबन्दीका कारण प्रशासनिक र विकास निर्माणका कामकाज ठप्प भएका छन्  । घन्टौं हिंडेर सरकारी सेवा लिन आएका सेवाग्राही तालाबन्दीका कारण रित्तो हात फर्कन बाध्य छन्  ।


प्रदेश २ को नामकरण नभएकोमा निधि असन्तुष्ट

धनुषा- नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले हालसम्म प्रदेश २ को नामकरण हुन नसकेकाप्रति असन्तुष्टि जनाउनुभएको छ । निधिले प्रदेश सरकार कार्यान्वयनमा आएको एक वर्षभन्दा बढी भइसक्दा पनि नामकरण, भाषा र राजधानीसम्बन्धी प्रस्ताव नआउनु दुर्भाग्य भएको बताउनुभयो ।


प्रदेश २ को नामकरण नभएकोमा निधि असन्तुष्ट

धनुषा- नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले हालसम्म प्रदेश २ को नामकरण हुन नसकेकाप्रति असन्तुष्टि जनाउनुभएको छ । निधिले प्रदेश सरकार कार्यान्वयनमा आएको एक वर्षभन्दा बढी भइसक्दा पनि नामकरण, भाषा र राजधानीसम्बन्धी प्रस्ताव नआउनु दुर्भाग्य भएको बताउनुभयो ।


कर्णालीका लक्षित परिवारलाई निःशुल्क खाद्य सहायता

सुर्खेत, १६ चैत - कर्णाली प्रदेश सरकारले लक्षित घर–परिवारलाई निःशुल्क खाद्य सहायता उपलब्ध गराउने गरी कानून ल्याएको छ । स्थानीय उत्पादनको संरक्षण र प्रवद्र्धन गर्दै कर्णालीका प्रत्येक नागरिकलाई गुणस्तरीय खाद्यान्नमा सहज उपलब्धता एवं पहुँच स्थापित गरी खाद्य अधिकार सुनिश्चित गर्ने उद्देश्यले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विधेयक ल्याएको हो ।


लगानी सम्मेलन - विकसित मुलुकका सफलताका अनुभव

काठमाडौँ, १६ चैत - नेपाल लगानी सम्मेलन २०१९ मा सहभागी विभिन्न मुलुकका सम्बन्धित निकायका प्रतिनिधिले नेपालले नयाँ संविधान र राजनीति स्थिरतासँगै लगानी र विकासका लागि उपयुक्त अवसर भएको जनाएका छन् । आफ्नो मुलुकको विकासको अनुभव प्रस्तुत गर्दै उनीहरुले नेपालले सम्मेलन गरेर वैदेशिक लगानीका लागि उचित ढोका खोलेको पनि उल्लेख गरेका छन् ।


‘राज्यले कर्मचारीको सेवा सुविधा वृद्धि गर्नुपर्ने’

विराटनगर, १६ चैत - प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले राज्यले कर्मचारीलाई सेवासुविधा वृद्धि गरी उच्चतम प्रतिफल लिनुपर्ने बताउनुभएको छ । लोकसेवा आयोग केन्द्रीय कार्यालयद्वारा आज यहाँ आयोजित ‘अप्राविधिक सेवातर्फका राप तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहको पदको समक्षमता पहिचान’ कार्यशाला गोष्ठीमा उहाँले दक्ष र समक्ष कर्मचारी छनोटमा आवश्यक वैज्ञानिक विधि अपनाई उनीहरुको सहज जीवनयापनका लागि सुविधा वृद्धि गर्नुपर्नेमा सुझाव दिनुभयो ।


खानेपानीमा साढे पाँच करोड

बलेवा, १६ चैत - जिल्लाका दशवटै स्थानीय तहमा खानेपानी योजना सञ्चालनका लागि चालू आर्थिक वर्षमा झण्डै रु साढे पाँच करोड खर्च हुने भएको छ । यो रकम केन्द्र सरकार र स्थानीय तहले सञ्चालन गर्ने योजनाबाहेकको रकम हो ।


व्यावसायिक एवं गुणस्तरीय शिक्षाका माध्यमबाट विद्यार्थी र अभिभावकको मन जित्दै

पोखरा, १६ चैत - देशका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दैै गइरहेका समयमा पोखरा महानगरपालिका–८ स्थित जनप्रिय माध्यमिक विद्यालयले भने व्यावसायिक एवं गुणस्तरीय शिक्षाका माध्यमबाट विद्यार्थी तथा अभिभावकको मन जित्दै गएको छ । साधारण शिक्षाले मात्र समयको आवश्यकतालाई सम्बोधन गर्न नसक्ने ठम्याइसँगै विद्यालयले विसं २०७३ बाट कक्षा ९ देखि १२ सम्मको प्राविधिक धार सिभिल इञ्जिनीयरिङको कक्षा सञ्चालनमा ल्याएको हो ।


इलाम र पाँचथरको सिमानाको अर्ग्यानीक वजार राँके । केके पाईन्छ ?

फिदिम, १६ चैत - सडकको छेउमा रहेका पसलमा प्लाष्टिकका बट्टामा बाह्रै महीना राताम्य अकबरे खुर्सानी । मौसमअनुसार साग, इस्कुस, जरा, मटरकोसा, मुला, काउली, बन्दालगायत स्थानीय प्राङ्गारिक सागसब्जी ।


पर्यटन प्रर्वद्वनले समृद्विको ढोका खोल्छ –मूख्यमन्त्री

दिनेश दुलालकाठमाडौं , ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले पर्यटन प्रर्वद्वनले मुलुकको समृद्विको ढोका खोलिने बताउनुभएको छ । शुक्रबार प्रथम जुगल आरोहरणको नेपाल पर्यटनवोर्ड भृकुटीमण्डपमा आयोजित आरोहरणमा सहभागीहरुको विवाई कार्यक्रमको शुभराम्भ गर्दै मुख्यमन्त्री पौडेलले उक्त कुरा बताउनु भएको हो ।


प्रदेश पर्यटन विधेयकमा दफाबार छलफल जारी

विराटनगर -प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि आज पनि सैद्धान्तिक छलफल जारी छ । सो विधेयकमा प्रदेशसभा सदस्य जयराम यादव, झलकसिंह दर्लामी, बलबहादुर साम्सुहाङ, शान्ता पौडेल, शिवनारायण गनगाईं र शेखरचन्द्र थापाले आर्थिक स्रोतको प्रमुख आधार बनाउन सकिने पर्यटन क्षेत्रलाई व्यवस्थित एवं वैज्ञानिक बनाउने विधेयकलाई सङ्कुचित बनाउन नहुनेमा जोड दिनुभयो ।


अराजनीतिक गतिविधि अन्त्य गरि मुलुक निर्माणमा जुट्न मुख्यमन्त्री पोख्रेलको आग्रह

दाङ - नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश नं ५ का इञ्चार्ज तथा मुख्यमन्त्री शङ्कर पोखरेलले विगतका क्रान्तिलाई सिरानीमा राखेर नेत्रविक्रम चन्द नेतृत्वको समूहले अराजनीतिक गतिविधि गर्न नमिल्ने बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० तुलसीपुर उपमहानगर कमिटीको शपथग्रहण तथा कार्यकर्ता भेला कार्यक्रममा उहाँले विगतका क्रान्तिसँग अहिले सो समूहको अराजनीतिक गतिविधिलाई तुलना गर्न नहुने बताउनुभयो ।


तीनै तहमा कर्मचारी समायोजनको काम पूरा

काठमाडौ - सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनको काम पुरा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी तीनै तहमा कर्मचारी समायोजनको काम पुरा भएको बताउनुभयो ।